~आनि छोइङ डोल्मा~
तिब्तवबाट लखेटिएर भारत हुँदै काठमाडौंको बौद्धमा बसोबास गर्न आइपुगेको उनको बाबा-आमाको गरिबी त्यसमाथि बाबुको दिमागकै गरिवीले गर्दा आमाप्रति दिनहुँको कुटपिट र घरेलुहिंसाभित्रभित्रै हुर्किएकी ”भुमो”को बाल्यकाल बाबुको अनाहकको कुटाइ अनि आमाको कष्टकर क्षणहरुसँगै बितेको कुरा पढ्दा बास्तवमै हिजोको त्यो ”भुमो” बालिका आजकी ”आनी छोइङ डोल्मा” हिलोभित्र फूलेको कमलको फूल हुन् भन्दा फरक पर्दैन ।
सामाजिक सम्पन्नता र प्रतिष्ठताभित्र हुर्किएकाहरु हुन् वा मध्यमवर्गमा हुर्किएका आजका सामाजिक अभियन्ताहरुभन्दा फरक धारमा हुर्किएर घरेलुहिंसा र गरिवीभित्रबाट निस्किएकी यस्ता पात्रहरु समाजमा कमै पाइन्छन् । जब एउटी बालिका हुर्कदै गर्दा संझन सक्ने क्षणहरुदेखि नै बाबुको आमामाथि र आफूमाथिको कष्टकर पिटाइ अत्याचार सहन नसकी घरबाट मुक्ति पाउनका लागि आनी बन्ने उत्कृष्ठ चाहना राख्दै गुरु दीक्षा लिएपछि उनले आनीहरुमा समेत सुधार र परिवर्तन ल्याउनुपर्छ भन्ने जुन उद्देश्य राखेर अगाडि बढ्दै गइन आखिर आज उनी सफलताको सिखरमा समेत पुग्न सक्षम बनेको पुस्तकमा पढ्न पाउँदा जो कोहीलाई पनि आनीप्रतिको श्रद्धा र उनले गरेको सामाजिक कामप्रति नतमस्तक बनाउँछ ।
भौतिक सुख सम्वृद्धिका लागि आफ्नो लागि मात्र केही गरौं भन्ने भावनाभन्दा माथि उठेर उनले जसरी आफूजस्तै गरीवीमा हुर्केका आनीहरुको जीवनस्तर उकास्नुपर्छ आनीहरु भनेका बौद्धधर्मप्रति परम्परागत रुपमा खाली मुडुलो टाउको र सुन्तले रंगको बस्त्र लगाएर पूजा-आजा गर्ने काममा मात्र सीमित हुन हुँदैन उनीहरुले पनि आफ्नो समाज परिवर्तनका लागि काम गर्न पाउनुपर्छ भनेर जसरी त्यो बौद्ध समाजकै जीवन परिवर्तनका लागि काम गरि्न त्यसले आज आम बौद्ध आनीहरुका निम्ति उनी प्रेरणाको स्रोत बनेकी छिन् ।
मिठो स्वरकी धनी आनीप्रति धर्मगुरुको समर्थन अनि उनको दरिलोइच्छा शक्तिका कारण उनी देश-विदेशमा आफ्नै स्वअध्ययनबाटै बौद्ध मन्त्र र गायनका कारण देश-विदेश पुग्न सफल भइन् । आफूभन्दा पाका आनीहरुले आफूप्रति जस्ता सुकै कुरा काटे पनि र आफूविरुद्द समय-समयमा गरिने अनाहकका विष बमनप्रतिसमेत बेवास्ता गर्दै जुन मनसायले अगाडि बढिरहिन र अन्ततः पहिले उनले आफ्नै घरमा मातापिताप्रति समर्पित भएर घरमा शान्ति र सम्वृद्धि ल्याइन् । आफूलाई जन्म दिने माता अनि तिनै बाकै कारण आज आफू यो स्थितिमा उभिन सफल भएको ठान्दै जस्तोसुकै रिस उठेका बेला पनि बाबाप्रति नतमस्तक बनी घरमा जसरी शान्ति र सम्वृद्धता दिलाइन् यसले के देखाउँछ भने आफ्नो पितामाताले आफूलाई जतिसुकै अपहेलना गरे पनि त्यसको पनि केही कारण थियो होला भन्ने सम्झदै आफ्ना सन्तान सबैका लागि प्यारा हुन्छन् भन्ने भावनाबाट अभ्रि्रेरित बनी बाबा-आमाप्रति उनले गरेको स्याहार-सुसारले मृत्युको शैयामा पुगेका बाल्यकालमा त्यति धेरै आफू र आमाप्रति दुष्ट भएका बाबाले ”तिमी अरु जस्ती छैनौ, छोइङ, मैले चाल पाएसकें, तिमी विशिष्ठ मानव हौ । हेर्दा सामान्य देखिन्छेउ तर यो कायाभित्र एउटा असाधारण व्यक्तित्व लुकेको छ । तिमी जस्ती छोरी पाएर म धन्य भएँ ।” कोही केही बन्नलाई कुनै बाटो चाहिन्छ भनेजस्तो यदि उनका बाबा उनीप्रति त्यो बाल्यकालमा त्यस्तो कठोर निष्ठुरी नभइदिएको भए आज आनी उही ”भुमो” भएर काठमाडौंमा वा कतै विलिन हुन पुगेकी हुन्थिन् होला भनेर संझनुबाहेक अरु के नै भन्न सकिन्छ र - जे हुन्छ त्यो राम्रो हुनकै लागि हुन्छ भन्ने भनाइलाई हामी सबैले आत्मसाथ गर्नुबाहेक केही छैन ।
त्यसो त जबसम्म घरपरिवारमा शान्ति ल्याउन सकिदैन तबसम्म बाहिर शान्ति र सम्वृद्धि ल्याउँछु भन्नु अरुका अगाडि गुड्डी हाँक्नुबाहेक केही होइन भन्ने मनसायले पनि होला आनीले आफ्नो घरमा समेत शान्ति ल्याएपछि सामाजिक शान्तिका लागि आफूजस्तै गरिवी र विना स्नेहको चपेटामा हुर्किदै गरेका अनि समाजमा बाँच्न गारो भएपछि कतिपय बालिकाहरुलाई जवरजस्ती आनी बनाइएको उनको पुस्तक पढ्दा थाहा हुन्छ । त्यस्ता टुहुरा र गरीबीबाट नारिकीय जीवन व्यतित गर्नुभन्दा कतिपय अभिवाकहरुले नै आफ्ना कलिला नानीहरुलाई आनी बन्न पठाउने पछि आफू बुझ्ने हुँदै गएपछि विवाहबारी गरेर आनी जीवन त्याग्दा पनि एउटा सक्षम महिलाका रुपमा तिनीहरुलाई स्थापित हुने बनाउने जुन आनीले प्रयत्न गरेकी छिन् त्यसलाई मानवअधिकार स्वतन्त्रताका लागि समेत उनले पुजनीय काम गरिरहेकी देखिन्छिन् । परम्परागत मान्यताभन्दा अलग सोच राखेर सकारात्मक रुपमा अगाडि बढेकी आनी तिनै आनीहरुकी एउटी शसक्त पात्र पनि हुन् जो जवरजस्ती आनी बनाइएका हुन्छन् भने तिनलाई बुझ्ने उमेर भएपछि आफूले जीवनमा गरेका समर्पणलाई भविष्यका आनीहरुले पनि पछ्याउनुपर्छ भन्ने छैन भन्दै उनीहरुलाई उचित शिक्षा-दीक्षा दिने र विश्वसामु नै जहाँ गएपनि उभिन सक्ने अवस्थामा पुर्याउने शिक्षा दिदै ”आर्यतारा” नामको विद्यालय जसरी उनले आफ्नो प्रयासमा स्थापना गरिने त्यो ज्योतिले आनी सयौं बालिकाहरुको एउटा स्वतन्त्रातकी आमा समेत बन्ने अवसर पाएकी छिन् ।
यो समाजमा मानिसहरु आफ्ना लागि जे पनि गर्छन् तर अर्का लागि केही गर्न भनेपछि जतिसुकै धनी र सम्पन्न भएपनि केही व्यक्तिमात्र हुन्छन् जसले केही गर्छन् । सायद आफू सम्मपन्न भएका विश्वका धनीहरुमध्ये केही प्रतिशतले मात्र पनि आफ्नो आम्दानीको केही भाग सामाजिक सेवामा लगाउने हो भने त्यसले केही जनसंख्याले राम्रो शिक्षा र जीवनमरणको अन्तिम क्षणमा उपचार पाउन सक्ने थियो होला तर त्यस्ता कमै धनी व्यक्तित्वहरु हामीले संसारमा पाउँछौं । कतिपय धनाढ्यहरु उनीहरुलाई जति भएपनि धनले नै पुगिरहेको हुँदैन र उ मानसिक गरीवीमा हुर्किरहेको हुन्छ । आफ्नै लागि धन थुपार्न नै गरिवीले छटपटाइरहेको हुन्छ । त्यस्तै पात्रहरुका अगाडि आज एउटी पहिले आनी अनि गायिका हुँदै गायिकाबाटै आफूलाई संसारभर परिचित गराउँदै गराउँदै बौद्धधर्मको आडमा हुने कपितय सामाजिक विकृतिलाई पन्छाएर जसरी उनी बौद्ध धर्मावलम्वीहरुकै एक परिवर्तनकारी सामाजिक अभियन्ता बन्न सफल भइन् यसका लागि हामी सबै उनीप्रति नतमस्तक छौं ।
उनले अबका दिनमा महिलाहरुका लागि एउटा अस्पताल खोल्ने जुन प्रयत्नमा लागेकी रहिछन् त्यो सायद चाँडै नै सफल हुने छिन् भन्दै उनको प्रत्येक सफलताका लागि ”म सक्छु” भन्ने विश्वास उनीमा सधैं जागिरहोस् यही शुभकामना ।।
नेपा-लयद्धारासन् २०११ मा नेपाली भाषामा प्रकाशित यसअघि सन् २००८ मा पहिलो फ्रेन्च भाषामा प्रकाशित ”फूलको आँखामा” पुस्तक गिरीश गिरीसँगको सहकार्यमा अनूदित नेपाली संस्करण, ओह एडिसन्ससँग भएको समझदारी अन्तर्गत रही पब्लिकेसन नेपा-लय, नेपालद्धारा प्रकाशित गरेर आम नेपाली पाठकहरुसमक्ष ल्याइदिनेहरु पनि धन्यवादका पात्र हुनुहुन्छ ।
स्रोत : अन्नपूर्ण पोष्ट(गिरीश पोखरेल)
Listen and Download Phool ko Aankha Ma

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
No comments:
Post a Comment