Showing posts with label Sunne lai Sun ko mala. Show all posts
Showing posts with label Sunne lai Sun ko mala. Show all posts

Tuesday, January 9, 2018

उपन्यास : ताप

~शारदा शर्मा~

ताप भन्नाले पोल्ने तताउने वा सङ्घर्षबाट प्राप्त हुने शक्ति भन्ने जनाउछ, अर्को कुरा मान्छेका जीवनमा पर्ने आधिदैविक, आधिभौतिक र आध्यात्मिक आदिबाट पर्ने दुःख र सन्ताप परेका उसका जीवनका सङ्घर्षले सिकाएका पाठबाट मान्छेले सिक्ने, भोग्ने क्रम पनि हो ताप । यस्तै यस्तै ताप पर्दै गए पछि मान्छेमा अझै जिउने उर्जा प्राप्त हुँदै जान्छन् । त्यसैले त भनिन्छ, जीवन सङ्घर्ष हो, सङ्घर्ष नै जीवन हो । एउटा पात्रले आफ्नो जीवन जिउने क्रममा भोगेका भोगाईहरू ताप उपन्यासका कथावस्तुहरू हुन । मूलतः यस उपन्यास भित्र नारीसंवेदनाका विविध पाटाहरूलाई उजागर गर्न खोजिएको छ । लेखक पनि नारी नै भएको कारणले नारीसंवेदनाका कुराहरू उल्लेख्य रुपमा रहेका छन्, भने पुरुष प्रवृतिलाई पनि उनले छर्लङ्याएकी छिन् । एउटा मन्त्री जस्तो गरिमामय पदमा रहेर एउटा पुरुषको घिनलाग्दो करतुत उपन्यास मार्फत व्यक्त भएको छ । मान्छेले आफ्नो पदप्रतिष्ठाको ख्याल नगरी कतिसम्म निच बन्न सक्दो रहेछ भन्ने प्रमाण उपन्यासमा स्पष्ट देखिन्छ । लेखक नारी भए पनि पुरुष प्रवृतिप्रति उनीले निकै गहिरिएर अध्ययन गरेको देखिन्छ तापमा । पुरुष मनोवृतिलाई सहजै प्रस्तुत गर्नु उपन्यासको महत्वपूर्ण पक्ष हो । हालैका नेपाली राजनीतिक आकाशका पनि यस्ता पात्रहरू सल्वलाई रहेको आभाष हामीले पाएका छौं ।
उपन्यास भित्रको एउटा पात्र जीवन भोगाईकै सन्दर्भमा मान्छे प्रति घृणा उत्पन्न हुन्छ, र, ति पात्रको मान्छे प्रतिको निष्कर्ष यस्तो छ :–‘सम्भवतः मान्छे भनेको सभ्यताको मुखुण्डो भिरेको पशु नै हो ।’ कृतिका हिसावले शर्माको ‘अग्निस्पर्श’ निबन्ध सङ्ग्रह नेपाली साहित्यको विशिष्ट ग्रन्थको रुपमा लिन सकिन्छ । ‘भुईँफूलको देश’ यात्रा निबन्धहरूको सङ्ग्रह पनि उत्कृष्ट रहेको छ शर्माको । उनका लेखनको विशिष्टतालाई मध्यनजर गर्दै नेपाली साहित्यमा उत्कृष्ट पाँच महिला सहित्यकार भित्र शर्मालाई गणना गर्न सकिन्छ ।
(स्रोत : समीक्षा - समय–त्रासदीका प्रहारः 'ताप - छविरमण सिलवाल')

"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



Click here to Download


 

Thursday, June 15, 2017

उपन्यास : उर्गेनको घोडा

~युग पाठक~

उर्गेनको घोडा युग पाठकद्वारा माओवादी जनयुद्धलाई आधार बनाएर रचना गरिएको उपन्यास हो। यस उपन्यासमा 'थाहा'अभियान्ता रूपचन्द्र बिष्टलाई पनि पात्रको रूपमा देखाइएको छ। जस्ले मान्छेहरूलाई चेतनाको दियो बाल्न कसरि मद्दत गरेका थिए भन्ने कुरा देखाएकाछन उपन्यासकारले। यो पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो।

म्हेन्दो यस उपन्यासकी प्रमुख पात्र हो भने पल्लभी म्हेन्दोको सारथि हुन्छे। तमाङ जातिको इतिहास खोतल्ने प्रयास गरिएको उपन्यासमा कसरि तामाङहरूले आफ्नो आदिभूमि तामसालिङ खस राजाहरू सँग हारेका थिए भन्ने कुरा देखाउन खोजिएको छ। याबेङ खोला तरेर जान नहुने गए कहिल्यै फर्किएर आउन नपाइने तमाङ जातिमा रहेको बिश्वास केबल रुडिबादि बाहेक केहि होइन र एतिहासिक याम्बु सहर तामसालिङहरूको धरोहर भएको कुरा बताइएको छ यस उपन्यासमा। यो उपन्यासमा म्हेन्दो लडाकुको कमान्ड हुन्छे जस्ले गुमेको तामाङहरूको तामसालिङ राज्य लगायत पिछडिएका ,उत्पिडनमा परेका ,दलित ,महिलाहरूको लागी लडेको र राज्य स्थापना गरि छाड्ने बताउछे।

"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !




 

Friday, April 1, 2016

उपन्यास : घामका पाईलाहरु

~ध. च. गोतामे~


नेपाली उपन्यास “घामका पाईलाहरु”का लेखक ध.च. गोतामे अर्थात धनुश चन्द्र गौतम हुनुहुन्छ । उहाँका कृतिहरु "कालन्तर्", "घामका पाईलाहरु","उत्तोरोत्तोर" मध्य "घामका पाईलाहरु"ले २०३५ सालमा साझा र मदन पुरस्कार जितेको थियो ।

तराईको जन जीवन कती कष्टकर हुन्छ र पहिलेको नेपाल कस्तो थियो भनेर बुझ्न यस उपन्यास पढ्नै पर्छ । राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा अम्लेख्गञ्ज सम्म चल्ने रेल र त्यस्ले पारेको जिविका जीवनमा असारको वरीपरी पुरै उपन्यास घुमेको छ ।

"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।


ल सुनम न त !



Tuesday, March 15, 2016

उपन्यास : लू

~नयनराज पाण्डे~


नेपाली समाजको त्यो हाम्रो आफ्नै भूमि जहाँ नेपाली भएर पनि नेपाली हुन सकिरहेका छैनन् । त्यहाँका  बासिन्दाको आँगन नेपालनै हो । तर, बजारचाहिँ भारतका सिमावर्ती क्षेत्र रहेको छ । उनीहरू आफ्नैखाले समस्याका जञ्जालमा परेका छन् । भारतसित सीमा जोडिएको ‘पत्थरपुरवा’को सेरोफेरोमा रहेर उपन्यासकार नयनराज पाण्डेले ‘लू’मार्फत त्यहाँको सामाजिक समस्यालाई राष्ट्रिय समस्यासित जोड्न खोजेका छन् ।


(Source)

 
"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।


ल सुनम न त !