Tuesday, October 22, 2013

Shanta - शान्ता

~पुरुषोत्तम दाहाल~


“म देवघाट जाने विचार गर्दैछु। मेरो जीवन अवधि अब दुई महीनाभन्दा बढी छैन। दुई महीनासम्म ईश्वरलाई र आफूलाई यस सुन्दर धर्तीमा ल्याइदिने पितृहरूको स्मरण गरेर बस्नेछु। केही काम असल गरेको भए सम्झिइरहनेछु होला। नराम्रो भएको भए क्षमा हुनेछ।”
कलेजो क्यान्सरबाट पीडित डा. गोविन्द शर्मा जीवनका अन्तिम दुई महीनाका लागि यस्तै योजना बुनिरहेका हुन्छन्। मेडिकल डाक्टर भए पनि शर्मासँग उपचार खर्चको अभाव थियो। कलेजो दिन पनि कोही तयार थिएन। त्यसैले, डा. शर्मा अन्तिम योजना बनाउन थालेको थाहा पाएर भान्जी शान्ता दाहालले टेलिफोनमा भनिन्, “'चिन्ता नगर्नुस्, मामालाई कलेजो दिन म तयार छु।” एक वर्षअघि यी मामाभान्जीबीच भएको यस्तो संवादलाई समातेर पत्रकार पुरुषोत्तम दाहालले लेखेको उपन्यास शान्ता अहिले बजारमा छ।
दाहाल पत्नी शान्ताले कलेजो क्यान्सरबाट पीडित मामा गोविन्द शर्मालाई बचाउने निर्णय गरेपछि काठमाडौंबाट शुरू भएको उपन्यास भारतको गुडगाउँस्थित मेदान्त अस्पतालमा सफल प्रत्यारोपण भएपछि सकिन्छ। उपन्यास २८ पुसदेखि ८ फागुन २०६९ सम्मका ४० दिनका घटनामा केन्द्रित छ। उपन्यासमा शान्तासहित केही पात्रको वास्तविक नाम नै राखिएको छ। उपन्यासमा 'कथंकदाचित शान्तालाई केही भइहाल्यो भने' भन्ने चिन्ताबाट ग्रस्त लेखकको मनोदशा पनि बुझ्न सकिन्छ। किनकि, शान्ता स्वयं अस्वस्थ थिइन्। अनेक आशंकाग्रस्त लेखक श्रीमती र मामाससुरालाई मेदान्त अस्पतालमा भर्ना गरेपछि झनै चिन्तित हुन्छन्। शान्ताको परीक्षणपछि अस्पतालले उनको कलेजो प्रत्यारोपणयोग्य छ भनेपछि उनी र डा. शर्मालाई शल्यक्रिया कक्षमा लगिन्छ, जुन उपन्यासको उत्कर्ष हुन पुगेको छ।
शान्ताले मामालाई बचाउन आफ्नो कलेजोको टुक्रा दिएर स्वार्थी समाजमा करुणाको उदाहरण प्रस्तुत गरेकी छन्। डा. शर्मा अहिले आफ्नो पेशामा फर्केका छन्। सेवाका नाममा व्यापार गर्ने डाक्टर समूहमा नपर्ने उनी आफूले बचाएका बिरामी संख्या बढाइरहेका छन्। तत्कालीन रानी कोमलको निजी डाक्टर, त्रिविविका उपकुलपति र शिक्षण अस्पताल महाराजगन्जको निर्देशक भइसकेका डा. शर्मासँग आफैंलाई क्यान्सर हुँदा उपचार खर्च नभएको कुरा आफैंमा मर्मस्पर्शी छ। जीवनमा पैसाको पछि नलाग्दा डा. शर्मा यस्तो कथाको वास्तविक पात्र बन्न पुगे।
उपन्यासमा स्वार्थी आफन्तहरूको चित्रणसँगै विदेशी भूमिमा मजदूरीबाट धानिएका र अध्ययनका लागि बसेका नेपालीहरूले नेपालका एक जना असल डाक्टरको उपचारमा पुर्‍याएको सहयोगको मनछुने वर्णन छ। भाषिक सरलताले ज्यादै पठनीय बनाएको संस्मरणात्मक शैलीको यो उपन्यास पढ्दा पाठक धेरै ठाउँमा द्रवित हुन्छन्। कलेजो रोगीले उपचार पाएपछि तयार भएको शान्ता को बिक्रीबाट उठ्ने रकम कलेजो रोगीहरूकै उपचार कोषमा जम्मा गर्ने घोषणा उपन्यासकार दाहालले गरेका छन्।
रामजी दाहाल(source : Himal)
Listen and Download Shanta


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10 (Interview with Purushotam Dahal)
भाग-11
भाग-12
भाग-13

Friday, October 4, 2013

Damini Bhir - दमिनी भीर

~राजन मुकारुङ~

नेपाली-नेपाली मात्र होइन, हरेक मान्छे जन्म र रगतका आधारमा एउटै हुन् भन्ने कुरा घोकेकै छौँ हामीले तर पृथक् संस्कृतिले मान्छेको स्वरूपमा मौलिकता ल्याउँछ। भिन्न संस्कार-संस्कृतिलाई सम्मानजनक नजरले नहेर्ने व्यवहारले नै जातीय विभेदका खाकाहरू कोर्दै लगेको हुनुपर्छ। राज्य/केन्द्रले कुनै संस्कृति, भाषा, धर्मलाई मात्र प्राथमिकता दिएपछि अन्यले आफूलाई किनारामा मूल्यहीन फ्याँकिएको पाउँछ। तिनै किनाराका आवाजहरूलाई शब्दशक्ति भर्ने काम गरेका छन् राजनले। कुमारी आकांक्षाहरू काँधमा बोकेर सहर पस्ने युवा जमातदेखि पहाडमै विकासे गन्ध खोज्ने समुदायका असन्तुलित पाइलाको छाप प्रस्ट देखिन्छ, दमिनी भीरमा। राजनको रचनाकारतिामा उत्तरदायित्वबोध र प्रतिबद्धता छ भन्नलाई यति मात्रै काफी छैनन्। थोरबहुत जोकोही लेखकले समाज लेखिहाल्छ, आफ्नो ढङ्गले। उनको प्रतिबद्धतामा चाहिँ उत्तरोतर प्रगति दृष्टिगोचर हुन्छ। राज्यको घाम देख्न नपाएका समुदायले अँध्यारोविरुद्ध दिएको अभिव्यक्तिलाई उज्यालो समुदायको विपक्षमा नारा फलाकेको ठानिनु अर्को अँध्यारो हो। राजनको लेखन पनि त्यही अँध्यारो र उज्यालोबीचको दूरी देखाउनमा एकोहोरिएको देखिन्छ। (source)

Listen and Download Damini Bhir(मदन पुरस्कार-२०६९ प्राप्त कृति)



भाग-1

भाग-2

भाग-3

भाग-4

भाग-5

भाग-6

भाग-7

भाग-8

भाग-9

भाग-10

भाग-11

भाग-12

भाग-13

भाग-14

Friday, September 27, 2013

नियात्रा - परिक्रमा अन्नपूर्ण

~प्रतीक ढकाल~

हिमाच्छादित पर्वत, पर्वतारोहण, हिमाली जाति र तिनको संस्कृतिका बारमा नियात्रा पुस्तकहरु लेख्ने र मुलुकभित्र सर्वाधिक बिक्री हुने लेखक हुन् – प्रतीक ढकाल । उनी हिमाल र पर्वतका अनन्य मित्र मात्र होइनन्, भक्त र उपासक समेत हुन् । यही भक्तिका प्रतापले होला, यिनका कलममा पाठकलाई लठ्याउने जादू छ । प्रतीकले लेखेका किताबहरु पढ्न थालेपछि छोड्न सकिँदैन ।
- वैरागी काँइला

प्रतीक ढकालका कृतिहरु पढेपछि त्यहाँका चित्र नै छर्लङ्ग हुन्छ । त्यहाँका जनता पनि छर्लङ्ग हुन्छन् । यस्तो राम्रो छर्लङ्ग पारेर र हामीलाई आफैँ त्यहाँ पुगेको र त्यहाँका मानिसलाई भेटे जस्तो अनुभूति दिन्छन् लेखकले । यही कारणले गर्दा म उनको कृतिहरुबाट प्रभावित छु । म स्वयं नै लेखकको प्रशंसक रहेको छु ।
- डा. तारानाथ शर्मा

धेरै साहित्यकारहरुका लागि दुर्गम क्षेत्रहरुमा घुम्नु अझै पनि कष्टपूर्ण कार्य नै देखिन्छ । दुर्गम क्षेत्रको पदयात्रा गरी हिमाली प्रकृति, पर्यावरण र लोकजीवनबारे नेपाली लेखकले कमै लेखेको स्थितिमा ढकालका यी नियात्राहरुले ठूलो अभावको पूर्ति गरेका छन् ।
- चूडामणि बन्धु

नियात्राकार तराई-मधेशमा हुर्केका मान्छे हुन् । तर तराईदेखि हिमालसम्मका खला-खला, गौँडा, गल्ली र गल्छेँडा चहार्ने जुन अदम्य लालसा उनले मुटुभित्र साँचेका छन् – त्यसमा मैले 'सिङ्गो नेपाल' अटाएको देखेँ ।
- डा. राजेन्द्र विमल

Listen and Download Niyatra - Parikrama Annapurna


ल सुनम न त नियात्राहरु :
१. चुचुरोका देउतालाई नमस्ते छ
२. थोरङ्रा र थोरङ्री
३. आकाश बाटै पद्यात्रा

Friday, September 20, 2013

निबन्धसङ्ग्रह - लोकेसन

~दिपक सापकोटा~

Listen and Download Location

ल सुनम न त निबन्धहरु

१. पश्चिमी धुनमा न्रित्यमय ठमेल
२. ब्रिहत माछा बजार
३. क्रन्दन र धुवाँमा पुरिएको आर्यघाट

Friday, September 13, 2013

कथा - "निलो तृष्णा" र "निष्कर्ष"

~विद्या सापकोटा~

बिद्या सापकोटाको कथासंग्रह "निलो तृष्णा"का २ कथा निलो तृष्णा र निष्कर्ष यहाँ राखिएको छ । पहिलो कथामा एुती नारीलाई पुरुषले बुझ्न खोजेको चित्रन गरिएको छ भने दोश्रो कथामा एउटा प्रेमजोडीको काहानी कुँदिएको छ । ल सुनम न त

बिभिन्न साहित्यकारको भनाइ यस्तो छ यस कथासंग्रहको बारेमा ...

कथा लेख्नुमात्र ठूलो कुरा होइन । आफूले निर्माण गरेका कथानक, चरित्र र परिवेशमार्फत पाठकलाई आफ्नो लेखनप्रति आकृष्ट गर्न सक्नु नै लेखकीय कुशलता हो । लेखिकाको लेखन यात्रा त्यसै दिशातर्फ उन्मुख रहेको प्रष्ट देखिन्छ । - नयनराज पाण्डे

जीवन र जगतप्रति केही निर्दोष उत्सुकता, केही सदोष रहस्यीकरण र केही गम्भीर उत्खननको एक सौम्य, समुच्चित चित्रकारी ! –डा. दीपक कुमार खड्का

Listen and Download Nilo Trishna


कथा

Tuesday, September 10, 2013

Barbarik - बर्बरिक

Barbarik
~प्रदीप नेपाल~

जननेता मदन भण्डारीको जीवनीमा आधारित प्रदीप नेपालद्वारा लिखित नवीनतम् उपन्यास कृति 'बर्बरिक' , सुनम न त है

Listen and Download Barbarik


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

Friday, August 30, 2013

कथा - "झूनु मैयाँ"

~तेजप्रसाद सिटौला~

म उनका कथालाई समयगत चेतनाकै संवाहक मान्छु किनकि उनको कथाका भाव र वैचारिक भूमि अर्कै थियो । उनका कथाहरू विभिन्न समयमा लेखिएर सिधै पत्रिकामा छापिएका हुनाले तिनमा संगठन, शैली र चित्रणको भाषामा माझिएर आउनुपर्ने कतिपय कुरा नआएका हुन सक्छन् । तर पनि जे अवस्थामा यी कथा छापिएका छन् त्यही रूपमा हेर्दा यी राम्रा कथाहरूको कोटीमा पर्छन् । तर उनका यस सङ्कलनका सम्पूर्ण कथा फेरि एकै ठाउँमा पढेपछि लाग्यो यी कथाकारले कथा लेखनमा धेरै समय लगाएका भए यिनको कलमबाट नेपाली कथा साहित्यले महत्त्वपूर्ण कथाहरू पाउने थियो । तेजप्रसाद सिटौला जस्तो पृष्ठभूमि भएका, साहित्यिक रचना लेखेर पछि अर्कै कर्ममा लागेका लेखकहरूका रचना खोजेर प्रकाशित गर्दा इतिहास र राजनैतिक विश्लेषणमा आउन नसक्ने समयका सूक्ष्म र महत्पूा र्ण पक्षको अनुहार देख्न सकिन्छ भन्ने मेरो विश्वास छ ।
- अभि सुवेदी

तेज प्रसाद सिटौलाको कथासंग्रह "तेज प्रसाद सिटौलाका कथा"बाट कथा "झूनु मैयाँ" लिएर प्रस्तुत छौं ।

ल सुनम है त

Listen and Download Story from Tej Pd. Sitaulako katha


कथा - झूनु मैयाँ

Tuesday, August 20, 2013

कथा - "शहरको खोजीमा", "उज्यालो तिर" र "एउटा अन्त्य"

~स्वप्निल निरव~
~सरु पोख्रेल~

स्वप्निल निरवको कथासंग्रह "उज्यालो तिर" बाट कथा "शहरको खोजीमा" र "उज्यालो तिर" कथाहरु यहाँ प्रस्तुत गरिएको छ । र दोश्रो आवाजमा सरु पोख्रेलको कथासंग्रह "मुना टुसाये पछी" बाट कथा "एउटा अन्त्य" प्रेस्तुत गरिएको छ ।

ल सुनम न त


Listen and Download Stories


कथा - "शहरको खोजीमा" र "उज्यालो तिर"
कथा -"उज्यालो तिर"को बाँकी अंश र "एउटा अन्त्य"

Monday, July 15, 2013

Shree Ganesh

यस वेबपेजमा हाम्रो पुरापुर कोशिश रहनेछ कि हजुरहरु माझ नेपाली साहित्यका रचनाहरु आवाजको मध्यमबाट पस्कन सकुम . हामी सकभर इन्टरनेटमा भेटिएका नेपाली साहित्यका रचनाहरु जो
आवाजबद्ध भयेकाछन् , यहाँ राख्ने कोशिश गर्ने छौँ .

संग्रहित आवाजहरु श्रुतिसंबेग , रेडियो-वाचन र खगेन्द्र नेपाली ज्यू बाट लियीएको हो । यदी कुनै आवाज यहाँ हुन नहुने भए या लेख-अधिकारको उल्लंघन भएको भए कृपया हामीलाई खबर गर्नुहोला , तेस्ता सामाग्री तुरुन्त हटाईने छ ।

हजुर सम्पूर्ण श्रोताहरुको मद्दत र सद्भावको आशाका  साथ् "श्री गणेश"

- आविष्कार समर्पण / संग्रहालय

Tuesday, June 18, 2013

Muluk Bahira - मुलुक बाहिर

~लैनसिंह वाङ्देल~

दार्जीलिङमा १९८१ साल पुस ७ गते जन्मिएका उपन्यासकार लैनसिंह वाङ्देलको नधन वि.सं. २०५९ साल असोज २९ गते निधन भएको थियो । उनले अफ्नो जिवनमा थुप्रै चिर्चित उपन्यास, जीवनी, यात्रा संस्करण दिएर गएका छन् । यस उपन्यासमा मुलुक बाहिर रहेका प्रबासीहरूको समस्यालाइ चित्रण गिरएको छ ।

Listen and Download Muluk Bahira


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9

Tuesday, June 4, 2013

Naso - "नाशो" कथा संग्रह

~गुरु प्रसाद मैनाली~

साहित्यिक पत्रिका शारदामा १९९२ मा नासो कथा प्रकाशित भएपछि कथाकार गुरुप्रसाद मैनालीको साहित्ययात्रा प्रारम्भ भयो । जीवनमा थोरैमात्र कथा लेखे पनि सबै उत्कृष्ट छन् । रोचकहीन कोरा आदर्श बौद्धिक पाठकवर्गले मन पराउँदैनन् भन्ने तथ्य मैनालीले बुझेका थिए । ग्रामीण परिवेशका वेदनात्मक पक्ष्ाका चित्रणमा उनका अधिकांश कथा शोक, विरह, छटपटी र पीडाका प्रतीकका रूपमा उभिएका छन् । त्यसैले पनि नेपाली गाउँले जीवनका सहज चित्रणमा मैनालीलाई चुनौती दिने स्तरका कथाकार सार्वजनिक भएका छैनन् ।मैनालीको जन्म १९५७ भदौमा भएको हो । झन्डै ७२ वर्ष बाँचे उनी । नासोपछि १९९५ सम्म मैनालीका कथा फाटफुट शारदामै प्रकाशित भए ।मैनाली आधुनिक कथा क्ष्ाेत्रका अगुवा र लोकपि्रय कथाकार मानिन्छन् । जुन समय आधुनिक कथालेखन कलाको अभावैको समय थियो, त्यतिबेला जो जसले जहाँबाट कलम चलाए ती कलमका डोब उत्कृष्ट रहे । उनका समकालीन कथाकार पुष्करशमशेर जबरा, बाकृष्ण सम, रूपनारायण सिंह, भीमनिधि तिवारी, भवानी भिक्ष्ाु र विश्वेश्वरप्रसाद कोइराला आदि प्रमुख थिए । उनको एउटैमात्र पुस्तकाकार कृति एघारवटा कथाहरूको संग्रह नासो २०२० मा डा. तारानाथ शर्माले सम्पादन गरेका हुन् । नासोमा सामाजिक लघुकथाहरूको प्रतिनिधित्व भएको छ । ०५७ सम्म आइपुग्दा संस्करण प्रकाशित भइसकेको छ ।
यी कथा २००७ साल पूर्व र पश्चात्को सेरोफेरोमा लेखिएको हुँदा तत्कालीन समय र समाजको रितिस्थितिबारे पनि कथामा झर्राे भाषाको कलात्मक प्रयोगले अझ बढी सुन्दर बनाएको छ । नेपाली जनजीवनलाई औधि प्रभावित बनाएर कलात्मकरूपमा प्रस्तुत गर्न पुगेका मैनालीका कथामा नासोमा परालको आगो, बिदा, सहिद र छिमेकी कथा अत्यन्तै राम्रा हुन् । नासोमा समावेश अन्य कथा पनि क्रमशः प्रायश्चित पापको परिणाम, अभागी, कर्तव्य, प्रत्यागमन र चिताको ज्वाला हुन् । महत्त्व र रोचकताका दृष्टिले पनि उनका सबै कथा समान स्थितिका छन् । एघारवटा मात्र कथा लेखे पनि उनका कथावस्तुले नेपाली ग्रामीण जनजीवनको कारुणिक र मार्मिक पक्ष्ालाई सुन्दर अभिव्यक्तिद्वारा उर्वरशील बनाएको छ । शैलीमा नेपालीपना, भावना गाउँले सजिलोपना, विचारमा सुधारको लक्ष्य र चित्रणमा रमाइलो कलात्मकता मैनालीका कथाका विशेषता हुन् । लेखनीमा सुक्तिमयता, यथार्थमूलक, आदर्शको प्रतिपादन, सरलता, सरसता र रोचकता उनका कथाका मुख्य वैशिष्ट्य हुन् । जीवनको लामो कालखण्डमा मैनालीले निजामती सेवाअन्तर्गत न्याय विभागमा न्यायाधीशसम्म भएर काम गर्दा आफूले देखे भोगेका घटनालाई आधुनिक कथाशिल्पमा असाधारण शैली र रूपमा प्रस्तुत गर्नसक्नु प्रतिभा क्ष्ामताको द्योतक हो । समाज र साहित्य एक अर्काेका परिपूरक हुन् भन्ने तथ्यलाई कथाकार मैनालीले साह्रै राम्रोसँग बुझेका छन् । त्यसैले समाजबिना साहित्य जीवन्त रहन सक्दैन भने साहित्यबिनाको समाज अपांग रहन्छ । हृदयहीनता, घृणाबाट उत्पन्न हुने झैझगडा, सौताको रिसबाट हुने पीडाबोध तथा दरिद्र र शोषणबाट हुने वेदना नै उनका कथामा झल्कने प्रमुख विषयवस्तु हुन् ।नेपाली वाङ्मयलगायत भाषा, साहित्य, कला, संस्कृति, पत्रकारिता, साहित्यिक पत्रकारिता र इतिहासप्रति अभिरुचि बढाउने उद्देश्यले ०२९ मा साहित्यिक पत्रकार संघको जन्म भएको हो । संघले एक दशकपछि ०३८ मा आधुनिक नेपाली कथा साहित्यका अग्रजस्रष्टा मैनालीको पुण्यस्मृतिमा मैनाली कथा पुरस्कार स्थापना गर्‍यो । कथा जगत्का अग्रणी साधक मैनालीको पुण्यस्मृतिमा साहित्यिक पत्रकार संघद्वारा ०३८ चैतमा आयोजित सप्ताह व्यापी कथादिवसका अवसरमा मैनाली कथा पुरस्कार स्थापना भएको हो । पुरस्कार प्रतिवर्ष कथादिवसकै क्रममा कथासम्बन्धी प्रकाशित कृतिलगायत फुटकर कथालेखनको क्षेत्रबाट महत्त्वपूर्ण योगदान गर्ने कथाकारलाई प्रदान गरिन्छ । आफ्ना पिताको पुण्यस्मृतिमा गुरुप्रसादका छोराहरू क्रमशः डा. सुशील, राजेन्द्र अम्बिका र डा. माधव मैनालीको सहयोगमा स्थापित मैनाली कथा पुरस्कार आधुनिक नेपाली कथा साहित्यमा नयाँ र पुराना पुस्ताका कथाकारहरूलाई प्राेत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ ।

ल सुनम न त यस् कथा संग्रहका कथाहरु

Listen and Download Naso

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

Tuesday, March 26, 2013

Darbar Bahira Ki Maharani - दरबार बाहिरकी महारानी

~नगेन्द्र न्यौपाने~


पत्रकार-उपन्यासकार नगेन्द्र न्यौपानेले "दरबार बाहिरकी महारानी" उपन्यासबाट ईतिहासको एउटा लुकाइएको कथा र कालखण्ड देखाउन खोजेकाछन जस्तो मलाई लाग्यो । नारायणहिटी दरबार भित्र रहेकी एउटा सुसारे र देशको भावी राजकुमारको सम्बन्धको वारीपरी उपन्यास घुमिरहन्छ । दरबार भित्रका षड्यन्त्र , गुप्त संसार र गुम्सिएक निरिह मान्छेहरुको एउटा राम्रो चित्रण देखिन्छ यस उपन्यासमा । के के हुँदो रैछ त दरबार भित्र अनी कस्तो हुँदो हो त्यहाँको संसार ल सुनुम है त ।

- संग्रहालय

Listen and Download Darbar Bahira Ki Maharani

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8

Friday, February 1, 2013

नियात्रा - "यात्रा आरम्भको सेरोफेरो"

~गीता रेग्मी~

गीता रेग्मीको नियात्रा संग्रह "पश्चिमाहरुको देशमा"बाट नियात्रा "यात्रा आरम्भको सेरोफेरो" यहाँ प्रस्तुत छ ।

ल सुनुम न त

Listen and Download Niyatra


नियात्रा