Tuesday, December 29, 2009

कथाहरु - "नीलिमा र गाढा अँध्यारो" र "यथावत"

~अनमोलमणि पौडेल~

पत्रकार तथा साहित्यकार अनमोलमणि पौडेलको कथा संग्रह "नीलिमा र गाढा अँध्यारो"बाट "नीलिमा र गाढा अँध्यारो" कथा र अर्को एक कथा "यथावत"......!!


ल सुनम न त !

कथाहरु - "नीलिमा र गाढा अँध्यारो" र "यथावत"

कथाहरु - साँघु तरेपछी र श्रीमतीहरु

~माया ठकुरी~

कथाकार माया ठकुरीको कथा संग्रह "साँघु तरेपछी" बाट २ वटा कथा "साँघु तरेपछी" र "श्रीमतीहरु" यहाँ प्रस्तुत गरिएको छ । पहिलो कथा एउटा शहरिया जो गाउँ फर्किदै छ र एउटा ब्रिद्ध गाउँलेको कुरोकानीबाट आजको आधुनिक मान्छेको बानीबेहोरा देखाएको छ । दोश्रो कथामा चाँई श्रीमतीहरुको बार्तालाप लाई रमाइलो तरिकाले बुनिएको छ ।
ल सुनम न त ...

Listen and Download Stories Saanghu tarepachi and Shrimatiharu

कथाहरु - साँघु तरेपछी र श्रीमतीहरु

Radha - "राधा"

~कृष्ण धरावासी~

पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ ।

ल सुनम न त

Listen and Download Radha


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16
About the Book: It's been two years since Krishna Dharabasi wrote Radha, an extraordinary novel, and yet, the novel is still relatively unknown among litterateurs and the general public. Radha is a strong example of a novelist challenging traditional mores by presenting mythical texts in a different light. Inspired by Jacques Derrida's Theory of Deconstruction, he has completely changed the characters of Radha and Krishna as we have come to know them. Ved Vyas' and the Mahabharat's Radha is a minor character, whose only purpose seems to be Krishna's plaything. But Dharabasi's Radha is brave, dignified and can also be seen as a revolutionary. He keeps focusing on the importance of women, which too can be seen as a challenge to formal traditions.

Tuesday, December 22, 2009

कथा - सुगन्धा

सञ्जय खनाल ~

नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने समकालिन साहित्य त्रैमासिक पत्रिका बैशाख जेष्ठ २०५२ साल बर्ष ५ अंक २ पूर्णांक १८ बाट लिइएको कथा "सुगन्धा" ,कथाकार सञ्जय खनालद्वारा शब्दबद्ध गरिएको कथा हो ।   

Listen and Download Sugandha

कथा

Friday, December 18, 2009

Maile Sarita ko Hatya Garey - मैले सरिताको हत्या गरें

~गोविन्द बहादुर मल्ल 'गोठाले'~

गोविन्द बहादुर मल्ल 'गोठाले'को “प्रेम र मृत्यु” कथा संग्रह बाट लिइएको कथा ‘मैले सरिता को हत्या गरेँ’ एउटा मनोबिश्लेशनात्मक कथा हो। यस कथामा एक लोग्नेको कुन्ठित मनोभावना र मनसिक अन्तर्द्वन्द प्रष्ट्याइएको छ । ल सुनुम न त ...

Listen and Download Maile Sarita ko Hatya Garey

कथा

Thursday, December 10, 2009

Punschali - पुन्स्चली

~ शिव अधिकारी ~

शिव अधिकारीको उपन्यास 'पुन्स्चली'मा उपन्यासकारले एउटी बुद्ध समाजकी नारीको कथा, हुर्काइ, भोगाइ र जीवन-भोगाइलाई चित्रित गरिएको छ ।

Listen and Download Punschali

भाग-1
भाग-2
भाग-3
भाग-4

Saturday, November 14, 2009

Sirish ko Phool - शिरीषको फूल

~ पारिजात ~

शिरीषको फूल साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो। यो उपन्यास २०२२ सालमा पारिजात आफैंले प्रकाशन गरेकी थिइन । विसङ्गतिका बीच रङ्मङ्गिएको जीवनलाई यस उपन्यासमा चरित्रचित्रणको मूल आधार बनाइएको छ। यस उपन्यासमा सबै गौण पात्रहरूले पनि विसङ्गतिलाई चित्रण गर्न सहयोग पुर्‍याएका छन्। पात्रहरू :सकम्बरी, सुयोगवीर, शिवराज,मुजुरा (वरीकी दिदी), सानु(बहिनी), आमा, काम गर्ने भान्से, पसल्नी र ठिटो
आदि यस उपन्यासका अन्य पात्र हुन्। शिरीषको फूल अङ्ग्रेजीमा द ब्लु मिमोसा का रूपमा अनुवाद भएर अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममासमेत समावेश छ।

Listen and Download Sirish Ko Phool

भाग-1
भाग-2
भाग-3
भाग-4

Monday, November 9, 2009

Nila Aankhawali - निला आँखावाली

~म्यक्सिम गोर्खी ~

Listen and Download Nila Aankhawali

भाग-1

Paribhashit Aankhaaharu - परिभाषित आँखाहरु

~ पारिजात ~
विष्णु कुमारी वाईबा 'पारिजात' बाट लिखित सामाजिक उपन्यास “परिभाषित आँखाहरू”मा २ कथा एकअर्कासँग एकआपसमा जोडीन्दै अगि बढेको छ । कथा एकमा एउटी बच्चीको काहानी अगि सारीएको छ जो बलत्क्रित हुन्छे र दोस्रो कथामा चाँही एक मध्यम बर्क्गिय महिलाको प्रेम र सङ्घर्ष उभ्यैएको छ । सशक्त लेखाइ र मन छुने शब्दमालाले बाँधिएको यो उपन्यास पारीजात को एक उत्कृष्ट रचना हो ।

Listen and Download Paribhashit Aankha Haru

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11

Thursday, November 5, 2009

The Scarlet Letter - कलंकिनी

~नेथेनाइल हाथर्न~
अनुवाद : पुण्यप्रसाद प्रसाई

लेखक नेथेनाइल हाथर्नको विश्वविख्यात अमेरिकी उपन्यास “द स्कार्लेट लेटर” हो । यसलाई नेपालीमा “कलंकिनी” शीर्षक दिएर पुण्यप्रसाद प्रसाईले अनुवाद गर्नुभएको छ । यो उपन्यास त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह प्रथम वर्षको कोर्समा पनि रहेको छ । 
  
ल सुनम न त 

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
Click Here to Download About The Book : The Scarlet Letter. Painting by T. H. Matteson. This 1860 oil-on-canvas may have been made with Hawthorne's advice. The Scarlet Letter (1850) is a novel written by Nathaniel Hawthorne, considered to be his "magnum opus", or most famous work. Set in 17th-century Puritan Boston, it tells the story of Hester Prynne, who gives birth after committing adultery and struggles to create a new life of repentance and dignity. Throughout the novel, Hawthorne explores themes of legalism, sin, and guilt.

Friday, September 25, 2009

कथाहरु - "उसको कथा" तथा "चौतारो साक्षी छ"

~माया ठकुरी~

माया ठकुरीको कथासंग्रह 'चौतारो साक्षी छ' बाट "उसको कथा" तथा "चौतारो साक्षी छ" नामक २ वटा कथाहरु प्रस्तुत गर्दैछौं ।

नेपाली साहित्य मा माया ठकुरी का कथाहरु यथार्थपरक मानिन्छन् । सन् १९४६ मा लखनउ भारत मा जन्मिनु भएकी कथाकार माया ठकुरी को पहिलो कथा 'बहुलाही' हो । बिए सम्म अध्ययन गर्नुभएकी कथाकार ठकुरी ले शास्त्रिय संगित मा जुनियर डिग्री गर्नुभएको छ भने, शिक्षण पेशा मा संलग्न हुनुहुन्छ । उहाँले वि. सं. २०४१ को मैनालीकथा पुरस्कार,वि.सं. २०३५ मा रन्तश्री स्वर्ण पदक र वि.सं. २०४३ मा जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर पत्र / प्रशंसा पत्र ले सम्मानित हुनुभएको छ । उहाँ को "नजुरेको जोडी - कथा संग्रह, गमलाको फूल - कथा संग्रह, साँघु तरेपछि - कथा संग्रह" आदि लगायत का कथा संग्रहहरु प्रकाशित भएका छन् ।

ल सुनम है त

Listen and Download Stories from Chautaro Sakshi Cha


कथाहरु - "उसको कथा" तथा "चौतारो साक्षी छ"

Tuesday, September 15, 2009

कथा - "झोला"

~कृष्ण धरावासी~

कृष्ण धाराबसीको कथा संग्रह "झोला"को शिर्ष कथा 'झोला'मा कथाकारले सती प्रथालाई आधार बनाएर कथा बुनेका छ्न ।

ल सुनम न त 

Listen and Download Story JHOLA


कथा

Friday, August 7, 2009

Karagaar - कारागार

~डा. बानिरा गिरी~

"टुक्राटुक्रा निरीक्षणहरु छन् - यो सानु पुस्तकमा, हामी जिन्दगी पनि यसरी नै टुक्राटुक्रामा बिताइरहेछौ, जीवन स्वयं क्रमबद्ध सग्लो उपन्यास नभए पछि यसको भूमिका, उपसंहार सबै कहिले, कहाँ टम्म मिलेको हुन्छ र ? पात्रका वरिपरिका परिवेशहरु, आफ्ना-बिराना हिड्ने सडक, झ्यालबाट देखिने दृश्य, काम गर्ने अड्डा, साथीभाई, आत्मीय-अनात्मीय सबै सबै सग्बगाउछन् यसमा, कसैको पनि नाम राखिदिएकी छैन - नामले के गर्छ र ?"

-डा. बानिरा गिरी

ल सुनम न त

Listen and Download Karagaar

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

Friday, July 31, 2009

कथा - म र चिठ्ठी

~विजय मल्ल~

विजय मल्ल को 'परेवा र कैदी' कथा संग्रहबाट कथा 'म र चिठ्ठी' यहाँ प्रस्तुत छ ।

कथा 'म र चिठ्ठी' २००७ सालमा लेखक प्रजातन्त्र प्राप्ति पछि जेलबाट छुटेको कुरा बाट सुरु हुन्छ । लेखक कांग्रेसका कार्यकर्ता रहेछन्, अनि दिनहुँ चिठ्ठीहरु आउँदारहेछन्, अनि प्राय पत्रमा जागिर को याचना गरिएको हुन्थ्यो । व्यवस्था बलदिएको भएपनि मनोवृत्ति बदलिएको थिएन ।

एकदिन, एउटी आइमाई को चिठ्ठी आयो । चिठ्ठी लेख्ने आइमाईलाई लेखक चिन्छन् तर लेखकले यहाँ उनको नाम भने उल्लेख गरेका छैनन् । त्यो चिठ्ठी पढिसकेपछि लेखक ले त्यही चिठ्ठीलाई कथाको रुप दिएका छन् । चिठ्ठीमा आइमाईले बिहे को कुरा लेखेकी छिन् सुरुमा, लेखक उनलाई एकपटक हेर्न गएका रहेछन् तर पछि चिना मिलेन भनेर विवाह भएन । अनि ती महिला को अर्को पुरुष सँग विवाह भयो । त्यसपछि के भयो ? कथा निकै रोचक छ, ती आइमाई, तिनका पति र लेखक बिच कथा जेलिएको छ । 'म र चिठ्ठी' ले जिवन को एउटा तितो यथार्थ बोध गराउँछ । अत: के हुन्छ त

ल सुनम न त

Listen and Download story from Parewa ra Kaidi


कथा

Friday, July 3, 2009

कथा - ‘हवन’ बाट ८ वटा कथाहरु

~निलम कार्की ‘निहारिका’~

निलम कार्की ‘निहारिका’को कथा संग्रह ‘हवन’ बाट केही कथाहरु ।

‘हवन’ कथा संग्रह मा रहेका ८ वटा कथाहरु आज वाचन गरिँदैछ । पहिलो अडिओमा 'खरिद बिक्रि', 'परिशिष्ट मृत्यु', 'हवन' र 'एकै मृत्यु का दुईरुप' गरि आज ४ वटा कथाहरु गरिएको छ । सामाजिक यथार्थ र सामाजिक धरातलमा रहेर लेखिएका कथाहरु सबै यथार्थपरक छन् ।

खरिदबिक्रि कथामा बेचिएका चेलीहरु या भनौँ जबरजस्ति यौन पेशा मा संलग्न गराइएका चेलीहरु बारे लेखिएको छ । शरिरलाई मासु भन्दै कथा मा प्रयुक्त गरिएको छ । त्यस्तै परिशिष्ट मृत्युमा पनि बाँचुन्जेल कसैले नहेर्ने तर मरेपछि चाँहि सबैले हाइहाइ गर्ने प्रवृत्ति सत्य घटना भन्दै लेखिएको छ । अनि कथासंग्रहको शिर्ष कथा 'हवन' मा चाँहि सन्तानप्राप्तिका लागि एउटा पुरुष ले धेरै महिला बिबाह गरेको उल्लेख छ, 'हवन' शीर्षक ले नै धेरै भनिरहेको छ, कथा को बारेमा । 'एकै मृत्यु का दुईरुप' कथा ले चाँहि त्यही जनयुद्धकाल को तिता दिनहरु को स्मरण गराउँछ । एकै घरका दाजुभाइ, एउटा सिपाही भएर मरेको अर्को माओवादी कमान्डर भएर मरेको हृ‍दयविदारक घटनालाई कथा मा उतारिको छ । मुख्यत: कथामा प्रयुक्त शब्दहरुले हामीलाई नजाने कहाँकहाँ छोइरहेको हुन्छ ।
दोश्रो अडिओमा ‘२०६२ को राजमार्ग’ वाचन हुँदैछ, जुन कथा ले तत्कालिन नेपाल को अवस्था को सजिव चित्रण गरेको छ । कुनै पात्र नभएपनि, यो कथा ले धेरै कुरा भनिरहेको छ, जनयुद्ध, माओवादी, सेना, जनताले खेपेका सकस र सास्ति ! त्यसपछि ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’ कथा वाचन हुनेछ । निलम कार्कीका कथाहरुले अधिकांशका व्यथाहरु बोकेका छन् । भ्रुण हत्या को विषय ‘जन्मिन नपाएका नानीहरु’ कथा मा समेटिएको छ, भने वैवाहिक सम्बन्ध आदि का बारेमा बाँकि कथा मा लेखिएको छ ।


निलम कार्की 'निहारिका' को लेखाइ यथार्थलाई खोतल्दै गएको छ । अनि प्रत्येक कथाहरु को आफ्नै छुट्टै विशेषता छ । सामान्यत: समाज मा घट्नेगरेका विकृति, विसंगति तथा घरेलु हिंसा को वरिपरि रहेर कथाकारले कलम चलाउनुभएको छ । हुन त कथाकार को जिवन पनि कथा भन्दा कुनै कमि छैन, निलम जी ले आफ्नो बारेमा लेखेको कुरा पनि यहाँ अच्युत घिमिरे पढेर सुनाउनुहुँदैछ ।(aakar)

Listen and Download Stories from HAWAN


कथाहरु - 'खरिद बिक्रि', 'परिशिष्ट मृत्यु', 'हवन' र 'एकै मृत्यु का दुईरुप'
कथाहरु - ‘२०६२ को राजमार्ग’, ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’

Tuesday, April 28, 2009

Friday, February 20, 2009

Palpasa Cafe - पल्पसा क्याफे

~ नारायण वाग्ले ~
सन् २००५ को मदन पुरस्कार जित्न सफल “पल्पसा क्याफे” को यो अंक सुन्दा, हामीलाई कुनै उपन्यास नभइ, इतिहास पढिरहेको र सुनिरहेको जस्तो लाग्छ । साँच्चै भन्दा, हामीले “पल्पसा क्याफे” मा भनिएका प्रत्येक संवादलाई मनन गर्ने हो भने, सबै कुराहरु, सबै घटनाहरु चलचित्र हेरिरहेको जस्तो लाग्छ । तपाई हामी आफैँ, पल्पसा क्याफे मा लेखिएको हरेक परिस्थिति र हरेक दृश्यलाई आफ्नो कल्पना शक्तिले चलचित्र जस्तो हेर्न सक्छौँ, मनन गर्न सक्छौँ ।

ल सुनम न त

Listen and Download Palpasa Cafe

EPISODE 1

Click Here to Download

EPISODE 2

 Click Here to Download

EPISODE 3

Click Here to Download

EPISODE 4

 Click Here to Download

EPISODE 5

Click Here to Download

EPISODE 6
 
Click Heret to Download

EPISODE 7

 Click Here to Download

EPISODE 8

 Click Here to Download