Friday, July 16, 2010

The Alchemist - किमियागर

~पाउलो कोहेल्हो~
अनुवादक : रितेश थापा


सेन्तिआगो नामको एक यन्दलुसिअन गोठालोलाई एक किमियागर हेर्छन । सेन्तिआगोले एउटै अलौकिक सपना देखिरहन्छ र उ त्यस्को अर्थ बुझ्न नजिकैको रोमनी(जिप्सी) शहर तिर लाग्छ । त्यहाँ एउटा जिप्सीले उस्लाई मिश्र(एजिप्ट)को पिरामिडमा ठुलो खजाना रहेको जनकारी दिन्छ ।

उस्को यात्राको सुरुवाती दिनमा उस्ले बुडा राजा मेल्चिजेदेकलाई भेट्छ जस्ले उस्लाई आफ्ना भेंडाहरु बेच्न उक्साउँछ्न र मिश्र जान भन्छ्न । उनले सेन्तिआगोको मनमा "ब्यक्तिगत प्रसिद्धि" को बिचारको बिजारोपण गरिदिन्छ्न । उन्ले भन्छ्न "जब तिमी कुनै बस्तु या केही अती नै चाहन्छौ, सारा ब्रह्माण्डले मिलेर तिम्रो सफलता भेट्टाउनको लागि मद्दत गर्छ । यस किताब एवम् कथाको मूल मन्त्र/बिषय-बस्तु पनि यही रहेको छ ।

ल सुनम न त

Listen and Download The Alchemist


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

Tuesday, July 13, 2010

Sumnima - सुम्निमा

~ वि. पि. कोइराला ~

सुम्निमा विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित उपन्यास हो । यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा किराँत धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ ।

ल सुनम न त

Listen and Download Sumnima

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8

Sunday, June 20, 2010

Seto Bagh - सेतो बाघ

~डायमण्‍डशमशेर राणा~

श्री खगेन्द्र नेपालीको जीवन्त तथा ओजपूर्ण वाणीमा मेरो उपन्यासका पात्रहरू सजीव भएर बोलेका छन् भने मलाई त्यसबेलाको कालखण्ड र परिवेश पुगेको अनुभुति भएको छ। आशा छ तपाईँलाई पनि यस्तै हुनेछ ...।
- डायमण्‍डशमशेर राणा

एक समयमा लुकीछिपी पढ्नुपर्ने सुपरिचित उपन्यासकार डायमण्‍डशमशेर राणाको रोचक, रोमाञ्‍चक र रोमहर्षक उपन्यास 'सेतो बाघ'लाई आफ्नो वाणीमा पुस्तकको रूप दिन पाएकोमा आफूलाई साह्रै भाग्यमानी सम्झेको छु।
- खगेन्द्र नेपाली


Listen and Download Seto Bagh


भाग-1(पन्ना १ देखी १० सम्म)
भाग-2(पन्ना ११ देखी २० सम्म)
भाग-3(पन्ना २१ देखी ३० सम्म)
भाग-4(पन्ना ३१ देखी ४३ सम्म)

Friday, May 14, 2010

कथा - "पिपलको बोट" र "प्रत्यागमन"

~केदार मान अमात्य~
~गुरु प्रसाद मैनाली~

"दश लहर कथा संग्रह" बाट केदार मान अमात्यको कथा पिपलको बोट र गुरु प्रसाद मैनालीको कथा प्रत्यागमन |

ल सुनम न त

Listen and Download Stories from Das lahar katha sangraha


कथाहरु

Friday, April 16, 2010

Babu, Aama ra Chora - बाबु आमा र छोरा

~ बि पि कोइराला  ~
 
Written by B.P Koirala, Babu Aama Ra Chora, is a famous Nepali Novel of the contemporary literature and like all other Koirala's piece of work this novel is also based on psychoanalysis. The three inter-woven stories has twist and the novel takes hair pin turn after each story.

बिश्वेश्वर प्रसाद कोइरालाको सुप्रसिद्ध उपन्यास  "बाबु आमा र छोरा"

ल सुनम न त

Listen and Download Babu, Aama Ra Chora

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7

Wednesday, March 17, 2010

Aadha Bato - "आधा बाटो "

~कृष्ण धराबासी~

आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।

ल सुनम न त

Listen and Download Aadha Bato


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16(कृष्ण धराबासी सँगको अन्तर्वाता)
भाग-17

Tuesday, March 9, 2010

निबन्ध - "प्रलयको नाम होइन सुनामी" र "चुराको छलाङ"

~युबराज नयाँघरे~

युबराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कार प्राप्त "एक हातको ताली" निबन्ध संग्रहबाट २ निबन्ध प्रस्तुत छ यहाँ । पहिलो निबन्ध इन्डोनेशियामा आएको सुनामीको धरातलमा लेखिएको छ "प्रलयको नाम होइन सुनामी" र दोश्रो निबन्ध आजकालको सैलुनको ब्यापारमा नारीहरुको संलग्नतालाई घोचो बनाएर समाजलाई चुस्स घोछेका छ्न ।

ल सुनम न त

Listen and Download Essays from Ek Haath ko taali


निबन्ध

Friday, March 5, 2010

कथा - "राद्दा र जोभार"

~म्याक्सिम गोर्की~
अनुवादक : मदुसुदन पाण्डे

"म्यक्सिम गोर्कीका उत्कृष्ट कथाहरु" कथासंग्रहबाट लिईएको कथा "राद्दा र जोभार" सुन्दैछौँ आज । म्यक्सिम गोर्कीको खास नाम अलेक्सिव मेक्सिमोविच गोर्की हो ।

ल सुनम न त

Listen and Download Story from Maxim Gorki ka Utkrishta Kathaharu


कथा

Tuesday, March 2, 2010

कथा - "आरोप" र "बिस्थापित अस्मिता"

~ममता शर्मा नेपाल~

कथाकार ममता शर्मा नेपालको कथा संग्रह "पुतलीको देह" बाट २ वोटा कथाहरु "आरोप" र "बिस्थापित अस्मिता" प्रस्तुत भएको छ यहाँ । पहिलो कथा "आरोप"मा घरबेटी र भाडावालको पिडा वास्तविकतासँग नजिक भएर लेखिएको छ भने दोश्रो कथा "बिस्थापित अस्मिता"मा एक नारीलाई नाता जोडेर एक पुरुषले प्रभावमा पर्छ र त्यस्को फाईदा उठाउन खोजछ अनी के हुन्छ त

ल सुनम न त

Listen and Download Stories from Putali ko deha


कथाहरु

Tuesday, January 19, 2010

Ganki - "गंकी"

~धुस्वाँ सायमी~


Listen and Download Ganki


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
About the Book : The popular novel GANKI 1958 (Eclipse) was written by Dhuswan Shyami. He uses modern depth psychology and technique of stream of consciousness. In this novel, he shifted from external society to the psyche of the characters. Through the perception of the characters, he begins to sketch the society.

Tuesday, January 12, 2010

कथा - "त्यस दिन को प्रतिक्षामा" र "मन्यताको पर्खाल"

~राधिका राय~
~पद्मावती सिंह ~


लीला लुइंटेल द्वारा सम्पादित कथासंग्रह "नेपाली महिला कथाकार संग्रह"बाट कथाहरु राधिका राय बाट लिखित "त्यस दिन को प्रतिक्षामा" र पद्मावती सिंह बाट लिखित "मन्यताको पर्खाल" यहाँ प्रस्तुत गरिएको छ । दुबै नारिवादी कथामा एउटी नारीको मनोभावना राम्रोसँग प्रस्तुत गरिएको छ ।

ल सुनम न त

Listen and Download Stories from "Nepali Mahila Kathakar sangraha"


कथा

Tuesday, January 5, 2010

कथा - "जननी जन्मभुमिस्च", "बिप्लवी" र "डाक्टर्नी आमा"

~नारायण ढकाल~
~इल्या भट्टराई~
~प्रदिप नेपाल~


डा गोबिन्दराज भट्टराई र विष्णुविभु घिमिरे द्वारा सम्पादित जम्मा २५ कथा रहेको कथासंग्रह "द्वन्द र युद्ध" बाट कथाकार नारायण ढकाल, प्रदिप नेपाल र इल्या भट्टराईका १-१ वटा कथाहरु यहाँ प्रस्तुत गरिएको छ ।

नारायण ढकालको कथा "जननी जन्मभुमिस्च"मा एउटा सैनिकको युद्धरत समयमा भोगिरहेको मनोभावना खुबीका साथ प्रस्तुत गरिएको छ ।

इल्या भट्टराईको कथा "बिप्लवी"मा एउटी महिला छापामारको काहानी अनी मनोबिश्लेषण र उस्को मनोबाद राम्रो चित्रण गरिएको छ ।

प्रदिप नेपालको कथा "डाक्टर्नी आमा"मा एउटा गाउँमा स्वास्थ चौकी खुलेपनी अहेव या डाक्टर नआएपछी एउटी नारीले पढेर गाउँको सेवा गर्न थाल्छे र नाम पाउँछे "डाक्टर्नी आमा" , कती जानाले त्यस आईमाईलाई गाउँबाट सदरमुकाम लन खोज्छन तर उनी गाउँ छोड्न मन्दिनन । त्यस्पछी के हुन्छ त

ल सुनम न त

Listen and Download Stories from Dwanda ra Yuddha


कथाहरु

Friday, January 1, 2010

Cleopatra - क्लिओपेट्रा

~याच. राइडर ह्यागार्ड~



Listen and Download Cleopatra


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
About the Book: Cleopatra: Being an Account of the Fall and Vengeance of Harmachis is a novel written by the author H. Rider Haggard the author of King Solomon's Mines and She.The book was first printed in 1889.The story is set in the Ptolemaic era of Ancient Egyptian history and revolves around the survival of a Dynasty bloodline protected by the Priesthood of Isis. The main character Harmachis (the living descendant of this Bloodline) is charged by the Priesthood to overthrow the supposed imposter Cleopatra, drive out the Romans and restore Egypt to its Golden era.

Tuesday, December 29, 2009

कथाहरु - "नीलिमा र गाढा अँध्यारो" र "यथावत"

~अनमोलमणि पौडेल~

पत्रकार तथा साहित्यकार अनमोलमणि पौडेलको कथा संग्रह "नीलिमा र गाढा अँध्यारो"बाट "नीलिमा र गाढा अँध्यारो" कथा र अर्को एक कथा "यथावत"......!!


ल सुनम न त !

कथाहरु - "नीलिमा र गाढा अँध्यारो" र "यथावत"

कथाहरु - साँघु तरेपछी र श्रीमतीहरु

~माया ठकुरी~

कथाकार माया ठकुरीको कथा संग्रह "साँघु तरेपछी" बाट २ वटा कथा "साँघु तरेपछी" र "श्रीमतीहरु" यहाँ प्रस्तुत गरिएको छ । पहिलो कथा एउटा शहरिया जो गाउँ फर्किदै छ र एउटा ब्रिद्ध गाउँलेको कुरोकानीबाट आजको आधुनिक मान्छेको बानीबेहोरा देखाएको छ । दोश्रो कथामा चाँई श्रीमतीहरुको बार्तालाप लाई रमाइलो तरिकाले बुनिएको छ ।
ल सुनम न त ...

Listen and Download Stories Saanghu tarepachi and Shrimatiharu

कथाहरु - साँघु तरेपछी र श्रीमतीहरु

Radha - "राधा"

~कृष्ण धरावासी~

पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ ।

ल सुनम न त

Listen and Download Radha


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16
About the Book: It's been two years since Krishna Dharabasi wrote Radha, an extraordinary novel, and yet, the novel is still relatively unknown among litterateurs and the general public. Radha is a strong example of a novelist challenging traditional mores by presenting mythical texts in a different light. Inspired by Jacques Derrida's Theory of Deconstruction, he has completely changed the characters of Radha and Krishna as we have come to know them. Ved Vyas' and the Mahabharat's Radha is a minor character, whose only purpose seems to be Krishna's plaything. But Dharabasi's Radha is brave, dignified and can also be seen as a revolutionary. He keeps focusing on the importance of women, which too can be seen as a challenge to formal traditions.