~मन्दिरा मधुश्री~
सवा दर्जन बान्की मिलेका कथाहरूको सँगालो ‘बुधनको घोडी’ को पहिलो कथा हो ‘वीरेको सपना र रेडियोको समाचार’ । कथित दोहोरो भिडन्तका नाममा कसरी कत्लेआम गरिन्थे बबुरा मान्छेहरू र निर्दोष जनहरू एक दशक लामो जनसमरमा भन्ने तथ्यको सटिक उद्घाटन गरेको मार्मिक कथा हो यो । त्यसरी नै मनको बाघले दार्दाखेरीको सन्ताप र पुरुषप्रतिको भ्रान्तिपूर्ण दृष्टिदोष उजागर गरेको कथा हो ‘हाकिम, म र त्यो साँझ’ । सङ्ग्रहको तेस्रो कथा ‘मैले चिनेको सहर’ अनुमानका हनुमानहरू अन्दाजका भरमा के कस्तो अक्करमा फस्छन् र त्रुटिपूर्ण पूर्वानुमान कसरी असत्य सावित हुन्छ भन्ने कुराको सजीव उपमा हो । अबोध नारीमाथि यौनान्दका निम्ति भएको दर्दनाक हमलाका कारण उनको निरपराध जिन्दगी कसरी क्षतविक्षत भएर नष्ट हुन्छ भन्ने कुराको कारुणिक चित्र ‘पुनरावृत्ति’ शीर्षकीय कथा हो भने ‘आइमाई’ मा एउटी निश्छल नारीमाथि उनीजस्तै महिलाहरूले कतिसम्म निकृष्ट एवम् कपोलकल्पित लान्छना थोपर्न सक्छन् भन्ने कुराको जीवन्त दृष्टान्त प्रतिविम्बित गरिएको छ ।
अनुक्रमको छैटौँ कथा ‘सिट नं. १२’ खोलका आधारमा सुन र पित्तलका पहिचान्न कठिन भएझैँ फगत कुनै पात्रको बाहृय आवरण र हाउभाउ हेरेर उसको आनिबानी अनुमान गर्नु महाभूल हो भन्ने उत्कृष्ट उदाहरण हो । धोकाधडीको बदला प्रेमले लिनका निम्ति धोकेबाज प्रेमी र उसकी अर्धाङ्गिनीलाई नसामा हुँदा उसैलाई मोहजालमा पारेर जन्माएकी सुपुत्री सौगात दिएको मर्मस्पर्शी प्रसङ्ग खोतलखातल गरेको कथा हो ‘ममी मलाई किन छोड्नु भा’को ?’ कथा । शृङ्खलाको आठौँ कथा ‘मासुको तिर्सना’ क्रूर मालिक–मालिक्नीले एउटा निर्धन कामदारलाई एउटा फिर्को मासु पनि नदिईकन कसरी अनिदो रहने गरी तड्पाए भन्ने विषयको इतिवृत्त केलाइएको छ भने पुँजीवादले मान्छेलाई कसरी खण्डित गर्दै माया, प्रेम र आफन्तीपनलाई द्रव्यको तराजुमा तौलने कुचेष्टा गरेको छ भन्ने कहालीलाग्दो कैरन हो ‘अंशबन्डा’ । कथाक्रमको दशौँ ‘कथा पानी परेको रात’ प्राकृतिक विनाशलीलाले दुई वर्षबीच बनीबुत्तोमा बाँचेको एउटा दरिद्र परिवार कसरी मटियामेट भयो भन्ने विषयको वृत्तान्त हो भने एउटी अदना आइमाईको गृहमा गोचर भएको प्रदीप्त प्रकाशबारे गरिएका अनेकन अड्कलबाजी, मनगढन्ते र आशङ्काको नालीबेलीले भरिएको कथा हो ‘मध्य रात र खुला झ्यालभित्रको उज्यालो’ । अनुक्रमणिकाको बाह्रौँ कथा ‘विजेता’ रङ्गीचङ्गी नगरमा अनगन्ती ऊहापोह छिचोलेर न्यून वैतनिक राष्ट्रसेवकहरू कति कठिन जिन्दगी घिसारीरहेका हुन्छन् र तिनको मनोदशा कस्तो हुन्छ भन्ने प्रसङ्गको मनोवैज्ञानिक शल्यक्रिया हो । ‘अम्बाको बोट’ शीर्षकीय कथामा विदेश चर्न गएका प्रिय सन्ततीहरूले त्यहाँ रहँदा बस्ता अनायास कसरी संस्कार बदल्छन् र बिर्सन्छन् प्यारो विधुर बाबु भन्ने गम्भीर एवम् समसामयिक विषयवस्तुको मार्मिक उठान गरिएको छ । कथा सङ्ग्रहको नाम राखिएको सशक्त कथा हो ‘बुधनको घोडी’ ।
स्थानीय लवज र शब्दहरूलाई दुरुस्त सापटी लिएर बुनिएको यो कथामा एउटा निम्न वर्गीय थारूले घोडी बाली गएबापत तिनुपर्ने रकमका निम्ति तड्पिने सिलसिलामा कसरी मानवीयता गुमायो र उसैले थोपरेको शारीरिक पीडाका कारण कसरी गर्भ तुहियो घोडीको भन्ने कुराको करुणामय नालीबेली पस्किएको छ । सङ्ग्रहको अन्तिम तथा पन्ध्रौँ कथा ‘बाजी’ मा कर्तव्यबोधको बोझले थिचिएको पुरुष मस्त महिलाको मादकता र नखरामा पनि पग्लिँदैन भलै कामुकताले भरपुर नै किन नहोस् ऊ भन्ने प्रसङ्गलाई जीवन्तताका साथ प्रस्तुत गरिएको छ । आञ्चलिक जनबोलीलाई टपक्क टिपेर दुरुस्त आफ्ना कथामा ढाल्न सक्ने एक सक्षम आख्यानकारमा दरिएकी छन् मन्दिरा मधुश्री आफ्नो पहिलो सन्तान ‘बुधनको घोडी’ मार्फत् । ‘चिरस्थायी हुन चाहनेले काम पनि त्यस्तै गर्नुपर्दछ’ भन्ने बेञ्जामिन फ्र्याङ्कलिनको कथनलाई आत्मसात गरेकी मन्दिराका कथाहरूले फरक र नयाँ स्वाद त पस्कन्छन् नै, विषयगत विविधतामा पनि उनी अब्बल छन् भन्न पाठकलाई करै लाग्छ । सन्ताप भएका किन्तु सपना नभएकाहरूलाई सपनामा आकृतिहरू दिन तथा भाका भएका परन्तु गुञ्जन नभएकाहरूलाई स्वर दिन समर्थ भएकी छन् उनी । दलन र उत्पीडनका विरुद्ध निर्धक्क औँला ठड्याउनु एवम् निमुखाको मौनतामा आवाज भर्न सफल छन् मधुश्री । त्यसो त मन्दिरा ‘जुझारु निब निर्धाका कारुणिक कहानीहरू अभिलेखीकरण गर्न दत्तचित्त हुन्छ’ भन्ने कुराको पर्याय बन्ने कोशिसमा छन् भन्दा अत्युक्ति नहोला ।
सयौँ सबल पक्षका बीच भाषिक शुद्धतामा उनी प्रशस्तै चिप्लिएकी छन् । तसर्थ अनुमान गर्न सकिन्छ उनी हतारमा प्रकाशित गर्ने र फुर्सदमा पछुताउनु पर्ने परिस्थितिमा जकडिएकी छन् । जेहोस्, आवरणदेखि प्रस्तुतिसम्मका आकर्षणका कारण पाठक कथा पढेर मन्त्रमुग्ध नै हुनेछन् र उनलाई पनि एक स्थापित कथाकारको स्थान ग्रहण गर्न कुनै हम्मे पर्ने छैन ‘बुधनको घोडी’ पाठकका हातमा पुगेपछि । सामाजिक यर्थाथसँग बलियो साइनो गाँस्न र स्वैर कल्पनासँग सिन्कोपाङ्ग्रो गर्न जमजमाएकी मन्दिराको स्थान अब उनले हिँड्न चाहने डोरेटोले पनि निर्धारण गर्नेछ ।
(स्रोत : समीक्षा - यथार्थताको आरसी : बुधनको घोडी)

"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।
ल सुनम न त !
कथाहरु : बुधनको घोडी र बाजी
Click here to Download
No comments:
Post a Comment