~तारणी प्रसाद कोइराला~
ल सुनम है त !
Listen and Download Agnibatika
कुनै समय सर्पदंश लेखेर बालयौन-मनोविज्ञानमा चर्चा कमाएका आख्यानकार हुन्, तारणी प्रसाद कोइराला उनको रातो स्वेटर कथासंग्रहले पनि त्यत्तिकै प्रशंसा पाएको हो । अहिले यिनै आख्यानकारको अर्को यौनवादी आख्यान प्रकाशित भएको छ, अग्निवाटिका । यो एउटा किशोरका यौनक्रीडाको सरल भाषामा बुनिएको विभिन्न आयाम, भोगाइ र अनुभूतिको जटिल परघिटनाहरूको कथा हो । यस आख्यानले एउटा किशोर पात्रको भोगाइमार्फत विभिन्न उमेर र सम्प्रदायका स्त्रीजातिको यौनेच्छा र प्रवृत्तिलाई सूक्ष्मतर रूपमा व्याख्या गरेको छ ।
विराटनगरको १६ वर्षे एउटा किशोरको यौनेच्छा पहिलो अनुभूति अप्राकृतिक यौनक्रीडाबाट सुरु हुन्छ, लेखकको भाषामा 'वासना-ज्ञानको नौलो परच्िछेदको प्रारम्भ' । तर, उसको सक्कली वासनाको आरम्भ त ऊ आफूभन्दा दुई वर्ष कान्छी किशोरीबाट हुन्छ । त्यसपछि उसले यसका लागि उमेर र समूह छुट्याउन भ्याउँदैन । स्थान र अवस्था पनि निर्धारति हुँदैनन् । उसको दिनचर्याको महत्त्वपूर्ण समय यस्तै कर्मको खोजी र तृप्तिमा बित्छन् । अनि, ऊ यौनका अनेकौँ रहस्यहरूको रबिन काट्दै जान्छ र अनुभूतिका नौलानौला आस्वादनको उद्घाटन गर्दै जान्छ । यस क्रममा खोल्साखोल्सी हुँदै सागरसम्म उसको यात्रा निष्कंटक र अविराम गतिमा अघि बढ्छ । अनि, ऊ सोच्छ, यति सुखानुभूतिपूर्ण कुरालाई समाजले किन संकुचित पर्खालहरूमा घेरेर राखेको होला !
उसका चेतनाले भन्छन्, प्रकृतिका सबै सिर्जना सुन्दर छन् तर सबैभन्दा विमुग्धकारी सौन्दर्य स्वास्नीमान्छे हो । उसका निम्ति नारी चिर सुन्दर वस्तु हो र यस्तो विपुल सौन्दर्य सृष्टिका अरू कुनै वस्तुमा हुँदैन । ऊ जहाँजहाँ पुग्छ र जुनजुन अवस्थामा हुन्छ, उसको यो सदिच्छा पूर्ण हुन पुग्छ । उसको मोहित रूप र शारीरकि आकर्षणका अघि विवाहिता कट्टर ब्राह्मणी सीता दिदीदेखि बंगालीबाला सेफालीसम्म सशरीर समर्पित हुन्छन्, बिनाकुनै संकोच र बिनाकुनै पछुतो । अग्निवाटिकाका अधिकांश प्रसंग र प्रस्तुतिले आजको यौनसाहित्यलाई फड्केको छ । यस दृष्टिले यो एउटा अत्यन्तै कलात्मक र सशक्त यौनसाहित्य हो ।
उपन्यासमा उभ्याइएका नारी पात्र यति सजिलै केशरप्रति समर्पित हुनु अलि अस्वाभाविक लाग्छ । आफ्नो जेलजीवनकाल -२०१७-०२४)मा लेखिएको यस उपन्यासमा त्यस समयमा यति स्वच्छन्द शैलीमा यस्ता घटना हुनसक्थे भनेर अनुमान गर्नु त्यति सहज लाग्दैन । यद्यपि, यौनमनोविज्ञानको पाटोलाई भने आख्यानकारले सूक्ष्म रूपमा प्रस्तुत गरेका छन् । महिलाहरू यौन सन्तुष्टिका लागि जुनसुकै नाता र अवस्थामा पनि परपुरुषगमनका लागि तयार हुन्छन् । अग्निवाटिकाले मौन रूपमा दिने सशक्त सन्देश यही हो । आख्यानमा वणिर्त १३ वषर्ीय चञ्चला, ऊभन्दा अलि बढी उमेरकी सेफाली, पूर्ण वयष्क सन्ध्या र सीता गरी चार पात्रामा यौनाशक्तिको प्रयोग गरएिको छ । पात्राहरूलाई आख्यानकारले दुई किसिमले प्रयोग गरेका छन् । पहिला दुई किशोरीलाई यौन रहस्यका लागि र पछिल्ला दुई अविवाहित युवतीलाई तृप्तिका लागि यस कर्ममा आशक्त बनाइएको छ ।
उपन्यासमा यी तमाम घटनालाई यति सहज र छिटो रूपमा उपस्िथत गराइएको छ, ती घटना र वातावरण स्वाभाविक लाग्दैनन् । आजको समाजमा समेत अस्वाभाविक लाग्ने घटना चार दशकअघिको कालखण्डतिर फर्केर विचरण गर्दा अझ दुरुह र अपत्यारलिो लाग्छ । कसैका छोरी र बुहारीमाथि कल्पना गरएिको यो चरम प्रयोग एक जना वेश्या लालीमा पुगेर भने आख्यानकार बढी आदर्शवादी हुन पुग्छन् । नायकले लालीलाई अरू स्त्रीमा जस्तो यौनकर्मी रूप देख्दैन, बरु उसलाई एउटी भाउजूको नातामा बाँधेर आफ्नो स्वभावलाई १ सय ८० डिग्रीको कोणमा परविर्तन गरेको छ । यो आदर्श अरू नारी पात्रलाई नायकले हेर्ने दृष्टिकोणका आधारमा असामान्य लाग्छ । एउटी खाँटी विवाहिता ब्राह्मणीलाई जुन अवस्थामा अस्वाभाविकतासाथ समर्पण गराइएको छ, त्यसभदा पनि अस्वाभाविक त्यतिबेला लाग्छ, जब आफूसँग सहवास गरसिकेको केशरलाई भाउजू सन्ध्याले आफ्नी नन्द सेफालीसँग पनि सहवासका लागि अनुमति दिन्छे ।
यी केही अस्वाभाविक प्रसंगलाई आँखा चिम्लिने हो भने चार दशकअघि यति स्वतन्त्रतापूर्वक यौनचर्चा गर्न सक्नुलाई आख्यानकारको साहस मान्नुपर्छ । भाषा र प्रस्तुतिमा अग्निवाटिका अन्त्यन्तै सुन्दर र परष्िकृत छ । उनले चर्चा गरेका केही अप्राकृतिक कामवासनाले त्यस कालखण्डमा पनि आजजस्तो समलिङ्गी प्रवृत्ति रहेछ भन्ने कुराको छनक दिएको छ । छोटाछोटा कविताले आख्यानकारलाई शृंगारकि कवितामा पनि सिद्धहस्त कविका रूपमा स्थापित गराएका छन् ।
यस उपन्यासका अनेकौँ विशेषता छन् । यौनलाई सूक्ष्मतम विश्लेषण गर्ने, यसको मनोविज्ञानलाई फेददेखि नै परभिाषित गर्ने र त्यसबेलाको समाजलाई हल्का रूपमै भए पनि वर्णन गर्ने यस उपन्याको मुख्य ध्येय हो । यसमा आख्यानकार सफल छन् ।
(स्रोत: कान्तिपुर) विराटनगरको १६ वर्षे एउटा किशोरको यौनेच्छा पहिलो अनुभूति अप्राकृतिक यौनक्रीडाबाट सुरु हुन्छ, लेखकको भाषामा 'वासना-ज्ञानको नौलो परच्िछेदको प्रारम्भ' । तर, उसको सक्कली वासनाको आरम्भ त ऊ आफूभन्दा दुई वर्ष कान्छी किशोरीबाट हुन्छ । त्यसपछि उसले यसका लागि उमेर र समूह छुट्याउन भ्याउँदैन । स्थान र अवस्था पनि निर्धारति हुँदैनन् । उसको दिनचर्याको महत्त्वपूर्ण समय यस्तै कर्मको खोजी र तृप्तिमा बित्छन् । अनि, ऊ यौनका अनेकौँ रहस्यहरूको रबिन काट्दै जान्छ र अनुभूतिका नौलानौला आस्वादनको उद्घाटन गर्दै जान्छ । यस क्रममा खोल्साखोल्सी हुँदै सागरसम्म उसको यात्रा निष्कंटक र अविराम गतिमा अघि बढ्छ । अनि, ऊ सोच्छ, यति सुखानुभूतिपूर्ण कुरालाई समाजले किन संकुचित पर्खालहरूमा घेरेर राखेको होला !
उसका चेतनाले भन्छन्, प्रकृतिका सबै सिर्जना सुन्दर छन् तर सबैभन्दा विमुग्धकारी सौन्दर्य स्वास्नीमान्छे हो । उसका निम्ति नारी चिर सुन्दर वस्तु हो र यस्तो विपुल सौन्दर्य सृष्टिका अरू कुनै वस्तुमा हुँदैन । ऊ जहाँजहाँ पुग्छ र जुनजुन अवस्थामा हुन्छ, उसको यो सदिच्छा पूर्ण हुन पुग्छ । उसको मोहित रूप र शारीरकि आकर्षणका अघि विवाहिता कट्टर ब्राह्मणी सीता दिदीदेखि बंगालीबाला सेफालीसम्म सशरीर समर्पित हुन्छन्, बिनाकुनै संकोच र बिनाकुनै पछुतो । अग्निवाटिकाका अधिकांश प्रसंग र प्रस्तुतिले आजको यौनसाहित्यलाई फड्केको छ । यस दृष्टिले यो एउटा अत्यन्तै कलात्मक र सशक्त यौनसाहित्य हो ।
उपन्यासमा उभ्याइएका नारी पात्र यति सजिलै केशरप्रति समर्पित हुनु अलि अस्वाभाविक लाग्छ । आफ्नो जेलजीवनकाल -२०१७-०२४)मा लेखिएको यस उपन्यासमा त्यस समयमा यति स्वच्छन्द शैलीमा यस्ता घटना हुनसक्थे भनेर अनुमान गर्नु त्यति सहज लाग्दैन । यद्यपि, यौनमनोविज्ञानको पाटोलाई भने आख्यानकारले सूक्ष्म रूपमा प्रस्तुत गरेका छन् । महिलाहरू यौन सन्तुष्टिका लागि जुनसुकै नाता र अवस्थामा पनि परपुरुषगमनका लागि तयार हुन्छन् । अग्निवाटिकाले मौन रूपमा दिने सशक्त सन्देश यही हो । आख्यानमा वणिर्त १३ वषर्ीय चञ्चला, ऊभन्दा अलि बढी उमेरकी सेफाली, पूर्ण वयष्क सन्ध्या र सीता गरी चार पात्रामा यौनाशक्तिको प्रयोग गरएिको छ । पात्राहरूलाई आख्यानकारले दुई किसिमले प्रयोग गरेका छन् । पहिला दुई किशोरीलाई यौन रहस्यका लागि र पछिल्ला दुई अविवाहित युवतीलाई तृप्तिका लागि यस कर्ममा आशक्त बनाइएको छ ।
उपन्यासमा यी तमाम घटनालाई यति सहज र छिटो रूपमा उपस्िथत गराइएको छ, ती घटना र वातावरण स्वाभाविक लाग्दैनन् । आजको समाजमा समेत अस्वाभाविक लाग्ने घटना चार दशकअघिको कालखण्डतिर फर्केर विचरण गर्दा अझ दुरुह र अपत्यारलिो लाग्छ । कसैका छोरी र बुहारीमाथि कल्पना गरएिको यो चरम प्रयोग एक जना वेश्या लालीमा पुगेर भने आख्यानकार बढी आदर्शवादी हुन पुग्छन् । नायकले लालीलाई अरू स्त्रीमा जस्तो यौनकर्मी रूप देख्दैन, बरु उसलाई एउटी भाउजूको नातामा बाँधेर आफ्नो स्वभावलाई १ सय ८० डिग्रीको कोणमा परविर्तन गरेको छ । यो आदर्श अरू नारी पात्रलाई नायकले हेर्ने दृष्टिकोणका आधारमा असामान्य लाग्छ । एउटी खाँटी विवाहिता ब्राह्मणीलाई जुन अवस्थामा अस्वाभाविकतासाथ समर्पण गराइएको छ, त्यसभदा पनि अस्वाभाविक त्यतिबेला लाग्छ, जब आफूसँग सहवास गरसिकेको केशरलाई भाउजू सन्ध्याले आफ्नी नन्द सेफालीसँग पनि सहवासका लागि अनुमति दिन्छे ।
यी केही अस्वाभाविक प्रसंगलाई आँखा चिम्लिने हो भने चार दशकअघि यति स्वतन्त्रतापूर्वक यौनचर्चा गर्न सक्नुलाई आख्यानकारको साहस मान्नुपर्छ । भाषा र प्रस्तुतिमा अग्निवाटिका अन्त्यन्तै सुन्दर र परष्िकृत छ । उनले चर्चा गरेका केही अप्राकृतिक कामवासनाले त्यस कालखण्डमा पनि आजजस्तो समलिङ्गी प्रवृत्ति रहेछ भन्ने कुराको छनक दिएको छ । छोटाछोटा कविताले आख्यानकारलाई शृंगारकि कवितामा पनि सिद्धहस्त कविका रूपमा स्थापित गराएका छन् ।
यस उपन्यासका अनेकौँ विशेषता छन् । यौनलाई सूक्ष्मतम विश्लेषण गर्ने, यसको मनोविज्ञानलाई फेददेखि नै परभिाषित गर्ने र त्यसबेलाको समाजलाई हल्का रूपमै भए पनि वर्णन गर्ने यस उपन्याको मुख्य ध्येय हो । यसमा आख्यानकार सफल छन् ।
ल सुनम है त !
Listen and Download Agnibatika
भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
No comments:
Post a Comment