~राजन मुकारुङ~
नेपाली-नेपाली मात्र होइन, हरेक मान्छे जन्म र रगतका आधारमा एउटै हुन् भन्ने कुरा घोकेकै छौँ हामीले तर पृथक् संस्कृतिले मान्छेको स्वरूपमा मौलिकता ल्याउँछ। भिन्न संस्कार-संस्कृतिलाई सम्मानजनक नजरले नहेर्ने व्यवहारले नै जातीय विभेदका खाकाहरू कोर्दै लगेको हुनुपर्छ। राज्य/केन्द्रले कुनै संस्कृति, भाषा, धर्मलाई मात्र प्राथमिकता दिएपछि अन्यले आफूलाई किनारामा मूल्यहीन फ्याँकिएको पाउँछ। तिनै किनाराका आवाजहरूलाई शब्दशक्ति भर्ने काम गरेका छन् राजनले। कुमारी आकांक्षाहरू काँधमा बोकेर सहर पस्ने युवा जमातदेखि पहाडमै विकासे गन्ध खोज्ने समुदायका असन्तुलित पाइलाको छाप प्रस्ट देखिन्छ, दमिनी भीरमा। राजनको रचनाकारतिामा उत्तरदायित्वबोध र प्रतिबद्धता छ भन्नलाई यति मात्रै काफी छैनन्। थोरबहुत जोकोही लेखकले समाज लेखिहाल्छ, आफ्नो ढङ्गले। उनको प्रतिबद्धतामा चाहिँ उत्तरोतर प्रगति दृष्टिगोचर हुन्छ। राज्यको घाम देख्न नपाएका समुदायले अँध्यारोविरुद्ध दिएको अभिव्यक्तिलाई उज्यालो समुदायको विपक्षमा नारा फलाकेको ठानिनु अर्को अँध्यारो हो। राजनको लेखन पनि त्यही अँध्यारो र उज्यालोबीचको दूरी देखाउनमा एकोहोरिएको देखिन्छ। (source)
Listen and Download Damini Bhir(मदन पुरस्कार-२०६९ प्राप्त कृति)
भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14