Showing posts with label कृष्ण धरावासी. Show all posts
Showing posts with label कृष्ण धरावासी. Show all posts

Friday, January 20, 2017

संस्मरण : रेड स्क्वायर

~कृष्ण धरावासी~
 
कृष्ण धरावासी लेख्नकै निम्ति जन्मिएका हुन् भन्यो भने कसैको आपत्ति रहँदैन । रहोस् पनि कसरी, उनका उपन्यास/कथा पढेर बर्बरी आँसु झार्नेहरूको ठूलो संख्या छ । पछिल्ला वर्षमा धरावासीको गर्भधारण क्षमता देखेर धेरैले जिब्रो काढ्छन् । नकाढून् पनि कसरी ? प्रत्येक वर्षको सिँढीमा उनी जुम्ल्याहा, तिम्ल्याहा किताब जन्माउँछन् । रसिया भ्रमणको सम्झना समेटिएर लेखिएको पुस्तक रेड स्क्वायर त्यसैको पछिल्लो अध्याय हो ।

पुस्तकमा ९ जुन २०१२ देखि १२ जुलाईसम्म समेटिएको यात्रा वृत्तान्त छ । रसियन साहित्य धेरथोर पढेका र रुसको कम्युनिस्ट व्यवस्थालाई आफ्नै शैलीमा बुझेका धरावासी पुस्तकभरि आफ्नै विश्वासमाथि विमर्श गर्छन् । रुसी साहित्यमाथिको आफ्नो दृष्टिकोण र साहित्यप्रेमी नेपालीले नाम सुनेका रसियन साहित्यकारको जीवनी धेरै र तिनको लेखनमाथि व्याख्या पनि गर्छन् ।

रसियामा देखेका प्रत्येक ठाउँ र सन्दर्भको वर्णन गर्दा गर्दै धरावासी अतीतमुखी हुन्छन् । उनी आफ्ना बुझाइको सीमितता, आफ्नो भोगाइका विरोधाभासपूर्ण सन्दर्भहरूको वर्णन पनि मीठो शैलीमा गर्छन् । तुलनात्मक अध्ययन पुस्तकको विशेषता नै हो । तर, कतिपय सन्दर्भमा धरावासी त्यसै त्यसै बहकिन्छन् । उनको बहकिने मनले लेखनीलाई ठाउँठाउँमा झिँजोलाग्दो बनाइदिन्छ ।
धरावासीको पुस्तकमा आफ्नो नाम समेटिएको थाहा पाएर तिनीहरू औधी खुसी हुँदा हुन् । तर, पाठकहरू पटक्कै खुसी हुन सक्दैनन् । बग्रेल्ती नामको लस्करले कतै कतै त प्याराग्राफ नै भरिएको छ । मूल्य तिरेर धरावासीको गहन लेखनी पढ्न चाहने पाठकमाथि यो त अन्याय नै हो ।

२१ उपशीर्षकमा बाँडिएको पुस्तकले रसियाको समाजको भन्दा ‘वर्ड आई भ्यू’ मात्र राखेको छ । यसमा कम्युनिस्ट राजनीतिको इतिहास, साहित्य र समृद्धिको झलक आउँछ । यात्रा क्रममा कैयन् दृश्यको वर्णनमा धरावासीले रसियामा बसेर व्यवसायको सञ्जाल फिजाइरहेको गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको सहायता लिएका छन् ।

कैयन् प्रसंग दोहोरिएका छन् पुस्तकमा । केही केही त लाइन नै ‘कपी पेस्ट’ गरिएजस्ता देखिन्छन् । जसले पुस्तकमा पर्याप्त सम्पादन नभएको पुष्टि गर्छ । गाडी चालक भ्लादिमिरको व्याख्या ३२ र ५२ पृष्ठमा उस्तै–उस्तै देखिन्छ । १ सय १० पृष्ठको दोस्रो अनुच्छेदको सुरु र १ सय २० दोस्रो अनुच्छेद उस्तै छ । १ सय २६ पृष्ठको पहिलो र १ सय ४७ पृष्ठको दोस्रो अनुच्छेदमा एउटै तथ्य छ । यस्तो दोहोरिने उपक्रम कैयन् पानामा छन् । त्यसले पुस्तकलाई कमजोर बनाएको छ । कमजोरी जति भए पनि धरावासी आफ्नो लेखनीमा इमानदार भने देखिन्छन् । पृष्ठ १ सय ६ मा धरावासीले स्वीकारेकै छन्, ‘भ्रमणका क्रममा टिपोट गर्ने बानी अझै बसेको छैन । त्यही भएर ठाउँ, पात्र, घटनाबारे सम्झिन र सिलसिला मिलाएर लेख्न गाह्रो पर्दैछ ।’

पृष्ठ १ सय ४९ मा धरावासीले हाकाहाकी लेखेका छन्, ‘म हरेक यात्रालाई पुस्तकको रूप दिने कोसिसमा छु ।’ यसैबाट बुझिन्छ, धरावासी आफूले देखेका, जानेका, बुझेका, भोगेका र अनुभूत गरेका सबै कुरा लेख्न चाहन्छन् । त्यही भएर उनले झिनामसिना र उल्लेख नगरे पनि हुने सन्दर्भसमेत नछुटाई लेखेका छन् । तर, यसरी लेखिएका पुस्तक खरिद गर्ने पाठकलाई न्याय गर्छ कि गर्दैन ? धरावासीको लेखनयात्रामा यो प्रश्न तरबार बनेर झुन्डिएको छ । जसको फैसला पाठकको अदालतमा कालक्रममा बिस्तारै गर्ला !

(स्रोत : समीक्षा - धरावासीको हतारको कमजोर रचना 'रेड स्क्वायर' - जनकराज सापकोटा)
 

"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।


ल सुनम न त !



Click here to Download


 

Tuesday, April 24, 2012

Pandulipi - "पाण्डुलिपी"

~कृष्ण धराबासी~

मलाई घिन लाग्यो पुरुष भएकोमा
कृष्ण धरावासी


सीताजीलाई माइखोलाको किनारमा सेलाएर आएपछि एकमहिनादेखि छोरीलाई रुँघेर बस्नु भएकी सासूआमा बुधवारे जान तयार हुनु भयो । मैले उहाँलाई रोक्न खोजें– उहाँले अब यो घरको पानी खान्न म भन्दै रुन थाल्नु भो । उहाँले भीम दाइलाई पनि सँगै जाउँ भन्नु भो तर दाइ मान्नु भएन ।
–‘कस्तो परम्परा हाम्रो ? कस्तो मान्यता हाम्रो ! छोरी मरेको दिन देखि माइतीले त्यो घरको अन्नपानी नै ग्रहण गर्नु नहुने रे ?’
मैले रोक्न सकिनँ । आमा खन्च्याङखन्च्याङ एउटा खुट्टो खोच्याउँदै रुँदै बाटो लाग्नु भो । सीताजीले आफ्नो किताबमा उल्लेख गर्नु भएको दुःखको पहाड बोक्न सक्ने यी बुढिया आज फेरि छातीभरि चट्टान बोकेर हिंडिन् । के भनेर सम्झाउनु यिनलाई !
सबै कोठा घुमेर हेरें । सबै पलङहरु खालि थिए । हिजोसम्म सीताजीको एकोहोरो पीडापूर्व आवाज आज थिएन । पलङ फेरिफेरि सुताइन्थ्यो उहाँलाई । अब सबै खाली थिए । घरभरि मानिसै मानिस थिए तर घर सुनसान थियो । छोराहरुलाई हेरें– उदास अनुहार बनाएर सेतो तन्ना, सेतै खोलको सिरक, डसना र सिरानीमा ढल्किएका थिए । उनीहरु अब किरियापुत्री भएका थिए । एकापट्टि कुनामा शारदा र प्रतिमा अनसनमा बसेको आक्रान्त जस्तो सिथिल भएर ढलेका थिए । त्यो दृश्यसँगै मनमा कल्पना आयो– ‘आज म मरेको भए छोराहरु त यसरी नै बसेका हुन्थे तर शारदा सुतेको ठाउँमा सीताजी एकसरो सेतो कपडामा बेरिएर शोकले अजाख पल्टिएकी हुनु हुने थियो । उहाँले रुन बिर्सिएको हुन्थ्यो, होस् आउँदै जाँदै हुन्थ्यो, यो कोठा महान शोकालय हुने थियो । तर त्यो जे भए पनि सुल्टो हुने थियो । स्वास्नीभन्दा लोग्ने अघि मर्नु स्वभाविक मानिन्छ हाम्रो परम्परामा । उमेरमै जेठो हुनाले पनि स्वभाविक हुन्थ्यो । आज म मरेको भए छोराछोरीहरुले आमाको माया पछिसम्मै पाइरहने थिए तर, मैले त यिनीहरुलाई आमाको जस्तो माया के दिन सकुँला र ? मलाई नै चाहिन्छ त्यस्तो माया ! बाबुको माया वास्तवमा माया नै होला त ? बाबुको माया भनेको त कर्तव्यबाट निस्रित भएको कुनै औपचारिकता मात्र हो कि जस्तो लाग्छ मलाई । आमाले दिने मायाका अघि बाबुको बुद्धि पसेको माया कत्तिको सितल बन्न सक्ला र सन्तानलाई ।’
सम्झाउनेहरु प्रायः सबैले भन्थें–
–‘तिमीले अब आमा र बाबु दुबैको भूमिका एक्लै निभाउनु पर्छ । आमाको माया पनि तिमी भित्रै उमार्नु पर्छ ।’
मेरो लागि कत्रो परिक्षा थियो यो ? कसरी सकुँला मैले आफूभित्र ‘सीताजी’ लाई उमार्न ।
छरछिमेकी सबैको प्रमूख केन्द्र बनेको थियो यो घर । सबै भेला भएर तम्बु टाङने, कुर्सी मिलाउने, खाने कुराको प्रबन्ध गर्ने, आदि काममा जुटेका थिए । पुरेत साँझमा आउने गरी विदा हुनुभएको थियो ।
म भने बैठक कोठामा आएर बसें । मेरा वरिपरि साथीभाइहरु बसे । मलाई यो दुःखबाट अल्मल्याउन अनेक प्रकारका सन्दर्भहरुमा चर्चा गर्न थाले । म पनि वार्तामा भाग लिन थालें ।
मैले एउटा भ्याङले हाफपेन्ट र नीलो भेष्ट लगाएको थिएँ । मलाई कसैले पनि केही भनेनन् । मेरा निम्ति कुनै ब्रतहरु छुट्टिएनन् । म सोचिरहेको थिएँ– मलाई पनि केही केही बन्देजहरु हुनेछन् । यो शोकमा छोराहरुसँग म पनि सामेल हुनु पर्नेछ । त्यस त्यसबारेमा खासै केही भएन । सबैजना मसँग टांसिएरै बस्थे, म जताततै स्वतन्त्र हिंडडुल गर्थेँ ।
बेलुका फलफूल आदि खाइयो । भोलि बिहान आठ बजेतिर पुरेत आउनु भयो । मैले उहाँलाई भनेको थिएँ–‘गुरुजी ! आमाको काममा पहिलो दिन नै म ढलेको थाहा होला, केटाहरु पनि त्यति दरा छैनन्, चाँडै आउनु होला ।’
नभन्दै उहाँ समयमै आउनु भयो । छरछिमेकीहरु भेला भए र ढिकुरो उठाउने काम प्रारम्भ भयो । मलाई त्यो दृश्य हेर्न कठिन भयो । बेलाबेला त्यहाँ पुग्दै फर्किदै गर्थँे । शारीरिक रुपले दिपलेश भाइ भन्दा कमजोर थियो । उसलाई उठबस गर्न समस्या थियो, त्यसैले उसको लागि सेतो प्लाष्टिकको कुर्सीको व्यवस्था गरियो । सबै विधि विवेकले गर्न थाल्यो । सम्झें– दिपलेश र म दुबै उस्तै भयौं । हामी दुबै जेठो सन्तान भएर पनि आमाको किरिया विधि गर्न सकेनौं । म पनि ढिकुरो उठाउने दिनु नै वेहोस भएकाले त्यो दिनको सबै काम भाइ (कुमार) ले गरे पछि सबै दिनका विधिहरु उसैले गर्दै गयो, म भने छेउमा बसेर हेरिरहने भएँ । यसपालि दिपलेशले पनि आफ्नो शारीरिक असक्षमताका कारण भाइले गरेको टुलुटुलु हेरिरहनु पर्ने भयो ।
केटाहरुलाई खानका लागि मैले विशेष व्यवस्था गर्न लगाएको थिएँ । पुरेत विष्णुप्रसाद काफ्लेसँग सीताजी बित्नु अघि नै मैले किरियाकर्म कसरी गरिन्छ भन्ने बारे आफ्नो विचार राखिसकेको थिएँ र उहाँले मेरो यो अभियानलाई सहयोग गर्ने वचन दिनु भएको थियो ।
केटाहरुले खाना बनाउँदा ग्यासको प्रयोग गर्ने, ध्यु नखाने, दही दूध र फलफूलसँग खाना खाने । पातको प्रयोग नगर्ने, थालको प्रयोग गर्ने आदि थियो । पहिलो दिन नै त्यो प्रयोग देख्ने केहीले यो हुँदैन, त्यो हुँदैन भन्ने मत राख्न थाले । मैले उहाँहरुसँग बहस गरें । मलाई वास्तवमा यो कर्मकाण्डमाथि केही संसोधन गर्न मन थियो । अर्काको घरमा परेका बेला ठूलाठूला बुद्धि र भौतिकवादको चर्चा गर्ने तर आफ्नोमा पर्दा उग्रतापूर्ण रुढ प्रवृतिमा लाग्ने हाम्रो बौद्धिक समाजका अघि केही गर्न मन थियो । आँखिरी सीताजी बितिहाल्नु भयो– यो दशगोत्र कर्मले उहाँको दिवंगत आत्मासँग कुनै सरोकार राख्ने पनि होइन, यस संस्कारलाई सजिलो कसरी पार्न सकिएला भन्ने लागेकै थियो । कुनै पनि कुराको थालनी गर्नु छ भने आफ्नै घरभित्रबाट थाल्नुपर्ने हुनाले मैले त्यो निर्णय गरेको थिएँ ।
सामान्य आलोचना र परिचर्चाको प्रारम्भ पहिलो दिनबाटै शुरु भइसकेको थियो ।
खानेबेलामा मलाई भने दिदी, बहिनीहरुले पकाएकै भान्सामा व्यवस्था गरियो । मैले भरे पुरेतलाई सोधें–
– ‘गुरुजी ! सीताजी बित्नु भएको छ, खै मेरो लागि त कुनै पनि काम छुट्टिए जस्तो लागेन त ? मैले केही गर्नु पर्दैन ?’
उहाँले भन्नु भो–
– ‘खै तपाईको लागि अलग्गै केही गर्नु पर्ने शास्त्रमा छुटिएको छैन । मातापिताको किरियाकर्म छोराले गर्ने हो । तपाईले नुनसम्म बारे हुन्छ ।’
म छक्क परेको थिएँ । मलाई यो कर्मकाण्डले अलग्गै केही काम दिएन भन्नु भन्दा पनि यो कस्तो विधि हो जसमा लोग्ने मर्दा उहिले स्वास्नीले जिउँदै सती जानु प¥थ्यो, लोग्नेसँग चितामा जल्नु प¥थ्यो । अझै पनि लोग्ने मर्दा छोराहरुसँग कोरामा बसेर शोकमय हुनु पर्छ, एकसरो सेतो धरो बेरेर बस्नु पर्छ । त्यसपछि पनि वर्षदिनसम्म बार्नु पर्छ तर स्वास्नी मर्दा भने लोग्नेका लागि केही पनि दायित्व छुट्याइएको छैन ।
मैले विषणुकुमार भट्टराई दाइसँग यो गुनाशो पोखें–
–‘दाइ ! यो कस्तो विधि हो ? कति अव्यावहारिक, कति पक्षपाति । जसलाई थरगोत्र समेत फेरेर आफ्नो कुलधर्ममा समाहित गराइएको हुन्छ, ऊ मर्दा भने लोग्नेको कुनै भूमिका नहुनु अचम्म होइन ? यस्तो एकलकाटे पनि शास्त्र हुन्छ त ? कसको कसको कुलमा जन्मेकी नारीलाई आफ्नो घरमा ल्याएर आफ्नो बनाइएकीलाई जीवनमा सुख दिन सकिन्छ, सकिन्न, मरे पछि समेत उसका निम्ति आफूले केही गर्नु नपर्ने ?’
– ‘त्यति मात्र कहाँ भाइ ! अझ शास्त्रमा त स्वास्नी मरेमा स्वास्नीको लाश उठाइ सके पछि लोग्नेले त्यसै दिन अर्की स्वास्नी भित्र्याउनु समेत हुन्छ पनि भनिएको पो छ त ।’
म टवाल्ल परें । म भित्र शब्दहरु नै हराए ।
कस्तो परम्परा र संस्कृतिमा टेकेर उभिएका रहेछौं हामी ? कति घिन लाग्दो सोच ?
त्यो आमा जसले आफ्नो सम्पूर्ण मन, शरीर, इच्छा, रहर र उमेर विनासर्त समपर्ण गरेकी हुन्छे त्यसको मूल्य कति त ? त्यो लोग्नेले उसका निम्ति कुनै भार बोक्नै नपर्ने ?
कुनै कालमा पुरुषले बनाएको यो शास्त्रमा यति हदसम्म लाजमर्दाे सुविधा आफ्नो लागि सुरक्षित गर्नु हुन्छ ? मलाई घिन लाग्यो आफू पुरुष भएकोमा । मनमा आयो– यदि साँच्चै मरेको शरीरको आत्माले देख्दो हो भने सीताजीलाई कस्तो लाग्दो हो ? के खुशी लाग्दो हो ? के उहाँले आशीर्वाद दिनु हुँदो हो ?
लोग्नेका नजरमा नारीलाई यति हदसम्म मूल्यहीन बनाइएको छ हाम्रा कर्मकाण्डहरुमा भन्ने मलाई थाह थिएन । हुन त स्वास्नी मरौ परेको घरमा गइएकै हो तर यसप्रकारले विचार गरिएको रहेनछ । यस्तो कर्मकाण्ड पद्धतिलाई हामीले अक्षरशः जोगाइरहनुको के औचित्य भन्ने कुराले म भित्र झन् जरा गाड्न थाल्यो ।
(धरावासीको प्रकाशोन्मुख कृति पाण्डुलिपिको अंश)आजबाट हामी कृष्ण धराबासी को उपन्यास आधा बाटो लिएर आएका छौ | )
(Source) 

ल सुनम न त

Listen and Download Pandulipi.

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12

Wednesday, March 17, 2010

Aadha Bato - "आधा बाटो "

~कृष्ण धराबासी~

आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।

ल सुनम न त

Listen and Download Aadha Bato


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16(कृष्ण धराबासी सँगको अन्तर्वाता)
भाग-17

Tuesday, December 29, 2009

Radha - "राधा"

~कृष्ण धरावासी~

पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ ।

ल सुनम न त

Listen and Download Radha


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16
About the Book: It's been two years since Krishna Dharabasi wrote Radha, an extraordinary novel, and yet, the novel is still relatively unknown among litterateurs and the general public. Radha is a strong example of a novelist challenging traditional mores by presenting mythical texts in a different light. Inspired by Jacques Derrida's Theory of Deconstruction, he has completely changed the characters of Radha and Krishna as we have come to know them. Ved Vyas' and the Mahabharat's Radha is a minor character, whose only purpose seems to be Krishna's plaything. But Dharabasi's Radha is brave, dignified and can also be seen as a revolutionary. He keeps focusing on the importance of women, which too can be seen as a challenge to formal traditions.

Tuesday, September 15, 2009

कथा - "झोला"

~कृष्ण धरावासी~

कृष्ण धाराबसीको कथा संग्रह "झोला"को शिर्ष कथा 'झोला'मा कथाकारले सती प्रथालाई आधार बनाएर कथा बुनेका छ्न ।

ल सुनम न त 

Listen and Download Story JHOLA


कथा