Tuesday, December 23, 2014

उपन्यास : लाल चुडी

~कृष्ण अविरल~

लेखनका लागि प्रायः नौलो विषय रोज्न मन पराउने आख्यानकार अविरलले लालचुडीमा दहेज नामको कुप्रथाले आक्रान्त मध्यतराईका विवाहयोग्य उमेरका युवतीका पीडाजन्य अनुभूतिलाई उनेका छन् । उपन्यासकी मुख्य पात्र ज्योतिको पूर्वदीप्ति, संस्मरणात्मक र डायरी शैलीमा उपन्यासको कथा बुनिएको छ । उपन्यासमा पुरै नारी नै नारी भएकाले यस उपन्यासलाई नारी चरित्रप्रधान उपन्यास भने पनि हुन्छ ।

लेखकले भोजपुरी भाषाको सहज प्रयोग गरी उपन्यासलाई स्वाभाविक बनाएका छन् । यसमा अविरलको नौलो खुबी देख्न पाइन्छ । युवा पुस्ताका पाठकले धेरै ठाउँमा आफूलाई भेट्टाउँछन् भने कति ठाउँमा आँखासमेत रसाउँछन् ।

यस उपन्यासका बारेमा पछिल्लोपुस्ताका खरा समीक्षक विमल आरोहीले मधुपर्कमा लेखेका छन्, ‘ज्योतिको डायरी’ पढ्दै जाँदा धेरै ठाउँमा आँखा साँच्चै रसाउँछन्, सोँच्न बाध्य भइन्छ । मधेशमा राजनीति गर्ने नेता, कार्यकर्ता, गैससका विकासकर्ता सबैले एकचोटि ‘लालचुडी’ पढ्न जरुरी छ भन्दा मलाई कुनै गाह्रो हुँदैन; किनकि उपन्यास पढिसकेपछि धेरै दिनसम्म ‘झुम्म’ पारिदिन सक्ने क्षमता छ यसमा ।’

बरिष्ठ समालोचक डा. रामदयाल राकेशले लालचुडीलाई ‘मधेसको परिवेशमा लेखिएको जीवन्त उपन्यास’ भनेका छन् । ‘मधेशको परिवेशमा आधारित भएर केही उपन्यास लेखिएका भए पनि तिनमा लेखक बढी हाबी भएका छन् ।’ डा. राकेशले आफ्नो समालोचनामा लेखेका छन्, ‘फरक समुदाय र परिवेशमा हुर्केको मान्छेले यति जीवन्त उपन्यास कसरी लेख्न सक्यो भनेर आश्चर्य लागेको छ ।’


ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9 (Last Part & Interview)

Tuesday, October 21, 2014

उपन्यास : अनुराधा

~बिजय मल्ल~


यस उपन्यासमा बियोगान्त प्रेम कथा प्रस्तुत गरिएको छ, एक बहुलाही आईमाई र एक अन्तर्मुखी लोग्नेमान्छेको बिच । नेपालको दक्षिणी तराई र काठमण्डौंमा रहेको जनजीवन पनि यस उपन्यासमा राम्रो सँग देखाईएको छ ।

ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8

Tuesday, September 23, 2014

कथाहरु - प्रतीरुप र पराइ आमा

~सरु पोखरेल~

१९ वटा कथाहरु समेटिएको पुस्तकमा चिसो घाम, पराइ आमा, मालती, विरानो लगायत शिर्षकका कथा छन् । कथाहरुमा द्वन्द्वगत अवस्थामा नारीको सहस्यादेखि नेपाली समाजमा दुःख पाइरहेको महिलाहरुको कथा समेटिएको छ ।

नेपाली नारीहरुको कथा व्यथा थाहा पाउनका लागि पुस्तक पढ्नुपर्ने छ ।

पुस्तकको प्रकाशन शब्दबहार क्रियशनले गरेको छ । सरु पोखरेलले वास्तविक पात्रले घच्घच्याएर आफूले लेख्न थालेको बताइन् ।

"वास्तविक पात्रहरुले बेलाबेलामा मलाई लेख्न बाध्य बनाए," उनले भनिन् । किताब निकाल्ने खबर सामाजिक सञ्जालमा राखेपछि किताबको नामप्रति धेरैको जिज्ञासा रहेको बताइन् । "घाम पनि चिसो हुन्छ, भन्दै धेरैले सोध्नुभो," उनले भनिन्, "मन र प्रकृतिको बीचको बिम्बलाई कथामा समेट्दा यस्तो शिर्षक राखेकी हुँ ।"


ल सुनम न त !


कथाहरु - प्रतीरुप र पराइ आमा

Friday, August 29, 2014

उपन्यास : सेतो धर्ती

~अमर न्यौपाने~

अमर न्यौपानेले सार्है मिठो र सजिलो भाषामा लेखेका छन् यो किताब | हाम्रो रूढ़िगत संस्कृति र पारंपरिक सोचका कारण महिलाले भोग्नु परेका पिंडा, विशेषगरी बाल्बिध्वाका संघर्ष र जीवनका बारेमा सार्है मार्मिक र प्रेरणादायी ढङ्गमा लेखेका छन् | मैले यस पुस्तकका पात्र तारा, पवित्रा र यमुनाका कथाबाट बिशेष गरेर जीवन र समयको महत्व बारे बुझे |जीवन छोटो लामो जे भने पनि, समय रोक्न सकिन्न, हेर्दा हेर्दै मान्छे बच्चा देखी जवान र बुढो हुन्छ | ताराले जब पवित्राको जीवनको बारे मा थाहा पाउछिन्, उनले पछि पवित्रलाई घृणा नगरी श्रद्धाले हेर्छिन् ... किनभने वास्तवमा जीवनको सहि अन्नद तेस्को भोग गरेर मात्रै हुने रहेछ, जीवनलाई बुझ्ने तरिका पनि तेही नै रहेछ | हरेक कुराको लागि जीवनमा एउटा समय आउछ, तेस बेला त्यसको सहि उपयोग गर्नु नै हाम्रो धर्म रहेछ |

ताराले पवित्राको जीवनलाई यसरी विश्लेषण गर्छिन् .... "आफै रित्तिएर, खुईलिएर उमेर र समय ताप र राफले उडाएर लैजाने जीवनको रङ्गहरुलाई उनले कति कुशलतापूर्वक उपयोग गर्न जानेकी | करारी त्यसो गर्न सकेकी? उनले के भोगिनन् ? ....... वास्तवमा भोगेर नै जिन्दगीका दागहरु मेटिने रहेछन् क्यारे |"

अन्तयमा :

..धर्तिमा नँया मान्छेहरु आउदै पुराना मान्छेहरु जाने क्रम चलिरहेछ | हेर्दा हेर्दै हेर्ने आँखालाई नै पुरानो बनाएर एउटा बालक किशोर हुन्छ, किशोर जवान हुन्छ, जवान प्रौढ हुन्छ प्रौढ बुढो हुन्छ | तर,बुढो प्रौढ हुँदैन, प्रौढ जवान हुँदैन ...

- Pallavi Dhakal

ल सुनम न त !



भाग - 1
भाग - 2
भाग - 3
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9
भाग - 10
भाग - 11
भाग - 12
भाग - 13
भाग - 14
भाग - 15
भाग - 16
भाग - 17
भाग - 18
भाग - 19 (Last)
भूमिका र उपन्यसकारसँगको कुराकानी(Abstract & Interview)
 

Friday, August 22, 2014

कथाहरु - "बुढो कुसुमको रुख", "दूरी पर्दा भित्र पर्दा बाहिर" र "आवाज"

~तेजप्रसाद सिटौला~

म उनका कथालाई समयगत चेतनाकै संवाहक मान्छु किनकि उनको कथाका भाव र वैचारिक भूमि अर्कै थियो । उनका कथाहरू विभिन्न समयमा लेखिएर सिधै पत्रिकामा छापिएका हुनाले तिनमा संगठन, शैली र चित्रणको भाषामा माझिएर आउनुपर्ने कतिपय कुरा नआएका हुन सक्छन् । तर पनि जे अवस्थामा यी कथा छापिएका छन् त्यही रूपमा हेर्दा यी राम्रा कथाहरूको कोटीमा पर्छन् । तर उनका यस सङ्कलनका सम्पूर्ण कथा फेरि एकै ठाउँमा पढेपछि लाग्यो यी कथाकारले कथा लेखनमा धेरै समय लगाएका भए यिनको कलमबाट नेपाली कथा साहित्यले महत्त्वपूर्ण कथाहरू पाउने थियो । तेजप्रसाद सिटौला जस्तो पृष्ठभूमि भएका, साहित्यिक रचना लेखेर पछि अर्कै कर्ममा लागेका लेखकहरूका रचना खोजेर प्रकाशित गर्दा इतिहास र राजनैतिक विश्लेषणमा आउन नसक्ने समयका सूक्ष्म र महत्पूा र्ण पक्षको अनुहार देख्न सकिन्छ भन्ने मेरो विश्वास छ ।
- अभि सुवेदी

तेज प्रसाद सिटौलाको कथासंग्रह "तेज प्रसाद सिटौलाका कथा"बाट कथाहरु "बुढो कुसुमको रुख", "दूरी पर्दा भित्र पर्दा बाहिर" र "आवाज" लिएर प्रस्तुत छौं ।

ल सुनम है त

Listen and Download Story from Tej Pd. Sitaulako katha


कथाहरु - बुढो कुसुमको रुख - दूरी पर्दा भित्र पर्दा बाहिर - आवाज

Friday, July 4, 2014

Unko Samjhana - उनको सम्झना

~दुर्गा घिमिरे~

अन्य कुनै पुस्तक वा कुराभन्दा पनि ‘अन्तर्मनको यात्रा’ नामक आत्मकथा लेखेर नेपाली वाङ्मय क्षेत्रमा सबैभन्दा बढी चिनिएका जगदीश घिमिरे १४ कात्तिक ०७० मा असमयमै कालको मुखमा परे । स्वस्थ जीवनशैली अपनाएको भए पनि उनलाई रोगले थला पारेर समयभन्दा पहिले कालले टप्प टिपेर लग्यो । उनै जगदीशसित जीवनका करिब चार दशक (३९ वर्ष) सँगै रहेर वैवाहिक जीवन बिताएकी दुर्गा घिमिरेले आफ्ना दिवंगत पतिको यादमा लेखेर वैशाख ०७१ मा प्रकाशित गरेको संस्मरण पुस्तक हो, ‘उनको सम्झना’ ।

स्वयं दुर्गा घिमिरेका शब्दमा, ‘जगदीशको दुःखद निधन भएपछि दुई हप्तासम्म मैले केही पनि गर्न सकिनँ । घरमा एक्लै बस्दा पनि एकदमै अत्यास लागेर आयो । अफिस जान पनि आँट आएको थिएन । त्यसपछि छोरी जूनले मलाई उनको घर भाटभटेनीमा लगिन् र १८ दिनपछि म एबिसीमा गएँ । त्यो बेला पनि मलाई केही काम गर्ने आँट र उत्साह थिएन । ममा देखिएको त्यो नैराश्यलाई कसरी कम गर्ने भन्ने विचारले एबिसी नेपालमा सबैभन्दा पुराना कर्मचारी निर्मला बराल र कल्पना काफ्ले दुवैले मलाई चुप लागेर बस्नुभन्दा आफूलाई लागेको कुरा लेख्नलाई प्रेरित गर्दै मलाई डायरी र कलम उपहार दिए । के लेख्ने ? कहाँबाट सुरु गर्ने ? एक दिन त मैले सोच्न नै सकिनँ । त्यसपछि एक्कासि मनमा आयो, लेखनको सुरुआत कात्तिक १४ गतेको उनको निधनको दिनबाट सुरु गर्नु बेस होला भन्ने सोचेर मैले लेख्नेक्रमलाई अगाडि बढाएँ । जगदीशले अन्तर्मनको यात्रा लेखेपछि मलाई पनि मेरो मनभित्रको कुरा लेख्ने इच्छा थियो तर आठ वर्षको अवधिमा जगदीशको बिरामी अवस्थाले गर्दा मैले सोचेर पनि कलम चलाउन सकेको थिइनँ ।’
यसरी प्रस्तुत पुस्तक ‘उनको सम्झना’ अस्तित्वमा आयो ।

(बाँकी पढ्नुहोस्)


ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6 (Interview with Durga Ghimirey)

Tuesday, June 17, 2014

उपन्यास : सकस

~जगदीश घिमिरे~


पुस्तक पढ्नु अघि उत्सुकता थियो, मैले जगदीश दाजुको "अन्तर्मनको यात्रा" पढेको हुँ यसअघि, अत्यन्तै उत्कृष्ट लागेको थियो । त्यही भएर "सकस"बाट पनि मलाई राम्रो कृति पढ्नपाउने आशा थियो । समग्रमा "सकस" राम्रै छ, नेपाली इतिहाँस र बर्तमानका धेरै कुरा बोकेको छ । पुस्तकले लामो कालखन्ड बोक्छ, प्रताप मल्ल र नरभूपाल शाहहरुदेखि पृथ्वीनारायण शाह, उनका सन्तान, राणा शासन, प्रजातन्त्र स्थापना, पञ्चायत, बहुदल, गणतन्त्र र नयाँ नेपाल समेत । ईतिहाँस र राजनीतिमा रुची भएकाको लागि संग्रहरणीय कृति हो, माया प्रेम र थ्रिलर कथा अनि आख्यान पढ्नेलाई झ्याउ लाग्न पनि सक्छ । त्यसो त नेपालको इतिहाँस र बर्तमान दुबै झ्याउलाग्दो छ ।(Read More here )


ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9
भाग - 10
भाग - 11
भाग - 12
भाग - 13
भाग - 14

Tuesday, June 3, 2014

कथाहरु - मारिनोसेलोको जून - मृत्‍युको जन्मदिन - पेमा भाउजु - द्रास्कोबिच र समाधी

~राजुबाबु श्रेष्ठ~

राजुबाबु श्रेष्ठको जन्म २०२५ साल जेठ २७ गते गोरखाको तीनधारेमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एम्.ए. र बी.एड्. सम्मको शिक्षा हासिल गरेका श्रेष्ठ प्रहरी सेवामा कार्यरत छन् । साहित्य संगम, गोरखा, आँधिखोला साहित्य सदन स्याङ्जा, नेपाल रेडक्रस सोसाइटीजस्ता विभिन्न सङ्घसंस्थामा संलग्न राजुबाबु श्रेष्ठले प्रहरी द्वैमासिक तथा प्रहरी बुलेटिन मासिकको सम्पादन समेत गरेका छन् । उनको कथा संग्रह - "गृहयुद्धको घाऊहरु" बाट केही कथाहरु सुनौं आज ।

ल सुनम न त !


कथाहरु - मारिनोसेलोको जून र मृत्‍युको जन्मदिन
कथाहरु - पेमा भाउजु र द्रास्कोबिच र समाधी

Tuesday, May 27, 2014

कथाहरु - अर्को जीवन, दृष्‍टि र लिभिङ टुगेथर

~हिरण्य कुमारी पाठक~

हिरण्य कुमारी पाठकको जन्म २००२ साल मा भएको थियो , वहाँको 'मोचक्र' कथा संग्रह २०५० र 'शुन्यवत' २०५८ मा प्रकाशित भएको थियो ।

'दुस्वप्न' कथा संग्रह बाट लिईएको कथाहरु मध्ये 'अर्को जीवन'कथा एउटी शरीरिक बिकलाङ्ग केटी राजनीको हो । जो हरेक कुरामा चलाख र अगाडि छिन तर पनि सबैले उनिलाई हेर्ने नजर र ब्यक्त हुने भाव केही हेय रहेको उनिले महसुस गर्छिन । कथा यसै सारको वरी-परी घुम्छ । अर्को कथा 'दृष्‍टि' पनि एउटी केटीको जीवन वरीपरी घुम्छ । तेस्रो कथा 'लिभिङ टुगेथर'ले चाँही अलिक फरक बिचार लिएको आजको नयाँ पलाउँदै गरेको सामाजिक सोँचको प्रतिनिधित्व गर्छ ।


ल सुनम न त !


कथाहरु - अर्को जीवन, दृष्‍टि र लिभिङ टुगेथर

Friday, May 23, 2014

Atripta Garbadhaan - अतृप्‍त गर्भाधान

~डा कविताराम श्रेष्ठ~

डा. कविताराम श्रेष्ठको विज्ञान नाट्य उपन्यास "अतृप्त गर्भाधान" एक बिज्ञानमा आधारित रहेको उपन्यास हो । यस्मा आवाज रहेको छ अच्युत घिमिरे र रुशा दाहालको ।


ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6

Tuesday, May 20, 2014

कथाहरु - लाकुरी फेरी फुल्नेछ , पोस्टमार्टम र उधारो जुत्ता

~डा राजेन्द्र बिमल~


बगर फाउंडेसन, नेपालद्वारा प्रकाशित पुस्तक "राजेन्द्र बिमलका कथाहरु" बाट कथाहरु - लाकुरी फेरी फुल्नेछ र उधारो जुत्ता लिएर आएकाछन श्रुतीसम्बेग समुह । पुराना कथाहरु भएपनी यस्को सान्दर्भिकता र मिठहास अझै ताजै छ ।

ल सुनम न त !


कथाहरु - लाकुरी फेरी फुल्नेछ ,पोस्टमार्टम र उधारो जुत्ता

Friday, May 9, 2014

कथा - यसरी जन्मियौं हामी माटोबाट

~इसबेल अल्लेन्ड~
अनुवाद - रामचन्द्र केसी

'विश्वका उत्कृष्ट आधुनिक कथाहरु' कथा संग्रहबाट लिईएको यस कथामा लेखिकाको एउटा पत्रकार प्रेमी ज्वालामुखीको समाचार सन्कलनको क्रममा एउटी बालिका हिलोको दलदलमा डुब्दै गर्दाको क्षण र तेस्मा घुमिरहेको सम्बेदना प्रस्तुत गरिएको छ ।

About Isabel Allende - Click Here

ल सुनम न त !


कथा - यसरी जन्मियौं हामी माटोबाट

Tuesday, May 6, 2014

कथा - आकारहरु र छायाँहरु

~ईन्द्र बहादुर राई~

Rai practiced his own theory of dimensionalism in his short stories written after 1963. Kathastha - कथास्थ, a collection of stories accompanied by a note on his convictions as a dimensionalist was published in 1972. The book has two parts Katha कथा (stories) and Astha आस्था (convictions). the texts under Katha section are the examples of the percepts laid down under the Astha section.

Listen and Download Aakarharu ra Chhayaharu

ल सुनम न त !


कथा - आकारहरु र छायाँहरु

 

Friday, May 2, 2014

कथाहरु - कम्रेड अन्जना र छुकी

~बिना तमाङ 'सुनगाभा'~


शब्दहार क्रियशन्स प्रा लि को प्रथम प्रकाशन तथा कथाकार बिना तमाङ 'सुनगाभा' को प्रथम कृति कथा सङ्ग्रह 'छुकी' को नेपाली तथा तमाङ भाषा दुबैमा तमाङ डाजाङद्वारा आयोजित साहित्यिक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती श्री बैरागी काँईला द्वारा प्रज्ञा भवन कमलादिमा विमोचन भएको थियो ।

युद्धकालिन देशको स्थिती र बेदना वहाँको यहाँ प्रस्तुत कथाहरुमा पाउन सकिन्छ । वहाँको कथाहरुमा देश दुख्छ ।

Listen and Download Chhuki

ल सुनम है त !

 

कथाहरु - कम्रेड अन्जना र छुकी

Friday, February 7, 2014

Summer Love - समर लभ

~सुबिन भट्टराई~

युवा आख्यानकार सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ फाइनप्रिन्टले भर्खरै बजारमा ल्याएको छ । पछिल्लो समय तन्नेरीहरुको कलेज रोमान्स, प्रेम र विछोडको अविस्मरणिय प्रेम कहानीले बुनिएको ‘समर लभ’ यो विन्टरको जाडोमा पढ्न लायक छ । कलेजका युवा पुस्तामाझ फेसन झैँ बन्दै गएको चिया, चुरोट र सेक्सका कन्टेन्टहरु भरपुर छन् । केही पर्भर्ट वा छिल्लिएको लाग्न सक्छ । पढ्दै गर्दा तर अन्त्यअन्त्य तिर आउँदा सामान्य जस्तो भान गराउँछ । चुरोट अम्मलीले मज्जाले धुँवाको मज्जा लिनसक्नेछन् । चुरोट नखानेलाई चिया मात्र खान र जोडी नभएकाहरु उस्तै पात्र बनेर कथामा डोहोरिन सक्नेछन् ।

कलेज पढेकाहरुले पुराना दिनहरुमा फर्किएर फेरी ताजा हुन पाउँछन् । कलेजका अनुभव नभएकाले पनि कलेजको क्यानटिन, किर्तिपुरको ट्यांग्लाफाँट, कलेजको क्लासमा आफै बसेजस्तो महसुस गर्नसक्नेछन् । क्यानटिनमा परिचित लाग्ने पुराना दोस्त केटा–केटीहरुसित चियागफ गरिरहेको भान हुन्छ । यस्ता थुप्रै प्रसंगहरु छन्, त्यो पूरा अनुभव गर्न एक पटक ‘समर लभ’ पढ्नै पर्छ । कलेजका दिनमा युवायुवतिबीच हने आर्कषण, प्रेम र त्यसपछिका जीवनका आउने मोडहरुका अनुभूवलाई उपन्यासमा नजिकबाट अनुभव गर्न पाइन्छ । कलेजदेखिको युवतिप्रतिको आर्कषण, प्रेम र परिवारलाई थाहै नदिई वैवाहिक स्थितिसम्म पुग्दा पारिवारिक, सामाजिक अड्चनले पात्रहरु बाँचिरहेको परिवेशको अन्तरजातिय विवाहलाई अझै पनि सहजै मान्यता नदिरहेको हाम्रो सामाजिक अवस्थाको पनि चित्रण गर्छ ।

यो उपन्यास दुई मुख्य पात्रहरु – ब्राह्मण पृष्ठभुमिबाट आएका युवक अतित र नेवार पृष्ठभुमिबाट आएकी नारी पात्र साया बीचको प्रेमकथामा आधारित छ । कथामा दुई फरक परिवेशका युवायुवतिको प्रेमप्रतिको लगाव, प्रतिबद्धता र गाम्भिर्यताको स्तर देखाउँछ । उपन्यासकी नारी पात्र साया आफ्नो प्रेमी अतितबाट अनपेक्षितरुपले टाढिन्छे । विछोडले तड्पिएका अतितको मनमा उब्जिएका र जवाफका लागि घच्घचाइरहेका कैयन प्रश्नहरु सायाबाट अनुत्तरित नै रहन्छ । साया मौन बस्छे । अतितको प्रश्नप्रतिको मौनता, उसको नीजि मौनता मात्र नभई हामी बाँचिरहेको परिवेशको मौनता हो । दिनहुँ चलिरहने यस्ता मौसमी प्रेम र विछोडका चित्तबुझ्दो कारण नभेटिनु र प्रेमका बारेमा अनुत्तरित प्रश्नले जवाफ नपाइरहेको सन्दर्भको एउटा चित्रण पनि हो, सायाको मौनता ।तर उपन्यासकी मूलपात्र सायाले अतितसितको प्रेममा गरेकी अदम्य साहसका केही दृष्टान्तहरुले भने आधुनिक प्रेममा साया वा अतितहरु को बढी छन् भन्ने प्रश्न जन्माउन सक्छ । फरक यति हो, समय र परिवेश अनुसार कोही साया र अतितका भुमिकामा आधुनिक युवाहरु बाँचिरहेका छन् ।

उपन्यासका मूलपात्रहरुले विचरण गरिरहने पुरानो विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र आसपास संविधान र संविधानसभाको कुरा उठाइरहँदा यो कथाले देशको ताजा घटनाक्रमहरुलाई दर्शाउन खोज्छ । तर कथाको पात्रहरुले त्रिभुवन विश्वविद्यालयमा भइरहने राजनीतिक, हडताल, तालाबन्दीको सास्तीले उनीहरुको कलेज जीवन अछुतो रहनु केही असान्र्दभिक लाग्न सक्छ पाठकलाई । सायासित प्रेमप्रस्ताव गर्दाबखत मानसिक र शारिरिक ढपेडीका कारणबाहेक पसिनैपसिना हुने टन्टलापुर घाम लागिरेहेको प्रसंग त्यस लगतैको अध्यायमा माघपुसको जाडो दिनदिनै घट्न लागेको प्रसंगले पनि अस्वभाविक लाग्छ । विन्टरको जाडोको सेरोफेरोमा घटिरहेको उनीहरुको कथाको दिनहरुमा कहाँबाट टन्टलापुर घाम लाग्छ ? पसिना निकाल्ने टन्टलापुर घाम त बैशाख जेठमा मात्र हुन्छ ।कथामा दिल्ली जाँदा बोलिरहेको नेपाली संवादले हिन्दी बोल्ने परिवेशलाई न्याय गरेन कि ? ‘दिल्ली दुर नहि’ जस्ता हिन्दी लवज बोलिरहँदा त्यँहाका पात्रहरुसित बोलेका नेपालीमा अनुवादित संवाद अलि स्वादिलो लाग्दैन । बरु अहिले राम्ररी हिन्दी बुझ्ने र बोल्ने पुस्ताका लागि केही संवादहरु हिन्दिमै लेखिएका भए पाठक अझ परिवेशसँग निकट हुन पाउँथे की ?

यो बाहेक बोलिचालिका सरल र मिठास भाषामा लेखिएको अतित उत्कृष्ट उपन्यासका रुपमा पाठकले पाएको छ । हिजोआज कलेजमा हुने यस्तै मौसमी प्रेम कथाले पाठकलाई कतिखेर मज्जाले हँसाउछ । पढ्दापढ्दै आँखा रसाउन पनि सक्छ । पाठक पुस्तक पढिसकेर कथाको मूल नारी पात्र सायालाई आफै खोज्न र भेट्न पो लालायित हुन्छन् । साँच्चै, आफ्नै कथा पढेझैँ लाग्नसक्छ कलेज भोगेकाहरुलाई । गतिलो पुस्तक पढ्न नपाइरहेका पाठकका लागि पुस्तक पढ्दा कुनै गतिलो सिनेमा हेरे बराबरको ह्यांगओभर र मनोरन्जन अवश्य दिन्छ । भारतीय लेखक चेतन भगतका अंग्रेजी भाषाका उपन्यासका स्वाद चाखेका पाठकलाई भने यो उपन्यासको शुरुवात र अन्त्य पढ्दा भने चेतन शैलीको याद दिलाउँन सक्छ ।

गोजीमै सजिलै बोकेर हिड्न मिल्ने साइजमा आएको उपन्यासको मोटाइ पढ्न आत्तिने खालको पनि छैन । बाहिरीपृष्ठसज्जा हेरेपछि नै पढूँ लाग्ने छ, उपन्यास ‘समर लभ’ । २४७ पृष्ठ सहितको यो पुस्तक, प्रकाशकले भनेझै पढ्दा कुनै झिंजो लाग्दैन । पक्कै छिट्टै पाठकहरुको मन जित्नेछ सुबिन भट्टराईको यो दोस्रो कृतिले ।



ल सुनम है त !

Listen and Download Summer Love


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
Interview with Subin Bhattarai