Tuesday, October 27, 2015

निबन्ध संग्रह : एब्स्ट्रयाक्ट चिन्तन प्याज

~शङ्कर लामिछाने~

२०२४ सालको मदन पुरस्कार विजेता निबन्धकृति 'एब्स्ट्रयाक्ट चिन्तन प्याज' को महत्ता कसको नजरमा कति छ कुन्नी । तर सर्जकको रुपमा शङ्कर लामिछानेको परिचय स्थापनाको परीक्षण-पाइला त्यही कृति भयो, उनले पाठकको दैलोभित्र बास पाए ।

स्वाद लिनेले उनका जम्मै किताबमा उत्तिकै रस भेट्छन् । ती मध्ये 'प्याज' को महिमा विशिष्ट रहिआएको छ 'पढालु' पाठकहरूमाझ । पहिलो चोटि किताब समाएर बस्दा नबुझ्दा-नबुझ्दै पनि धेरै कुरा बुझे जस्तो लाग्न सक्छ, र त्यही माझधारको चिनाजानासँगै शङ्करको केस्रादार अध्ययनको लागि घुम्टी खुल्छ ।

यो निबन्ध संग्रह तपाईंहरुले यहाँ पढ्न सक्नु हुन्छ ।

ल सुनम न त !


निबन्ध :
देउताको काम - तारापुञ्ज अन्धाको ब्रेल
याब्स्ट्राक्ट चिन्तन प्याज - पेन्डुलम ओसिलेसन पेन्डुलम - सम्झनाको लयमा बिलिन हुँदै
साहित्य आलुबखाडा कि आउँ - हामी पाईताला हौं फगत पाईताला
 


 
 

Friday, October 9, 2015

उपन्यास : गुलरको फूल

~माधव प्याकुरेल~

ओरियन्टल प्रकाशन गृहले प्रकाशनमा ल्याएको उक्त उपन्यासमा नेपाल भारतबीच गण्डक सम्झौता,
पञ्चायतको बीजारोपण, नारायणी नदीमा गण्डक व्यारेज, पदचापका आवाजहरू, बतासका झोक्काले तरङ्गित छलहरू, बचेराको हलाल, माछामाछा भ्यागुता, गाउँमा अनिष्टको सङ्केत, तिलक चढाव, खम्चाङखुम्चुङ परेको भकारीलगायत ३३ वटा शीषर्कमा केन्द्रित भएर विषयवस्तुहरू समेटिएका छन् ।
 
उपन्यासमा वर्णन गरिएका स्थानहरूको नक्सासमेत पुस्तकमा राखिएको छ । थोरै सुख, धेरै दुःख, थोरै हासो धेरै आँसुका विषय वस्तुहरू प्रभावी ढङ्गबाट देखिएको उक्त उपन्यासमा आग्रवासी कथानकलाई रोचक ढङ्गमा उन्ने प्रयास गरिएको छ । सबैभन्दा तल्लो तप्का सर्वसाधारण जनतामा केन्द्रित रहेर लेखिएको उक्त उपन्यास यथार्थवादी वृतान्तको रुपमा रहेको छ ।

ल सुनम न त !


 

Tuesday, October 6, 2015

आलेख : काठमाडौं सेल्फी


~प्रकाश सायमि~

साहित्यकार, चलचित्र निर्देशक, रेडियो प्रस्तोता एवं पत्रकार प्रकाश सायमीको कृति ‘काठमाण्डू सेल्फी’ एक सिर्जनात्मक गद्य हो । कृतिमा काठमाण्डू सेल्फी, नेपथ्यमा हराएकाहरु, सम्पादक थरिथरिका, मेरो नाम, सवारी मेरो रेलैमा, बम्बइ कथा,लखनाउ डायरीलगायत ४३ आलेख समावेश छन् ।

ति मध्य केही आलेख यहाँ वाचन गरिएका छन् । पत्रकार रवीन्द्र मिश्रले भने जस्तै अन्तरदृष्टिले काठमाडौं नियाल्दा देखिने सचित्र नै ‘काठमाण्डू सेल्फी’ हो र यस कृतिमा लेखिएका लेख पढ्दा लेखमा रहेका अपार ज्ञानको भण्डार प्रस्फूटन हुने पत्रकार मिश्रको जस्तै हाम्रो पनि पूर्ण विश्वाश छ ।


ल सुनम न त !

आलेख - सिनेमा मा कविता र बम्बै कथा
 
आलेख - मेरो नाम र संगीतका सिकन्दर गोपाल
 
आलेख - सलाम गुल्जार साहब र सवाना अवतार