~जगदीश घिमिरे~
२०२७ सालमा 'लिलाम' छापिएर आएपछि जगदीश घिमिरे एक्कासी चर्चामा आए। निमुखा जनताका पक्षधर लेखक भनेर पञ्चायती सरकारका आँखामा पनि उनी चढिहाले। फलस्वरूप उनको अर्को उपन्यास 'साबिती' लाई प्रकाशित हुन हम्मे पर्यो। नाम चलेका (नचलेका पनि) प्रकाशकहरू उनको 'साबिती' पढ्दा नै तर्सेअनि उनीहरूले तत्कालै त्यसलाई 'क्रान्तिकारी' को उपाधि दिंदै 'हामी छाप्न सक्दैनौं' भनी तर्के। त्यस्तो वातावरणमा 'रचना' का सम्पादक रोचक घिमिरेले त्यो उपन्यासलाई आफ्नो पत्रिकाको एउटा अंक बनाएर लुसुक्क छापिदिए।
तिनताका छापिएका पत्रिकाहरू पनि अञ्चलाधीश कार्यालयमा जँचाएर पास भएपछि मात्र बिक्री–वितरण गर्न प्रकाशकलाई दिइन्थ्यो। सो, आफ्नै व्यास प्रेसमा छापिएको 'साबिती' भएको अंकलाई अञ्चलाधीश कार्यालयमा कसरी छिराउने र उकाल्ने भन्ने सारै 'जोखिमी' जुक्ति रोचकजीले निकालेर त्यो डरलाग्दो खेलमा सफल पनि भए। उनले कसरी के–के तारतम्य मिलाए कुन्नि, 'रचना' त्यहाँबाट पास भएर बाहिरियो, कुनै पनि पृष्ठमा कालो नपोती, बेदाग! तर, अञ्चलाधीश कार्यालयबाट पास भए तापनि केही समय 'रचना' गुप्तवास बस्यो, कन्सुत्लेहरूले सरकारी कानमा नपुर्याउन् भनेर। 'रचना' को त्यस अंकका छापिएका फर्माहरू नबिगारी प्रत्येकलाई छुट्टै पनि मुद्रित गरेर राखेको थियो व्यास प्रेसले। त्यसरी जगेडा राखिएका फर्माहरूबाट रोचकजीले 'साबिती' लाई कितापको रूप पनि दिइसकेका थिए। उनले लेखक जगदीशजी र आफन्तहरूको सल्लाहले त्यसलाई 'रचना' भन्दा पैले बजारमा ल्याएर बाहिर जिल्लाका सकेका ठाउँहरूमा पठाइदिए। यसरी राजधानीमा हल्लाखल्ला हुन थाल्दा नथाल्दै 'साबिती' मोफसलमा 'बमसेल' भइसकेको थियो।

(स्रोत : समीक्षा - फरक बाटोको बटुवा - कमल दीक्षित)
ल सुनम न त !
Click here to Download
No comments:
Post a Comment