Tuesday, June 4, 2013

Naso - "नाशो" कथा संग्रह

~गुरु प्रसाद मैनाली~

साहित्यिक पत्रिका शारदामा १९९२ मा नासो कथा प्रकाशित भएपछि कथाकार गुरुप्रसाद मैनालीको साहित्ययात्रा प्रारम्भ भयो । जीवनमा थोरैमात्र कथा लेखे पनि सबै उत्कृष्ट छन् । रोचकहीन कोरा आदर्श बौद्धिक पाठकवर्गले मन पराउँदैनन् भन्ने तथ्य मैनालीले बुझेका थिए । ग्रामीण परिवेशका वेदनात्मक पक्ष्ाका चित्रणमा उनका अधिकांश कथा शोक, विरह, छटपटी र पीडाका प्रतीकका रूपमा उभिएका छन् । त्यसैले पनि नेपाली गाउँले जीवनका सहज चित्रणमा मैनालीलाई चुनौती दिने स्तरका कथाकार सार्वजनिक भएका छैनन् ।मैनालीको जन्म १९५७ भदौमा भएको हो । झन्डै ७२ वर्ष बाँचे उनी । नासोपछि १९९५ सम्म मैनालीका कथा फाटफुट शारदामै प्रकाशित भए ।मैनाली आधुनिक कथा क्ष्ाेत्रका अगुवा र लोकपि्रय कथाकार मानिन्छन् । जुन समय आधुनिक कथालेखन कलाको अभावैको समय थियो, त्यतिबेला जो जसले जहाँबाट कलम चलाए ती कलमका डोब उत्कृष्ट रहे । उनका समकालीन कथाकार पुष्करशमशेर जबरा, बाकृष्ण सम, रूपनारायण सिंह, भीमनिधि तिवारी, भवानी भिक्ष्ाु र विश्वेश्वरप्रसाद कोइराला आदि प्रमुख थिए । उनको एउटैमात्र पुस्तकाकार कृति एघारवटा कथाहरूको संग्रह नासो २०२० मा डा. तारानाथ शर्माले सम्पादन गरेका हुन् । नासोमा सामाजिक लघुकथाहरूको प्रतिनिधित्व भएको छ । ०५७ सम्म आइपुग्दा संस्करण प्रकाशित भइसकेको छ ।
यी कथा २००७ साल पूर्व र पश्चात्को सेरोफेरोमा लेखिएको हुँदा तत्कालीन समय र समाजको रितिस्थितिबारे पनि कथामा झर्राे भाषाको कलात्मक प्रयोगले अझ बढी सुन्दर बनाएको छ । नेपाली जनजीवनलाई औधि प्रभावित बनाएर कलात्मकरूपमा प्रस्तुत गर्न पुगेका मैनालीका कथामा नासोमा परालको आगो, बिदा, सहिद र छिमेकी कथा अत्यन्तै राम्रा हुन् । नासोमा समावेश अन्य कथा पनि क्रमशः प्रायश्चित पापको परिणाम, अभागी, कर्तव्य, प्रत्यागमन र चिताको ज्वाला हुन् । महत्त्व र रोचकताका दृष्टिले पनि उनका सबै कथा समान स्थितिका छन् । एघारवटा मात्र कथा लेखे पनि उनका कथावस्तुले नेपाली ग्रामीण जनजीवनको कारुणिक र मार्मिक पक्ष्ालाई सुन्दर अभिव्यक्तिद्वारा उर्वरशील बनाएको छ । शैलीमा नेपालीपना, भावना गाउँले सजिलोपना, विचारमा सुधारको लक्ष्य र चित्रणमा रमाइलो कलात्मकता मैनालीका कथाका विशेषता हुन् । लेखनीमा सुक्तिमयता, यथार्थमूलक, आदर्शको प्रतिपादन, सरलता, सरसता र रोचकता उनका कथाका मुख्य वैशिष्ट्य हुन् । जीवनको लामो कालखण्डमा मैनालीले निजामती सेवाअन्तर्गत न्याय विभागमा न्यायाधीशसम्म भएर काम गर्दा आफूले देखे भोगेका घटनालाई आधुनिक कथाशिल्पमा असाधारण शैली र रूपमा प्रस्तुत गर्नसक्नु प्रतिभा क्ष्ामताको द्योतक हो । समाज र साहित्य एक अर्काेका परिपूरक हुन् भन्ने तथ्यलाई कथाकार मैनालीले साह्रै राम्रोसँग बुझेका छन् । त्यसैले समाजबिना साहित्य जीवन्त रहन सक्दैन भने साहित्यबिनाको समाज अपांग रहन्छ । हृदयहीनता, घृणाबाट उत्पन्न हुने झैझगडा, सौताको रिसबाट हुने पीडाबोध तथा दरिद्र र शोषणबाट हुने वेदना नै उनका कथामा झल्कने प्रमुख विषयवस्तु हुन् ।नेपाली वाङ्मयलगायत भाषा, साहित्य, कला, संस्कृति, पत्रकारिता, साहित्यिक पत्रकारिता र इतिहासप्रति अभिरुचि बढाउने उद्देश्यले ०२९ मा साहित्यिक पत्रकार संघको जन्म भएको हो । संघले एक दशकपछि ०३८ मा आधुनिक नेपाली कथा साहित्यका अग्रजस्रष्टा मैनालीको पुण्यस्मृतिमा मैनाली कथा पुरस्कार स्थापना गर्‍यो । कथा जगत्का अग्रणी साधक मैनालीको पुण्यस्मृतिमा साहित्यिक पत्रकार संघद्वारा ०३८ चैतमा आयोजित सप्ताह व्यापी कथादिवसका अवसरमा मैनाली कथा पुरस्कार स्थापना भएको हो । पुरस्कार प्रतिवर्ष कथादिवसकै क्रममा कथासम्बन्धी प्रकाशित कृतिलगायत फुटकर कथालेखनको क्षेत्रबाट महत्त्वपूर्ण योगदान गर्ने कथाकारलाई प्रदान गरिन्छ । आफ्ना पिताको पुण्यस्मृतिमा गुरुप्रसादका छोराहरू क्रमशः डा. सुशील, राजेन्द्र अम्बिका र डा. माधव मैनालीको सहयोगमा स्थापित मैनाली कथा पुरस्कार आधुनिक नेपाली कथा साहित्यमा नयाँ र पुराना पुस्ताका कथाकारहरूलाई प्राेत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ ।

ल सुनम न त यस् कथा संग्रहका कथाहरु

Listen and Download Naso

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

No comments:

Post a Comment