Tuesday, August 20, 2019

संस्मरण : झझल्काहरु

~डिल्ली प्रसाद आचार्य~
 
पूर्वप्रसाशक तथा पत्रकार डिल्लीप्रसाद आचार्यको संस्मरणात्मक कृति ‘झझल्काहरु’ हो । पुस्तकमा आचार्यको जीवनका तीन पाटाहरु सरकारी सेवा, खोज पत्रकारिता र यात्राका कुराहरु बलियोसँग प्रस्तुत भएको छ । 
 

ल सुनौं है त !


संस्मरण : निहाउ ! नमस्ते !

~लक्ष्मी लम्साल 'लक्ष्मीपुजा'~
 
चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभबाट नेपाललगायत विश्वलार्इ हुनसक्ने फाइदा, चिनियाँ रेलका किस्साहरू, नेपालप्रतिको चिनियाँ जनताको अवधारणा, चीनको गरिबी निवारणका सुत्रहरू, शक्तिशाली
बन्दैगइरहेका चीनका राष्ट्राध्यक्ष सी चिन फिङको पारिवारिक जीवनका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ।
 
नेपाल–चीन सम्बन्ध युगैं पूरानो हुनुका साथै अन्तर्देशीय सम्बन्ध जोड्नमा योगदान गरेका एेतिहासिक पात्रहरू  मन्जुश्री, सोङ्गचान गम्पो, भृकुटी, अरनिको, चिनियाँ तथा नेपाली यात्रीहरू, नेपालका तत्कालीन राजाहरूको चिनियाँ नेताहरू माअोत्सेतुङ, चाउएन लाइ, च्याङ च मिनलगायतसँगको साक्षात्कारबाट एेतिहासिक सम्बन्धलार्इ वर्तमान युगसम्म जोड्नखोजिएको छ। परम्परागत सम्बन्धलार्इ इतिहासका पात्रहरूमाथि उभिएर अन्तर्देशीय सम्बन्धमा नयाँ अायाम थप्नसकिने प्रस्ताव पनि यस पुस्तकले राखेको छ।
 
विगत छ वर्षदेखि चीनको राजधानी बेइजिङमा रहेर रेडियो पत्रकारिता गर्दै अाएका लेखकले अाफ्नो अनुभव यस पुस्तकमा उतारेका छन्। कतिपय लेखहरूमार्फत चीनप्रति अपरिचित नेपालीहरूका लागि प्रत्येक्ष अनुभवको अाभाष दिलाउने प्रयास पनि पुस्तकमा गरिएको छ।
 
विश्व विख्यात ग्रेटवाल, चिनयाँ जीवनमा अङ्कहरूको भूमिका, परम्परागत चिकित्सा, युद्धकला (कलाबाजी), चिनियाँ खानपान संस्कृति, नेपाल र चीन बीचका केही मिल्दाजुल्दा चाडपर्वहरू, चिनियाँ पेम जीवनलगायतका कुराहरूले पाठकलार्इ तुरून्तै चीनका बारेमा धेरै जानकार गराउने छन्।
 
पुस्तकको अावरणले पनि एउटा चिनियाँ हात र अर्को नेपाली हात जोडेर बाैद्धमार्गको प्रतीकलार्इ पृष्टभूमिमा पारी नमस्कार गरेको देखाइएको छ । तीमध्ये एउटा हातमा चिनियाँ र अर्को हातमा नेपाली झण्डाको संकेत चिन्ह राखिएको छ।
 

ल सुनौं है त !


Thursday, July 25, 2019

उपन्यास : ह्वाइट केन

~मनिषा गौचन~

‘ह्वाइट केन’ दृष्टिविहीनका लागि स्वतन्त्रताको प्रतीक हो। स्वतन्त्र गमनशीलताको प्रतिविम्ब। यात्राको सहारा। अझ भनुँ जीवनकै सहारा। यही केन लिएर अन्नगिन्ती गल्ली, सडक, किनारा, खुट्किला, सिंढी सबैतिर उक्लिन्छु म।’

लेखिका गौचनले एक जन्मजात दृष्टिविहीन पात्रको प्रेम र जीवनलाई मुख्य कथाको रुपमा उपन्यासमा उतारेकी छिन्। भास्वत र सुलभा प्रेमीप्रेमिका हुन्। तिनीहरू एक अर्काका ऊर्जाका स्रोत हुन्। देशको राजीतिक अस्थिरता, अशान्त परिवेश, बाटोमा जताततै भेटिने दुःख अभावमा बाँचेमा मान्छेहरूको दुःख, गरीब, दीन दुःखीहरूको जीवनशैलीबाट आजित सुलभाले ती पात्रहरूको छनौट गरी उपन्यास लेख्न पुग्छिन्। जसबाट उनीहरूबीचको सम्बन्ध पातलिंदै जान्छ। पछि सुलभा आफ्नो वास्तविक जीवन र भोगाइले भास्वत्सँगको सम्बन्ध असम्भव ठानी आफ्नो प्रेम सम्बन्धलाई मित्रताको सम्बन्धमा रुपान्तरण गर्छिन्।

ल सुनौं है त !


Tuesday, October 2, 2018

उपन्यास : त्रिभुवनकी एरिका

~एरिका ल्युकट्याग~

The book is about Erika who goes to Nepal to treat the Nepali queens at the time of Tribhuvan. She
ends up befriending King Tribhuvan (and teaches him to dance along the way), and helping him to come in contact with the Indian Ambassador, in order for him to flee Nepal and come back and end the Rana regime. Its not a story that most Nepalese know, so I'm sure that if they read it, they will come to know something that they didn't know and would be thankful to the book for telling this lost story.

It looks like Erika did play an important role in Nepal's end to the Rana regime. It was only because of her that the King came in touch with India. It was only through her that India realized that the King was actually thinking of breaking away from the clutches of the Ranas. Up until that point, India and the rest of the world believed, that the King was corrupt person living inside his palace, and enjoying the excesses of life.
(स्रोत : Review by Mr. Roopesh Joshi - Source )

मूल उपन्यास "एरिका एण्ड द किंग"को नेपाली भावानुवाद "त्रिभुवनकी एरिका" हो । यस अनुभवोपन्यासको लेखिका हुनुहुन्छ एरिका ल्युकट्याग जस्ले राणाकालिन नेपालमा राजा त्रिभुवनको न्रित्य प्रसिक्षिका भएर रहिन । यस कृतिलाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद सरोज मिश्रले गर्नु भएको छ ।
 

अच्युत घिमिरेको स्वरमा अडिओ किताबको स्वरुपमा आएको संस्करण सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



                           Click here to Download


 

Monday, August 27, 2018

उपन्यास : जदौ मालिक

~भुवनहरि सिग्देल~

उपन्यास 'जदौ मालिक'मा तराईका सीमान्तकृत रैतीका विवशता, जमिनदारी प्रथा, राणाकालीन शासकीय आडम्बर र अत्याचारको चित्र हामी पाउँछौं ।

सिग्देल कविका रूपमा विगतदेखि नै नेपाली काव्यमा परिचित र स्थापित नाम हो । आख्यानकारका रूपमा चाहिँ मैले सिग्देललाई ढिलो मात्र चिनेको हुँ ।

कृतिको बारे:
उपन्यास : जदौ मालिक
Title जदौ मालिक: उपन्यास
Author भुवनहरि सिग्देल
Publisher भुँडीपुराण प्रकाशन, 2016
ISBN 9937625793, 9789937625791
Length 275 pages

ल सुनौं है त !


Wednesday, May 23, 2018

उपन्यास : अविरल बग्दछ इन्द्रावती

~रमेश विकल~

बग्नु नदीको विशेषता हो । यसकारण कि त्यो उसको नियमितता हो । अवरोधको आकस्मिकता पन्छाएर अग्रप्रवाहसँगै सागरको नीलिमा चुम्नु उसको चरित्र हो । केही नदीमा पानीसँगै जीवन पनि बगिरहन्छ ।इन्द्रावतीमा सदियौंदेखि निमुखा माझी, दनुवारहरूको पसिनाका थोपा बगेका छन् । र त, त्यसको रङ निख्खर नीलो छ, आजसम्म । इन्द्रावतीको भँगालोलाई अँगालोमा बेर्दै रह र दहमा जाल फ्याँक्नु, पानीसँग निर्मम सिँगौरी खेल्दै दुवाली फर्काउनु, ढडिया, बल्छी थाप्नु र उदयाचलदेखि अस्ताचलसम्म इन्द्रावतीको बरदानस्वरूप जे–जति माछा, गँगटा हात लाग्छन्, तिनैले घरको चुल्हो जगाउनु ती माझीहरूको दैनिकी हो, आजपर्यन्त ।

साहु–महाजनहरूको बिरौटा बिराएर मात्रै मुखमा माड नलागेपछि इन्द्रावतीको भंगालो तेर्स्याएर हिउँदे घट्ट थाप्ने होस् या डुंगा खियाएर बटुवाहरूलाई नदी तारेर– उनीहरू जीवनमा जीजिविषा साँच्छन् । जीवनयापनका नवीन साधनहरूको खोजीमा यायावरी गर्नुको सट्टा त्यही इन्द्रावतीका पाखापखेराको भरोसामै दुःखी जीवन बिताउने तिनै माझीहरूको अन्त्यहीन कथा लेखे रमेश विकलले । ‘अविरल बग्दछ इन्द्रावती’ त्यही दुःखी कथा हो । सिपाघाटदेखि दोलालघाटसम्म बसोबास गर्ने माझीहरूको जीवन हो । साहुमहाजनसँग मानो–मुट्ठी मागेर जीविका चलाउनुपर्ने माझीहरूको निरीह याचना नजिकबाट नियालेका विकललाई १९३० को दशकदेखि नै तिनका कथा लेख्ने हुटहुटी जाग्यो ।
र त, विकलले उपन्यासमा भनेका छन्, “इन्द्रावती नदी किनारका धर्ती त्यहाँ रुने, हाँस्ने अस्तित्वका लागि डोलाउने माझीका जीवनलाई मैले नजिकबाट हेरेँ, त्यही स्थूल अभिव्यक्ति हो– उपन्यास ‘अविरल बग्दछ इन्द्रावती ।’

"अविरल बग्दछ इन्द्रावती" रमेश विकलद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।  (स्रोत : "यसरी अविरल बग्यो इन्द्रावती" समीक्षा बाह्रखरी डट कम)

खगेन्द्र नेपालीको स्वरमा अडिओ किताबको स्वरुपमा आएको संस्करण सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



                           Click here to Download


 

Tuesday, May 22, 2018

उपन्यास : ओझेल

~जीवन खड्का~

ओझेल समकालीन विषयवस्तुका कथामा आधारित उपन्यास हो । यसमा गाउँबाट शहर पसेको एक युवा र जर्मनीबाट नेपाल आएकी युवतीबीचको प्रेम र विछोडको कथा छ । प्रेममा आधारित उपन्यास भए पनि ओझेलमा सामाजिक कुरीति, द्वन्द्वकालको चित्रणदेखि पश्चिमी नेपालको हलिया र कमैयाको समस्यालाई प्रस्तुत गरिएको छ । भोगाइको समस्या यस उपन्यासले बोलेको हुनाले पठनीय बन्न पुगेको छ । यो प्रेम उपन्यास हो तापनि यो समाजसँग जोडिएको छ ।

गाउँबाट सपना बोकेर शहर पसेको युवाको भोगाइ, राजनैतिक अराजकताको चित्रण उपन्यासले गरेको, बोक्सीको आरोपमा नारीमाथि गरिएको शोषण अहिले पनि कायमै रहेको कुराको चर्चा उपन्यासमा गरिएको छ । द्वन्द्वकालीन घटना र त्यसले नेपाली समाजमा पारेको प्रभावको चित्रण पनि छ । पृथ्वीनारायण शाहको एकीकरणको घटना चित्रण गरिएको हुनाले यो कृतिले ऐतिहासिक जानकारी पनि सहज र प्रष्ट रुपमा देखाउन खोजेको छ । यस उपन्यासमा प्रकृतिको चित्रण, बिम्बात्मक प्रस्तुति, भाषाको सरलता, विषयवस्तु सहजरूपमा आएको छ । जीवनसँग यो पुस्तक निकै नजिक हुन सफल भएको छ ।


"श्रुति सम्बेग"कार्यक्रममा अच्युत घिमिरेको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



                           Click here to Download


 

Tuesday, January 9, 2018

उपन्यास : ताप

~शारदा शर्मा~

ताप भन्नाले पोल्ने तताउने वा सङ्घर्षबाट प्राप्त हुने शक्ति भन्ने जनाउछ, अर्को कुरा मान्छेका जीवनमा पर्ने आधिदैविक, आधिभौतिक र आध्यात्मिक आदिबाट पर्ने दुःख र सन्ताप परेका उसका जीवनका सङ्घर्षले सिकाएका पाठबाट मान्छेले सिक्ने, भोग्ने क्रम पनि हो ताप । यस्तै यस्तै ताप पर्दै गए पछि मान्छेमा अझै जिउने उर्जा प्राप्त हुँदै जान्छन् । त्यसैले त भनिन्छ, जीवन सङ्घर्ष हो, सङ्घर्ष नै जीवन हो । एउटा पात्रले आफ्नो जीवन जिउने क्रममा भोगेका भोगाईहरू ताप उपन्यासका कथावस्तुहरू हुन । मूलतः यस उपन्यास भित्र नारीसंवेदनाका विविध पाटाहरूलाई उजागर गर्न खोजिएको छ । लेखक पनि नारी नै भएको कारणले नारीसंवेदनाका कुराहरू उल्लेख्य रुपमा रहेका छन्, भने पुरुष प्रवृतिलाई पनि उनले छर्लङ्याएकी छिन् । एउटा मन्त्री जस्तो गरिमामय पदमा रहेर एउटा पुरुषको घिनलाग्दो करतुत उपन्यास मार्फत व्यक्त भएको छ । मान्छेले आफ्नो पदप्रतिष्ठाको ख्याल नगरी कतिसम्म निच बन्न सक्दो रहेछ भन्ने प्रमाण उपन्यासमा स्पष्ट देखिन्छ । लेखक नारी भए पनि पुरुष प्रवृतिप्रति उनीले निकै गहिरिएर अध्ययन गरेको देखिन्छ तापमा । पुरुष मनोवृतिलाई सहजै प्रस्तुत गर्नु उपन्यासको महत्वपूर्ण पक्ष हो । हालैका नेपाली राजनीतिक आकाशका पनि यस्ता पात्रहरू सल्वलाई रहेको आभाष हामीले पाएका छौं ।
उपन्यास भित्रको एउटा पात्र जीवन भोगाईकै सन्दर्भमा मान्छे प्रति घृणा उत्पन्न हुन्छ, र, ति पात्रको मान्छे प्रतिको निष्कर्ष यस्तो छ :–‘सम्भवतः मान्छे भनेको सभ्यताको मुखुण्डो भिरेको पशु नै हो ।’ कृतिका हिसावले शर्माको ‘अग्निस्पर्श’ निबन्ध सङ्ग्रह नेपाली साहित्यको विशिष्ट ग्रन्थको रुपमा लिन सकिन्छ । ‘भुईँफूलको देश’ यात्रा निबन्धहरूको सङ्ग्रह पनि उत्कृष्ट रहेको छ शर्माको । उनका लेखनको विशिष्टतालाई मध्यनजर गर्दै नेपाली साहित्यमा उत्कृष्ट पाँच महिला सहित्यकार भित्र शर्मालाई गणना गर्न सकिन्छ ।
(स्रोत : समीक्षा - समय–त्रासदीका प्रहारः 'ताप - छविरमण सिलवाल')

"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



Click here to Download