Tuesday, April 24, 2012

Pandulipi - "पाण्डुलिपी"

~कृष्ण धराबासी~

मलाई घिन लाग्यो पुरुष भएकोमा
कृष्ण धरावासी


सीताजीलाई माइखोलाको किनारमा सेलाएर आएपछि एकमहिनादेखि छोरीलाई रुँघेर बस्नु भएकी सासूआमा बुधवारे जान तयार हुनु भयो । मैले उहाँलाई रोक्न खोजें– उहाँले अब यो घरको पानी खान्न म भन्दै रुन थाल्नु भो । उहाँले भीम दाइलाई पनि सँगै जाउँ भन्नु भो तर दाइ मान्नु भएन ।
–‘कस्तो परम्परा हाम्रो ? कस्तो मान्यता हाम्रो ! छोरी मरेको दिन देखि माइतीले त्यो घरको अन्नपानी नै ग्रहण गर्नु नहुने रे ?’
मैले रोक्न सकिनँ । आमा खन्च्याङखन्च्याङ एउटा खुट्टो खोच्याउँदै रुँदै बाटो लाग्नु भो । सीताजीले आफ्नो किताबमा उल्लेख गर्नु भएको दुःखको पहाड बोक्न सक्ने यी बुढिया आज फेरि छातीभरि चट्टान बोकेर हिंडिन् । के भनेर सम्झाउनु यिनलाई !
सबै कोठा घुमेर हेरें । सबै पलङहरु खालि थिए । हिजोसम्म सीताजीको एकोहोरो पीडापूर्व आवाज आज थिएन । पलङ फेरिफेरि सुताइन्थ्यो उहाँलाई । अब सबै खाली थिए । घरभरि मानिसै मानिस थिए तर घर सुनसान थियो । छोराहरुलाई हेरें– उदास अनुहार बनाएर सेतो तन्ना, सेतै खोलको सिरक, डसना र सिरानीमा ढल्किएका थिए । उनीहरु अब किरियापुत्री भएका थिए । एकापट्टि कुनामा शारदा र प्रतिमा अनसनमा बसेको आक्रान्त जस्तो सिथिल भएर ढलेका थिए । त्यो दृश्यसँगै मनमा कल्पना आयो– ‘आज म मरेको भए छोराहरु त यसरी नै बसेका हुन्थे तर शारदा सुतेको ठाउँमा सीताजी एकसरो सेतो कपडामा बेरिएर शोकले अजाख पल्टिएकी हुनु हुने थियो । उहाँले रुन बिर्सिएको हुन्थ्यो, होस् आउँदै जाँदै हुन्थ्यो, यो कोठा महान शोकालय हुने थियो । तर त्यो जे भए पनि सुल्टो हुने थियो । स्वास्नीभन्दा लोग्ने अघि मर्नु स्वभाविक मानिन्छ हाम्रो परम्परामा । उमेरमै जेठो हुनाले पनि स्वभाविक हुन्थ्यो । आज म मरेको भए छोराछोरीहरुले आमाको माया पछिसम्मै पाइरहने थिए तर, मैले त यिनीहरुलाई आमाको जस्तो माया के दिन सकुँला र ? मलाई नै चाहिन्छ त्यस्तो माया ! बाबुको माया वास्तवमा माया नै होला त ? बाबुको माया भनेको त कर्तव्यबाट निस्रित भएको कुनै औपचारिकता मात्र हो कि जस्तो लाग्छ मलाई । आमाले दिने मायाका अघि बाबुको बुद्धि पसेको माया कत्तिको सितल बन्न सक्ला र सन्तानलाई ।’
सम्झाउनेहरु प्रायः सबैले भन्थें–
–‘तिमीले अब आमा र बाबु दुबैको भूमिका एक्लै निभाउनु पर्छ । आमाको माया पनि तिमी भित्रै उमार्नु पर्छ ।’
मेरो लागि कत्रो परिक्षा थियो यो ? कसरी सकुँला मैले आफूभित्र ‘सीताजी’ लाई उमार्न ।
छरछिमेकी सबैको प्रमूख केन्द्र बनेको थियो यो घर । सबै भेला भएर तम्बु टाङने, कुर्सी मिलाउने, खाने कुराको प्रबन्ध गर्ने, आदि काममा जुटेका थिए । पुरेत साँझमा आउने गरी विदा हुनुभएको थियो ।
म भने बैठक कोठामा आएर बसें । मेरा वरिपरि साथीभाइहरु बसे । मलाई यो दुःखबाट अल्मल्याउन अनेक प्रकारका सन्दर्भहरुमा चर्चा गर्न थाले । म पनि वार्तामा भाग लिन थालें ।
मैले एउटा भ्याङले हाफपेन्ट र नीलो भेष्ट लगाएको थिएँ । मलाई कसैले पनि केही भनेनन् । मेरा निम्ति कुनै ब्रतहरु छुट्टिएनन् । म सोचिरहेको थिएँ– मलाई पनि केही केही बन्देजहरु हुनेछन् । यो शोकमा छोराहरुसँग म पनि सामेल हुनु पर्नेछ । त्यस त्यसबारेमा खासै केही भएन । सबैजना मसँग टांसिएरै बस्थे, म जताततै स्वतन्त्र हिंडडुल गर्थेँ ।
बेलुका फलफूल आदि खाइयो । भोलि बिहान आठ बजेतिर पुरेत आउनु भयो । मैले उहाँलाई भनेको थिएँ–‘गुरुजी ! आमाको काममा पहिलो दिन नै म ढलेको थाहा होला, केटाहरु पनि त्यति दरा छैनन्, चाँडै आउनु होला ।’
नभन्दै उहाँ समयमै आउनु भयो । छरछिमेकीहरु भेला भए र ढिकुरो उठाउने काम प्रारम्भ भयो । मलाई त्यो दृश्य हेर्न कठिन भयो । बेलाबेला त्यहाँ पुग्दै फर्किदै गर्थँे । शारीरिक रुपले दिपलेश भाइ भन्दा कमजोर थियो । उसलाई उठबस गर्न समस्या थियो, त्यसैले उसको लागि सेतो प्लाष्टिकको कुर्सीको व्यवस्था गरियो । सबै विधि विवेकले गर्न थाल्यो । सम्झें– दिपलेश र म दुबै उस्तै भयौं । हामी दुबै जेठो सन्तान भएर पनि आमाको किरिया विधि गर्न सकेनौं । म पनि ढिकुरो उठाउने दिनु नै वेहोस भएकाले त्यो दिनको सबै काम भाइ (कुमार) ले गरे पछि सबै दिनका विधिहरु उसैले गर्दै गयो, म भने छेउमा बसेर हेरिरहने भएँ । यसपालि दिपलेशले पनि आफ्नो शारीरिक असक्षमताका कारण भाइले गरेको टुलुटुलु हेरिरहनु पर्ने भयो ।
केटाहरुलाई खानका लागि मैले विशेष व्यवस्था गर्न लगाएको थिएँ । पुरेत विष्णुप्रसाद काफ्लेसँग सीताजी बित्नु अघि नै मैले किरियाकर्म कसरी गरिन्छ भन्ने बारे आफ्नो विचार राखिसकेको थिएँ र उहाँले मेरो यो अभियानलाई सहयोग गर्ने वचन दिनु भएको थियो ।
केटाहरुले खाना बनाउँदा ग्यासको प्रयोग गर्ने, ध्यु नखाने, दही दूध र फलफूलसँग खाना खाने । पातको प्रयोग नगर्ने, थालको प्रयोग गर्ने आदि थियो । पहिलो दिन नै त्यो प्रयोग देख्ने केहीले यो हुँदैन, त्यो हुँदैन भन्ने मत राख्न थाले । मैले उहाँहरुसँग बहस गरें । मलाई वास्तवमा यो कर्मकाण्डमाथि केही संसोधन गर्न मन थियो । अर्काको घरमा परेका बेला ठूलाठूला बुद्धि र भौतिकवादको चर्चा गर्ने तर आफ्नोमा पर्दा उग्रतापूर्ण रुढ प्रवृतिमा लाग्ने हाम्रो बौद्धिक समाजका अघि केही गर्न मन थियो । आँखिरी सीताजी बितिहाल्नु भयो– यो दशगोत्र कर्मले उहाँको दिवंगत आत्मासँग कुनै सरोकार राख्ने पनि होइन, यस संस्कारलाई सजिलो कसरी पार्न सकिएला भन्ने लागेकै थियो । कुनै पनि कुराको थालनी गर्नु छ भने आफ्नै घरभित्रबाट थाल्नुपर्ने हुनाले मैले त्यो निर्णय गरेको थिएँ ।
सामान्य आलोचना र परिचर्चाको प्रारम्भ पहिलो दिनबाटै शुरु भइसकेको थियो ।
खानेबेलामा मलाई भने दिदी, बहिनीहरुले पकाएकै भान्सामा व्यवस्था गरियो । मैले भरे पुरेतलाई सोधें–
– ‘गुरुजी ! सीताजी बित्नु भएको छ, खै मेरो लागि त कुनै पनि काम छुट्टिए जस्तो लागेन त ? मैले केही गर्नु पर्दैन ?’
उहाँले भन्नु भो–
– ‘खै तपाईको लागि अलग्गै केही गर्नु पर्ने शास्त्रमा छुटिएको छैन । मातापिताको किरियाकर्म छोराले गर्ने हो । तपाईले नुनसम्म बारे हुन्छ ।’
म छक्क परेको थिएँ । मलाई यो कर्मकाण्डले अलग्गै केही काम दिएन भन्नु भन्दा पनि यो कस्तो विधि हो जसमा लोग्ने मर्दा उहिले स्वास्नीले जिउँदै सती जानु प¥थ्यो, लोग्नेसँग चितामा जल्नु प¥थ्यो । अझै पनि लोग्ने मर्दा छोराहरुसँग कोरामा बसेर शोकमय हुनु पर्छ, एकसरो सेतो धरो बेरेर बस्नु पर्छ । त्यसपछि पनि वर्षदिनसम्म बार्नु पर्छ तर स्वास्नी मर्दा भने लोग्नेका लागि केही पनि दायित्व छुट्याइएको छैन ।
मैले विषणुकुमार भट्टराई दाइसँग यो गुनाशो पोखें–
–‘दाइ ! यो कस्तो विधि हो ? कति अव्यावहारिक, कति पक्षपाति । जसलाई थरगोत्र समेत फेरेर आफ्नो कुलधर्ममा समाहित गराइएको हुन्छ, ऊ मर्दा भने लोग्नेको कुनै भूमिका नहुनु अचम्म होइन ? यस्तो एकलकाटे पनि शास्त्र हुन्छ त ? कसको कसको कुलमा जन्मेकी नारीलाई आफ्नो घरमा ल्याएर आफ्नो बनाइएकीलाई जीवनमा सुख दिन सकिन्छ, सकिन्न, मरे पछि समेत उसका निम्ति आफूले केही गर्नु नपर्ने ?’
– ‘त्यति मात्र कहाँ भाइ ! अझ शास्त्रमा त स्वास्नी मरेमा स्वास्नीको लाश उठाइ सके पछि लोग्नेले त्यसै दिन अर्की स्वास्नी भित्र्याउनु समेत हुन्छ पनि भनिएको पो छ त ।’
म टवाल्ल परें । म भित्र शब्दहरु नै हराए ।
कस्तो परम्परा र संस्कृतिमा टेकेर उभिएका रहेछौं हामी ? कति घिन लाग्दो सोच ?
त्यो आमा जसले आफ्नो सम्पूर्ण मन, शरीर, इच्छा, रहर र उमेर विनासर्त समपर्ण गरेकी हुन्छे त्यसको मूल्य कति त ? त्यो लोग्नेले उसका निम्ति कुनै भार बोक्नै नपर्ने ?
कुनै कालमा पुरुषले बनाएको यो शास्त्रमा यति हदसम्म लाजमर्दाे सुविधा आफ्नो लागि सुरक्षित गर्नु हुन्छ ? मलाई घिन लाग्यो आफू पुरुष भएकोमा । मनमा आयो– यदि साँच्चै मरेको शरीरको आत्माले देख्दो हो भने सीताजीलाई कस्तो लाग्दो हो ? के खुशी लाग्दो हो ? के उहाँले आशीर्वाद दिनु हुँदो हो ?
लोग्नेका नजरमा नारीलाई यति हदसम्म मूल्यहीन बनाइएको छ हाम्रा कर्मकाण्डहरुमा भन्ने मलाई थाह थिएन । हुन त स्वास्नी मरौ परेको घरमा गइएकै हो तर यसप्रकारले विचार गरिएको रहेनछ । यस्तो कर्मकाण्ड पद्धतिलाई हामीले अक्षरशः जोगाइरहनुको के औचित्य भन्ने कुराले म भित्र झन् जरा गाड्न थाल्यो ।
(धरावासीको प्रकाशोन्मुख कृति पाण्डुलिपिको अंश)आजबाट हामी कृष्ण धराबासी को उपन्यास आधा बाटो लिएर आएका छौ | )
(Source) 

ल सुनम न त

Listen and Download Pandulipi.

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12

Friday, April 6, 2012

Diwa Swapna - "दिवा स्वप्न"

~गिजु भाइ~

Learning is not memorizing things, its understanding every theory relating it with daily life experiences. A primary student can learn and relate only those things which they see around themselves, i.e., concrete concepts and not abstract ones.

Giju bhai too tries to implement this idea of “Education through Games and Stories” which has worked well, with his students for sure and also with the readers of the book.

I myself read this book in the mid of my B.Ed. program when I already know half of this idea of “Learning without Burden” I found the story and all these ideas very much known and hence less interesting. The writer talks about each subject’s pedagogy in a very similar way i.e. through games like antakshari, Drama and stories.

Writer’s struggle for making space in Students’ heart is worth reading and admiring. Book talks a lot about what an ideal Teacher- student relation should look like! If I was at his place I would have quit trying the first day itself. But he didn’t quit till the end which made his experiment about pedagogy a successful one giving inspiration to the whole lot of growing “wanna be” teachers.


ल सुनुम न त है
 
Listen and Download Diwa Swapna.


भाग-1
भाग-2
भाग-3
भाग-4

Tuesday, March 20, 2012

Nirbandha - "र्निबन्ध"

~डा. बानिरा गिरी~


कारागार उपन्यास भित्रकै एक पात्रको एक आत्मापरक अनुभावहरुलाई सँगलेर यो उपन्यास तयार गरिएको छ ।

ल सुनुम न त है


Listen and Download Nirbandha.


भाग-1
भाग-2
भाग-3
भाग-4

Tuesday, January 10, 2012

Samaya trasadi - समय त्रासदी

~सरुभक्त~

भक्तराज श्रेष्ठ 'सरुभक्त' बाट लिखित 'समय त्रासदी' २०५३ सालमा प्रकाशित भएको उपन्यास हो । मानव संबेदनालाई आधार बनाएर लेखिएको यो उपन्यासले मान्छेका संबेग र अन्तर्द्वन्दलाई खोतल्न खोजेको छ र गहिराइ सम्म पुगेको पनि छ । 

ल सुनम न त

Listen and Download Samaya Trasadi

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

Tuesday, January 3, 2012

Desh Le Hareko Yuddha - "देशले हारेको युद्ध"

~हर्क खडायत~
 
प्रेम र युद्धमा एउटा ठूलो फरक हुन्छ । प्रेममा हार्नेले पनि जित्छ, युद्धमा जित्नेले पनि हार्छ । कहिलेकाहीं हारजित नभई युद्धविराम पनि नहुने होइन । यस्तो बेलामा लड्ने दुवै पक्षले सम्झौताका नाममा आ-आफ्नो मुख लुकाए पनि, दुवै नहारेको भ्रममा रमाए पनि उनीहरूले हराइरहेका हुन्छन् अरू अनगिन्ती युद्ध नलड्नेहरूलाई, साँढेको जुधाइमा बाच्छा बन्न विवश निर्दोष मानिसहरूलाई । त्यसैले युद्ध भनेको नै एउटा डरलाग्दो खेल हो । तर पनि विभिन्न बहाना खोजेर मान्छे युद्ध गरिरहन्छ, लडिरहन्छ, भिडिरहन्छ एकआपसमा । यो बहुलठ्ठीमा कहिले ऊ आफू हार्छ, कहिले जित्छ । कहिले उसले हराउँछ समाजलाई र देशलाई ।

संसारमा जहाँ जहिले पनि युद्धका विभीषिकाले मानिसहरूलाई पिरोलेको छ, त्यसका कथा साहित्य, सिनेमा र कलाका अरू आयामहरूबाट व्यक्त भएका छन् । प्रायः लेखक-कलाकारले प्रश्न उठाउने गर्छन्, केका लागि, कसका लागि र किन लडिन्छन् युद्धहरू ? आखिर के पाइन्छ लडेर ?

हाम्रो समयले पनि एउटा त्यस्तै युद्ध देखेको छ । त्यसैले स्वभावतः त्यसको दुःखाइ आजकलका साहित्यमा पोखिने गरेको छ । विकट बाजुराका लेखक हर्क खडायतले त्यस्तै एउटा उपन्यास लेखेका छन्, 'देशले हारेको युद्ध ।'

देश के हो ? सिमाना वा भौगोलिक हिसाबले कित्ता काटिएको, नक्सामा कोरिएको एउटा भूभाग मात्र देश हो र ? देशको माया किन लाग्छ मानिसलाई ? देश भनेको सम्बन्ध हो, आफन्त, नातागोता, साथीसंगी, संस्कार र संस्कृति हो देश । त्यसैले जनयुद्धको नाममा एउटा नेपालीले अर्को नेपालीलाई सोत्तर पार्दा देश हारेको थियो । माओवादीले सेनालाई वा सेनाले माओवादीलाई एम्बुसमा पार्दा र घेर्दा दुवै अवस्थामा देश आत्तिएको थियो, कराएको थियो । गोली बारुद जुन पक्षको भए पनि, दुवै ढल्दा देश रोएको थियो । कसैले त्यो सुन्यो वा सुनेन त्यो भिन्दै कुरा हो । एउटा पक्षले अर्को पक्षलाई बेपत्ता पार्दा तिनका आफन्तसँगै देश पनि हराएकालाई खोज्न हिँडेको थियो । त्यो कसैले थाहा पायो कि पाएन भन्ने पनि अलग्गै कुरा हो । तसर्थ कागजका पानाहरूमा युद्ध सकिए पनि, भौतिक रूपमा एउटामाथि अर्को जाइलाग्न छोडे पनि आफन्तहरू गुमाएकाहरूका लागि त युद्धको घाउ निको हुन निकै समय लाग्छ । पुस्तौंपुस्तासम्म चहर्‍याउँछ युद्धको घाउ ।

हुन त कथावस्तुमा तपाईं हामीले थाहा नपाएका वा जान्न बुझ्न बाँकी कुरा केही छैनन् । किनभने यो हाम्रो पुस्ताले नै देखेको, भोगेको युद्ध हो । किन यो युद्धमा होमिए मानिसहरू र त्यसले उनीहरूको एउटा निर्दोष र नियमित चक्रमा घुमिरहेको जीवनलाई कसरी उथलपुथल पारिदियो भन्ने कुराको वरिपरि नै खडायतले कथाका तानाबाना बुनेका छन् । तर पनि उनको निष्कपट लेखाइ र कसैको वकालत नगर्ने दृष्टिकोणले पाठकलाई समात्छ । समाजका साधारण पात्रहरूको साधारण कथा उठाएका हुनाले आम पाठकका लागि आफूलाई आत्मसात् गरेर अघि बढ्न अप्ठ्यारो छैन । उनको म पात्र युद्धमा होमिएको बेला युद्धमैदानको त्रासदी पनि लेखेका छन् । त्यति हुँदा पनि लेखकले प्रत्यक्ष कुनै वादको वकालत गरेका छैनन्, जटिल मनोविज्ञान वा दर्शनको पेटारो खोलेका छैनन् ।

त्यति हुँदाहुँदै पनि बेलाबेला उनले गहिरो कुराहरूलाई पनि अभिव्यक्त गरेका छन् । केही त्यस्ता सुन्दर विचारहरू उनले लेखेका छन् । तर त्यस्तो बेलामा कतैकतै उनको वाक्य संयोजन लम्बेतान हुन जान्छ र आफैंमा अलमलिन पुग्छ । अलिकति सम्पादनमा बढी मेहेनत गरिदिएको भए तिनले भन्न खोजेका कुरा अझ स्पष्ट र शक्तिशाली हुन्थे होलान् । त्यसको एउटा उदाहरण हो, उनको म पात्रले कौसीमा बसेर सोच्छ, 'दृष्टिलाई टाढाटाढा पुर्‍याउँदा दिउँसो पनि नदेखिने संसार भेटिँदो रहेछ । त्यसैले त मान्छेले छर्लंग उज्यालोमा पनि सबै संसार देख्न सकेको हुँदैन । यो प्रकृतिले नियम नै यस्तै बनाएको छ । मान्छेको दुइटा आँखा अगाडि भएजस्तै पछाडि पनि दुइटा आँखा भइदिएको भए सायद मान्छेले पछि हुने कुरा पनि आजै देख्थे होलान् । तर त्यस्तोमा सायद जीवन जिउनुको मज्जा नै हुँदैनथ्यो होला, घटना थाहा भएको कथा सुनेजस्तै ।'

समग्रमा हर्क खडायतको उपन्यास 'देशले हारेको युद्ध' पढ्दा उनीभित्रको संवेदनशील प्राणीसँग पाठकको साक्षात्कार हुन्छ । उनको यो निश्छल लेखाइमा बेलाबेला बालसुलभ सुन्दरता देखिन्छ । थुप्रै बाजुरेली ठेट शब्दहरूसँग पनि पाठकहरू परिचित हुन पाउँछन् । सबैभन्दा मुख्य कुरो उपन्यासको शीर्षक अत्यन्त सार्थक छ । किनभने आजको वर्तमान जे भए पनि हिजोको त्यो युद्ध हारेको त देशले नै हो नि ।

ल सुनुम न त है

Listen and Download Desh Le Hareko Yuddha .

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

Wednesday, December 28, 2011

कल्याणी धर्ती - The Good Earth

~पर्ल एस वक्~
अनुवादक : टिकाराम शर्मा

पर्ल एस वक् को उपन्यास "द गूड् अर्थ" को नेपाली अनुवाद टिकाराम शर्माले गर्नु भएको हो । यस उपन्यासमा एक पौराणिक चिन का एक कृषकको संघर्श र माटो सँगको प्रेम देखाईएको छ । खडेरी, सुख्खा , बाढी ले दु:ख दिये बाबजुद अढिक भएर आफ्नो मेहेनतमा भर परेर दु:ख छिचोल्दै माथि उठेको काहानी हो "द गूड् अर्थ" जस्को नेपाली नाम दिईएको छ "कल्याणी धर्ती" ।

 ल सुनुम न त

Listen and Download The Good Earth

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16
About the Novel :
This tells the poignant tale of a Chinese farmer and his family in old agrarian China. The humble Wang Lung glories in the soil he works, nurturing the land as it nurtures him and his family. Nearby, the nobles of the House of Hwang consider themselves above the land and its workers; but they will soon meet their own downfall. Hard times come upon Wang Lung and his family when flood and drought force them to seek work in the city. The working people riot, breaking into the homes of the rich and forcing them to flee. When Wang Lung shows mercy to one noble and is rewarded, he begins to rise in the world, even as the House of Hwang falls.

Tuesday, December 6, 2011

Ma Hideko Bato - म हिंडेको बाटो

~सीताजी (सीता देवी पोखरेल)~

साहित्यकार कृष्ण धारबासीकी श्रीमती सितादेवी पोख्रेल भट्टराई 'सिता-जी' द्वार आफ्नै जीवनमा आधारीत आत्माब्रितान्तिक उपन्यास हो 'म हिंडेको बाटो' । यस्मा वहाँले आफ्न जीवनमा भोगेका र सोहोरेका सम्पूर्ण मनका भाव अनी अनुभुती निकै सरलता र सरसताका साथ पस्किनु भएको छ । स्व। सिताजीको १२औँ दिनको पुण्य तिथीबाट श्रुतीसम्बेगमा सुरु गरिएको यो आत्मकथा सुनम न त  

Listen and Download Ma Hideko Bato

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7

Friday, December 2, 2011

Antarman ko Yatra - अन्तर्मनको यात्रा

~जगदीश घिमिरे~

जगदीश घिमिरेको अन्तर्मनको यात्राले छोटो समयमै निकै प्रशंसा र ख्याति प्राप्त गर्‍यो । गीता भन्छ- 'जातस्य हि ध्रुवोः मृत्यु' अर्थात् जन्मेपछि मृत्यु अवश्यम्भावी छ । मृत्यु कति उमेरमा, कुन समय र स्थानमा कसरी हुन्छ भन्ने कुरा कसैलाई पनि पूर्वज्ञान नहुनु मानव जीवनको सबैभन्दा सुखद पक्ष हो । रोग लाग्दैमा मान्छे मरिहाल्छ भन्ने छैन । लेखकले आपmनो उपचार प्रक्रियालाई अत्यन्त मर्मस्पर्शी शब्द संयोजनबाट मानवीय स्वभाव र जीवन दर्शनका कटु यथार्थहरूलाई सबैले देख्ने गरी, सबैले बुझ्ने र अनुभवद्वारा आत्मसात् गर्न सक्ने भाषामा व्यक्त गरेका छन् । साँच्चै भन्ने हो भने लेखकले 'मानव' भन्ने प्राणीलाई नंग्याएका छन् यस कृतिका माध्यमबाट । लेखकले समयलाई नै सर्वेसर्वा सत्य भनेका छन् र माइलोमालाई जीवनको जटिलताको प्रतीक । मानव जीवनको गहिराइमा व्याप्त विषाद, वेदना र छटपटीको साक्षात् रूप 'माइलोमा' लाई उनले 'अपराधै नगरे पनि दण्डित हुन विवश मानव नियतिको अभिलक्षण पनि हो' भनेका छन् । आफूले लेखेको आत्मानुभूति या आत्मालापलाई लेखक आफ्नो भन्दा बढी समयको योजना ठहर्‍याउँछन् । 'जीवन समयको योजना हो । आफ्नो होइन । मान्छेले अन्ततः समयकै योजनामा जिउनु र मर्नुपर्छ' लेखकले मृत्युसँगको साक्षात्कार गरिसकेपछि गरेको अनुभूति थियो त्यो र लक्ष्मीप्रसाद देवकोटाझैं उनी पनि 'आखिर श्रीकृष्ण रहेछ एक....' को निष्कर्षमा पुगेको अनुभूति हुन्छ ।

ल सुनुम न त है


Listen and Download Antarman ko Yatra


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14