Friday, December 2, 2011

Antarman ko Yatra - अन्तर्मनको यात्रा

~जगदीश घिमिरे~

जगदीश घिमिरेको अन्तर्मनको यात्राले छोटो समयमै निकै प्रशंसा र ख्याति प्राप्त गर्‍यो । गीता भन्छ- 'जातस्य हि ध्रुवोः मृत्यु' अर्थात् जन्मेपछि मृत्यु अवश्यम्भावी छ । मृत्यु कति उमेरमा, कुन समय र स्थानमा कसरी हुन्छ भन्ने कुरा कसैलाई पनि पूर्वज्ञान नहुनु मानव जीवनको सबैभन्दा सुखद पक्ष हो । रोग लाग्दैमा मान्छे मरिहाल्छ भन्ने छैन । लेखकले आपmनो उपचार प्रक्रियालाई अत्यन्त मर्मस्पर्शी शब्द संयोजनबाट मानवीय स्वभाव र जीवन दर्शनका कटु यथार्थहरूलाई सबैले देख्ने गरी, सबैले बुझ्ने र अनुभवद्वारा आत्मसात् गर्न सक्ने भाषामा व्यक्त गरेका छन् । साँच्चै भन्ने हो भने लेखकले 'मानव' भन्ने प्राणीलाई नंग्याएका छन् यस कृतिका माध्यमबाट । लेखकले समयलाई नै सर्वेसर्वा सत्य भनेका छन् र माइलोमालाई जीवनको जटिलताको प्रतीक । मानव जीवनको गहिराइमा व्याप्त विषाद, वेदना र छटपटीको साक्षात् रूप 'माइलोमा' लाई उनले 'अपराधै नगरे पनि दण्डित हुन विवश मानव नियतिको अभिलक्षण पनि हो' भनेका छन् । आफूले लेखेको आत्मानुभूति या आत्मालापलाई लेखक आफ्नो भन्दा बढी समयको योजना ठहर्‍याउँछन् । 'जीवन समयको योजना हो । आफ्नो होइन । मान्छेले अन्ततः समयकै योजनामा जिउनु र मर्नुपर्छ' लेखकले मृत्युसँगको साक्षात्कार गरिसकेपछि गरेको अनुभूति थियो त्यो र लक्ष्मीप्रसाद देवकोटाझैं उनी पनि 'आखिर श्रीकृष्ण रहेछ एक....' को निष्कर्षमा पुगेको अनुभूति हुन्छ ।

ल सुनुम न त है


Listen and Download Antarman ko Yatra


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14

No comments:

Post a Comment