Showing posts with label upanyaas. Show all posts
Showing posts with label upanyaas. Show all posts

Thursday, July 25, 2019

उपन्यास : ह्वाइट केन

~मनिषा गौचन~

‘ह्वाइट केन’ दृष्टिविहीनका लागि स्वतन्त्रताको प्रतीक हो। स्वतन्त्र गमनशीलताको प्रतिविम्ब। यात्राको सहारा। अझ भनुँ जीवनकै सहारा। यही केन लिएर अन्नगिन्ती गल्ली, सडक, किनारा, खुट्किला, सिंढी सबैतिर उक्लिन्छु म।’

लेखिका गौचनले एक जन्मजात दृष्टिविहीन पात्रको प्रेम र जीवनलाई मुख्य कथाको रुपमा उपन्यासमा उतारेकी छिन्। भास्वत र सुलभा प्रेमीप्रेमिका हुन्। तिनीहरू एक अर्काका ऊर्जाका स्रोत हुन्। देशको राजीतिक अस्थिरता, अशान्त परिवेश, बाटोमा जताततै भेटिने दुःख अभावमा बाँचेमा मान्छेहरूको दुःख, गरीब, दीन दुःखीहरूको जीवनशैलीबाट आजित सुलभाले ती पात्रहरूको छनौट गरी उपन्यास लेख्न पुग्छिन्। जसबाट उनीहरूबीचको सम्बन्ध पातलिंदै जान्छ। पछि सुलभा आफ्नो वास्तविक जीवन र भोगाइले भास्वत्सँगको सम्बन्ध असम्भव ठानी आफ्नो प्रेम सम्बन्धलाई मित्रताको सम्बन्धमा रुपान्तरण गर्छिन्।

ल सुनौं है त !


Tuesday, October 2, 2018

उपन्यास : त्रिभुवनकी एरिका

~एरिका ल्युकट्याग~

The book is about Erika who goes to Nepal to treat the Nepali queens at the time of Tribhuvan. She
ends up befriending King Tribhuvan (and teaches him to dance along the way), and helping him to come in contact with the Indian Ambassador, in order for him to flee Nepal and come back and end the Rana regime. Its not a story that most Nepalese know, so I'm sure that if they read it, they will come to know something that they didn't know and would be thankful to the book for telling this lost story.

It looks like Erika did play an important role in Nepal's end to the Rana regime. It was only because of her that the King came in touch with India. It was only through her that India realized that the King was actually thinking of breaking away from the clutches of the Ranas. Up until that point, India and the rest of the world believed, that the King was corrupt person living inside his palace, and enjoying the excesses of life.
(स्रोत : Review by Mr. Roopesh Joshi - Source )

मूल उपन्यास "एरिका एण्ड द किंग"को नेपाली भावानुवाद "त्रिभुवनकी एरिका" हो । यस अनुभवोपन्यासको लेखिका हुनुहुन्छ एरिका ल्युकट्याग जस्ले राणाकालिन नेपालमा राजा त्रिभुवनको न्रित्य प्रसिक्षिका भएर रहिन । यस कृतिलाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद सरोज मिश्रले गर्नु भएको छ ।
 

अच्युत घिमिरेको स्वरमा अडिओ किताबको स्वरुपमा आएको संस्करण सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



                           Click here to Download


 

Monday, August 27, 2018

उपन्यास : जदौ मालिक

~भुवनहरि सिग्देल~

उपन्यास 'जदौ मालिक'मा तराईका सीमान्तकृत रैतीका विवशता, जमिनदारी प्रथा, राणाकालीन शासकीय आडम्बर र अत्याचारको चित्र हामी पाउँछौं ।

सिग्देल कविका रूपमा विगतदेखि नै नेपाली काव्यमा परिचित र स्थापित नाम हो । आख्यानकारका रूपमा चाहिँ मैले सिग्देललाई ढिलो मात्र चिनेको हुँ ।

कृतिको बारे:
उपन्यास : जदौ मालिक
Title जदौ मालिक: उपन्यास
Author भुवनहरि सिग्देल
Publisher भुँडीपुराण प्रकाशन, 2016
ISBN 9937625793, 9789937625791
Length 275 pages

ल सुनौं है त !


Wednesday, May 23, 2018

उपन्यास : अविरल बग्दछ इन्द्रावती

~रमेश विकल~

बग्नु नदीको विशेषता हो । यसकारण कि त्यो उसको नियमितता हो । अवरोधको आकस्मिकता पन्छाएर अग्रप्रवाहसँगै सागरको नीलिमा चुम्नु उसको चरित्र हो । केही नदीमा पानीसँगै जीवन पनि बगिरहन्छ ।इन्द्रावतीमा सदियौंदेखि निमुखा माझी, दनुवारहरूको पसिनाका थोपा बगेका छन् । र त, त्यसको रङ निख्खर नीलो छ, आजसम्म । इन्द्रावतीको भँगालोलाई अँगालोमा बेर्दै रह र दहमा जाल फ्याँक्नु, पानीसँग निर्मम सिँगौरी खेल्दै दुवाली फर्काउनु, ढडिया, बल्छी थाप्नु र उदयाचलदेखि अस्ताचलसम्म इन्द्रावतीको बरदानस्वरूप जे–जति माछा, गँगटा हात लाग्छन्, तिनैले घरको चुल्हो जगाउनु ती माझीहरूको दैनिकी हो, आजपर्यन्त ।

साहु–महाजनहरूको बिरौटा बिराएर मात्रै मुखमा माड नलागेपछि इन्द्रावतीको भंगालो तेर्स्याएर हिउँदे घट्ट थाप्ने होस् या डुंगा खियाएर बटुवाहरूलाई नदी तारेर– उनीहरू जीवनमा जीजिविषा साँच्छन् । जीवनयापनका नवीन साधनहरूको खोजीमा यायावरी गर्नुको सट्टा त्यही इन्द्रावतीका पाखापखेराको भरोसामै दुःखी जीवन बिताउने तिनै माझीहरूको अन्त्यहीन कथा लेखे रमेश विकलले । ‘अविरल बग्दछ इन्द्रावती’ त्यही दुःखी कथा हो । सिपाघाटदेखि दोलालघाटसम्म बसोबास गर्ने माझीहरूको जीवन हो । साहुमहाजनसँग मानो–मुट्ठी मागेर जीविका चलाउनुपर्ने माझीहरूको निरीह याचना नजिकबाट नियालेका विकललाई १९३० को दशकदेखि नै तिनका कथा लेख्ने हुटहुटी जाग्यो ।
र त, विकलले उपन्यासमा भनेका छन्, “इन्द्रावती नदी किनारका धर्ती त्यहाँ रुने, हाँस्ने अस्तित्वका लागि डोलाउने माझीका जीवनलाई मैले नजिकबाट हेरेँ, त्यही स्थूल अभिव्यक्ति हो– उपन्यास ‘अविरल बग्दछ इन्द्रावती ।’

"अविरल बग्दछ इन्द्रावती" रमेश विकलद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।  (स्रोत : "यसरी अविरल बग्यो इन्द्रावती" समीक्षा बाह्रखरी डट कम)

खगेन्द्र नेपालीको स्वरमा अडिओ किताबको स्वरुपमा आएको संस्करण सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



                           Click here to Download


 

Tuesday, May 22, 2018

उपन्यास : ओझेल

~जीवन खड्का~

ओझेल समकालीन विषयवस्तुका कथामा आधारित उपन्यास हो । यसमा गाउँबाट शहर पसेको एक युवा र जर्मनीबाट नेपाल आएकी युवतीबीचको प्रेम र विछोडको कथा छ । प्रेममा आधारित उपन्यास भए पनि ओझेलमा सामाजिक कुरीति, द्वन्द्वकालको चित्रणदेखि पश्चिमी नेपालको हलिया र कमैयाको समस्यालाई प्रस्तुत गरिएको छ । भोगाइको समस्या यस उपन्यासले बोलेको हुनाले पठनीय बन्न पुगेको छ । यो प्रेम उपन्यास हो तापनि यो समाजसँग जोडिएको छ ।

गाउँबाट सपना बोकेर शहर पसेको युवाको भोगाइ, राजनैतिक अराजकताको चित्रण उपन्यासले गरेको, बोक्सीको आरोपमा नारीमाथि गरिएको शोषण अहिले पनि कायमै रहेको कुराको चर्चा उपन्यासमा गरिएको छ । द्वन्द्वकालीन घटना र त्यसले नेपाली समाजमा पारेको प्रभावको चित्रण पनि छ । पृथ्वीनारायण शाहको एकीकरणको घटना चित्रण गरिएको हुनाले यो कृतिले ऐतिहासिक जानकारी पनि सहज र प्रष्ट रुपमा देखाउन खोजेको छ । यस उपन्यासमा प्रकृतिको चित्रण, बिम्बात्मक प्रस्तुति, भाषाको सरलता, विषयवस्तु सहजरूपमा आएको छ । जीवनसँग यो पुस्तक निकै नजिक हुन सफल भएको छ ।


"श्रुति सम्बेग"कार्यक्रममा अच्युत घिमिरेको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



                           Click here to Download


 

Tuesday, January 9, 2018

उपन्यास : ताप

~शारदा शर्मा~

ताप भन्नाले पोल्ने तताउने वा सङ्घर्षबाट प्राप्त हुने शक्ति भन्ने जनाउछ, अर्को कुरा मान्छेका जीवनमा पर्ने आधिदैविक, आधिभौतिक र आध्यात्मिक आदिबाट पर्ने दुःख र सन्ताप परेका उसका जीवनका सङ्घर्षले सिकाएका पाठबाट मान्छेले सिक्ने, भोग्ने क्रम पनि हो ताप । यस्तै यस्तै ताप पर्दै गए पछि मान्छेमा अझै जिउने उर्जा प्राप्त हुँदै जान्छन् । त्यसैले त भनिन्छ, जीवन सङ्घर्ष हो, सङ्घर्ष नै जीवन हो । एउटा पात्रले आफ्नो जीवन जिउने क्रममा भोगेका भोगाईहरू ताप उपन्यासका कथावस्तुहरू हुन । मूलतः यस उपन्यास भित्र नारीसंवेदनाका विविध पाटाहरूलाई उजागर गर्न खोजिएको छ । लेखक पनि नारी नै भएको कारणले नारीसंवेदनाका कुराहरू उल्लेख्य रुपमा रहेका छन्, भने पुरुष प्रवृतिलाई पनि उनले छर्लङ्याएकी छिन् । एउटा मन्त्री जस्तो गरिमामय पदमा रहेर एउटा पुरुषको घिनलाग्दो करतुत उपन्यास मार्फत व्यक्त भएको छ । मान्छेले आफ्नो पदप्रतिष्ठाको ख्याल नगरी कतिसम्म निच बन्न सक्दो रहेछ भन्ने प्रमाण उपन्यासमा स्पष्ट देखिन्छ । लेखक नारी भए पनि पुरुष प्रवृतिप्रति उनीले निकै गहिरिएर अध्ययन गरेको देखिन्छ तापमा । पुरुष मनोवृतिलाई सहजै प्रस्तुत गर्नु उपन्यासको महत्वपूर्ण पक्ष हो । हालैका नेपाली राजनीतिक आकाशका पनि यस्ता पात्रहरू सल्वलाई रहेको आभाष हामीले पाएका छौं ।
उपन्यास भित्रको एउटा पात्र जीवन भोगाईकै सन्दर्भमा मान्छे प्रति घृणा उत्पन्न हुन्छ, र, ति पात्रको मान्छे प्रतिको निष्कर्ष यस्तो छ :–‘सम्भवतः मान्छे भनेको सभ्यताको मुखुण्डो भिरेको पशु नै हो ।’ कृतिका हिसावले शर्माको ‘अग्निस्पर्श’ निबन्ध सङ्ग्रह नेपाली साहित्यको विशिष्ट ग्रन्थको रुपमा लिन सकिन्छ । ‘भुईँफूलको देश’ यात्रा निबन्धहरूको सङ्ग्रह पनि उत्कृष्ट रहेको छ शर्माको । उनका लेखनको विशिष्टतालाई मध्यनजर गर्दै नेपाली साहित्यमा उत्कृष्ट पाँच महिला सहित्यकार भित्र शर्मालाई गणना गर्न सकिन्छ ।
(स्रोत : समीक्षा - समय–त्रासदीका प्रहारः 'ताप - छविरमण सिलवाल')

"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



Click here to Download


 

Sunday, December 24, 2017

उपन्यास : अर्की आइमाई

~नीलम कार्की नीहारिका~
 
उपन्यासको थालनी यात्राको क्रममा रहेको मुल पात्रको नेपाल भ्रमणबाट शुरु भएर नेपालमा नै गएर टुङिगएको छ । कथावाचन शैलीका माध्यमबाट कथावस्तु अगाडि बढ्दै गएको छ । आत्मकथा शैलीमा प्रस्तुत गरिएको अर्की आइमाई उपन्यासले एउटी महिलाको कष्टमय जीवनको चित्रण गरेको छ । उपन्यासलाई फ्ल्यास बैंक शैलीमा प्रस्तुत गरिएको छ भने आख्यान साहित्यको सशक्त पक्ष मानिने कुतुहलताको निर्वाह उपन्यासकारले सजिवताका साथ गरेकोले कथावस्तु र घटनाक्रम एकपछि अर्को गर्दै बग्दै गएको पाइन्छ । तर कतै कतै कुतुहलतामा अवरोधमा आएका छन् । उपन्यासले अमेरिकाको आप्रवासी जीवन शैली र त्यहाँ हुनेगरेको मानव तस्करीका विभिन्न घटनाक्रमलाई उदाङ्गो पारेर देखाइदिएको छ ।

अमेरिका स्वप्नको देश हो भने अमेरिका संघर्षको पनि देश हो भन्ने वास्तविकतालाई उपन्यासले देखाएको छ । काम नगरी बस्न नसकिने र त्यहाँ बस्नलाई अनैतिकबाट लिएर गैरकानूनी काम गर्नु पर्ने आप्रवासीहरुको बाध्यतालाई उपन्यासले देखाएको छ । अमेरिकामा आप्रवासीहरुको वास्तविक जीवन शैलीलाई देखाउदै त्यहाँ पुगेका र पुग्न चाहनेहरुको ईच्छा आकङ्छाहरुलाई विभिन्न पात्रका माध्यमबाट उपन्यासले समेटेको छ ।
 
(स्रोत : समीक्षा - अर्की आइमाई: अमेरिकाको अलिखित वास्तविकताको कथाव्यथा - डा गोबिन्दसिंह रावत )
 
(उपन्यास अंश : अर्की आइमाइ - यहाँ पढ्नुहोस्)

"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



Click here to Download


 

Wednesday, November 1, 2017

उपन्यास : भोक र भित्ता

~दौलत विक्रम विष्ट~

भोक र भित्ताहरु (२०३८) दौलतबिक्रम बिष्ट द्वारा लिखित नेपाली साहित्यिक कृति हो । यो उपन्यासमा नेपालीहरूको गरीबिको यथार्थ चित्रण उच्च वर्ग र निम्न वर्ग वीचको द्वन्द लाई केलाईएको छ ।

उनका प्रकासित कृतिहरुमा: चपाईएका अनुहार मञ्जरी, एक पालुवा अनेकौँ याम, बिग्रिएको बाटो थाकेको आकाश, भोक र भित्ताहरु, ज्योति ज्योति महाज्योति, हिमाल र मान्छे, फाँसीको फन्दामा प्रदर्शनी (२०२३), गालाको लाली (२०२५), छाया (२०३१), घाउका सत्र चक्का (२०३५), आलो कथा (२०४०), आँसु त्यसै त्यसै छचल्किन्छ (२०४९), एक एकाङ्की दश कथा (२०५७) आदि रहेका छन् ।

यिनै कृतिहरु मध्येको श्रुतिसंवेग कार्यक्रममा "भोक र भित्ताहरु" उपन्यास अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यहाँ सङ्ग्रह गरिएको छ ।
ल सुनम न त !



                        Click Here to Download 

Tuesday, July 4, 2017

लघु-उपन्यास : चुली

~सरुभक्त~

हिमाल आरोहणको इतिवृत्तभन्दा अमिल्दो नलाग्ने ‘चुली’ यथार्थमा मानवीय जिगीषा र जिजीविषाहरूको
साहसिक अभियानको राम्रो अभिलेख भइदिएको छ । आरोहण खतराको चुनौती स्विकार्ने साहस, सगरमाथा आरोहीको रोमाञ्चक अनुभव र अद्भुत भोगाइको सजीव आलेख रोचक छ र आकर्षक पनि ।

प्राकृतिक छवि अङ्कित गर्ने दृष्टिले मात्र होइन, सगरमाथाको विकरालता, जोखिम, दुर्घटना, आशङ्कित मृत्यु आदिको अनुभूति । र दुर्लङ्घ्य सगरमाथाको भूगोल, आरोहण वृत्तान्त, त्यससम्बन्धी प्राविधिक ज्ञान, वायुमण्डलीय चाप, आरोहणमा प्रयोग हुने औजार, दुर्गम स्थलका नाम आदिको जानकारीले ‘चुली’ एक गैरपर्वतारोहीको आरोहण लघुउपन्यास हो भनेर सायदै कसैलाई लाग्ला ।

(स्रोत : Web)


"श्रुतीसम्बेग" कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।


ल सुनम न त !




                              Click here to Download
 

जम्मा ७० पेजको उपन्यास एउटा पर्वतारोहीको सगरमाथा आरोहरणबारेको कथा हो । उपन्यासले चुलीको यात्रामा पाठकलाई हिंडाए पनि यो खासमा जीवनको चुलीको बयान हो । आरोहणका क्रममा आरोहीको आँखा ढाक्ने गरी फुरफुर उड्दै आउने हिउँ जस्तै पुस्तकको ठाउँठाउँमा दार्शनिक हरफ र काव्यिक मिठासले मन र मगज जिस्काउने तागत राख्छन् । भूमिकामा कृष्णचन्द्रसिंह प्रधानले यो लघु उपन्यासलाई ‘गद्यात्मक कविताजन्य अनुभूतिहरुको आलेख’ भनेका छन् ।

मान्छेभित्रको अटल आत्मविश्वास, लगन, जिज्ञासा र आशाले भरिएको शिखरको रुपमा सगरमाथा उभिएको छ कृतिमा । यो सगरमाथा मान्छेको अहम् हो, जीवनबोध हो । चुलीको यात्रालाई एउटा सिंगो जीवनयात्राका रुपमा पनि लिन सकिन्छ । ‘हिमालमा जोखिमहरु हुन्छन् । जीवनमा हिमालहरु हुन्छन् । जीवन भनेको जोखिमहरुको एक सुन्दर कविता हो ।’ भनेर आरोहीमार्फत जीवनका चुनौतीहरुसँग पौंठेजोरी खेल्न प्रेरणाको प्रसार गरिएको छ । भौतिक रुपमा हिउँको टाँकुरा टेके पनि सार रुपमा मानवताको चुली टेक्नु नै जीवनको लक्ष्य हुनुपर्ने र सफलता मानिनुपर्ने कृतिको केन्द्रीय स्वर हो ।

नाम्चेदेखि हिंडेको पर्वतारोही कुनै गाइड र अन्य सहयोगीबिना नै सगरमाथाको टुप्पोमा एक्लै आफ्नै बर्गतले पुग्ने अठोटमा हिंड्छ । जीवनको सबै हिमाल एक्लै चढेको भनेर गर्वले छाती फुलाउने उसले ‘चुलीको यात्रा भनेको सधैं एक्लो यात्रा हो’ भन्ने मानेको छ । घरिघरि बिग्रने मौसम भूत बनेर जीवन र यात्रालाई तर्साउन आए पनि उसको उद्देश्यले ढाल बनेर प्रतिकूल अवस्थामा पनि हिंडाइराख्छ । ‘ऊसामु उसको उद्देश्य छ । उद्देश्यहीन जीवन मृत्यु हो । मृत्यु कुनै उद्देश्य होइन ।’ भन्दै आरोहीले रोकिनु, थाक्नु, जम्नुलाई सधैं परपरै धकेल्छ ।

अचम्म लाग्छ, कहिल्यै सगरमाथाको आरोहण नगरेका लेखकले चुलीयात्राको एक-एक पाइला सचित्र रुपमा आँखामा उतार्छन् । लेखकको शक्ति र कल्पनाशीलताको उँचाइ भन्नु नै यही हो । आधारशिविरबाट ल्होत्से, नुप्चे, चाङटे, खुम्बट्से, पुमोरी चुली देखिए पनि सगरमाथा चुली नदेखिने कुरा हामी थाहा पाउँछौं । जिन्दगीमा हिउँको नाममा बरफ र असिना मात्रै देखेको/छोएको मेरो निम्ति चुली चढाइको जोखिम र मुटु कमाउने हिउँसँगको कुश्तीले जिउमा काँडा उमार्छन् । बरफ र हिउँ फरक कुरा हुन्, अझ हिउँ र हिमाल फरक कुरा ।

खुम्बु आइसफलको फेदीमा ५३ सय मिटरको उँचाइमा रहेको आधार शिविरसम्म उसले भरियाहरुको साथ लिन्छ । ‘आरोहण अभियानमा मान्छेको कुनै क्षति भएन, मात्र केही भरियाहरु मरे’ भनेर पहिलेपहिलेका अन्य निर्दयी आरोहीले भरियाहरुलाई मान्छे नै नगन्ने जस्तो छैन ऊ । चट्टानी हिउँमा उक्लिँदा ख्वाप्‌ख्वाप् गाड्नुपर्ने हिमबन्चरो जस्तै मानवतावाद उसको हतियार हो । दुःखको गहिरा-गहिरा खाल्डा पुर्ने उत्कण्ठासहित सर्वोच्च शिखरको पाउ परेका भरियाहरु आफैंमा दुःखका अलग-अलग टाँकुरा लाग्छन् ।  सिकिस्त बाउको उपचार खर्च जुटाउने विवशतामा जाकिएका, छोराछोरी पढाउने धोको साँचेका,  घरगृहस्थीको गर्जो टार्ने रनाहामा दौडिएका भरियाको लस्कर छ आधारशिविरमा । जसलाई थामथुम पार्न ऊ ‘जीवनमा दुःख छ, तर जीवन दुःख होइन’ भन्ने दर्शनको सिटामोल बाँड्छ ।

सहयात्रीलाई जीवनको सरलता सम्झाउने ऊ आफू चाहिं आफ्नो आरोहण सरल रेखामा अघि बढाउन सक्छ त ? ‘चुलीको यात्रा बेहोसीको यात्रा होइन’ भन्ने ऊ त्यो यात्रालाई होशपूर्वक टुंगोमा पुर्‍याउन सक्छ ?

(स्रोत : समीक्षा - सरुभक्तको चुली र ‘धुम थ्री’- जोतारे ढैब)





 

Friday, June 23, 2017

उपन्यास : साबिती

~जगदीश घिमिरे~

२०२७ सालमा 'लिलाम' छापिएर आएपछि जगदीश घिमिरे एक्कासी चर्चामा आए। निमुखा जनताका पक्षधर लेखक भनेर पञ्चायती सरकारका आँखामा पनि उनी चढिहाले। फलस्वरूप उनको अर्को उपन्यास 'साबिती' लाई प्रकाशित हुन हम्मे पर्‍यो। नाम चलेका (नचलेका पनि) प्रकाशकहरू उनको 'साबिती' पढ्दा नै तर्सेअनि उनीहरूले तत्कालै त्यसलाई 'क्रान्तिकारी' को उपाधि दिंदै 'हामी छाप्न सक्दैनौं' भनी तर्के। त्यस्तो वातावरणमा 'रचना' का सम्पादक रोचक घिमिरेले त्यो उपन्यासलाई आफ्नो पत्रिकाको एउटा अंक बनाएर लुसुक्क छापिदिए।

तिनताका छापिएका पत्रिकाहरू पनि अञ्चलाधीश कार्यालयमा जँचाएर पास भएपछि मात्र बिक्री–वितरण गर्न प्रकाशकलाई दिइन्थ्यो। सो, आफ्नै व्यास प्रेसमा छापिएको 'साबिती' भएको अंकलाई अञ्चलाधीश कार्यालयमा कसरी छिराउने र उकाल्ने भन्ने सारै 'जोखिमी' जुक्ति रोचकजीले निकालेर त्यो डरलाग्दो खेलमा सफल पनि भए। उनले कसरी के–के तारतम्य मिलाए कुन्नि, 'रचना' त्यहाँबाट पास भएर बाहिरियो, कुनै पनि पृष्ठमा कालो नपोती, बेदाग! तर, अञ्चलाधीश कार्यालयबाट पास भए तापनि केही समय 'रचना' गुप्तवास बस्यो, कन्सुत्लेहरूले सरकारी कानमा नपुर्‍याउन् भनेर। 'रचना' को त्यस अंकका छापिएका फर्माहरू नबिगारी प्रत्येकलाई छुट्टै पनि मुद्रित गरेर राखेको थियो व्यास प्रेसले। त्यसरी जगेडा राखिएका फर्माहरूबाट रोचकजीले 'साबिती' लाई कितापको रूप पनि दिइसकेका थिए। उनले लेखक जगदीशजी र आफन्तहरूको सल्लाहले त्यसलाई 'रचना' भन्दा पैले बजारमा ल्याएर बाहिर जिल्लाका सकेका ठाउँहरूमा पठाइदिए। यसरी राजधानीमा हल्लाखल्ला हुन थाल्दा नथाल्दै 'साबिती' मोफसलमा 'बमसेल' भइसकेको थियो।

 
(स्रोत : समीक्षा - फरक बाटोको बटुवा - कमल दीक्षित)
 

"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



                         Click here to Download


 

Thursday, June 15, 2017

उपन्यास : उर्गेनको घोडा

~युग पाठक~

उर्गेनको घोडा युग पाठकद्वारा माओवादी जनयुद्धलाई आधार बनाएर रचना गरिएको उपन्यास हो। यस उपन्यासमा 'थाहा'अभियान्ता रूपचन्द्र बिष्टलाई पनि पात्रको रूपमा देखाइएको छ। जस्ले मान्छेहरूलाई चेतनाको दियो बाल्न कसरि मद्दत गरेका थिए भन्ने कुरा देखाएकाछन उपन्यासकारले। यो पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो।

म्हेन्दो यस उपन्यासकी प्रमुख पात्र हो भने पल्लभी म्हेन्दोको सारथि हुन्छे। तमाङ जातिको इतिहास खोतल्ने प्रयास गरिएको उपन्यासमा कसरि तामाङहरूले आफ्नो आदिभूमि तामसालिङ खस राजाहरू सँग हारेका थिए भन्ने कुरा देखाउन खोजिएको छ। याबेङ खोला तरेर जान नहुने गए कहिल्यै फर्किएर आउन नपाइने तमाङ जातिमा रहेको बिश्वास केबल रुडिबादि बाहेक केहि होइन र एतिहासिक याम्बु सहर तामसालिङहरूको धरोहर भएको कुरा बताइएको छ यस उपन्यासमा। यो उपन्यासमा म्हेन्दो लडाकुको कमान्ड हुन्छे जस्ले गुमेको तामाङहरूको तामसालिङ राज्य लगायत पिछडिएका ,उत्पिडनमा परेका ,दलित ,महिलाहरूको लागी लडेको र राज्य स्थापना गरि छाड्ने बताउछे।

"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !




 

Tuesday, March 15, 2016

उपन्यास : लू

~नयनराज पाण्डे~


नेपाली समाजको त्यो हाम्रो आफ्नै भूमि जहाँ नेपाली भएर पनि नेपाली हुन सकिरहेका छैनन् । त्यहाँका  बासिन्दाको आँगन नेपालनै हो । तर, बजारचाहिँ भारतका सिमावर्ती क्षेत्र रहेको छ । उनीहरू आफ्नैखाले समस्याका जञ्जालमा परेका छन् । भारतसित सीमा जोडिएको ‘पत्थरपुरवा’को सेरोफेरोमा रहेर उपन्यासकार नयनराज पाण्डेले ‘लू’मार्फत त्यहाँको सामाजिक समस्यालाई राष्ट्रिय समस्यासित जोड्न खोजेका छन् ।


(Source)

 
"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।


ल सुनम न त !


Friday, October 9, 2015

उपन्यास : गुलरको फूल

~माधव प्याकुरेल~

ओरियन्टल प्रकाशन गृहले प्रकाशनमा ल्याएको उक्त उपन्यासमा नेपाल भारतबीच गण्डक सम्झौता,
पञ्चायतको बीजारोपण, नारायणी नदीमा गण्डक व्यारेज, पदचापका आवाजहरू, बतासका झोक्काले तरङ्गित छलहरू, बचेराको हलाल, माछामाछा भ्यागुता, गाउँमा अनिष्टको सङ्केत, तिलक चढाव, खम्चाङखुम्चुङ परेको भकारीलगायत ३३ वटा शीषर्कमा केन्द्रित भएर विषयवस्तुहरू समेटिएका छन् ।
 
उपन्यासमा वर्णन गरिएका स्थानहरूको नक्सासमेत पुस्तकमा राखिएको छ । थोरै सुख, धेरै दुःख, थोरै हासो धेरै आँसुका विषय वस्तुहरू प्रभावी ढङ्गबाट देखिएको उक्त उपन्यासमा आग्रवासी कथानकलाई रोचक ढङ्गमा उन्ने प्रयास गरिएको छ । सबैभन्दा तल्लो तप्का सर्वसाधारण जनतामा केन्द्रित रहेर लेखिएको उक्त उपन्यास यथार्थवादी वृतान्तको रुपमा रहेको छ ।

ल सुनम न त !


 

Friday, September 11, 2015

उपन्यास : बूढो माझी र समुद्र

~अर्नेष्ट हेमिङ्वे~
अनुवाद : होम कुमार श्रेष्ठ


अर्नेष्ट हेमिङ्वे (Ernest Hemisgway) साहित्यका लागि नोबेल पुरस्कार पाउने विश्वप्रसिद्ध अमेरिकी लेखक हुन् । उनको जन्म सन् १८९९ मा इलिनोइस्को ओकपार्क (Illinois, Oakpark) मा भएको थियो । उनका बाबु डाक्टर र आमा सङ्गीत प्रशिक्षक थिए । उनी सानैदेखि फुर्तिला र र्सवप्रिय थिए । हेमिङ्वे स्कूलको शिक्षादेखि दिक्क थिए । तर्सथ एउटा छुट्टै परिचयको खोजीमा उनी सडकमा ओर्ले र एउटा पत्रिकाको काम गर्न थाले ।
पढाइमा स्नातक गरिसकेपछि उनी सेनामा भर्ती भए तर सेनाको नोकरीलाई उनले लामो समयसम्म निरन्तरता दिन सकेनन् । त्यसपछिकेही समय उनले पत्रकारिता गरे । पत्रकारिता छाडेर उनी इटालीमा रेडक्रसका लागि एम्बुलेन्स चालक बने । प्रथम विश्वयुद्धका घमासान लडाइँमा हेमिङ्वेले आफ्नो बहादुरी त देखाइछाडे साथै उनी छ महिनासम्म नराम्रोसँग थलिए । उनको पछिल्लो कीर्ति द ओल्ड म्यान एण्ड सी (The Ole Man and Sea, बूढो माझी र समुद्र) ले त उनलाई निकै माथि पुर्‍याइदियो र सन् १९५४ मा नोबेल पुरस्कारको विजेतासमेत बनायो ।


Earnest Hammingway - The Old Man And The Sea

The Old Man and the Sea is a novel written by the American author Ernest Hemingway in 1951 in Bimini, Bahamas, and published in 1952. It was the last major work of fiction to be produced by Hemingway and published in his lifetime. One of his most famous works, it centers upon Santiago, an aging fisherman who struggles with a giant marlin far out in the Gulf Stream. The Old Man and the Sea was awarded the Pulitzer Prize for Fiction in 1953 and was cited by the Nobel Committee as contributing to the awarding of the Nobel Prize in Literature to Hemingway in 1954. (Source)

ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग -4

Tuesday, May 12, 2015

उपन्यास : सिद्धार्थ


~हर्मन हेस्से~
अनुवाद : सुशिल शर्मा

Siddhartha is a 1922 novel by Hermann Hesse that deals with the spiritual journey of self-discovery of a man named Siddhartha during the time of the Gautama Buddha. The book, Hesse's ninth novel, was written in German, in a simple, lyrical style. It was published in the U.S. in 1951 and became influential during the 1960s. Hesse dedicated Siddhartha to Romain Rolland[1] and Wilhelm Gundert.

(source : Wikipedia)

ल सुनम न त !


भाग- 1
भाग- 2
भाग- 3
भाग- 4
भाग- 5
भाग- 6
भाग- 7
भाग- 8
भाग- 9
भाग- 10
भाग- 11

Tuesday, March 24, 2015

उपन्यास : 'आज रमिता छ'

~ईन्द्र बहादुर राई~

उपन्यास : 'आज रमिता छ'

दार्जिलिङका प्रख्यात नेपाली रचनाकारहरु ईन्द्र बहादुर राई , ईश्वर बल्लभ र बैरागी काईँला मिलेर 'तेस्रो आयाम' भन्ने नयाँ तर विवादास्पद आन्दोलन सुरु गर्नु भएको थियो । यसै नयाँ आयामलाई पछ्छ्याउँदै ईन्द्र बहादुर राईले यो उपन्यास लेख्नु भएको छ । यस उपन्यास बुझ्न अलिक गाह्रो , चरित्र पात्रहरु अली अपूर्ण जस्तो लाग्ने तथा कथामा अरु नेपाली कथाहरु सरी आकर्षण नभएको भए पनि एउटा छुट्टै तरीकाले उपन्यास प्रस्तुत भएको छ ।

साझा प्रकाशनले पहिलो पटक २०३२ साल (१९६४)मा प्रकाशन गरेको यो उपन्यास अहिले छैठौं संस्करणमा आएर उभिएको छ ।

" Āja Ramitā Cha is rich in humour, metaphor and colloquialisms unique to Darjeeling, and the author’s facility with language is impressive. The Darjeeling of the 1960s is already cosmopolitan in a way that Rai’s contemporaries in Nepal would not have been. In that sense, this novel offers a prescient glimpse into urban Nepali society as it has developed of late in Nepal. On both sides of the border, dreams of greener pastures abound: at one point Janak, returning from a trip to Nepal, chases a peacock he’s glimpsed off the trail to the border. “We humans may have left our own country,” he quips, “but if even the beasts and birds leave, how many days will Nepal remain?” Rai’s Darjeeling is inescapably Nepali, down to the small-town mentalities and the frustrated fatalism. Yet it is subtly different. It’s slightly disconcerting to be looked at from across the border. Maybe it’s time those in the motherland had a look too "
.
(Source : Lalitmag )


ल सुनम न त !




भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5


Friday, March 6, 2015

उपन्यास : "लिखे"

~शरद पौडेल~

अंश २९ सम्म "नवयुवा" मासिकमा २०५३ असार देखी २०५७ पुष सम्म धरावहिक रुपमा प्रकाशित भएको "लिखे" उपन्यासलाई साझा प्रकाशनले २०६५ साल मा पहिलो पल्ट प्रकाशन गरेको थियो । अञ्चलिक भाषाको प्रयोग र नेपाली नविन बिषय बस्तुको छनोटले "लिखे" उपन्यासलाई छुट्टै चौघेरामा उभ्याउँछ ।

ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9
भाग - 10
भाग - 11
भाग - 12
भाग - 13
भाग - 14
भाग - 15
भाग - 16

Tuesday, December 23, 2014

उपन्यास : लाल चुडी

~कृष्ण अविरल~

लेखनका लागि प्रायः नौलो विषय रोज्न मन पराउने आख्यानकार अविरलले लालचुडीमा दहेज नामको कुप्रथाले आक्रान्त मध्यतराईका विवाहयोग्य उमेरका युवतीका पीडाजन्य अनुभूतिलाई उनेका छन् । उपन्यासकी मुख्य पात्र ज्योतिको पूर्वदीप्ति, संस्मरणात्मक र डायरी शैलीमा उपन्यासको कथा बुनिएको छ । उपन्यासमा पुरै नारी नै नारी भएकाले यस उपन्यासलाई नारी चरित्रप्रधान उपन्यास भने पनि हुन्छ ।

लेखकले भोजपुरी भाषाको सहज प्रयोग गरी उपन्यासलाई स्वाभाविक बनाएका छन् । यसमा अविरलको नौलो खुबी देख्न पाइन्छ । युवा पुस्ताका पाठकले धेरै ठाउँमा आफूलाई भेट्टाउँछन् भने कति ठाउँमा आँखासमेत रसाउँछन् ।

यस उपन्यासका बारेमा पछिल्लोपुस्ताका खरा समीक्षक विमल आरोहीले मधुपर्कमा लेखेका छन्, ‘ज्योतिको डायरी’ पढ्दै जाँदा धेरै ठाउँमा आँखा साँच्चै रसाउँछन्, सोँच्न बाध्य भइन्छ । मधेशमा राजनीति गर्ने नेता, कार्यकर्ता, गैससका विकासकर्ता सबैले एकचोटि ‘लालचुडी’ पढ्न जरुरी छ भन्दा मलाई कुनै गाह्रो हुँदैन; किनकि उपन्यास पढिसकेपछि धेरै दिनसम्म ‘झुम्म’ पारिदिन सक्ने क्षमता छ यसमा ।’

बरिष्ठ समालोचक डा. रामदयाल राकेशले लालचुडीलाई ‘मधेसको परिवेशमा लेखिएको जीवन्त उपन्यास’ भनेका छन् । ‘मधेशको परिवेशमा आधारित भएर केही उपन्यास लेखिएका भए पनि तिनमा लेखक बढी हाबी भएका छन् ।’ डा. राकेशले आफ्नो समालोचनामा लेखेका छन्, ‘फरक समुदाय र परिवेशमा हुर्केको मान्छेले यति जीवन्त उपन्यास कसरी लेख्न सक्यो भनेर आश्चर्य लागेको छ ।’


ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9 (Last Part & Interview)

Tuesday, October 21, 2014

उपन्यास : अनुराधा

~बिजय मल्ल~


यस उपन्यासमा बियोगान्त प्रेम कथा प्रस्तुत गरिएको छ, एक बहुलाही आईमाई र एक अन्तर्मुखी लोग्नेमान्छेको बिच । नेपालको दक्षिणी तराई र काठमण्डौंमा रहेको जनजीवन पनि यस उपन्यासमा राम्रो सँग देखाईएको छ ।

ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8