Tuesday, January 28, 2014

Agnibatika - अग्निवाटिका

~तारणी प्रसाद कोइराला~

कुनै समय सर्पदंश लेखेर बालयौन-मनोविज्ञानमा चर्चा कमाएका आख्यानकार हुन्, तारणी प्रसाद कोइराला  उनको रातो स्वेटर कथासंग्रहले पनि त्यत्तिकै प्रशंसा पाएको हो । अहिले यिनै आख्यानकारको अर्को यौनवादी आख्यान प्रकाशित भएको छ, अग्निवाटिका । यो एउटा किशोरका यौनक्रीडाको सरल भाषामा बुनिएको विभिन्न आयाम, भोगाइ र अनुभूतिको जटिल परघिटनाहरूको कथा हो । यस आख्यानले एउटा किशोर पात्रको भोगाइमार्फत विभिन्न उमेर र सम्प्रदायका स्त्रीजातिको यौनेच्छा र प्रवृत्तिलाई सूक्ष्मतर रूपमा व्याख्या गरेको छ ।

विराटनगरको १६ वर्षे एउटा किशोरको यौनेच्छा पहिलो अनुभूति अप्राकृतिक यौनक्रीडाबाट सुरु हुन्छ, लेखकको भाषामा 'वासना-ज्ञानको नौलो परच्िछेदको प्रारम्भ' । तर, उसको सक्कली वासनाको आरम्भ त ऊ आफूभन्दा दुई वर्ष कान्छी किशोरीबाट हुन्छ । त्यसपछि उसले यसका लागि उमेर र समूह छुट्याउन भ्याउँदैन । स्थान र अवस्था पनि निर्धारति हुँदैनन् । उसको दिनचर्याको महत्त्वपूर्ण समय यस्तै कर्मको खोजी र तृप्तिमा बित्छन् । अनि, ऊ यौनका अनेकौँ रहस्यहरूको रबिन काट्दै जान्छ र अनुभूतिका नौलानौला आस्वादनको उद्घाटन गर्दै जान्छ । यस क्रममा खोल्साखोल्सी हुँदै सागरसम्म उसको यात्रा निष्कंटक र अविराम गतिमा अघि बढ्छ । अनि, ऊ सोच्छ, यति सुखानुभूतिपूर्ण कुरालाई समाजले किन संकुचित पर्खालहरूमा घेरेर राखेको होला !

उसका चेतनाले भन्छन्, प्रकृतिका सबै सिर्जना सुन्दर छन् तर सबैभन्दा विमुग्धकारी सौन्दर्य स्वास्नीमान्छे हो । उसका निम्ति नारी चिर सुन्दर वस्तु हो र यस्तो विपुल सौन्दर्य सृष्टिका अरू कुनै वस्तुमा हुँदैन । ऊ जहाँजहाँ पुग्छ र जुनजुन अवस्थामा हुन्छ, उसको यो सदिच्छा पूर्ण हुन पुग्छ । उसको मोहित रूप र शारीरकि आकर्षणका अघि विवाहिता कट्टर ब्राह्मणी सीता दिदीदेखि बंगालीबाला सेफालीसम्म सशरीर समर्पित हुन्छन्, बिनाकुनै संकोच र बिनाकुनै पछुतो । अग्निवाटिकाका अधिकांश प्रसंग र प्रस्तुतिले आजको यौनसाहित्यलाई फड्केको छ । यस दृष्टिले यो एउटा अत्यन्तै कलात्मक र सशक्त यौनसाहित्य हो ।

उपन्यासमा उभ्याइएका नारी पात्र यति सजिलै केशरप्रति समर्पित हुनु अलि अस्वाभाविक लाग्छ । आफ्नो जेलजीवनकाल -२०१७-०२४)मा लेखिएको यस उपन्यासमा त्यस समयमा यति स्वच्छन्द शैलीमा यस्ता घटना हुनसक्थे भनेर अनुमान गर्नु त्यति सहज लाग्दैन । यद्यपि, यौनमनोविज्ञानको पाटोलाई भने आख्यानकारले सूक्ष्म रूपमा प्रस्तुत गरेका छन् । महिलाहरू यौन सन्तुष्टिका लागि जुनसुकै नाता र अवस्थामा पनि परपुरुषगमनका लागि तयार हुन्छन् । अग्निवाटिकाले मौन रूपमा दिने सशक्त सन्देश यही हो । आख्यानमा वणिर्त १३ वषर्ीय चञ्चला, ऊभन्दा अलि बढी उमेरकी सेफाली, पूर्ण वयष्क सन्ध्या र सीता गरी चार पात्रामा यौनाशक्तिको प्रयोग गरएिको छ । पात्राहरूलाई आख्यानकारले दुई किसिमले प्रयोग गरेका छन् । पहिला दुई किशोरीलाई यौन रहस्यका लागि र पछिल्ला दुई अविवाहित युवतीलाई तृप्तिका लागि यस कर्ममा आशक्त बनाइएको छ ।

उपन्यासमा यी तमाम घटनालाई यति सहज र छिटो रूपमा उपस्िथत गराइएको छ, ती घटना र वातावरण स्वाभाविक लाग्दैनन् । आजको समाजमा समेत अस्वाभाविक लाग्ने घटना चार दशकअघिको कालखण्डतिर फर्केर विचरण गर्दा अझ दुरुह र अपत्यारलिो लाग्छ । कसैका छोरी र बुहारीमाथि कल्पना गरएिको यो चरम प्रयोग एक जना वेश्या लालीमा पुगेर भने आख्यानकार बढी आदर्शवादी हुन पुग्छन् । नायकले लालीलाई अरू स्त्रीमा जस्तो यौनकर्मी रूप देख्दैन, बरु उसलाई एउटी भाउजूको नातामा बाँधेर आफ्नो स्वभावलाई १ सय ८० डिग्रीको कोणमा परविर्तन गरेको छ । यो आदर्श अरू नारी पात्रलाई नायकले हेर्ने दृष्टिकोणका आधारमा असामान्य लाग्छ । एउटी खाँटी विवाहिता ब्राह्मणीलाई जुन अवस्थामा अस्वाभाविकतासाथ समर्पण गराइएको छ, त्यसभदा पनि अस्वाभाविक त्यतिबेला लाग्छ, जब आफूसँग सहवास गरसिकेको केशरलाई भाउजू सन्ध्याले आफ्नी नन्द सेफालीसँग पनि सहवासका लागि अनुमति दिन्छे ।

यी केही अस्वाभाविक प्रसंगलाई आँखा चिम्लिने हो भने चार दशकअघि यति स्वतन्त्रतापूर्वक यौनचर्चा गर्न सक्नुलाई आख्यानकारको साहस मान्नुपर्छ । भाषा र प्रस्तुतिमा अग्निवाटिका अन्त्यन्तै सुन्दर र परष्िकृत छ । उनले चर्चा गरेका केही अप्राकृतिक कामवासनाले त्यस कालखण्डमा पनि आजजस्तो समलिङ्गी प्रवृत्ति रहेछ भन्ने कुराको छनक दिएको छ । छोटाछोटा कविताले आख्यानकारलाई शृंगारकि कवितामा पनि सिद्धहस्त कविका रूपमा स्थापित गराएका छन् ।

यस उपन्यासका अनेकौँ विशेषता छन् । यौनलाई सूक्ष्मतम विश्लेषण गर्ने, यसको मनोविज्ञानलाई फेददेखि नै परभिाषित गर्ने र त्यसबेलाको समाजलाई हल्का रूपमै भए पनि वर्णन गर्ने यस उपन्याको मुख्य ध्येय हो । यसमा आख्यानकार सफल छन् ।
(स्रोत: कान्तिपुर)

ल सुनम है त !

Listen and Download Agnibatika

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13

Friday, January 24, 2014

लघुकथाहरु : सुलेख साहित्यिक मासिक

~सुरबी साहित्य प्रतिष्ठान~

सुरबी साहित्य प्रतिष्ठानले हरेक महिना प्रकाशन गर्ने "सुलेख"को बर्ष २ अंक ५ पूर्णङ्ग १४ , २०७० भदौंमा लघुकथा विशेषाङ्क प्रकाशन गरेको छ । यस पत्रिकाको सम्पादकमा अच्युत प्रसाद घिमिरे, उप-सम्पादकमा मन्दिरा मधु श्री, प्रल्हाद चालिसे, रामचन्द्र खतिवडा, ब्यवस्थापनमा रामकुमार पण्डित क्षेत्री,संरक्षक बिजय चालिसे र सल्लाहकारमा डा.यादव प्रसाद लामिछाने, प्रा.देवी शर्मा, युवराज मैनाली हुनुहुन्छ । यसै "सुलेख" साहित्यिक मासिक भित्र रहेका लघुकथाहरु आजको श्रुतिसंबेगमा बाचन गरिएको छ ।

लघुकथाहरु:

भाग - १ 
                                     
   रचनाकार                  शिर्षक      

१.  सनत रेग्मी             राष्ट्रिय प्रतिभा
२.  भगतदास श्रेष्ठ          साहित्यको मुल्य
३.  भाउ पन्थी           पेटभित्र ज्यूदो भ्यागुतो
४.  रामचन्द्र खतिबडा           फर्ग
५.  हरिहर खनाल            ब्याकमेल
६.  शुसिला खड्का असिम    मुर्गापो बनाएछ
७.  ध्रुब मधुकर्मी             घर झगडा
८.  अञ्जु पुरी               फेसबुक
९.  कर्णाद महर्षी           भुलक्कड परिबेश
१०. दिप किरण शर्मा          चतना
११. इन्द्र कुमार श्रेष्ठ       बिचारमा निष्ठावान
१२. मेनका पोखरेल आचार्य    साहाष नहुँदा सम्म
भाग - २
                                      
    रचनाकार                     शिर्षक    
१.  दिब्य गीरी                     इज्जात
२.  रिचा महर्जन                 एस एम एस
३.  बिमल भौकाजी                   भ्रम
४.  प्रकासमणि दाहाल           यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले 
५.  डा.घनस्याम परिश्रमी न्यौपाने      लेखा परिक्षण 
६.  शान्ति रिजाल                    धोका 
७.  रामेश्वर राउत                समयको जित भयो 
८.  महेन्द्र चालिसे              राजा विक्रमादित्यको न्याय 
९.  बाजुराम पौडेल               कुजात सहरका मान्छेहरु 
१०. श्रीहरी फुँयाल                   कस्तो ज्योतिष 
१. रेहन खान                       अल्छिपन 
१२. बसन्तराज अज्ञात                   दोषी 
१३. शोभा केसी                        छ 
१४. उर्मिला कोइराला                 आँसुको प्रेम 
१५. दिनमान गुरुमछाङ                 अधिकार 
 

Tuesday, January 21, 2014

कथा - "कैदी नं.११" र "जन्मिन नपाएका नानीहरु"

~बद्री अधिकारी~
~निलम कार्की 'निहारिका'~


यहाँ पहिलो बसाइमा कथाकार बद्री अधिकारीको कथा 'कैदी नं.११' प्रस्तुत गरिएको छ । यो कथा २०६६ सालको 'गरिमा' साहित्यिक पत्रिकामा पहिलो पटक प्रकाशन भएको थियो र पछी कथाकारको कथासंग्रह 'अकबरी सुन'मा संग्रहित गरिएको छ । एउटी नारी कस्तो परिस्थितीमा आफ्नी पतीको हत्या गर्न पुग्छे भन्ने सेरोफेरोमा कथा बांधिएको छ ।

दोस्रो बसाइमा कथाकार निलम कार्की 'निहारिका'को कथा संग्रह 'बेली'बाट कथा 'जन्मन नपाएका नानीहरु' प्रस्तुत गरिएको छ । ‘जन्म नपाएका नानीहरु’ गर्भपतन सम्बन्धित कथा हो । बाल बालिका आमाको गर्भ देखि नै शोषित हुनु परेको तय्थ यस कथामा छ । सामाजिक परिबेस र सभ्यता दोषी कती छ त्यो पाठकलाई सोंच्न छोडिएको छ ।

ल सुनम न त !!


Listen and Download Stories

कथा - "कैदी नं.११" र "जन्मिन नपाएका नानीहरु"

Monday, January 20, 2014

कथा - "उर्मिला" र "सुर्पणखा"

~डा. दिनबन्धु शर्मा~

आजको पहिलो बसाईमा डा. दिनबन्धु शर्माबाट लिखित कथा "उर्मिला" प्रस्तुत गरिएको छ । यो कथा "मधुपर्क, जेष्ठ २०६५ - कथा विशेषाङ्क" मा प्रकाशित भएको थियो । सर्जकले चारओटा छुट्टाछुट्टै हुने कथालाई एउटैमा मिसमास पारेर प्रस्तुत गरेका छन् । शर्माको यस कथामा माइरा र लारीको सन्दर्भ, उर्मिला र लक्ष्मणको सन्दर्भ तथा अरेबिल्ला र उसको श्रीमान्लगायत ‘म’ पात्र र अरेबिल्लाको सन्दर्भले बहुकेन्द्रीय कथाको उद्घाटन भएको छ ।

दोश्रो बसाईमा डा. शर्माको कथा "सुर्पणखा" प्रस्तुत गरिएको छ । यो कथा कृषि बिकास बैंक,बागबजारबाट प्रकाशन गरिने साहित्यिक त्रैमासिक पत्रिका "समष्टी - त्रैमासिक"मा प्रकाशन गरिएको थियो । रामायाणकी एक बिशेष पात्र सुर्पणखा कस्ती थिईन र उनलाई नराम्रो मात्र किन देखाईन्छ भनेर यहाँ प्रश्न उठाईयेको छ । एउटा छुट्टै कोणबाट हेर्ने प्रयास गरिएको छ सुर्पणखा पात्र लाई ।


ल सुनम न त !!


Listen and Download Stories


कथा - "उर्मिला" र "सुर्पणखा"