Wednesday, December 28, 2011

कल्याणी धर्ती - The Good Earth

~पर्ल एस वक्~
अनुवादक : टिकाराम शर्मा

पर्ल एस वक् को उपन्यास "द गूड् अर्थ" को नेपाली अनुवाद टिकाराम शर्माले गर्नु भएको हो । यस उपन्यासमा एक पौराणिक चिन का एक कृषकको संघर्श र माटो सँगको प्रेम देखाईएको छ । खडेरी, सुख्खा , बाढी ले दु:ख दिये बाबजुद अढिक भएर आफ्नो मेहेनतमा भर परेर दु:ख छिचोल्दै माथि उठेको काहानी हो "द गूड् अर्थ" जस्को नेपाली नाम दिईएको छ "कल्याणी धर्ती" ।

 ल सुनुम न त

Listen and Download The Good Earth

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16
About the Novel :
This tells the poignant tale of a Chinese farmer and his family in old agrarian China. The humble Wang Lung glories in the soil he works, nurturing the land as it nurtures him and his family. Nearby, the nobles of the House of Hwang consider themselves above the land and its workers; but they will soon meet their own downfall. Hard times come upon Wang Lung and his family when flood and drought force them to seek work in the city. The working people riot, breaking into the homes of the rich and forcing them to flee. When Wang Lung shows mercy to one noble and is rewarded, he begins to rise in the world, even as the House of Hwang falls.

Tuesday, December 6, 2011

Ma Hideko Bato - म हिंडेको बाटो

~सीताजी (सीता देवी पोखरेल)~

साहित्यकार कृष्ण धारबासीकी श्रीमती सितादेवी पोख्रेल भट्टराई 'सिता-जी' द्वार आफ्नै जीवनमा आधारीत आत्माब्रितान्तिक उपन्यास हो 'म हिंडेको बाटो' । यस्मा वहाँले आफ्न जीवनमा भोगेका र सोहोरेका सम्पूर्ण मनका भाव अनी अनुभुती निकै सरलता र सरसताका साथ पस्किनु भएको छ । स्व। सिताजीको १२औँ दिनको पुण्य तिथीबाट श्रुतीसम्बेगमा सुरु गरिएको यो आत्मकथा सुनम न त  

Listen and Download Ma Hideko Bato

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7

Friday, December 2, 2011

Antarman ko Yatra - अन्तर्मनको यात्रा

~जगदीश घिमिरे~

जगदीश घिमिरेको अन्तर्मनको यात्राले छोटो समयमै निकै प्रशंसा र ख्याति प्राप्त गर्‍यो । गीता भन्छ- 'जातस्य हि ध्रुवोः मृत्यु' अर्थात् जन्मेपछि मृत्यु अवश्यम्भावी छ । मृत्यु कति उमेरमा, कुन समय र स्थानमा कसरी हुन्छ भन्ने कुरा कसैलाई पनि पूर्वज्ञान नहुनु मानव जीवनको सबैभन्दा सुखद पक्ष हो । रोग लाग्दैमा मान्छे मरिहाल्छ भन्ने छैन । लेखकले आपmनो उपचार प्रक्रियालाई अत्यन्त मर्मस्पर्शी शब्द संयोजनबाट मानवीय स्वभाव र जीवन दर्शनका कटु यथार्थहरूलाई सबैले देख्ने गरी, सबैले बुझ्ने र अनुभवद्वारा आत्मसात् गर्न सक्ने भाषामा व्यक्त गरेका छन् । साँच्चै भन्ने हो भने लेखकले 'मानव' भन्ने प्राणीलाई नंग्याएका छन् यस कृतिका माध्यमबाट । लेखकले समयलाई नै सर्वेसर्वा सत्य भनेका छन् र माइलोमालाई जीवनको जटिलताको प्रतीक । मानव जीवनको गहिराइमा व्याप्त विषाद, वेदना र छटपटीको साक्षात् रूप 'माइलोमा' लाई उनले 'अपराधै नगरे पनि दण्डित हुन विवश मानव नियतिको अभिलक्षण पनि हो' भनेका छन् । आफूले लेखेको आत्मानुभूति या आत्मालापलाई लेखक आफ्नो भन्दा बढी समयको योजना ठहर्‍याउँछन् । 'जीवन समयको योजना हो । आफ्नो होइन । मान्छेले अन्ततः समयकै योजनामा जिउनु र मर्नुपर्छ' लेखकले मृत्युसँगको साक्षात्कार गरिसकेपछि गरेको अनुभूति थियो त्यो र लक्ष्मीप्रसाद देवकोटाझैं उनी पनि 'आखिर श्रीकृष्ण रहेछ एक....' को निष्कर्षमा पुगेको अनुभूति हुन्छ ।

ल सुनुम न त है


Listen and Download Antarman ko Yatra


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14