Showing posts with label निलम कार्की ‘निहारिका’. Show all posts
Showing posts with label निलम कार्की ‘निहारिका’. Show all posts

Sunday, December 24, 2017

उपन्यास : अर्की आइमाई

~नीलम कार्की नीहारिका~
 
उपन्यासको थालनी यात्राको क्रममा रहेको मुल पात्रको नेपाल भ्रमणबाट शुरु भएर नेपालमा नै गएर टुङिगएको छ । कथावाचन शैलीका माध्यमबाट कथावस्तु अगाडि बढ्दै गएको छ । आत्मकथा शैलीमा प्रस्तुत गरिएको अर्की आइमाई उपन्यासले एउटी महिलाको कष्टमय जीवनको चित्रण गरेको छ । उपन्यासलाई फ्ल्यास बैंक शैलीमा प्रस्तुत गरिएको छ भने आख्यान साहित्यको सशक्त पक्ष मानिने कुतुहलताको निर्वाह उपन्यासकारले सजिवताका साथ गरेकोले कथावस्तु र घटनाक्रम एकपछि अर्को गर्दै बग्दै गएको पाइन्छ । तर कतै कतै कुतुहलतामा अवरोधमा आएका छन् । उपन्यासले अमेरिकाको आप्रवासी जीवन शैली र त्यहाँ हुनेगरेको मानव तस्करीका विभिन्न घटनाक्रमलाई उदाङ्गो पारेर देखाइदिएको छ ।

अमेरिका स्वप्नको देश हो भने अमेरिका संघर्षको पनि देश हो भन्ने वास्तविकतालाई उपन्यासले देखाएको छ । काम नगरी बस्न नसकिने र त्यहाँ बस्नलाई अनैतिकबाट लिएर गैरकानूनी काम गर्नु पर्ने आप्रवासीहरुको बाध्यतालाई उपन्यासले देखाएको छ । अमेरिकामा आप्रवासीहरुको वास्तविक जीवन शैलीलाई देखाउदै त्यहाँ पुगेका र पुग्न चाहनेहरुको ईच्छा आकङ्छाहरुलाई विभिन्न पात्रका माध्यमबाट उपन्यासले समेटेको छ ।
 
(स्रोत : समीक्षा - अर्की आइमाई: अमेरिकाको अलिखित वास्तविकताको कथाव्यथा - डा गोबिन्दसिंह रावत )
 
(उपन्यास अंश : अर्की आइमाइ - यहाँ पढ्नुहोस्)

"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



Click here to Download


 

Tuesday, January 21, 2014

कथा - "कैदी नं.११" र "जन्मिन नपाएका नानीहरु"

~बद्री अधिकारी~
~निलम कार्की 'निहारिका'~


यहाँ पहिलो बसाइमा कथाकार बद्री अधिकारीको कथा 'कैदी नं.११' प्रस्तुत गरिएको छ । यो कथा २०६६ सालको 'गरिमा' साहित्यिक पत्रिकामा पहिलो पटक प्रकाशन भएको थियो र पछी कथाकारको कथासंग्रह 'अकबरी सुन'मा संग्रहित गरिएको छ । एउटी नारी कस्तो परिस्थितीमा आफ्नी पतीको हत्या गर्न पुग्छे भन्ने सेरोफेरोमा कथा बांधिएको छ ।

दोस्रो बसाइमा कथाकार निलम कार्की 'निहारिका'को कथा संग्रह 'बेली'बाट कथा 'जन्मन नपाएका नानीहरु' प्रस्तुत गरिएको छ । ‘जन्म नपाएका नानीहरु’ गर्भपतन सम्बन्धित कथा हो । बाल बालिका आमाको गर्भ देखि नै शोषित हुनु परेको तय्थ यस कथामा छ । सामाजिक परिबेस र सभ्यता दोषी कती छ त्यो पाठकलाई सोंच्न छोडिएको छ ।

ल सुनम न त !!


Listen and Download Stories

कथा - "कैदी नं.११" र "जन्मिन नपाएका नानीहरु"

Friday, July 3, 2009

कथा - ‘हवन’ बाट ८ वटा कथाहरु

~निलम कार्की ‘निहारिका’~

निलम कार्की ‘निहारिका’को कथा संग्रह ‘हवन’ बाट केही कथाहरु ।

‘हवन’ कथा संग्रह मा रहेका ८ वटा कथाहरु आज वाचन गरिँदैछ । पहिलो अडिओमा 'खरिद बिक्रि', 'परिशिष्ट मृत्यु', 'हवन' र 'एकै मृत्यु का दुईरुप' गरि आज ४ वटा कथाहरु गरिएको छ । सामाजिक यथार्थ र सामाजिक धरातलमा रहेर लेखिएका कथाहरु सबै यथार्थपरक छन् ।

खरिदबिक्रि कथामा बेचिएका चेलीहरु या भनौँ जबरजस्ति यौन पेशा मा संलग्न गराइएका चेलीहरु बारे लेखिएको छ । शरिरलाई मासु भन्दै कथा मा प्रयुक्त गरिएको छ । त्यस्तै परिशिष्ट मृत्युमा पनि बाँचुन्जेल कसैले नहेर्ने तर मरेपछि चाँहि सबैले हाइहाइ गर्ने प्रवृत्ति सत्य घटना भन्दै लेखिएको छ । अनि कथासंग्रहको शिर्ष कथा 'हवन' मा चाँहि सन्तानप्राप्तिका लागि एउटा पुरुष ले धेरै महिला बिबाह गरेको उल्लेख छ, 'हवन' शीर्षक ले नै धेरै भनिरहेको छ, कथा को बारेमा । 'एकै मृत्यु का दुईरुप' कथा ले चाँहि त्यही जनयुद्धकाल को तिता दिनहरु को स्मरण गराउँछ । एकै घरका दाजुभाइ, एउटा सिपाही भएर मरेको अर्को माओवादी कमान्डर भएर मरेको हृ‍दयविदारक घटनालाई कथा मा उतारिको छ । मुख्यत: कथामा प्रयुक्त शब्दहरुले हामीलाई नजाने कहाँकहाँ छोइरहेको हुन्छ ।
दोश्रो अडिओमा ‘२०६२ को राजमार्ग’ वाचन हुँदैछ, जुन कथा ले तत्कालिन नेपाल को अवस्था को सजिव चित्रण गरेको छ । कुनै पात्र नभएपनि, यो कथा ले धेरै कुरा भनिरहेको छ, जनयुद्ध, माओवादी, सेना, जनताले खेपेका सकस र सास्ति ! त्यसपछि ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’ कथा वाचन हुनेछ । निलम कार्कीका कथाहरुले अधिकांशका व्यथाहरु बोकेका छन् । भ्रुण हत्या को विषय ‘जन्मिन नपाएका नानीहरु’ कथा मा समेटिएको छ, भने वैवाहिक सम्बन्ध आदि का बारेमा बाँकि कथा मा लेखिएको छ ।


निलम कार्की 'निहारिका' को लेखाइ यथार्थलाई खोतल्दै गएको छ । अनि प्रत्येक कथाहरु को आफ्नै छुट्टै विशेषता छ । सामान्यत: समाज मा घट्नेगरेका विकृति, विसंगति तथा घरेलु हिंसा को वरिपरि रहेर कथाकारले कलम चलाउनुभएको छ । हुन त कथाकार को जिवन पनि कथा भन्दा कुनै कमि छैन, निलम जी ले आफ्नो बारेमा लेखेको कुरा पनि यहाँ अच्युत घिमिरे पढेर सुनाउनुहुँदैछ ।(aakar)

Listen and Download Stories from HAWAN


कथाहरु - 'खरिद बिक्रि', 'परिशिष्ट मृत्यु', 'हवन' र 'एकै मृत्यु का दुईरुप'
कथाहरु - ‘२०६२ को राजमार्ग’, ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’