Showing posts with label Autobiography. Show all posts
Showing posts with label Autobiography. Show all posts

Tuesday, October 2, 2018

उपन्यास : त्रिभुवनकी एरिका

~एरिका ल्युकट्याग~

The book is about Erika who goes to Nepal to treat the Nepali queens at the time of Tribhuvan. She
ends up befriending King Tribhuvan (and teaches him to dance along the way), and helping him to come in contact with the Indian Ambassador, in order for him to flee Nepal and come back and end the Rana regime. Its not a story that most Nepalese know, so I'm sure that if they read it, they will come to know something that they didn't know and would be thankful to the book for telling this lost story.

It looks like Erika did play an important role in Nepal's end to the Rana regime. It was only because of her that the King came in touch with India. It was only through her that India realized that the King was actually thinking of breaking away from the clutches of the Ranas. Up until that point, India and the rest of the world believed, that the King was corrupt person living inside his palace, and enjoying the excesses of life.
(स्रोत : Review by Mr. Roopesh Joshi - Source )

मूल उपन्यास "एरिका एण्ड द किंग"को नेपाली भावानुवाद "त्रिभुवनकी एरिका" हो । यस अनुभवोपन्यासको लेखिका हुनुहुन्छ एरिका ल्युकट्याग जस्ले राणाकालिन नेपालमा राजा त्रिभुवनको न्रित्य प्रसिक्षिका भएर रहिन । यस कृतिलाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद सरोज मिश्रले गर्नु भएको छ ।
 

अच्युत घिमिरेको स्वरमा अडिओ किताबको स्वरुपमा आएको संस्करण सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



                           Click here to Download


 

Friday, July 4, 2014

Unko Samjhana - उनको सम्झना

~दुर्गा घिमिरे~

अन्य कुनै पुस्तक वा कुराभन्दा पनि ‘अन्तर्मनको यात्रा’ नामक आत्मकथा लेखेर नेपाली वाङ्मय क्षेत्रमा सबैभन्दा बढी चिनिएका जगदीश घिमिरे १४ कात्तिक ०७० मा असमयमै कालको मुखमा परे । स्वस्थ जीवनशैली अपनाएको भए पनि उनलाई रोगले थला पारेर समयभन्दा पहिले कालले टप्प टिपेर लग्यो । उनै जगदीशसित जीवनका करिब चार दशक (३९ वर्ष) सँगै रहेर वैवाहिक जीवन बिताएकी दुर्गा घिमिरेले आफ्ना दिवंगत पतिको यादमा लेखेर वैशाख ०७१ मा प्रकाशित गरेको संस्मरण पुस्तक हो, ‘उनको सम्झना’ ।

स्वयं दुर्गा घिमिरेका शब्दमा, ‘जगदीशको दुःखद निधन भएपछि दुई हप्तासम्म मैले केही पनि गर्न सकिनँ । घरमा एक्लै बस्दा पनि एकदमै अत्यास लागेर आयो । अफिस जान पनि आँट आएको थिएन । त्यसपछि छोरी जूनले मलाई उनको घर भाटभटेनीमा लगिन् र १८ दिनपछि म एबिसीमा गएँ । त्यो बेला पनि मलाई केही काम गर्ने आँट र उत्साह थिएन । ममा देखिएको त्यो नैराश्यलाई कसरी कम गर्ने भन्ने विचारले एबिसी नेपालमा सबैभन्दा पुराना कर्मचारी निर्मला बराल र कल्पना काफ्ले दुवैले मलाई चुप लागेर बस्नुभन्दा आफूलाई लागेको कुरा लेख्नलाई प्रेरित गर्दै मलाई डायरी र कलम उपहार दिए । के लेख्ने ? कहाँबाट सुरु गर्ने ? एक दिन त मैले सोच्न नै सकिनँ । त्यसपछि एक्कासि मनमा आयो, लेखनको सुरुआत कात्तिक १४ गतेको उनको निधनको दिनबाट सुरु गर्नु बेस होला भन्ने सोचेर मैले लेख्नेक्रमलाई अगाडि बढाएँ । जगदीशले अन्तर्मनको यात्रा लेखेपछि मलाई पनि मेरो मनभित्रको कुरा लेख्ने इच्छा थियो तर आठ वर्षको अवधिमा जगदीशको बिरामी अवस्थाले गर्दा मैले सोचेर पनि कलम चलाउन सकेको थिइनँ ।’
यसरी प्रस्तुत पुस्तक ‘उनको सम्झना’ अस्तित्वमा आयो ।

(बाँकी पढ्नुहोस्)


ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6 (Interview with Durga Ghimirey)

Tuesday, April 24, 2012

Pandulipi - "पाण्डुलिपी"

~कृष्ण धराबासी~

मलाई घिन लाग्यो पुरुष भएकोमा
कृष्ण धरावासी


सीताजीलाई माइखोलाको किनारमा सेलाएर आएपछि एकमहिनादेखि छोरीलाई रुँघेर बस्नु भएकी सासूआमा बुधवारे जान तयार हुनु भयो । मैले उहाँलाई रोक्न खोजें– उहाँले अब यो घरको पानी खान्न म भन्दै रुन थाल्नु भो । उहाँले भीम दाइलाई पनि सँगै जाउँ भन्नु भो तर दाइ मान्नु भएन ।
–‘कस्तो परम्परा हाम्रो ? कस्तो मान्यता हाम्रो ! छोरी मरेको दिन देखि माइतीले त्यो घरको अन्नपानी नै ग्रहण गर्नु नहुने रे ?’
मैले रोक्न सकिनँ । आमा खन्च्याङखन्च्याङ एउटा खुट्टो खोच्याउँदै रुँदै बाटो लाग्नु भो । सीताजीले आफ्नो किताबमा उल्लेख गर्नु भएको दुःखको पहाड बोक्न सक्ने यी बुढिया आज फेरि छातीभरि चट्टान बोकेर हिंडिन् । के भनेर सम्झाउनु यिनलाई !
सबै कोठा घुमेर हेरें । सबै पलङहरु खालि थिए । हिजोसम्म सीताजीको एकोहोरो पीडापूर्व आवाज आज थिएन । पलङ फेरिफेरि सुताइन्थ्यो उहाँलाई । अब सबै खाली थिए । घरभरि मानिसै मानिस थिए तर घर सुनसान थियो । छोराहरुलाई हेरें– उदास अनुहार बनाएर सेतो तन्ना, सेतै खोलको सिरक, डसना र सिरानीमा ढल्किएका थिए । उनीहरु अब किरियापुत्री भएका थिए । एकापट्टि कुनामा शारदा र प्रतिमा अनसनमा बसेको आक्रान्त जस्तो सिथिल भएर ढलेका थिए । त्यो दृश्यसँगै मनमा कल्पना आयो– ‘आज म मरेको भए छोराहरु त यसरी नै बसेका हुन्थे तर शारदा सुतेको ठाउँमा सीताजी एकसरो सेतो कपडामा बेरिएर शोकले अजाख पल्टिएकी हुनु हुने थियो । उहाँले रुन बिर्सिएको हुन्थ्यो, होस् आउँदै जाँदै हुन्थ्यो, यो कोठा महान शोकालय हुने थियो । तर त्यो जे भए पनि सुल्टो हुने थियो । स्वास्नीभन्दा लोग्ने अघि मर्नु स्वभाविक मानिन्छ हाम्रो परम्परामा । उमेरमै जेठो हुनाले पनि स्वभाविक हुन्थ्यो । आज म मरेको भए छोराछोरीहरुले आमाको माया पछिसम्मै पाइरहने थिए तर, मैले त यिनीहरुलाई आमाको जस्तो माया के दिन सकुँला र ? मलाई नै चाहिन्छ त्यस्तो माया ! बाबुको माया वास्तवमा माया नै होला त ? बाबुको माया भनेको त कर्तव्यबाट निस्रित भएको कुनै औपचारिकता मात्र हो कि जस्तो लाग्छ मलाई । आमाले दिने मायाका अघि बाबुको बुद्धि पसेको माया कत्तिको सितल बन्न सक्ला र सन्तानलाई ।’
सम्झाउनेहरु प्रायः सबैले भन्थें–
–‘तिमीले अब आमा र बाबु दुबैको भूमिका एक्लै निभाउनु पर्छ । आमाको माया पनि तिमी भित्रै उमार्नु पर्छ ।’
मेरो लागि कत्रो परिक्षा थियो यो ? कसरी सकुँला मैले आफूभित्र ‘सीताजी’ लाई उमार्न ।
छरछिमेकी सबैको प्रमूख केन्द्र बनेको थियो यो घर । सबै भेला भएर तम्बु टाङने, कुर्सी मिलाउने, खाने कुराको प्रबन्ध गर्ने, आदि काममा जुटेका थिए । पुरेत साँझमा आउने गरी विदा हुनुभएको थियो ।
म भने बैठक कोठामा आएर बसें । मेरा वरिपरि साथीभाइहरु बसे । मलाई यो दुःखबाट अल्मल्याउन अनेक प्रकारका सन्दर्भहरुमा चर्चा गर्न थाले । म पनि वार्तामा भाग लिन थालें ।
मैले एउटा भ्याङले हाफपेन्ट र नीलो भेष्ट लगाएको थिएँ । मलाई कसैले पनि केही भनेनन् । मेरा निम्ति कुनै ब्रतहरु छुट्टिएनन् । म सोचिरहेको थिएँ– मलाई पनि केही केही बन्देजहरु हुनेछन् । यो शोकमा छोराहरुसँग म पनि सामेल हुनु पर्नेछ । त्यस त्यसबारेमा खासै केही भएन । सबैजना मसँग टांसिएरै बस्थे, म जताततै स्वतन्त्र हिंडडुल गर्थेँ ।
बेलुका फलफूल आदि खाइयो । भोलि बिहान आठ बजेतिर पुरेत आउनु भयो । मैले उहाँलाई भनेको थिएँ–‘गुरुजी ! आमाको काममा पहिलो दिन नै म ढलेको थाहा होला, केटाहरु पनि त्यति दरा छैनन्, चाँडै आउनु होला ।’
नभन्दै उहाँ समयमै आउनु भयो । छरछिमेकीहरु भेला भए र ढिकुरो उठाउने काम प्रारम्भ भयो । मलाई त्यो दृश्य हेर्न कठिन भयो । बेलाबेला त्यहाँ पुग्दै फर्किदै गर्थँे । शारीरिक रुपले दिपलेश भाइ भन्दा कमजोर थियो । उसलाई उठबस गर्न समस्या थियो, त्यसैले उसको लागि सेतो प्लाष्टिकको कुर्सीको व्यवस्था गरियो । सबै विधि विवेकले गर्न थाल्यो । सम्झें– दिपलेश र म दुबै उस्तै भयौं । हामी दुबै जेठो सन्तान भएर पनि आमाको किरिया विधि गर्न सकेनौं । म पनि ढिकुरो उठाउने दिनु नै वेहोस भएकाले त्यो दिनको सबै काम भाइ (कुमार) ले गरे पछि सबै दिनका विधिहरु उसैले गर्दै गयो, म भने छेउमा बसेर हेरिरहने भएँ । यसपालि दिपलेशले पनि आफ्नो शारीरिक असक्षमताका कारण भाइले गरेको टुलुटुलु हेरिरहनु पर्ने भयो ।
केटाहरुलाई खानका लागि मैले विशेष व्यवस्था गर्न लगाएको थिएँ । पुरेत विष्णुप्रसाद काफ्लेसँग सीताजी बित्नु अघि नै मैले किरियाकर्म कसरी गरिन्छ भन्ने बारे आफ्नो विचार राखिसकेको थिएँ र उहाँले मेरो यो अभियानलाई सहयोग गर्ने वचन दिनु भएको थियो ।
केटाहरुले खाना बनाउँदा ग्यासको प्रयोग गर्ने, ध्यु नखाने, दही दूध र फलफूलसँग खाना खाने । पातको प्रयोग नगर्ने, थालको प्रयोग गर्ने आदि थियो । पहिलो दिन नै त्यो प्रयोग देख्ने केहीले यो हुँदैन, त्यो हुँदैन भन्ने मत राख्न थाले । मैले उहाँहरुसँग बहस गरें । मलाई वास्तवमा यो कर्मकाण्डमाथि केही संसोधन गर्न मन थियो । अर्काको घरमा परेका बेला ठूलाठूला बुद्धि र भौतिकवादको चर्चा गर्ने तर आफ्नोमा पर्दा उग्रतापूर्ण रुढ प्रवृतिमा लाग्ने हाम्रो बौद्धिक समाजका अघि केही गर्न मन थियो । आँखिरी सीताजी बितिहाल्नु भयो– यो दशगोत्र कर्मले उहाँको दिवंगत आत्मासँग कुनै सरोकार राख्ने पनि होइन, यस संस्कारलाई सजिलो कसरी पार्न सकिएला भन्ने लागेकै थियो । कुनै पनि कुराको थालनी गर्नु छ भने आफ्नै घरभित्रबाट थाल्नुपर्ने हुनाले मैले त्यो निर्णय गरेको थिएँ ।
सामान्य आलोचना र परिचर्चाको प्रारम्भ पहिलो दिनबाटै शुरु भइसकेको थियो ।
खानेबेलामा मलाई भने दिदी, बहिनीहरुले पकाएकै भान्सामा व्यवस्था गरियो । मैले भरे पुरेतलाई सोधें–
– ‘गुरुजी ! सीताजी बित्नु भएको छ, खै मेरो लागि त कुनै पनि काम छुट्टिए जस्तो लागेन त ? मैले केही गर्नु पर्दैन ?’
उहाँले भन्नु भो–
– ‘खै तपाईको लागि अलग्गै केही गर्नु पर्ने शास्त्रमा छुटिएको छैन । मातापिताको किरियाकर्म छोराले गर्ने हो । तपाईले नुनसम्म बारे हुन्छ ।’
म छक्क परेको थिएँ । मलाई यो कर्मकाण्डले अलग्गै केही काम दिएन भन्नु भन्दा पनि यो कस्तो विधि हो जसमा लोग्ने मर्दा उहिले स्वास्नीले जिउँदै सती जानु प¥थ्यो, लोग्नेसँग चितामा जल्नु प¥थ्यो । अझै पनि लोग्ने मर्दा छोराहरुसँग कोरामा बसेर शोकमय हुनु पर्छ, एकसरो सेतो धरो बेरेर बस्नु पर्छ । त्यसपछि पनि वर्षदिनसम्म बार्नु पर्छ तर स्वास्नी मर्दा भने लोग्नेका लागि केही पनि दायित्व छुट्याइएको छैन ।
मैले विषणुकुमार भट्टराई दाइसँग यो गुनाशो पोखें–
–‘दाइ ! यो कस्तो विधि हो ? कति अव्यावहारिक, कति पक्षपाति । जसलाई थरगोत्र समेत फेरेर आफ्नो कुलधर्ममा समाहित गराइएको हुन्छ, ऊ मर्दा भने लोग्नेको कुनै भूमिका नहुनु अचम्म होइन ? यस्तो एकलकाटे पनि शास्त्र हुन्छ त ? कसको कसको कुलमा जन्मेकी नारीलाई आफ्नो घरमा ल्याएर आफ्नो बनाइएकीलाई जीवनमा सुख दिन सकिन्छ, सकिन्न, मरे पछि समेत उसका निम्ति आफूले केही गर्नु नपर्ने ?’
– ‘त्यति मात्र कहाँ भाइ ! अझ शास्त्रमा त स्वास्नी मरेमा स्वास्नीको लाश उठाइ सके पछि लोग्नेले त्यसै दिन अर्की स्वास्नी भित्र्याउनु समेत हुन्छ पनि भनिएको पो छ त ।’
म टवाल्ल परें । म भित्र शब्दहरु नै हराए ।
कस्तो परम्परा र संस्कृतिमा टेकेर उभिएका रहेछौं हामी ? कति घिन लाग्दो सोच ?
त्यो आमा जसले आफ्नो सम्पूर्ण मन, शरीर, इच्छा, रहर र उमेर विनासर्त समपर्ण गरेकी हुन्छे त्यसको मूल्य कति त ? त्यो लोग्नेले उसका निम्ति कुनै भार बोक्नै नपर्ने ?
कुनै कालमा पुरुषले बनाएको यो शास्त्रमा यति हदसम्म लाजमर्दाे सुविधा आफ्नो लागि सुरक्षित गर्नु हुन्छ ? मलाई घिन लाग्यो आफू पुरुष भएकोमा । मनमा आयो– यदि साँच्चै मरेको शरीरको आत्माले देख्दो हो भने सीताजीलाई कस्तो लाग्दो हो ? के खुशी लाग्दो हो ? के उहाँले आशीर्वाद दिनु हुँदो हो ?
लोग्नेका नजरमा नारीलाई यति हदसम्म मूल्यहीन बनाइएको छ हाम्रा कर्मकाण्डहरुमा भन्ने मलाई थाह थिएन । हुन त स्वास्नी मरौ परेको घरमा गइएकै हो तर यसप्रकारले विचार गरिएको रहेनछ । यस्तो कर्मकाण्ड पद्धतिलाई हामीले अक्षरशः जोगाइरहनुको के औचित्य भन्ने कुराले म भित्र झन् जरा गाड्न थाल्यो ।
(धरावासीको प्रकाशोन्मुख कृति पाण्डुलिपिको अंश)आजबाट हामी कृष्ण धराबासी को उपन्यास आधा बाटो लिएर आएका छौ | )
(Source) 

ल सुनम न त

Listen and Download Pandulipi.

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12

Tuesday, December 6, 2011

Ma Hideko Bato - म हिंडेको बाटो

~सीताजी (सीता देवी पोखरेल)~

साहित्यकार कृष्ण धारबासीकी श्रीमती सितादेवी पोख्रेल भट्टराई 'सिता-जी' द्वार आफ्नै जीवनमा आधारीत आत्माब्रितान्तिक उपन्यास हो 'म हिंडेको बाटो' । यस्मा वहाँले आफ्न जीवनमा भोगेका र सोहोरेका सम्पूर्ण मनका भाव अनी अनुभुती निकै सरलता र सरसताका साथ पस्किनु भएको छ । स्व। सिताजीको १२औँ दिनको पुण्य तिथीबाट श्रुतीसम्बेगमा सुरु गरिएको यो आत्मकथा सुनम न त  

Listen and Download Ma Hideko Bato

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7

Friday, December 2, 2011

Antarman ko Yatra - अन्तर्मनको यात्रा

~जगदीश घिमिरे~

जगदीश घिमिरेको अन्तर्मनको यात्राले छोटो समयमै निकै प्रशंसा र ख्याति प्राप्त गर्‍यो । गीता भन्छ- 'जातस्य हि ध्रुवोः मृत्यु' अर्थात् जन्मेपछि मृत्यु अवश्यम्भावी छ । मृत्यु कति उमेरमा, कुन समय र स्थानमा कसरी हुन्छ भन्ने कुरा कसैलाई पनि पूर्वज्ञान नहुनु मानव जीवनको सबैभन्दा सुखद पक्ष हो । रोग लाग्दैमा मान्छे मरिहाल्छ भन्ने छैन । लेखकले आपmनो उपचार प्रक्रियालाई अत्यन्त मर्मस्पर्शी शब्द संयोजनबाट मानवीय स्वभाव र जीवन दर्शनका कटु यथार्थहरूलाई सबैले देख्ने गरी, सबैले बुझ्ने र अनुभवद्वारा आत्मसात् गर्न सक्ने भाषामा व्यक्त गरेका छन् । साँच्चै भन्ने हो भने लेखकले 'मानव' भन्ने प्राणीलाई नंग्याएका छन् यस कृतिका माध्यमबाट । लेखकले समयलाई नै सर्वेसर्वा सत्य भनेका छन् र माइलोमालाई जीवनको जटिलताको प्रतीक । मानव जीवनको गहिराइमा व्याप्त विषाद, वेदना र छटपटीको साक्षात् रूप 'माइलोमा' लाई उनले 'अपराधै नगरे पनि दण्डित हुन विवश मानव नियतिको अभिलक्षण पनि हो' भनेका छन् । आफूले लेखेको आत्मानुभूति या आत्मालापलाई लेखक आफ्नो भन्दा बढी समयको योजना ठहर्‍याउँछन् । 'जीवन समयको योजना हो । आफ्नो होइन । मान्छेले अन्ततः समयकै योजनामा जिउनु र मर्नुपर्छ' लेखकले मृत्युसँगको साक्षात्कार गरिसकेपछि गरेको अनुभूति थियो त्यो र लक्ष्मीप्रसाद देवकोटाझैं उनी पनि 'आखिर श्रीकृष्ण रहेछ एक....' को निष्कर्षमा पुगेको अनुभूति हुन्छ ।

ल सुनुम न त है


Listen and Download Antarman ko Yatra


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14

Tuesday, November 1, 2011

Phool ko Aankha Ma - फूलको आँखामा

~आनि छोइङ डोल्मा~

तिब्तवबाट लखेटिएर भारत हुँदै काठमाडौंको बौद्धमा बसोबास गर्न आइपुगेको उनको बाबा-आमाको गरिबी त्यसमाथि बाबुको दिमागकै गरिवीले गर्दा आमाप्रति दिनहुँको कुटपिट र घरेलुहिंसाभित्रभित्रै हुर्किएकी ”भुमो”को बाल्यकाल बाबुको अनाहकको कुटाइ अनि आमाको कष्टकर क्षणहरुसँगै बितेको कुरा पढ्दा बास्तवमै हिजोको त्यो ”भुमो” बालिका आजकी ”आनी छोइङ डोल्मा” हिलोभित्र फूलेको कमलको फूल हुन् भन्दा फरक पर्दैन ।

सामाजिक सम्पन्नता र प्रतिष्ठताभित्र हुर्किएकाहरु हुन् वा मध्यमवर्गमा हुर्किएका आजका सामाजिक अभियन्ताहरुभन्दा फरक धारमा हुर्किएर घरेलुहिंसा र गरिवीभित्रबाट निस्किएकी यस्ता पात्रहरु समाजमा कमै पाइन्छन् । जब एउटी बालिका हुर्कदै गर्दा संझन सक्ने क्षणहरुदेखि नै बाबुको आमामाथि र आफूमाथिको कष्टकर पिटाइ अत्याचार सहन नसकी घरबाट मुक्ति पाउनका लागि आनी बन्ने उत्कृष्ठ चाहना राख्दै गुरु दीक्षा लिएपछि उनले आनीहरुमा समेत सुधार र परिवर्तन ल्याउनुपर्छ भन्ने जुन उद्देश्य राखेर अगाडि बढ्दै गइन आखिर आज उनी सफलताको सिखरमा समेत पुग्न सक्षम बनेको पुस्तकमा पढ्न पाउँदा जो कोहीलाई पनि आनीप्रतिको श्रद्धा र उनले गरेको सामाजिक कामप्रति नतमस्तक बनाउँछ ।

भौतिक सुख सम्वृद्धिका लागि आफ्नो लागि मात्र केही गरौं भन्ने भावनाभन्दा माथि उठेर उनले जसरी आफूजस्तै गरीवीमा हुर्केका आनीहरुको जीवनस्तर उकास्नुपर्छ आनीहरु भनेका बौद्धधर्मप्रति परम्परागत रुपमा खाली मुडुलो टाउको र सुन्तले रंगको बस्त्र लगाएर पूजा-आजा गर्ने काममा मात्र सीमित हुन हुँदैन उनीहरुले पनि आफ्नो समाज परिवर्तनका लागि काम गर्न पाउनुपर्छ भनेर जसरी त्यो बौद्ध समाजकै जीवन परिवर्तनका लागि काम गरि्न त्यसले आज आम बौद्ध आनीहरुका निम्ति उनी प्रेरणाको स्रोत बनेकी छिन् ।

मिठो स्वरकी धनी आनीप्रति धर्मगुरुको समर्थन अनि उनको दरिलोइच्छा शक्तिका कारण उनी देश-विदेशमा आफ्नै स्वअध्ययनबाटै बौद्ध मन्त्र र गायनका कारण देश-विदेश पुग्न सफल भइन् । आफूभन्दा पाका आनीहरुले आफूप्रति जस्ता सुकै कुरा काटे पनि र आफूविरुद्द समय-समयमा गरिने अनाहकका विष बमनप्रतिसमेत बेवास्ता गर्दै जुन मनसायले अगाडि बढिरहिन र अन्ततः पहिले उनले आफ्नै घरमा मातापिताप्रति समर्पित भएर घरमा शान्ति र सम्वृद्धि ल्याइन् । आफूलाई जन्म दिने माता अनि तिनै बाकै कारण आज आफू यो स्थितिमा उभिन सफल भएको ठान्दै जस्तोसुकै रिस उठेका बेला पनि बाबाप्रति नतमस्तक बनी घरमा जसरी शान्ति र सम्वृद्धता दिलाइन् यसले के देखाउँछ भने आफ्नो पितामाताले आफूलाई जतिसुकै अपहेलना गरे पनि त्यसको पनि केही कारण थियो होला भन्ने सम्झदै आफ्ना सन्तान सबैका लागि प्यारा हुन्छन् भन्ने भावनाबाट अभ्रि्रेरित बनी बाबा-आमाप्रति उनले गरेको स्याहार-सुसारले मृत्युको शैयामा पुगेका बाल्यकालमा त्यति धेरै आफू र आमाप्रति दुष्ट भएका बाबाले ”तिमी अरु जस्ती छैनौ, छोइङ, मैले चाल पाएसकें, तिमी विशिष्ठ मानव हौ । हेर्दा सामान्य देखिन्छेउ तर यो कायाभित्र एउटा असाधारण व्यक्तित्व लुकेको छ । तिमी जस्ती छोरी पाएर म धन्य भएँ ।” कोही केही बन्नलाई कुनै बाटो चाहिन्छ भनेजस्तो यदि उनका बाबा उनीप्रति त्यो बाल्यकालमा त्यस्तो कठोर निष्ठुरी नभइदिएको भए आज आनी उही ”भुमो” भएर काठमाडौंमा वा कतै विलिन हुन पुगेकी हुन्थिन् होला भनेर संझनुबाहेक अरु के नै भन्न सकिन्छ र - जे हुन्छ त्यो राम्रो हुनकै लागि हुन्छ भन्ने भनाइलाई हामी सबैले आत्मसाथ गर्नुबाहेक केही छैन ।

त्यसो त जबसम्म घरपरिवारमा शान्ति ल्याउन सकिदैन तबसम्म बाहिर शान्ति र सम्वृद्धि ल्याउँछु भन्नु अरुका अगाडि गुड्डी हाँक्नुबाहेक केही होइन भन्ने मनसायले पनि होला आनीले आफ्नो घरमा समेत शान्ति ल्याएपछि सामाजिक शान्तिका लागि आफूजस्तै गरिवी र विना स्नेहको चपेटामा हुर्किदै गरेका अनि समाजमा बाँच्न गारो भएपछि कतिपय बालिकाहरुलाई जवरजस्ती आनी बनाइएको उनको पुस्तक पढ्दा थाहा हुन्छ । त्यस्ता टुहुरा र गरीबीबाट नारिकीय जीवन व्यतित गर्नुभन्दा कतिपय अभिवाकहरुले नै आफ्ना कलिला नानीहरुलाई आनी बन्न पठाउने पछि आफू बुझ्ने हुँदै गएपछि विवाहबारी गरेर आनी जीवन त्याग्दा पनि एउटा सक्षम महिलाका रुपमा तिनीहरुलाई स्थापित हुने बनाउने जुन आनीले प्रयत्न गरेकी छिन् त्यसलाई मानवअधिकार स्वतन्त्रताका लागि समेत उनले पुजनीय काम गरिरहेकी देखिन्छिन् । परम्परागत मान्यताभन्दा अलग सोच राखेर सकारात्मक रुपमा अगाडि बढेकी आनी तिनै आनीहरुकी एउटी शसक्त पात्र पनि हुन् जो जवरजस्ती आनी बनाइएका हुन्छन् भने तिनलाई बुझ्ने उमेर भएपछि आफूले जीवनमा गरेका समर्पणलाई भविष्यका आनीहरुले पनि पछ्याउनुपर्छ भन्ने छैन भन्दै उनीहरुलाई उचित शिक्षा-दीक्षा दिने र विश्वसामु नै जहाँ गएपनि उभिन सक्ने अवस्थामा पुर्याउने शिक्षा दिदै ”आर्यतारा” नामको विद्यालय जसरी उनले आफ्नो प्रयासमा स्थापना गरिने त्यो ज्योतिले आनी सयौं बालिकाहरुको एउटा स्वतन्त्रातकी आमा समेत बन्ने अवसर पाएकी छिन् ।

यो समाजमा मानिसहरु आफ्ना लागि जे पनि गर्छन् तर अर्का लागि केही गर्न भनेपछि जतिसुकै धनी र सम्पन्न भएपनि केही व्यक्तिमात्र हुन्छन् जसले केही गर्छन् । सायद आफू सम्मपन्न भएका विश्वका धनीहरुमध्ये केही प्रतिशतले मात्र पनि आफ्नो आम्दानीको केही भाग सामाजिक सेवामा लगाउने हो भने त्यसले केही जनसंख्याले राम्रो शिक्षा र जीवनमरणको अन्तिम क्षणमा उपचार पाउन सक्ने थियो होला तर त्यस्ता कमै धनी व्यक्तित्वहरु हामीले संसारमा पाउँछौं । कतिपय धनाढ्यहरु उनीहरुलाई जति भएपनि धनले नै पुगिरहेको हुँदैन र उ मानसिक गरीवीमा हुर्किरहेको हुन्छ । आफ्नै लागि धन थुपार्न नै गरिवीले छटपटाइरहेको हुन्छ । त्यस्तै पात्रहरुका अगाडि आज एउटी पहिले आनी अनि गायिका हुँदै गायिकाबाटै आफूलाई संसारभर परिचित गराउँदै गराउँदै बौद्धधर्मको आडमा हुने कपितय सामाजिक विकृतिलाई पन्छाएर जसरी उनी बौद्ध धर्मावलम्वीहरुकै एक परिवर्तनकारी सामाजिक अभियन्ता बन्न सफल भइन् यसका लागि हामी सबै उनीप्रति नतमस्तक छौं ।

उनले अबका दिनमा महिलाहरुका लागि एउटा अस्पताल खोल्ने जुन प्रयत्नमा लागेकी रहिछन् त्यो सायद चाँडै नै सफल हुने छिन् भन्दै उनको प्रत्येक सफलताका लागि ”म सक्छु” भन्ने विश्वास उनीमा सधैं जागिरहोस् यही शुभकामना ।।

नेपा-लयद्धारासन् २०११ मा नेपाली भाषामा प्रकाशित यसअघि सन् २००८ मा पहिलो फ्रेन्च भाषामा प्रकाशित ”फूलको आँखामा” पुस्तक गिरीश गिरीसँगको सहकार्यमा अनूदित नेपाली संस्करण, ओह एडिसन्ससँग भएको समझदारी अन्तर्गत रही पब्लिकेसन नेपा-लय, नेपालद्धारा प्रकाशित गरेर आम नेपाली पाठकहरुसमक्ष ल्याइदिनेहरु पनि धन्यवादका पात्र हुनुहुन्छ ।

स्रोत : अन्नपूर्ण पोष्ट(गिरीश पोखरेल)

Listen and Download Phool ko Aankha Ma

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10

Friday, April 15, 2011

Jiwan Kaanda Ki Phool - "जीवन काँडाकि फूल" - Incomplete

~झमक घिमिरे~

जीवनको भोगाई र अनुभवले गर्भधारण गरी पैदा गरीएको झमकको एक शसक्त र उत्कृष्ठ लेखनशैलीले भरी पुर्ण दशौ(म गलत छुइन भने)सन्तान हो जीवन काँडा कि फूल। आफै कल्पना गरौ जव हामीमा चेतना हुन्छ त्यो बेला आफ्ना सामुन्यका मानीसहरुले विना गल्ति आफु माथी हरेक पटक बचन बाण हान्छन तव केही काम गर्न खोज्दा हामी सँग काम गर्ने हातहरु हुन्नन जब हिड्न खोज्छौ तर हिड्ने खुट्टा हुन्नन केही भावना ब्यक्त गर्न खोज्छौ तर त्यो ब्यक्त गर्ने माध्ययम बोली पनि नभइ तड्पिनु पर्दाको दर्दनाक पिडा कस्तो होला? हो यहि पिडा र भोगाइको पोखाइ हो यो निबन्ध ।
जम्मा ४७ वटा छोटा छोटा निबन्धको सँगालो भित्र जीवनको आरम्भ र म,हजुरआमा र लिङ्ग भेद, अवसानपछिको अभ्यास,शुन्यताभित्र जीवन, आशाको त्यो त्यान्द्रो सम्म, आशाका किरणहरु, अक्षरसँग पलाएको हर्ष, शब्दको उत्सव, धामी झाक्री र डाक्टरहरु, समाजले बुझेको सौन्दर्य भित्र म ,टालेका पाइजामा र लाज, कापी कलम पाएको त्यो पल, भूत प्रेत भगवान र विश्वास, विभेदको युद्दमा म एउटा बोझ, जातीय बिभेदहरु विच म, किशोरावस्थाका चेतना र उत्सुकता, नाम सँग बिद्रोह,ऋतुधर्म र बैस, सम्भावनाहरुको खोजी, पुस्तक सँसारमा प्रबेश, सिर्जनाका कोपिला, फराकिलो बाटाको यात्रा, अक्षरहरुमा जीवनको रङ, पत्रहरुमा मन पोखिदा, विस्तृत जगत्तिरका पाइला, ज्ञानको भोक र काठमाण्डौ बस्ने प्रस्ताव, पढ्न उमेरले छेक्तैन, समाजको दृष्टीमा अपाङगता, स्वाभिमान र श्रम, धार्मिक आस्था भित्र मान्छे र देउताहरु, स्वतन्त्रता भोग्ने रहर, कलम र मृत्युको सन्त्रास, रगताम्य समयसँग स्तब्ध मन, सङ्कटकाल र सन्त्रास्त समय, अध्यारो बाट मुक्तिको स्वर, कान्तिपुर पब्लिकेशन छिरेँ, रङ्ग कुची र क्यानभास, मान्छेको दिमागमा बसेको काती, बन्दुक सँग शब्दको परेड, धनकुटा जल्यो, आस्था आँसुसँग बर्सियो, अफ्ठ्यारोमा जीवन र सुनगाभाको मुस्कान, धुम्म आकाश उघ्रिएपछि मान्छेहरु,द्वन्दका घाउहरु छामेको अनुभूति, जीवनका आभाहरु ,सहमतिका हातहरु, जीवन काँडा कि फूल शिर्षकहरु समेटिएका छन ।

यो काँडामय जीवन अरुको नभै आफ्नै यी करिव उनन्तीस बसन्तको यात्रा पार गर्दाका यात्रा सँस्मरण हुन् । निवन्ध भित्र एक साँपे बालकबाट के कति जीवनका आरोह अवरोहहरु पार गरेर एक सफल साहित्यकार झमक घिमिरे सम्म आइपुगिन भन्ने कुराको बृतान्त कोरीएका छन् । अझ समाजमा अपाङ्गहरुको स्थान, अपाङ्ग हुनुको पीडा कथित सपाङ्ग भनिने मानिसहरुले दिइने चरम यातनाको रापबाट निश्किएको ज्वाला हो जीवन काँडा कि फ‍ूल ।

पुस्तक यति गहन छ त्यो त पढि सके पछि मात्र थाहा हुन्छ । मानिस भित्रको पीडाको छटपटी ओकल्न नपाउदा कस्तो हुन्छ ? एक चेतनशिल मानिले अर्को चेतनशिल मानिसलाइ दवाइरहदा दविएको ब्यक्तिको भावनामा कति ठुलो चोट पर्छ भन्ने कुरा यसबाट सिक्न सकिन्छ । अभावको पीडालाई टार्नको निमित्त आफ्नो शरिर लिलाम बिक्रि गर्ने र जीवन सँग हार खाएर आत्महत्या गर्ने कायरहरुको लागी पनि एउटा गतिलो झापड हो भन्दा अत्युक्ति नहोला ।


Listen and Download Jiwan Kaanda Ki Phool


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6