Showing posts with label जगदीश घिमिरे. Show all posts
Showing posts with label जगदीश घिमिरे. Show all posts

Friday, June 23, 2017

उपन्यास : साबिती

~जगदीश घिमिरे~

२०२७ सालमा 'लिलाम' छापिएर आएपछि जगदीश घिमिरे एक्कासी चर्चामा आए। निमुखा जनताका पक्षधर लेखक भनेर पञ्चायती सरकारका आँखामा पनि उनी चढिहाले। फलस्वरूप उनको अर्को उपन्यास 'साबिती' लाई प्रकाशित हुन हम्मे पर्‍यो। नाम चलेका (नचलेका पनि) प्रकाशकहरू उनको 'साबिती' पढ्दा नै तर्सेअनि उनीहरूले तत्कालै त्यसलाई 'क्रान्तिकारी' को उपाधि दिंदै 'हामी छाप्न सक्दैनौं' भनी तर्के। त्यस्तो वातावरणमा 'रचना' का सम्पादक रोचक घिमिरेले त्यो उपन्यासलाई आफ्नो पत्रिकाको एउटा अंक बनाएर लुसुक्क छापिदिए।

तिनताका छापिएका पत्रिकाहरू पनि अञ्चलाधीश कार्यालयमा जँचाएर पास भएपछि मात्र बिक्री–वितरण गर्न प्रकाशकलाई दिइन्थ्यो। सो, आफ्नै व्यास प्रेसमा छापिएको 'साबिती' भएको अंकलाई अञ्चलाधीश कार्यालयमा कसरी छिराउने र उकाल्ने भन्ने सारै 'जोखिमी' जुक्ति रोचकजीले निकालेर त्यो डरलाग्दो खेलमा सफल पनि भए। उनले कसरी के–के तारतम्य मिलाए कुन्नि, 'रचना' त्यहाँबाट पास भएर बाहिरियो, कुनै पनि पृष्ठमा कालो नपोती, बेदाग! तर, अञ्चलाधीश कार्यालयबाट पास भए तापनि केही समय 'रचना' गुप्तवास बस्यो, कन्सुत्लेहरूले सरकारी कानमा नपुर्‍याउन् भनेर। 'रचना' को त्यस अंकका छापिएका फर्माहरू नबिगारी प्रत्येकलाई छुट्टै पनि मुद्रित गरेर राखेको थियो व्यास प्रेसले। त्यसरी जगेडा राखिएका फर्माहरूबाट रोचकजीले 'साबिती' लाई कितापको रूप पनि दिइसकेका थिए। उनले लेखक जगदीशजी र आफन्तहरूको सल्लाहले त्यसलाई 'रचना' भन्दा पैले बजारमा ल्याएर बाहिर जिल्लाका सकेका ठाउँहरूमा पठाइदिए। यसरी राजधानीमा हल्लाखल्ला हुन थाल्दा नथाल्दै 'साबिती' मोफसलमा 'बमसेल' भइसकेको थियो।

 
(स्रोत : समीक्षा - फरक बाटोको बटुवा - कमल दीक्षित)
 

"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



                         Click here to Download


 

Tuesday, June 17, 2014

उपन्यास : सकस

~जगदीश घिमिरे~


पुस्तक पढ्नु अघि उत्सुकता थियो, मैले जगदीश दाजुको "अन्तर्मनको यात्रा" पढेको हुँ यसअघि, अत्यन्तै उत्कृष्ट लागेको थियो । त्यही भएर "सकस"बाट पनि मलाई राम्रो कृति पढ्नपाउने आशा थियो । समग्रमा "सकस" राम्रै छ, नेपाली इतिहाँस र बर्तमानका धेरै कुरा बोकेको छ । पुस्तकले लामो कालखन्ड बोक्छ, प्रताप मल्ल र नरभूपाल शाहहरुदेखि पृथ्वीनारायण शाह, उनका सन्तान, राणा शासन, प्रजातन्त्र स्थापना, पञ्चायत, बहुदल, गणतन्त्र र नयाँ नेपाल समेत । ईतिहाँस र राजनीतिमा रुची भएकाको लागि संग्रहरणीय कृति हो, माया प्रेम र थ्रिलर कथा अनि आख्यान पढ्नेलाई झ्याउ लाग्न पनि सक्छ । त्यसो त नेपालको इतिहाँस र बर्तमान दुबै झ्याउलाग्दो छ ।(Read More here )


ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9
भाग - 10
भाग - 11
भाग - 12
भाग - 13
भाग - 14

Friday, December 2, 2011

Antarman ko Yatra - अन्तर्मनको यात्रा

~जगदीश घिमिरे~

जगदीश घिमिरेको अन्तर्मनको यात्राले छोटो समयमै निकै प्रशंसा र ख्याति प्राप्त गर्‍यो । गीता भन्छ- 'जातस्य हि ध्रुवोः मृत्यु' अर्थात् जन्मेपछि मृत्यु अवश्यम्भावी छ । मृत्यु कति उमेरमा, कुन समय र स्थानमा कसरी हुन्छ भन्ने कुरा कसैलाई पनि पूर्वज्ञान नहुनु मानव जीवनको सबैभन्दा सुखद पक्ष हो । रोग लाग्दैमा मान्छे मरिहाल्छ भन्ने छैन । लेखकले आपmनो उपचार प्रक्रियालाई अत्यन्त मर्मस्पर्शी शब्द संयोजनबाट मानवीय स्वभाव र जीवन दर्शनका कटु यथार्थहरूलाई सबैले देख्ने गरी, सबैले बुझ्ने र अनुभवद्वारा आत्मसात् गर्न सक्ने भाषामा व्यक्त गरेका छन् । साँच्चै भन्ने हो भने लेखकले 'मानव' भन्ने प्राणीलाई नंग्याएका छन् यस कृतिका माध्यमबाट । लेखकले समयलाई नै सर्वेसर्वा सत्य भनेका छन् र माइलोमालाई जीवनको जटिलताको प्रतीक । मानव जीवनको गहिराइमा व्याप्त विषाद, वेदना र छटपटीको साक्षात् रूप 'माइलोमा' लाई उनले 'अपराधै नगरे पनि दण्डित हुन विवश मानव नियतिको अभिलक्षण पनि हो' भनेका छन् । आफूले लेखेको आत्मानुभूति या आत्मालापलाई लेखक आफ्नो भन्दा बढी समयको योजना ठहर्‍याउँछन् । 'जीवन समयको योजना हो । आफ्नो होइन । मान्छेले अन्ततः समयकै योजनामा जिउनु र मर्नुपर्छ' लेखकले मृत्युसँगको साक्षात्कार गरिसकेपछि गरेको अनुभूति थियो त्यो र लक्ष्मीप्रसाद देवकोटाझैं उनी पनि 'आखिर श्रीकृष्ण रहेछ एक....' को निष्कर्षमा पुगेको अनुभूति हुन्छ ।

ल सुनुम न त है


Listen and Download Antarman ko Yatra


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14