Showing posts with label audiokitab. Show all posts

Tuesday, August 20, 2019
संस्मरण : निहाउ ! नमस्ते !
~लक्ष्मी लम्साल 'लक्ष्मीपुजा'~
चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभबाट नेपाललगायत विश्वलार्इ हुनसक्ने फाइदा, चिनियाँ रेलका किस्साहरू, नेपालप्रतिको चिनियाँ जनताको अवधारणा, चीनको गरिबी निवारणका सुत्रहरू, शक्तिशाली
बन्दैगइरहेका चीनका राष्ट्राध्यक्ष सी चिन फिङको पारिवारिक जीवनका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ।
नेपाल–चीन सम्बन्ध युगैं पूरानो हुनुका साथै अन्तर्देशीय सम्बन्ध जोड्नमा योगदान गरेका एेतिहासिक पात्रहरू मन्जुश्री, सोङ्गचान गम्पो, भृकुटी, अरनिको, चिनियाँ तथा नेपाली यात्रीहरू, नेपालका तत्कालीन राजाहरूको चिनियाँ नेताहरू माअोत्सेतुङ, चाउएन लाइ, च्याङ च मिनलगायतसँगको साक्षात्कारबाट एेतिहासिक सम्बन्धलार्इ वर्तमान युगसम्म जोड्नखोजिएको छ। परम्परागत सम्बन्धलार्इ इतिहासका पात्रहरूमाथि उभिएर अन्तर्देशीय सम्बन्धमा नयाँ अायाम थप्नसकिने प्रस्ताव पनि यस पुस्तकले राखेको छ।
विगत छ वर्षदेखि चीनको राजधानी बेइजिङमा रहेर रेडियो पत्रकारिता गर्दै अाएका लेखकले अाफ्नो अनुभव यस पुस्तकमा उतारेका छन्। कतिपय लेखहरूमार्फत चीनप्रति अपरिचित नेपालीहरूका लागि प्रत्येक्ष अनुभवको अाभाष दिलाउने प्रयास पनि पुस्तकमा गरिएको छ।
विश्व विख्यात ग्रेटवाल, चिनयाँ जीवनमा अङ्कहरूको भूमिका, परम्परागत चिकित्सा, युद्धकला (कलाबाजी), चिनियाँ खानपान संस्कृति, नेपाल र चीन बीचका केही मिल्दाजुल्दा चाडपर्वहरू, चिनियाँ पेम जीवनलगायतका कुराहरूले पाठकलार्इ तुरून्तै चीनका बारेमा धेरै जानकार गराउने छन्।
पुस्तकको अावरणले पनि एउटा चिनियाँ हात र अर्को नेपाली हात जोडेर बाैद्धमार्गको प्रतीकलार्इ पृष्टभूमिमा पारी नमस्कार गरेको देखाइएको छ । तीमध्ये एउटा हातमा चिनियाँ र अर्को हातमा नेपाली झण्डाको संकेत चिन्ह राखिएको छ।
ल सुनौं है त !
Thursday, July 25, 2019
उपन्यास : ह्वाइट केन
~मनिषा गौचन~
ल सुनौं है त !
‘ह्वाइट केन’ दृष्टिविहीनका लागि स्वतन्त्रताको प्रतीक हो। स्वतन्त्र गमनशीलताको प्रतिविम्ब। यात्राको सहारा। अझ भनुँ जीवनकै सहारा। यही केन लिएर अन्नगिन्ती गल्ली, सडक, किनारा, खुट्किला, सिंढी सबैतिर उक्लिन्छु म।’
लेखिका गौचनले एक जन्मजात दृष्टिविहीन पात्रको प्रेम र जीवनलाई मुख्य कथाको रुपमा उपन्यासमा उतारेकी छिन्। भास्वत र सुलभा प्रेमीप्रेमिका हुन्। तिनीहरू एक अर्काका ऊर्जाका स्रोत हुन्। देशको राजीतिक अस्थिरता, अशान्त परिवेश, बाटोमा जताततै भेटिने दुःख अभावमा बाँचेमा मान्छेहरूको दुःख, गरीब, दीन दुःखीहरूको जीवनशैलीबाट आजित सुलभाले ती पात्रहरूको छनौट गरी उपन्यास लेख्न पुग्छिन्। जसबाट उनीहरूबीचको सम्बन्ध पातलिंदै जान्छ। पछि सुलभा आफ्नो वास्तविक जीवन र भोगाइले भास्वत्सँगको सम्बन्ध असम्भव ठानी आफ्नो प्रेम सम्बन्धलाई मित्रताको सम्बन्धमा रुपान्तरण गर्छिन्।
ल सुनौं है त !
Tuesday, October 2, 2018
उपन्यास : त्रिभुवनकी एरिका
~एरिका ल्युकट्याग~
ल सुनम न त !
The book is about Erika who goes to Nepal to treat the Nepali queens at the time of Tribhuvan. She
ends up befriending King Tribhuvan (and teaches him to dance along the way), and helping him to come in contact with the Indian Ambassador, in order for him to flee Nepal and come back and end the Rana regime. Its not a story that most Nepalese know, so I'm sure that if they read it, they will come to know something that they didn't know and would be thankful to the book for telling this lost story.
It looks like Erika did play an important role in Nepal's end to the Rana regime. It was only because of her that the King came in touch with India. It was only through her that India realized that the King was actually thinking of breaking away from the clutches of the Ranas. Up until that point, India and the rest of the world believed, that the King was corrupt person living inside his palace, and enjoying the excesses of life.
(स्रोत : Review by Mr. Roopesh Joshi - Source )
मूल उपन्यास "एरिका एण्ड द किंग"को नेपाली भावानुवाद "त्रिभुवनकी एरिका" हो । यस अनुभवोपन्यासको लेखिका हुनुहुन्छ एरिका ल्युकट्याग जस्ले राणाकालिन नेपालमा राजा त्रिभुवनको न्रित्य प्रसिक्षिका भएर रहिन । यस कृतिलाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद सरोज मिश्रले गर्नु भएको छ ।
अच्युत घिमिरेको स्वरमा अडिओ किताबको स्वरुपमा आएको संस्करण सङ्ग्रहित भएको छ ।

Monday, August 27, 2018
उपन्यास : जदौ मालिक
~भुवनहरि सिग्देल~
उपन्यास 'जदौ मालिक'मा तराईका सीमान्तकृत रैतीका विवशता, जमिनदारी प्रथा, राणाकालीन शासकीय आडम्बर र अत्याचारको चित्र हामी पाउँछौं ।
सिग्देल कविका रूपमा विगतदेखि नै नेपाली काव्यमा परिचित र स्थापित नाम हो । आख्यानकारका रूपमा चाहिँ मैले सिग्देललाई ढिलो मात्र चिनेको हुँ ।
कृतिको बारे:
उपन्यास : जदौ मालिक
Title जदौ मालिक: उपन्यास
Author भुवनहरि सिग्देल
Publisher भुँडीपुराण प्रकाशन, 2016
ISBN 9937625793, 9789937625791
Length 275 pages

Wednesday, May 23, 2018
उपन्यास : अविरल बग्दछ इन्द्रावती
~रमेश विकल~
ल सुनम न त !
बग्नु नदीको विशेषता हो । यसकारण कि त्यो उसको नियमितता हो । अवरोधको आकस्मिकता पन्छाएर अग्रप्रवाहसँगै सागरको नीलिमा चुम्नु उसको चरित्र हो । केही नदीमा पानीसँगै जीवन पनि बगिरहन्छ ।इन्द्रावतीमा सदियौंदेखि निमुखा माझी, दनुवारहरूको पसिनाका थोपा बगेका छन् । र त, त्यसको रङ निख्खर नीलो छ, आजसम्म । इन्द्रावतीको भँगालोलाई अँगालोमा बेर्दै रह र दहमा जाल फ्याँक्नु, पानीसँग निर्मम सिँगौरी खेल्दै दुवाली फर्काउनु, ढडिया, बल्छी थाप्नु र उदयाचलदेखि अस्ताचलसम्म इन्द्रावतीको बरदानस्वरूप जे–जति माछा, गँगटा हात लाग्छन्, तिनैले घरको चुल्हो जगाउनु ती माझीहरूको दैनिकी हो, आजपर्यन्त ।
साहु–महाजनहरूको बिरौटा बिराएर मात्रै मुखमा माड नलागेपछि इन्द्रावतीको भंगालो तेर्स्याएर हिउँदे घट्ट थाप्ने होस् या डुंगा खियाएर बटुवाहरूलाई नदी तारेर– उनीहरू जीवनमा जीजिविषा साँच्छन् । जीवनयापनका नवीन साधनहरूको खोजीमा यायावरी गर्नुको सट्टा त्यही इन्द्रावतीका पाखापखेराको भरोसामै दुःखी जीवन बिताउने तिनै माझीहरूको अन्त्यहीन कथा लेखे रमेश विकलले । ‘अविरल बग्दछ इन्द्रावती’ त्यही दुःखी कथा हो । सिपाघाटदेखि दोलालघाटसम्म बसोबास गर्ने माझीहरूको जीवन हो । साहुमहाजनसँग मानो–मुट्ठी मागेर जीविका चलाउनुपर्ने माझीहरूको निरीह याचना नजिकबाट नियालेका विकललाई १९३० को दशकदेखि नै तिनका कथा लेख्ने हुटहुटी जाग्यो ।
र त, विकलले उपन्यासमा भनेका छन्, “इन्द्रावती नदी किनारका धर्ती त्यहाँ रुने, हाँस्ने अस्तित्वका लागि डोलाउने माझीका जीवनलाई मैले नजिकबाट हेरेँ, त्यही स्थूल अभिव्यक्ति हो– उपन्यास ‘अविरल बग्दछ इन्द्रावती ।’
"अविरल बग्दछ इन्द्रावती" रमेश विकलद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। (स्रोत : "यसरी अविरल बग्यो इन्द्रावती" समीक्षा बाह्रखरी डट कम)

खगेन्द्र नेपालीको स्वरमा अडिओ किताबको स्वरुपमा आएको संस्करण सङ्ग्रहित भएको छ ।
ल सुनम न त !
Tuesday, May 22, 2018
उपन्यास : ओझेल
~जीवन खड्का~
"श्रुति सम्बेग"कार्यक्रममा अच्युत घिमिरेको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।
ल सुनम न त !
ओझेल समकालीन विषयवस्तुका कथामा आधारित उपन्यास हो । यसमा गाउँबाट शहर पसेको एक युवा र जर्मनीबाट नेपाल आएकी युवतीबीचको प्रेम र विछोडको कथा छ । प्रेममा आधारित उपन्यास भए पनि ओझेलमा सामाजिक कुरीति, द्वन्द्वकालको चित्रणदेखि पश्चिमी नेपालको हलिया र कमैयाको समस्यालाई प्रस्तुत गरिएको छ । भोगाइको समस्या यस उपन्यासले बोलेको हुनाले पठनीय बन्न पुगेको छ । यो प्रेम उपन्यास हो तापनि यो समाजसँग जोडिएको छ ।
गाउँबाट सपना बोकेर शहर पसेको युवाको भोगाइ, राजनैतिक अराजकताको चित्रण उपन्यासले गरेको, बोक्सीको आरोपमा नारीमाथि गरिएको शोषण अहिले पनि कायमै रहेको कुराको चर्चा उपन्यासमा गरिएको छ । द्वन्द्वकालीन घटना र त्यसले नेपाली समाजमा पारेको प्रभावको चित्रण पनि छ । पृथ्वीनारायण शाहको एकीकरणको घटना चित्रण गरिएको हुनाले यो कृतिले ऐतिहासिक जानकारी पनि सहज र प्रष्ट रुपमा देखाउन खोजेको छ । यस उपन्यासमा प्रकृतिको चित्रण, बिम्बात्मक प्रस्तुति, भाषाको सरलता, विषयवस्तु सहजरूपमा आएको छ । जीवनसँग यो पुस्तक निकै नजिक हुन सफल भएको छ ।
गाउँबाट सपना बोकेर शहर पसेको युवाको भोगाइ, राजनैतिक अराजकताको चित्रण उपन्यासले गरेको, बोक्सीको आरोपमा नारीमाथि गरिएको शोषण अहिले पनि कायमै रहेको कुराको चर्चा उपन्यासमा गरिएको छ । द्वन्द्वकालीन घटना र त्यसले नेपाली समाजमा पारेको प्रभावको चित्रण पनि छ । पृथ्वीनारायण शाहको एकीकरणको घटना चित्रण गरिएको हुनाले यो कृतिले ऐतिहासिक जानकारी पनि सहज र प्रष्ट रुपमा देखाउन खोजेको छ । यस उपन्यासमा प्रकृतिको चित्रण, बिम्बात्मक प्रस्तुति, भाषाको सरलता, विषयवस्तु सहजरूपमा आएको छ । जीवनसँग यो पुस्तक निकै नजिक हुन सफल भएको छ ।
"श्रुति सम्बेग"कार्यक्रममा अच्युत घिमिरेको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।
ल सुनम न त !
Tuesday, January 9, 2018
उपन्यास : ताप
~शारदा शर्मा~
"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।
ल सुनम न त !
Click here to Download
ताप भन्नाले पोल्ने तताउने वा सङ्घर्षबाट प्राप्त हुने शक्ति भन्ने जनाउछ, अर्को कुरा मान्छेका जीवनमा पर्ने आधिदैविक, आधिभौतिक र आध्यात्मिक आदिबाट पर्ने दुःख र सन्ताप परेका उसका जीवनका सङ्घर्षले सिकाएका पाठबाट मान्छेले सिक्ने, भोग्ने क्रम पनि हो ताप । यस्तै यस्तै ताप पर्दै गए पछि मान्छेमा अझै जिउने उर्जा प्राप्त हुँदै जान्छन् । त्यसैले त भनिन्छ, जीवन सङ्घर्ष हो, सङ्घर्ष नै जीवन हो । एउटा पात्रले आफ्नो जीवन जिउने क्रममा भोगेका भोगाईहरू ताप उपन्यासका कथावस्तुहरू हुन । मूलतः यस उपन्यास भित्र नारीसंवेदनाका विविध पाटाहरूलाई उजागर गर्न खोजिएको छ । लेखक पनि नारी नै भएको कारणले नारीसंवेदनाका कुराहरू उल्लेख्य रुपमा रहेका छन्, भने पुरुष प्रवृतिलाई पनि उनले छर्लङ्याएकी छिन् । एउटा मन्त्री जस्तो गरिमामय पदमा रहेर एउटा पुरुषको घिनलाग्दो करतुत उपन्यास मार्फत व्यक्त भएको छ । मान्छेले आफ्नो पदप्रतिष्ठाको ख्याल नगरी कतिसम्म निच बन्न सक्दो रहेछ भन्ने प्रमाण उपन्यासमा स्पष्ट देखिन्छ । लेखक नारी भए पनि पुरुष प्रवृतिप्रति उनीले निकै गहिरिएर अध्ययन गरेको देखिन्छ तापमा । पुरुष मनोवृतिलाई सहजै प्रस्तुत गर्नु उपन्यासको महत्वपूर्ण पक्ष हो । हालैका नेपाली राजनीतिक आकाशका पनि यस्ता पात्रहरू सल्वलाई रहेको आभाष हामीले पाएका छौं ।
उपन्यास भित्रको एउटा पात्र जीवन भोगाईकै सन्दर्भमा मान्छे प्रति घृणा उत्पन्न हुन्छ, र, ति पात्रको मान्छे प्रतिको निष्कर्ष यस्तो छ :–‘सम्भवतः मान्छे भनेको सभ्यताको मुखुण्डो भिरेको पशु नै हो ।’ कृतिका हिसावले शर्माको ‘अग्निस्पर्श’ निबन्ध सङ्ग्रह नेपाली साहित्यको विशिष्ट ग्रन्थको रुपमा लिन सकिन्छ । ‘भुईँफूलको देश’ यात्रा निबन्धहरूको सङ्ग्रह पनि उत्कृष्ट रहेको छ शर्माको । उनका लेखनको विशिष्टतालाई मध्यनजर गर्दै नेपाली साहित्यमा उत्कृष्ट पाँच महिला सहित्यकार भित्र शर्मालाई गणना गर्न सकिन्छ ।
(स्रोत : समीक्षा - समय–त्रासदीका प्रहारः 'ताप - छविरमण सिलवाल')
"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।
ल सुनम न त !
Click here to Download
Sunday, December 24, 2017
उपन्यास : अर्की आइमाई
उपन्यासको थालनी यात्राको क्रममा रहेको मुल पात्रको नेपाल भ्रमणबाट शुरु भएर नेपालमा नै गएर टुङिगएको छ । कथावाचन शैलीका माध्यमबाट कथावस्तु अगाडि बढ्दै गएको छ । आत्मकथा शैलीमा प्रस्तुत गरिएको अर्की आइमाई उपन्यासले एउटी महिलाको कष्टमय जीवनको चित्रण गरेको छ । उपन्यासलाई फ्ल्यास बैंक शैलीमा प्रस्तुत गरिएको छ भने आख्यान साहित्यको सशक्त पक्ष मानिने कुतुहलताको निर्वाह उपन्यासकारले सजिवताका साथ गरेकोले कथावस्तु र घटनाक्रम एकपछि अर्को गर्दै बग्दै गएको पाइन्छ । तर कतै कतै कुतुहलतामा अवरोधमा आएका छन् । उपन्यासले अमेरिकाको आप्रवासी जीवन शैली र त्यहाँ हुनेगरेको मानव तस्करीका विभिन्न घटनाक्रमलाई उदाङ्गो पारेर देखाइदिएको छ ।
अमेरिका स्वप्नको देश हो भने अमेरिका संघर्षको पनि देश हो भन्ने वास्तविकतालाई उपन्यासले देखाएको छ । काम नगरी बस्न नसकिने र त्यहाँ बस्नलाई अनैतिकबाट लिएर गैरकानूनी काम गर्नु पर्ने आप्रवासीहरुको बाध्यतालाई उपन्यासले देखाएको छ । अमेरिकामा आप्रवासीहरुको वास्तविक जीवन शैलीलाई देखाउदै त्यहाँ पुगेका र पुग्न चाहनेहरुको ईच्छा आकङ्छाहरुलाई विभिन्न पात्रका माध्यमबाट उपन्यासले समेटेको छ ।

(स्रोत : समीक्षा - अर्की आइमाई: अमेरिकाको अलिखित वास्तविकताको कथाव्यथा - डा गोबिन्दसिंह रावत )
(उपन्यास अंश : अर्की आइमाइ - यहाँ पढ्नुहोस्)
"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।
ल सुनम न त !
Click here to Download
Wednesday, November 1, 2017
उपन्यास : भोक र भित्ता
~दौलत विक्रम विष्ट~
भोक र भित्ताहरु (२०३८) दौलतबिक्रम बिष्ट द्वारा लिखित नेपाली साहित्यिक कृति हो । यो उपन्यासमा नेपालीहरूको गरीबिको यथार्थ चित्रण उच्च वर्ग र निम्न वर्ग वीचको द्वन्द लाई केलाईएको छ ।
उनका प्रकासित कृतिहरुमा: चपाईएका अनुहार मञ्जरी, एक पालुवा अनेकौँ याम, बिग्रिएको बाटो थाकेको आकाश, भोक र भित्ताहरु, ज्योति ज्योति महाज्योति, हिमाल र मान्छे, फाँसीको फन्दामा प्रदर्शनी (२०२३), गालाको लाली (२०२५), छाया (२०३१), घाउका सत्र चक्का (२०३५), आलो कथा (२०४०), आँसु त्यसै त्यसै छचल्किन्छ (२०४९), एक एकाङ्की दश कथा (२०५७) आदि रहेका छन् ।
यिनै कृतिहरु मध्येको श्रुतिसंवेग कार्यक्रममा "भोक र भित्ताहरु" उपन्यास अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यहाँ सङ्ग्रह गरिएको छ ।

Tuesday, September 5, 2017
कथाहरु : अर्ली भाइ (कथा संग्रह)
~चिम्खोले काइँला~
साहित्यकार चिम्खोले काइँला (दूतबहादुर पुन) को तेस्रो पुस्तक, कथासंग्रह ‘अर्ली भाइ’ मा अर्ली भाइ, शान्तीको जिन्दगी, ठुलो भुल, मेजर पेन्सन खाउली, लाहुरेको सपना, मनकी रानी रजनी, रवीन भान्जा, कान्छीको जिन्दगी, फुलमती र निरुता भान्जी गरी जम्मा १० वटा कथाहरु समेटिएका छन् ।
यस कथा संग्रहमा रहेका कथाले बेलायतमा र विशेष गरी लाहुरे नेपाली समुदायका घटनाक्रमलाई समेटिएको छ । हाम्रो नेपाली समाजमा अहिले पनि यौन र यस संग यौन साहित्यका बारेमा मुख खुम्च्याउने अवस्था रहेपनि यस कथा संग्रहमा भने यौनलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
२ सय वर्षको इतिहास बोकेको गोर्खाली सेनाले नचाहे पनि नेपाली लाहुरेको संस्कृति बनेको छ र त्यहाँको रहन सहन,संस्कृति, वातावरण, नियम कानुन र ति कुराहरु नबुझ्दा र मोजमस्तीले भोग्नु परेको पिडालाई कथामा समेटिएको छ । त्यस्तै पल्टन भित्रको अमुर्त घटना र सुन्दर भविष्यको लागी पेन्सनर जेष्ठ नागरिक संगको अनमेल विवाहलाई कथामा दर्शाइएको छ; यो कथा पद्दा पल्टने जिवन भोगेकाहरुले ति पात्रहरु आफै भएको अनुभुती हुनसक्नेछ । लेखकले सुनेर होइन आफैंले देखेर र भोगेर कथा लेखेकाले पुस्तकले विषयको गहिराइ समातेको छ ।’
यस कथा संग्रहमा रहेका कथाले बेलायतमा र विशेष गरी लाहुरे नेपाली समुदायका घटनाक्रमलाई समेटिएको छ । हाम्रो नेपाली समाजमा अहिले पनि यौन र यस संग यौन साहित्यका बारेमा मुख खुम्च्याउने अवस्था रहेपनि यस कथा संग्रहमा भने यौनलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
२ सय वर्षको इतिहास बोकेको गोर्खाली सेनाले नचाहे पनि नेपाली लाहुरेको संस्कृति बनेको छ र त्यहाँको रहन सहन,संस्कृति, वातावरण, नियम कानुन र ति कुराहरु नबुझ्दा र मोजमस्तीले भोग्नु परेको पिडालाई कथामा समेटिएको छ । त्यस्तै पल्टन भित्रको अमुर्त घटना र सुन्दर भविष्यको लागी पेन्सनर जेष्ठ नागरिक संगको अनमेल विवाहलाई कथामा दर्शाइएको छ; यो कथा पद्दा पल्टने जिवन भोगेकाहरुले ति पात्रहरु आफै भएको अनुभुती हुनसक्नेछ । लेखकले सुनेर होइन आफैंले देखेर र भोगेर कथा लेखेकाले पुस्तकले विषयको गहिराइ समातेको छ ।’
"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।
ल सुनम न त !
कथाहरु :
१. अर्ली भाइ
२. निलिमा भान्जी
३. शान्तीको जिन्दगी
४. रविन भाञ्जा
५. कान्छीको जिन्दगी
६. मनकी रानी राजनी
७. फूलमती
Click here to Download
Tuesday, July 4, 2017
लघु-उपन्यास : चुली
~सरुभक्त~
हिमाल आरोहणको इतिवृत्तभन्दा अमिल्दो नलाग्ने ‘चुली’ यथार्थमा मानवीय जिगीषा र जिजीविषाहरूको
साहसिक अभियानको राम्रो अभिलेख भइदिएको छ । आरोहण खतराको चुनौती स्विकार्ने साहस, सगरमाथा आरोहीको रोमाञ्चक अनुभव र अद्भुत भोगाइको सजीव आलेख रोचक छ र आकर्षक पनि ।
प्राकृतिक छवि अङ्कित गर्ने दृष्टिले मात्र होइन, सगरमाथाको विकरालता, जोखिम, दुर्घटना, आशङ्कित मृत्यु आदिको अनुभूति । र दुर्लङ्घ्य सगरमाथाको भूगोल, आरोहण वृत्तान्त, त्यससम्बन्धी प्राविधिक ज्ञान, वायुमण्डलीय चाप, आरोहणमा प्रयोग हुने औजार, दुर्गम स्थलका नाम आदिको जानकारीले ‘चुली’ एक गैरपर्वतारोहीको आरोहण लघुउपन्यास हो भनेर सायदै कसैलाई लाग्ला ।
(स्रोत : Web)
"श्रुतीसम्बेग" कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

जम्मा ७० पेजको उपन्यास एउटा पर्वतारोहीको सगरमाथा आरोहरणबारेको कथा हो । उपन्यासले चुलीको यात्रामा पाठकलाई हिंडाए पनि यो खासमा जीवनको चुलीको बयान हो । आरोहणका क्रममा आरोहीको आँखा ढाक्ने गरी फुरफुर उड्दै आउने हिउँ जस्तै पुस्तकको ठाउँठाउँमा दार्शनिक हरफ र काव्यिक मिठासले मन र मगज जिस्काउने तागत राख्छन् । भूमिकामा कृष्णचन्द्रसिंह प्रधानले यो लघु उपन्यासलाई ‘गद्यात्मक कविताजन्य अनुभूतिहरुको आलेख’ भनेका छन् ।
मान्छेभित्रको अटल आत्मविश्वास, लगन, जिज्ञासा र आशाले भरिएको शिखरको रुपमा सगरमाथा उभिएको छ कृतिमा । यो सगरमाथा मान्छेको अहम् हो, जीवनबोध हो । चुलीको यात्रालाई एउटा सिंगो जीवनयात्राका रुपमा पनि लिन सकिन्छ । ‘हिमालमा जोखिमहरु हुन्छन् । जीवनमा हिमालहरु हुन्छन् । जीवन भनेको जोखिमहरुको एक सुन्दर कविता हो ।’ भनेर आरोहीमार्फत जीवनका चुनौतीहरुसँग पौंठेजोरी खेल्न प्रेरणाको प्रसार गरिएको छ । भौतिक रुपमा हिउँको टाँकुरा टेके पनि सार रुपमा मानवताको चुली टेक्नु नै जीवनको लक्ष्य हुनुपर्ने र सफलता मानिनुपर्ने कृतिको केन्द्रीय स्वर हो ।
नाम्चेदेखि हिंडेको पर्वतारोही कुनै गाइड र अन्य सहयोगीबिना नै सगरमाथाको टुप्पोमा एक्लै आफ्नै बर्गतले पुग्ने अठोटमा हिंड्छ । जीवनको सबै हिमाल एक्लै चढेको भनेर गर्वले छाती फुलाउने उसले ‘चुलीको यात्रा भनेको सधैं एक्लो यात्रा हो’ भन्ने मानेको छ । घरिघरि बिग्रने मौसम भूत बनेर जीवन र यात्रालाई तर्साउन आए पनि उसको उद्देश्यले ढाल बनेर प्रतिकूल अवस्थामा पनि हिंडाइराख्छ । ‘ऊसामु उसको उद्देश्य छ । उद्देश्यहीन जीवन मृत्यु हो । मृत्यु कुनै उद्देश्य होइन ।’ भन्दै आरोहीले रोकिनु, थाक्नु, जम्नुलाई सधैं परपरै धकेल्छ ।
अचम्म लाग्छ, कहिल्यै सगरमाथाको आरोहण नगरेका लेखकले चुलीयात्राको एक-एक पाइला सचित्र रुपमा आँखामा उतार्छन् । लेखकको शक्ति र कल्पनाशीलताको उँचाइ भन्नु नै यही हो । आधारशिविरबाट ल्होत्से, नुप्चे, चाङटे, खुम्बट्से, पुमोरी चुली देखिए पनि सगरमाथा चुली नदेखिने कुरा हामी थाहा पाउँछौं । जिन्दगीमा हिउँको नाममा बरफ र असिना मात्रै देखेको/छोएको मेरो निम्ति चुली चढाइको जोखिम र मुटु कमाउने हिउँसँगको कुश्तीले जिउमा काँडा उमार्छन् । बरफ र हिउँ फरक कुरा हुन्, अझ हिउँ र हिमाल फरक कुरा ।
खुम्बु आइसफलको फेदीमा ५३ सय मिटरको उँचाइमा रहेको आधार शिविरसम्म उसले भरियाहरुको साथ लिन्छ । ‘आरोहण अभियानमा मान्छेको कुनै क्षति भएन, मात्र केही भरियाहरु मरे’ भनेर पहिलेपहिलेका अन्य निर्दयी आरोहीले भरियाहरुलाई मान्छे नै नगन्ने जस्तो छैन ऊ । चट्टानी हिउँमा उक्लिँदा ख्वाप्ख्वाप् गाड्नुपर्ने हिमबन्चरो जस्तै मानवतावाद उसको हतियार हो । दुःखको गहिरा-गहिरा खाल्डा पुर्ने उत्कण्ठासहित सर्वोच्च शिखरको पाउ परेका भरियाहरु आफैंमा दुःखका अलग-अलग टाँकुरा लाग्छन् । सिकिस्त बाउको उपचार खर्च जुटाउने विवशतामा जाकिएका, छोराछोरी पढाउने धोको साँचेका, घरगृहस्थीको गर्जो टार्ने रनाहामा दौडिएका भरियाको लस्कर छ आधारशिविरमा । जसलाई थामथुम पार्न ऊ ‘जीवनमा दुःख छ, तर जीवन दुःख होइन’ भन्ने दर्शनको सिटामोल बाँड्छ ।
सहयात्रीलाई जीवनको सरलता सम्झाउने ऊ आफू चाहिं आफ्नो आरोहण सरल रेखामा अघि बढाउन सक्छ त ? ‘चुलीको यात्रा बेहोसीको यात्रा होइन’ भन्ने ऊ त्यो यात्रालाई होशपूर्वक टुंगोमा पुर्याउन सक्छ ?
(स्रोत : समीक्षा - सरुभक्तको चुली र ‘धुम थ्री’- जोतारे ढैब)
Friday, June 23, 2017
उपन्यास : साबिती
~जगदीश घिमिरे~
२०२७ सालमा 'लिलाम' छापिएर आएपछि जगदीश घिमिरे एक्कासी चर्चामा आए। निमुखा जनताका पक्षधर लेखक भनेर पञ्चायती सरकारका आँखामा पनि उनी चढिहाले। फलस्वरूप उनको अर्को उपन्यास 'साबिती' लाई प्रकाशित हुन हम्मे पर्यो। नाम चलेका (नचलेका पनि) प्रकाशकहरू उनको 'साबिती' पढ्दा नै तर्सेअनि उनीहरूले तत्कालै त्यसलाई 'क्रान्तिकारी' को उपाधि दिंदै 'हामी छाप्न सक्दैनौं' भनी तर्के। त्यस्तो वातावरणमा 'रचना' का सम्पादक रोचक घिमिरेले त्यो उपन्यासलाई आफ्नो पत्रिकाको एउटा अंक बनाएर लुसुक्क छापिदिए।
तिनताका छापिएका पत्रिकाहरू पनि अञ्चलाधीश कार्यालयमा जँचाएर पास भएपछि मात्र बिक्री–वितरण गर्न प्रकाशकलाई दिइन्थ्यो। सो, आफ्नै व्यास प्रेसमा छापिएको 'साबिती' भएको अंकलाई अञ्चलाधीश कार्यालयमा कसरी छिराउने र उकाल्ने भन्ने सारै 'जोखिमी' जुक्ति रोचकजीले निकालेर त्यो डरलाग्दो खेलमा सफल पनि भए। उनले कसरी के–के तारतम्य मिलाए कुन्नि, 'रचना' त्यहाँबाट पास भएर बाहिरियो, कुनै पनि पृष्ठमा कालो नपोती, बेदाग! तर, अञ्चलाधीश कार्यालयबाट पास भए तापनि केही समय 'रचना' गुप्तवास बस्यो, कन्सुत्लेहरूले सरकारी कानमा नपुर्याउन् भनेर। 'रचना' को त्यस अंकका छापिएका फर्माहरू नबिगारी प्रत्येकलाई छुट्टै पनि मुद्रित गरेर राखेको थियो व्यास प्रेसले। त्यसरी जगेडा राखिएका फर्माहरूबाट रोचकजीले 'साबिती' लाई कितापको रूप पनि दिइसकेका थिए। उनले लेखक जगदीशजी र आफन्तहरूको सल्लाहले त्यसलाई 'रचना' भन्दा पैले बजारमा ल्याएर बाहिर जिल्लाका सकेका ठाउँहरूमा पठाइदिए। यसरी राजधानीमा हल्लाखल्ला हुन थाल्दा नथाल्दै 'साबिती' मोफसलमा 'बमसेल' भइसकेको थियो।

(स्रोत : समीक्षा - फरक बाटोको बटुवा - कमल दीक्षित)
ल सुनम न त !
Click here to Download
Thursday, June 15, 2017
उपन्यास : उर्गेनको घोडा
~युग पाठक~
उर्गेनको घोडा युग पाठकद्वारा माओवादी जनयुद्धलाई आधार बनाएर रचना गरिएको उपन्यास हो। यस उपन्यासमा 'थाहा'अभियान्ता रूपचन्द्र बिष्टलाई पनि पात्रको रूपमा देखाइएको छ। जस्ले मान्छेहरूलाई चेतनाको दियो बाल्न कसरि मद्दत गरेका थिए भन्ने कुरा देखाएकाछन उपन्यासकारले। यो पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो।
म्हेन्दो यस उपन्यासकी प्रमुख पात्र हो भने पल्लभी म्हेन्दोको सारथि हुन्छे। तमाङ जातिको इतिहास खोतल्ने प्रयास गरिएको उपन्यासमा कसरि तामाङहरूले आफ्नो आदिभूमि तामसालिङ खस राजाहरू सँग हारेका थिए भन्ने कुरा देखाउन खोजिएको छ। याबेङ खोला तरेर जान नहुने गए कहिल्यै फर्किएर आउन नपाइने तमाङ जातिमा रहेको बिश्वास केबल रुडिबादि बाहेक केहि होइन र एतिहासिक याम्बु सहर तामसालिङहरूको धरोहर भएको कुरा बताइएको छ यस उपन्यासमा। यो उपन्यासमा म्हेन्दो लडाकुको कमान्ड हुन्छे जस्ले गुमेको तामाङहरूको तामसालिङ राज्य लगायत पिछडिएका ,उत्पिडनमा परेका ,दलित ,महिलाहरूको लागी लडेको र राज्य स्थापना गरि छाड्ने बताउछे।

Tuesday, March 7, 2017
नियात्रा : मान्ठा डराएको जुग
~मोहन मैनाली~
उनीहरूले काम गरेको खिच्न हामी कान्लो उक्लियौँ । झोलाबाट क्यामरा निकाल्यौँ । टाइपड निकाल्न थाल्यौँ । यत्तिकैमा बिउ छरिरहेका मानिस काम छाडेर भागे । उनी हामीसँग डराए जस्तो लाग्यो । ए दाइ नभाग्नूस् । हामी केही गर्दैनौँ । आफ्नो काम गर्नूस् हामीले अनुरोध गरेपछि उनी हामीतिर फर्किए ।
मोहन मैनालीको पुस्तक मान्ठा डराएको जुगमा उल्लिखित यो प्रसंग बाजुराको पाण्डुसैनको हो । ०५९ को वर्षामा आफ्नै खेतमा काम गरिरहेका जुल्फे सार्की पत्रकारको क्यामरा र टाइपड निकाल्दा बन्दुक ठानेर भागेका थिए । पछि कुराकानी हुँदा वृत्तान्त थाहा पाएपछि आफू भाग्नुको कारण उनले यसरी उल्लेख गरेछन्, नौला मान्ठा आउँदा डर मान्दछौँ, हजुर । मान्ठादेखि मान्ठादेखि मान्ठा डराउने जुग आयो । (पृष्ठ १२६)
मोहन मैनालीले आफ्नो अघिल्लो पुस्तक उपल्लो थलोमा जस्तै मान्ठा डराएको जुगमा पनि ससाना कुरालाई सुक्ष्म ढंगले उतारेका छन् । कनीकुथी ठूलाबडाहरूको भनाइ उद्यृत गर्ने, कथित ठूलाहरुका वरिपरि परिक्रमा गर्ने र तिनीहरुका वान्ता आउलान् जस्ता बनावटी भनाइले पुस्तकका पाना रंग्याउने परम्पराबाट भिन्न देखिँदै आएका यी खोज पत्रकारले जीवनसँग ठूलो अर्थ राख्ने गाउँका ससाना प्रसंगहरूलाई पुस्तकमा कलात्मक रूपमा उतारेका छन् । हिंसा प्रतिहिंसाको अचानो सर्वसाधारण कसरी बनेका थिए ? पूर्वको संखुवासभादेखि पश्चिमको बाजुरा पुग्दासम्म उनले देखेका कारुणिक कथाहरू जस्ताका तस्तै पुस्तकमा राखेका छन् ।
पुस्तकमा द्वन्द्वका बेला सर्वसाधारण कसरी पिल्सिएका थिए भन्ने कुरा मिहिन रूपमा उतारिएको छ । माओवादी निर्मूल पार्ने नाममा सरकारी फौजले गरेको विवेकहीन कारबाहीले मानिसहरू जबर्जस्ती माओवादीका बन्नुपरेका दृष्टान्तहरू पनि पुस्तकमा पढ्न पाइन्छ । कालिकोटदेखि बाजुरासम्मका त्यस्ता प्रसंगले माओवादी युद्ध चर्किनुमा सरकारी फौजको पनि हात थियो भन्ने निष्कर्षमा पुग्न करै लाग्छ । बिनाअनुसन्धान, बिनाप्रमाण र बिनाकिटानी पहिला मानिसलाई मार्ने र त्यसपछि सरकारी सञ्चारमाध्यमबाट आतंककारी मारिएको खबर प्रसारण गर्ने तरिकाले आम मानिस कति पीडित थिए भन्ने कुरा पुस्तकमा कालिकोट र बाजुराका दुई प्रसंग अघि सारेर देखाइएको छ । फलानो ठाउँमा पुग्यौँ, चिया पियौँ, फलाना फलाना थियौँ जस्ता दोहोरिरहने प्रसंगलाई झिकिदिने हो भने मोहन मैनालीको मान्ठा डराएको जुग द्वन्द्वकालीन नेपालको उत्कृष्ट ऐनाका रूपमा पाठकसमक्ष आएको छ ।
द्वन्द्वले उजाडिएका बस्तीका सुस्केरा पुस्तकमा पाइन्छन् । दोहोरो मारबाट आफ्ना प्रियजनहरू गुमाएर पनि बाँच्न अभिशप्त ती दु:खी मानिसको स्पन्दन पुस्तकले समेटेको छ, जुन जोकसैले उतार्न मुस्किल पर्दछ । मोहन मैनालीले त्यो हिम्मत गरेका छन् र वास्तवमै द्वन्द्वका बेला आवाज हराएकाहरूलाई आवाज दिने कोसिस गरेका छन् ।
(स्रोत : बाँचेकाहरूका करुण कथा - पूर्ण पाठ यहाँ पढ्नुहोस् )

Friday, January 20, 2017
संस्मरण : रेड स्क्वायर
~कृष्ण धरावासी~
कृष्ण धरावासी लेख्नकै निम्ति जन्मिएका हुन् भन्यो भने कसैको आपत्ति रहँदैन । रहोस् पनि कसरी, उनका उपन्यास/कथा पढेर बर्बरी आँसु झार्नेहरूको ठूलो संख्या छ । पछिल्ला वर्षमा धरावासीको गर्भधारण क्षमता देखेर धेरैले जिब्रो काढ्छन् । नकाढून् पनि कसरी ? प्रत्येक वर्षको सिँढीमा उनी जुम्ल्याहा, तिम्ल्याहा किताब जन्माउँछन् । रसिया भ्रमणको सम्झना समेटिएर लेखिएको पुस्तक रेड स्क्वायर त्यसैको पछिल्लो अध्याय हो ।
पुस्तकमा ९ जुन २०१२ देखि १२ जुलाईसम्म समेटिएको यात्रा वृत्तान्त छ । रसियन साहित्य धेरथोर पढेका र रुसको कम्युनिस्ट व्यवस्थालाई आफ्नै शैलीमा बुझेका धरावासी पुस्तकभरि आफ्नै विश्वासमाथि विमर्श गर्छन् । रुसी साहित्यमाथिको आफ्नो दृष्टिकोण र साहित्यप्रेमी नेपालीले नाम सुनेका रसियन साहित्यकारको जीवनी धेरै र तिनको लेखनमाथि व्याख्या पनि गर्छन् ।
रसियामा देखेका प्रत्येक ठाउँ र सन्दर्भको वर्णन गर्दा गर्दै धरावासी अतीतमुखी हुन्छन् । उनी आफ्ना बुझाइको सीमितता, आफ्नो भोगाइका विरोधाभासपूर्ण सन्दर्भहरूको वर्णन पनि मीठो शैलीमा गर्छन् । तुलनात्मक अध्ययन पुस्तकको विशेषता नै हो । तर, कतिपय सन्दर्भमा धरावासी त्यसै त्यसै बहकिन्छन् । उनको बहकिने मनले लेखनीलाई ठाउँठाउँमा झिँजोलाग्दो बनाइदिन्छ ।
धरावासीको पुस्तकमा आफ्नो नाम समेटिएको थाहा पाएर तिनीहरू औधी खुसी हुँदा हुन् । तर, पाठकहरू पटक्कै खुसी हुन सक्दैनन् । बग्रेल्ती नामको लस्करले कतै कतै त प्याराग्राफ नै भरिएको छ । मूल्य तिरेर धरावासीको गहन लेखनी पढ्न चाहने पाठकमाथि यो त अन्याय नै हो ।
२१ उपशीर्षकमा बाँडिएको पुस्तकले रसियाको समाजको भन्दा ‘वर्ड आई भ्यू’ मात्र राखेको छ । यसमा कम्युनिस्ट राजनीतिको इतिहास, साहित्य र समृद्धिको झलक आउँछ । यात्रा क्रममा कैयन् दृश्यको वर्णनमा धरावासीले रसियामा बसेर व्यवसायको सञ्जाल फिजाइरहेको गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको सहायता लिएका छन् ।
कैयन् प्रसंग दोहोरिएका छन् पुस्तकमा । केही केही त लाइन नै ‘कपी पेस्ट’ गरिएजस्ता देखिन्छन् । जसले पुस्तकमा पर्याप्त सम्पादन नभएको पुष्टि गर्छ । गाडी चालक भ्लादिमिरको व्याख्या ३२ र ५२ पृष्ठमा उस्तै–उस्तै देखिन्छ । १ सय १० पृष्ठको दोस्रो अनुच्छेदको सुरु र १ सय २० दोस्रो अनुच्छेद उस्तै छ । १ सय २६ पृष्ठको पहिलो र १ सय ४७ पृष्ठको दोस्रो अनुच्छेदमा एउटै तथ्य छ । यस्तो दोहोरिने उपक्रम कैयन् पानामा छन् । त्यसले पुस्तकलाई कमजोर बनाएको छ । कमजोरी जति भए पनि धरावासी आफ्नो लेखनीमा इमानदार भने देखिन्छन् । पृष्ठ १ सय ६ मा धरावासीले स्वीकारेकै छन्, ‘भ्रमणका क्रममा टिपोट गर्ने बानी अझै बसेको छैन । त्यही भएर ठाउँ, पात्र, घटनाबारे सम्झिन र सिलसिला मिलाएर लेख्न गाह्रो पर्दैछ ।’
पृष्ठ १ सय ४९ मा धरावासीले हाकाहाकी लेखेका छन्, ‘म हरेक यात्रालाई पुस्तकको रूप दिने कोसिसमा छु ।’ यसैबाट बुझिन्छ, धरावासी आफूले देखेका, जानेका, बुझेका, भोगेका र अनुभूत गरेका सबै कुरा लेख्न चाहन्छन् । त्यही भएर उनले झिनामसिना र उल्लेख नगरे पनि हुने सन्दर्भसमेत नछुटाई लेखेका छन् । तर, यसरी लेखिएका पुस्तक खरिद गर्ने पाठकलाई न्याय गर्छ कि गर्दैन ? धरावासीको लेखनयात्रामा यो प्रश्न तरबार बनेर झुन्डिएको छ । जसको फैसला पाठकको अदालतमा कालक्रममा बिस्तारै गर्ला !
(स्रोत : समीक्षा - धरावासीको हतारको कमजोर रचना 'रेड स्क्वायर' - जनकराज सापकोटा)

Friday, July 1, 2016
कथाहरु : बुधनको घोडी र बाजी
~मन्दिरा मधुश्री~
सवा दर्जन बान्की मिलेका कथाहरूको सँगालो ‘बुधनको घोडी’ को पहिलो कथा हो ‘वीरेको सपना र रेडियोको समाचार’ । कथित दोहोरो भिडन्तका नाममा कसरी कत्लेआम गरिन्थे बबुरा मान्छेहरू र निर्दोष जनहरू एक दशक लामो जनसमरमा भन्ने तथ्यको सटिक उद्घाटन गरेको मार्मिक कथा हो यो । त्यसरी नै मनको बाघले दार्दाखेरीको सन्ताप र पुरुषप्रतिको भ्रान्तिपूर्ण दृष्टिदोष उजागर गरेको कथा हो ‘हाकिम, म र त्यो साँझ’ । सङ्ग्रहको तेस्रो कथा ‘मैले चिनेको सहर’ अनुमानका हनुमानहरू अन्दाजका भरमा के कस्तो अक्करमा फस्छन् र त्रुटिपूर्ण पूर्वानुमान कसरी असत्य सावित हुन्छ भन्ने कुराको सजीव उपमा हो । अबोध नारीमाथि यौनान्दका निम्ति भएको दर्दनाक हमलाका कारण उनको निरपराध जिन्दगी कसरी क्षतविक्षत भएर नष्ट हुन्छ भन्ने कुराको कारुणिक चित्र ‘पुनरावृत्ति’ शीर्षकीय कथा हो भने ‘आइमाई’ मा एउटी निश्छल नारीमाथि उनीजस्तै महिलाहरूले कतिसम्म निकृष्ट एवम् कपोलकल्पित लान्छना थोपर्न सक्छन् भन्ने कुराको जीवन्त दृष्टान्त प्रतिविम्बित गरिएको छ ।
अनुक्रमको छैटौँ कथा ‘सिट नं. १२’ खोलका आधारमा सुन र पित्तलका पहिचान्न कठिन भएझैँ फगत कुनै पात्रको बाहृय आवरण र हाउभाउ हेरेर उसको आनिबानी अनुमान गर्नु महाभूल हो भन्ने उत्कृष्ट उदाहरण हो । धोकाधडीको बदला प्रेमले लिनका निम्ति धोकेबाज प्रेमी र उसकी अर्धाङ्गिनीलाई नसामा हुँदा उसैलाई मोहजालमा पारेर जन्माएकी सुपुत्री सौगात दिएको मर्मस्पर्शी प्रसङ्ग खोतलखातल गरेको कथा हो ‘ममी मलाई किन छोड्नु भा’को ?’ कथा । शृङ्खलाको आठौँ कथा ‘मासुको तिर्सना’ क्रूर मालिक–मालिक्नीले एउटा निर्धन कामदारलाई एउटा फिर्को मासु पनि नदिईकन कसरी अनिदो रहने गरी तड्पाए भन्ने विषयको इतिवृत्त केलाइएको छ भने पुँजीवादले मान्छेलाई कसरी खण्डित गर्दै माया, प्रेम र आफन्तीपनलाई द्रव्यको तराजुमा तौलने कुचेष्टा गरेको छ भन्ने कहालीलाग्दो कैरन हो ‘अंशबन्डा’ । कथाक्रमको दशौँ ‘कथा पानी परेको रात’ प्राकृतिक विनाशलीलाले दुई वर्षबीच बनीबुत्तोमा बाँचेको एउटा दरिद्र परिवार कसरी मटियामेट भयो भन्ने विषयको वृत्तान्त हो भने एउटी अदना आइमाईको गृहमा गोचर भएको प्रदीप्त प्रकाशबारे गरिएका अनेकन अड्कलबाजी, मनगढन्ते र आशङ्काको नालीबेलीले भरिएको कथा हो ‘मध्य रात र खुला झ्यालभित्रको उज्यालो’ । अनुक्रमणिकाको बाह्रौँ कथा ‘विजेता’ रङ्गीचङ्गी नगरमा अनगन्ती ऊहापोह छिचोलेर न्यून वैतनिक राष्ट्रसेवकहरू कति कठिन जिन्दगी घिसारीरहेका हुन्छन् र तिनको मनोदशा कस्तो हुन्छ भन्ने प्रसङ्गको मनोवैज्ञानिक शल्यक्रिया हो । ‘अम्बाको बोट’ शीर्षकीय कथामा विदेश चर्न गएका प्रिय सन्ततीहरूले त्यहाँ रहँदा बस्ता अनायास कसरी संस्कार बदल्छन् र बिर्सन्छन् प्यारो विधुर बाबु भन्ने गम्भीर एवम् समसामयिक विषयवस्तुको मार्मिक उठान गरिएको छ । कथा सङ्ग्रहको नाम राखिएको सशक्त कथा हो ‘बुधनको घोडी’ ।
स्थानीय लवज र शब्दहरूलाई दुरुस्त सापटी लिएर बुनिएको यो कथामा एउटा निम्न वर्गीय थारूले घोडी बाली गएबापत तिनुपर्ने रकमका निम्ति तड्पिने सिलसिलामा कसरी मानवीयता गुमायो र उसैले थोपरेको शारीरिक पीडाका कारण कसरी गर्भ तुहियो घोडीको भन्ने कुराको करुणामय नालीबेली पस्किएको छ । सङ्ग्रहको अन्तिम तथा पन्ध्रौँ कथा ‘बाजी’ मा कर्तव्यबोधको बोझले थिचिएको पुरुष मस्त महिलाको मादकता र नखरामा पनि पग्लिँदैन भलै कामुकताले भरपुर नै किन नहोस् ऊ भन्ने प्रसङ्गलाई जीवन्तताका साथ प्रस्तुत गरिएको छ । आञ्चलिक जनबोलीलाई टपक्क टिपेर दुरुस्त आफ्ना कथामा ढाल्न सक्ने एक सक्षम आख्यानकारमा दरिएकी छन् मन्दिरा मधुश्री आफ्नो पहिलो सन्तान ‘बुधनको घोडी’ मार्फत् । ‘चिरस्थायी हुन चाहनेले काम पनि त्यस्तै गर्नुपर्दछ’ भन्ने बेञ्जामिन फ्र्याङ्कलिनको कथनलाई आत्मसात गरेकी मन्दिराका कथाहरूले फरक र नयाँ स्वाद त पस्कन्छन् नै, विषयगत विविधतामा पनि उनी अब्बल छन् भन्न पाठकलाई करै लाग्छ । सन्ताप भएका किन्तु सपना नभएकाहरूलाई सपनामा आकृतिहरू दिन तथा भाका भएका परन्तु गुञ्जन नभएकाहरूलाई स्वर दिन समर्थ भएकी छन् उनी । दलन र उत्पीडनका विरुद्ध निर्धक्क औँला ठड्याउनु एवम् निमुखाको मौनतामा आवाज भर्न सफल छन् मधुश्री । त्यसो त मन्दिरा ‘जुझारु निब निर्धाका कारुणिक कहानीहरू अभिलेखीकरण गर्न दत्तचित्त हुन्छ’ भन्ने कुराको पर्याय बन्ने कोशिसमा छन् भन्दा अत्युक्ति नहोला ।
सयौँ सबल पक्षका बीच भाषिक शुद्धतामा उनी प्रशस्तै चिप्लिएकी छन् । तसर्थ अनुमान गर्न सकिन्छ उनी हतारमा प्रकाशित गर्ने र फुर्सदमा पछुताउनु पर्ने परिस्थितिमा जकडिएकी छन् । जेहोस्, आवरणदेखि प्रस्तुतिसम्मका आकर्षणका कारण पाठक कथा पढेर मन्त्रमुग्ध नै हुनेछन् र उनलाई पनि एक स्थापित कथाकारको स्थान ग्रहण गर्न कुनै हम्मे पर्ने छैन ‘बुधनको घोडी’ पाठकका हातमा पुगेपछि । सामाजिक यर्थाथसँग बलियो साइनो गाँस्न र स्वैर कल्पनासँग सिन्कोपाङ्ग्रो गर्न जमजमाएकी मन्दिराको स्थान अब उनले हिँड्न चाहने डोरेटोले पनि निर्धारण गर्नेछ ।
(स्रोत : समीक्षा - यथार्थताको आरसी : बुधनको घोडी)

Friday, April 1, 2016
उपन्यास : घामका पाईलाहरु
~ध. च. गोतामे~
"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।
ल सुनम न त !
नेपाली उपन्यास “घामका पाईलाहरु”का लेखक ध.च. गोतामे अर्थात धनुश चन्द्र गौतम हुनुहुन्छ । उहाँका कृतिहरु "कालन्तर्", "घामका पाईलाहरु","उत्तोरोत्तोर" मध्य "घामका पाईलाहरु"ले २०३५ सालमा साझा र मदन पुरस्कार जितेको थियो ।
तराईको जन जीवन कती कष्टकर हुन्छ र पहिलेको नेपाल कस्तो थियो भनेर बुझ्न यस उपन्यास पढ्नै पर्छ । राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा अम्लेख्गञ्ज सम्म चल्ने रेल र त्यस्ले पारेको जिविका जीवनमा असारको वरीपरी पुरै उपन्यास घुमेको छ ।
"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।
ल सुनम न त !
Tuesday, September 8, 2015
कथाहरु : 'रातो रंग लिएर झरेको पर्दा' र 'समय'
~दौलत विक्रम विष्ट~
राजकिय प्रज्ञा प्रतिस्ठानले २०३५ मा प्रकाशित कथा संग्रह 'घाऊका सत्र चक्का'मा बिभिन्न कथा संग्रहित रहेको छ । आज कथाहरु 'रातो रंग लिएर झरेको पर्दा' र 'समय' वाचन गरिएको छ ।
दौलत बिक्रम बिष्टका कथाहरु मनोबिश्लेशणात्मक हुने गर्छन् ।

कथाहरु 'रातो रंग लिएर झरेको पर्दा' र 'समय''
Friday, July 24, 2015
कथा : फ्लाईट नम्बर ७१७
~लेनिन बन्जाडे~
ल सुनुम है त !
लेनिन बन्जाडे मुलतः पत्रकार हुन् । उनी ब्लगर तथा ट्वीटरमा र फेसबुकमा पनि निक्कै चिरपरिचित छन । उन्का प्राय: कथा लेख रचना उन्कै ब्लगमा पहिले आउने गरेको छ । उन्को कथाहरुमा रोचक पक्ष भनेकाइ जीवनको नजिक रहेर जीवनको नाडी चामेर सामाजिक बिसङ्गतीरुपी रोग शब्दमा ब्यक्त गर्न सक्ने नै हो । उनको परिचय काठमाडौँका घरबेटी र एकताक उपप्रधानमन्त्री बिजय गच्छेदारका सर्वकालिक आलोचकना पोख्नुको रुपमा पनि बनेको थियो, फेसबुकमा ।
आज सुन्ने कथामा सामाजिक बिसङ्गती चिर्न खोजिएको छ । कथा 'फ्लाईट नम्बर ७१७'ले नेपाली खोक्रो आडम्बरी जान्ने मान्छेको रुप र एउटा शहरी केटोको कथा पोखेको छ । यो कथा पछिल्लो हफ्ताको बाँकी अंश नभएर पुन: सुरु देखिन प्रस्तुत गरिएको छ ।
ल सुनुम है त !
कथा : फ्लाईट नम्बर ७१७
Subscribe to:
Posts (Atom)