Friday, February 27, 2015

कथाहरु - घोडा र सन्तुले छक्काई


~भिमनिधी तिवारी~
~हरीभक्त कटुवाल~

"दश लहर कथा संग्रह" बाट भिमनिधी तिवारीको कथा "घोडा" र हरीभक्त कटुवालको कथा "सन्तुले छक्काई" प्रस्तुत गरिंदैछ | घोडा कथामा बाल मनोबिश्लेषन गरिएको छ भने सन्तुले छक्काईमा एक बाबुको छोरी पोइल गएपछी आफ्नो भविष्यको लठ्ठी भाँचिएको अनुभव गर्ने बाबुको कथा प्रस्तुत गरिएको छ ।

ल सुनम न त !


कथाहरु - घोडा र सन्तुले छक्काई

Tuesday, February 24, 2015

कथाहरु - "युद्ध" र "मातापितालाई सोध्नुहोस्"

~माया ठकुरी~

कथाकार माया ठकुरीको कथा संग्रह "आमा जानुहोस्" बाट २ वटा कथा "युद्ध" र "मातापितालाई सोध्नुहोस्" यहाँ प्रस्तुत गरिएको छ । पहिलो कथा एउटा सन्तानहिन दम्पत्ती मध्यको पतीको सन्तान पाउन आशामा अनितिक तरिकाले आफ्नो पत्नीलाई गर्ब बोकाउन खोजिएको कथा एउटा चिठ्ठीको रपमा प्रस्तुत गरिएको छ । दोश्रो कथामा आज्कालका मातापिता, रहनसहन, परिवर्तित सोंच अनी बिक्रिती देखाईएको छ ।

ल सुनम न त !


कथाहरु - "युद्ध" र "मातापितालाई सोध्नुहोस्"

Friday, February 20, 2015

कथाहरु - कालो पट र रगतले लत्पतिएका जिजिबिषा

~दौलत विक्रम विष्ट~

राजकिय प्रज्ञा प्रतिस्ठानले २०३५ मा प्रकाशित कथा संग्रह 'घाऊका सत्र चक्का'मा बिभिन्न कथा संग्रहित रहेको छ । आज कथाहरु 'कालो पट' र 'रगतले लत्पतिएका जिजिबिषा' वाचन गरिएको छ ।

दौलत बिक्रम बिष्टका कथाहरु मनोबिश्लेशणात्मक हुने गर्छन् । यसै अनुसार पहिलो कथामा पनि एक बिवाहित आईमाईको मनोवाद प्रस्तुत गरिएको छ भने दोस्रो कथामा एक सिपाहीको ड्युटीमा खट्टिएको बेला आफ्नी प्रियासीलाई सम्झी गरिएको मनोवाद निक्कै खर्रिएको र निखारिएको भाषामा प्रस्तुत गरिएको छ ।

ल सुनम न त !


कथाहरु - कालो पट र रगतले लत्पतिएका जिजिबिषा
 

Friday, February 6, 2015

कथा - "कहिल्यै बन्द नहुने ढोका"


~गोविन्द प्रसाद कँडेल~

‘चितामाथिको विहानी’, साहित्यकार गोविन्द प्रसाद कँडेलको यो तेस्रो कृति हो । यस कृतिमा कथाहरु रागिनी, कहिल्यै बन्द नहुने ढोका, प्रदेशीको सपना, हराएको चिठ्ठी सहित पाँच कथा संग्रहित रहेका छन् । यस अघि उनको ‘वरपिपल’ खण्ड काब्य र ‘सपनाको घर’ गीति संग्रह बजारमा आइसकेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशनमा ल्याएको सो कथा संग्रहलाई शब्दहार क्रियशन र प्राइम बुक्सले बजार व्यवस्थापन गरेको छ ।

आज श्रुतिशंबेगबाट गोविन्द प्रसाद कँडेलको यसै कथा संग्रह 'चितामाथिको विहानी'बाट कथा 'कहिल्यै बन्द नहुने ढोका' सुन्नेछौं ।।


ल सुनम न त !


कथा - "कहिल्यै बन्द नहुने ढोका"