Monday, July 15, 2013

Shree Ganesh

यस वेबपेजमा हाम्रो पुरापुर कोशिश रहनेछ कि हजुरहरु माझ नेपाली साहित्यका रचनाहरु आवाजको मध्यमबाट पस्कन सकुम . हामी सकभर इन्टरनेटमा भेटिएका नेपाली साहित्यका रचनाहरु जो
आवाजबद्ध भयेकाछन् , यहाँ राख्ने कोशिश गर्ने छौँ .

संग्रहित आवाजहरु श्रुतिसंबेग , रेडियो-वाचन र खगेन्द्र नेपाली ज्यू बाट लियीएको हो । यदी कुनै आवाज यहाँ हुन नहुने भए या लेख-अधिकारको उल्लंघन भएको भए कृपया हामीलाई खबर गर्नुहोला , तेस्ता सामाग्री तुरुन्त हटाईने छ ।

हजुर सम्पूर्ण श्रोताहरुको मद्दत र सद्भावको आशाका  साथ् "श्री गणेश"

- आविष्कार समर्पण / संग्रहालय

Tuesday, June 18, 2013

Muluk Bahira - मुलुक बाहिर

~लैनसिंह वाङ्देल~

दार्जीलिङमा १९८१ साल पुस ७ गते जन्मिएका उपन्यासकार लैनसिंह वाङ्देलको नधन वि.सं. २०५९ साल असोज २९ गते निधन भएको थियो । उनले अफ्नो जिवनमा थुप्रै चिर्चित उपन्यास, जीवनी, यात्रा संस्करण दिएर गएका छन् । यस उपन्यासमा मुलुक बाहिर रहेका प्रबासीहरूको समस्यालाइ चित्रण गिरएको छ ।

Listen and Download Muluk Bahira


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9

Tuesday, June 4, 2013

Naso - "नाशो" कथा संग्रह

~गुरु प्रसाद मैनाली~

साहित्यिक पत्रिका शारदामा १९९२ मा नासो कथा प्रकाशित भएपछि कथाकार गुरुप्रसाद मैनालीको साहित्ययात्रा प्रारम्भ भयो । जीवनमा थोरैमात्र कथा लेखे पनि सबै उत्कृष्ट छन् । रोचकहीन कोरा आदर्श बौद्धिक पाठकवर्गले मन पराउँदैनन् भन्ने तथ्य मैनालीले बुझेका थिए । ग्रामीण परिवेशका वेदनात्मक पक्ष्ाका चित्रणमा उनका अधिकांश कथा शोक, विरह, छटपटी र पीडाका प्रतीकका रूपमा उभिएका छन् । त्यसैले पनि नेपाली गाउँले जीवनका सहज चित्रणमा मैनालीलाई चुनौती दिने स्तरका कथाकार सार्वजनिक भएका छैनन् ।मैनालीको जन्म १९५७ भदौमा भएको हो । झन्डै ७२ वर्ष बाँचे उनी । नासोपछि १९९५ सम्म मैनालीका कथा फाटफुट शारदामै प्रकाशित भए ।मैनाली आधुनिक कथा क्ष्ाेत्रका अगुवा र लोकपि्रय कथाकार मानिन्छन् । जुन समय आधुनिक कथालेखन कलाको अभावैको समय थियो, त्यतिबेला जो जसले जहाँबाट कलम चलाए ती कलमका डोब उत्कृष्ट रहे । उनका समकालीन कथाकार पुष्करशमशेर जबरा, बाकृष्ण सम, रूपनारायण सिंह, भीमनिधि तिवारी, भवानी भिक्ष्ाु र विश्वेश्वरप्रसाद कोइराला आदि प्रमुख थिए । उनको एउटैमात्र पुस्तकाकार कृति एघारवटा कथाहरूको संग्रह नासो २०२० मा डा. तारानाथ शर्माले सम्पादन गरेका हुन् । नासोमा सामाजिक लघुकथाहरूको प्रतिनिधित्व भएको छ । ०५७ सम्म आइपुग्दा संस्करण प्रकाशित भइसकेको छ ।
यी कथा २००७ साल पूर्व र पश्चात्को सेरोफेरोमा लेखिएको हुँदा तत्कालीन समय र समाजको रितिस्थितिबारे पनि कथामा झर्राे भाषाको कलात्मक प्रयोगले अझ बढी सुन्दर बनाएको छ । नेपाली जनजीवनलाई औधि प्रभावित बनाएर कलात्मकरूपमा प्रस्तुत गर्न पुगेका मैनालीका कथामा नासोमा परालको आगो, बिदा, सहिद र छिमेकी कथा अत्यन्तै राम्रा हुन् । नासोमा समावेश अन्य कथा पनि क्रमशः प्रायश्चित पापको परिणाम, अभागी, कर्तव्य, प्रत्यागमन र चिताको ज्वाला हुन् । महत्त्व र रोचकताका दृष्टिले पनि उनका सबै कथा समान स्थितिका छन् । एघारवटा मात्र कथा लेखे पनि उनका कथावस्तुले नेपाली ग्रामीण जनजीवनको कारुणिक र मार्मिक पक्ष्ालाई सुन्दर अभिव्यक्तिद्वारा उर्वरशील बनाएको छ । शैलीमा नेपालीपना, भावना गाउँले सजिलोपना, विचारमा सुधारको लक्ष्य र चित्रणमा रमाइलो कलात्मकता मैनालीका कथाका विशेषता हुन् । लेखनीमा सुक्तिमयता, यथार्थमूलक, आदर्शको प्रतिपादन, सरलता, सरसता र रोचकता उनका कथाका मुख्य वैशिष्ट्य हुन् । जीवनको लामो कालखण्डमा मैनालीले निजामती सेवाअन्तर्गत न्याय विभागमा न्यायाधीशसम्म भएर काम गर्दा आफूले देखे भोगेका घटनालाई आधुनिक कथाशिल्पमा असाधारण शैली र रूपमा प्रस्तुत गर्नसक्नु प्रतिभा क्ष्ामताको द्योतक हो । समाज र साहित्य एक अर्काेका परिपूरक हुन् भन्ने तथ्यलाई कथाकार मैनालीले साह्रै राम्रोसँग बुझेका छन् । त्यसैले समाजबिना साहित्य जीवन्त रहन सक्दैन भने साहित्यबिनाको समाज अपांग रहन्छ । हृदयहीनता, घृणाबाट उत्पन्न हुने झैझगडा, सौताको रिसबाट हुने पीडाबोध तथा दरिद्र र शोषणबाट हुने वेदना नै उनका कथामा झल्कने प्रमुख विषयवस्तु हुन् ।नेपाली वाङ्मयलगायत भाषा, साहित्य, कला, संस्कृति, पत्रकारिता, साहित्यिक पत्रकारिता र इतिहासप्रति अभिरुचि बढाउने उद्देश्यले ०२९ मा साहित्यिक पत्रकार संघको जन्म भएको हो । संघले एक दशकपछि ०३८ मा आधुनिक नेपाली कथा साहित्यका अग्रजस्रष्टा मैनालीको पुण्यस्मृतिमा मैनाली कथा पुरस्कार स्थापना गर्‍यो । कथा जगत्का अग्रणी साधक मैनालीको पुण्यस्मृतिमा साहित्यिक पत्रकार संघद्वारा ०३८ चैतमा आयोजित सप्ताह व्यापी कथादिवसका अवसरमा मैनाली कथा पुरस्कार स्थापना भएको हो । पुरस्कार प्रतिवर्ष कथादिवसकै क्रममा कथासम्बन्धी प्रकाशित कृतिलगायत फुटकर कथालेखनको क्षेत्रबाट महत्त्वपूर्ण योगदान गर्ने कथाकारलाई प्रदान गरिन्छ । आफ्ना पिताको पुण्यस्मृतिमा गुरुप्रसादका छोराहरू क्रमशः डा. सुशील, राजेन्द्र अम्बिका र डा. माधव मैनालीको सहयोगमा स्थापित मैनाली कथा पुरस्कार आधुनिक नेपाली कथा साहित्यमा नयाँ र पुराना पुस्ताका कथाकारहरूलाई प्राेत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ ।

ल सुनम न त यस् कथा संग्रहका कथाहरु

Listen and Download Naso

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

Tuesday, March 26, 2013

Darbar Bahira Ki Maharani - दरबार बाहिरकी महारानी

~नगेन्द्र न्यौपाने~


पत्रकार-उपन्यासकार नगेन्द्र न्यौपानेले "दरबार बाहिरकी महारानी" उपन्यासबाट ईतिहासको एउटा लुकाइएको कथा र कालखण्ड देखाउन खोजेकाछन जस्तो मलाई लाग्यो । नारायणहिटी दरबार भित्र रहेकी एउटा सुसारे र देशको भावी राजकुमारको सम्बन्धको वारीपरी उपन्यास घुमिरहन्छ । दरबार भित्रका षड्यन्त्र , गुप्त संसार र गुम्सिएक निरिह मान्छेहरुको एउटा राम्रो चित्रण देखिन्छ यस उपन्यासमा । के के हुँदो रैछ त दरबार भित्र अनी कस्तो हुँदो हो त्यहाँको संसार ल सुनुम है त ।

- संग्रहालय

Listen and Download Darbar Bahira Ki Maharani

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8

Friday, February 1, 2013

नियात्रा - "यात्रा आरम्भको सेरोफेरो"

~गीता रेग्मी~

गीता रेग्मीको नियात्रा संग्रह "पश्चिमाहरुको देशमा"बाट नियात्रा "यात्रा आरम्भको सेरोफेरो" यहाँ प्रस्तुत छ ।

ल सुनुम न त

Listen and Download Niyatra


नियात्रा

Tuesday, October 16, 2012

Karnali Blues - कर्नाली ब्लुज

~बुद्धिसागर~

कथा एउटा अस्पताल को परिवेश मा पुगेको अनुभव संगै अतीतको अनन्त गहिराई मा जेलिंदै अनेक झिना मसिना स्मृतिका रेखा लाई उकास्न थाल्छ् र आफै फन्फनी घुम्न थाल्छ।उपन्यासका कयौं कथा अन्तर्कथा पताका र प्रकरी झैं संगसंगै हिड्छन्, टोलाउंछन्, मिल्छन्, हराउंछन्, आ-आफ्नो कार्य परिणति संगै कथा का भाग हुंदै गाफिदै जान्छन्। संपूर्ण कथा बाल्य मन को भाव जगत् बाट पिता लाई नियाल्दै लेखियेको हुनाले यो बालमनोविज्ञान लाई पनि राम्रै संग छुन्छ। श्रृङ्गार रसको वासना बाट मुक्त यस उपन्यासमा बात्सल्य रस को चरमोत्कर्ष भये पनि अन्तिम परिणति दुःखान्तक र करूण रसमा नै भयेको छ भन्दा कसो होला?(sabhar)

ल सुनम न त

Listen and Download Karnali Blues 
भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13
भाग-14
भाग-15
भाग-16
भाग-17
भाग-18

Friday, May 11, 2012

Sahar ko Katha - "शहरको कथा"

~किशोर नेपाल~
पत्रकार किशोर नेपालको तेस्रो उपन्यास 'शहरको कथा'मा नेपालको आधुनिक, साहसिक र पारदर्शी समाजको सफल चित्रण रहेको उनले बताए। 'समाज चित्रणका क्रममा यथार्थ ल्याउने प्रयासमा लेखक बहकिएर छिल्लिने गरेका भए पनि यस उपन्यासमा नेपाल संयमित भएर नयाँ प्रयोग गरेका छन्,' उनले भने। 'यो उपन्यासमा केही अराजकता पनि झल्कनसक्छ। तर, त्यो अराजकता मेरो होइन, अहिलेको शहरको हो,' उनले भने। शहर पसेकी एक युवती अरोजाको महत्त्वाकांक्षाकेन्द्रित एक सय ९५ पृष्ठको उपन्यास न्यु थट पब्लिकेसनले बजारमा ल्याएको हो।

(source : NagarikNews )
 
ल सुनम न त है !

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9

Tuesday, April 24, 2012

Pandulipi - "पाण्डुलिपी"

~कृष्ण धराबासी~

मलाई घिन लाग्यो पुरुष भएकोमा
कृष्ण धरावासी


सीताजीलाई माइखोलाको किनारमा सेलाएर आएपछि एकमहिनादेखि छोरीलाई रुँघेर बस्नु भएकी सासूआमा बुधवारे जान तयार हुनु भयो । मैले उहाँलाई रोक्न खोजें– उहाँले अब यो घरको पानी खान्न म भन्दै रुन थाल्नु भो । उहाँले भीम दाइलाई पनि सँगै जाउँ भन्नु भो तर दाइ मान्नु भएन ।
–‘कस्तो परम्परा हाम्रो ? कस्तो मान्यता हाम्रो ! छोरी मरेको दिन देखि माइतीले त्यो घरको अन्नपानी नै ग्रहण गर्नु नहुने रे ?’
मैले रोक्न सकिनँ । आमा खन्च्याङखन्च्याङ एउटा खुट्टो खोच्याउँदै रुँदै बाटो लाग्नु भो । सीताजीले आफ्नो किताबमा उल्लेख गर्नु भएको दुःखको पहाड बोक्न सक्ने यी बुढिया आज फेरि छातीभरि चट्टान बोकेर हिंडिन् । के भनेर सम्झाउनु यिनलाई !
सबै कोठा घुमेर हेरें । सबै पलङहरु खालि थिए । हिजोसम्म सीताजीको एकोहोरो पीडापूर्व आवाज आज थिएन । पलङ फेरिफेरि सुताइन्थ्यो उहाँलाई । अब सबै खाली थिए । घरभरि मानिसै मानिस थिए तर घर सुनसान थियो । छोराहरुलाई हेरें– उदास अनुहार बनाएर सेतो तन्ना, सेतै खोलको सिरक, डसना र सिरानीमा ढल्किएका थिए । उनीहरु अब किरियापुत्री भएका थिए । एकापट्टि कुनामा शारदा र प्रतिमा अनसनमा बसेको आक्रान्त जस्तो सिथिल भएर ढलेका थिए । त्यो दृश्यसँगै मनमा कल्पना आयो– ‘आज म मरेको भए छोराहरु त यसरी नै बसेका हुन्थे तर शारदा सुतेको ठाउँमा सीताजी एकसरो सेतो कपडामा बेरिएर शोकले अजाख पल्टिएकी हुनु हुने थियो । उहाँले रुन बिर्सिएको हुन्थ्यो, होस् आउँदै जाँदै हुन्थ्यो, यो कोठा महान शोकालय हुने थियो । तर त्यो जे भए पनि सुल्टो हुने थियो । स्वास्नीभन्दा लोग्ने अघि मर्नु स्वभाविक मानिन्छ हाम्रो परम्परामा । उमेरमै जेठो हुनाले पनि स्वभाविक हुन्थ्यो । आज म मरेको भए छोराछोरीहरुले आमाको माया पछिसम्मै पाइरहने थिए तर, मैले त यिनीहरुलाई आमाको जस्तो माया के दिन सकुँला र ? मलाई नै चाहिन्छ त्यस्तो माया ! बाबुको माया वास्तवमा माया नै होला त ? बाबुको माया भनेको त कर्तव्यबाट निस्रित भएको कुनै औपचारिकता मात्र हो कि जस्तो लाग्छ मलाई । आमाले दिने मायाका अघि बाबुको बुद्धि पसेको माया कत्तिको सितल बन्न सक्ला र सन्तानलाई ।’
सम्झाउनेहरु प्रायः सबैले भन्थें–
–‘तिमीले अब आमा र बाबु दुबैको भूमिका एक्लै निभाउनु पर्छ । आमाको माया पनि तिमी भित्रै उमार्नु पर्छ ।’
मेरो लागि कत्रो परिक्षा थियो यो ? कसरी सकुँला मैले आफूभित्र ‘सीताजी’ लाई उमार्न ।
छरछिमेकी सबैको प्रमूख केन्द्र बनेको थियो यो घर । सबै भेला भएर तम्बु टाङने, कुर्सी मिलाउने, खाने कुराको प्रबन्ध गर्ने, आदि काममा जुटेका थिए । पुरेत साँझमा आउने गरी विदा हुनुभएको थियो ।
म भने बैठक कोठामा आएर बसें । मेरा वरिपरि साथीभाइहरु बसे । मलाई यो दुःखबाट अल्मल्याउन अनेक प्रकारका सन्दर्भहरुमा चर्चा गर्न थाले । म पनि वार्तामा भाग लिन थालें ।
मैले एउटा भ्याङले हाफपेन्ट र नीलो भेष्ट लगाएको थिएँ । मलाई कसैले पनि केही भनेनन् । मेरा निम्ति कुनै ब्रतहरु छुट्टिएनन् । म सोचिरहेको थिएँ– मलाई पनि केही केही बन्देजहरु हुनेछन् । यो शोकमा छोराहरुसँग म पनि सामेल हुनु पर्नेछ । त्यस त्यसबारेमा खासै केही भएन । सबैजना मसँग टांसिएरै बस्थे, म जताततै स्वतन्त्र हिंडडुल गर्थेँ ।
बेलुका फलफूल आदि खाइयो । भोलि बिहान आठ बजेतिर पुरेत आउनु भयो । मैले उहाँलाई भनेको थिएँ–‘गुरुजी ! आमाको काममा पहिलो दिन नै म ढलेको थाहा होला, केटाहरु पनि त्यति दरा छैनन्, चाँडै आउनु होला ।’
नभन्दै उहाँ समयमै आउनु भयो । छरछिमेकीहरु भेला भए र ढिकुरो उठाउने काम प्रारम्भ भयो । मलाई त्यो दृश्य हेर्न कठिन भयो । बेलाबेला त्यहाँ पुग्दै फर्किदै गर्थँे । शारीरिक रुपले दिपलेश भाइ भन्दा कमजोर थियो । उसलाई उठबस गर्न समस्या थियो, त्यसैले उसको लागि सेतो प्लाष्टिकको कुर्सीको व्यवस्था गरियो । सबै विधि विवेकले गर्न थाल्यो । सम्झें– दिपलेश र म दुबै उस्तै भयौं । हामी दुबै जेठो सन्तान भएर पनि आमाको किरिया विधि गर्न सकेनौं । म पनि ढिकुरो उठाउने दिनु नै वेहोस भएकाले त्यो दिनको सबै काम भाइ (कुमार) ले गरे पछि सबै दिनका विधिहरु उसैले गर्दै गयो, म भने छेउमा बसेर हेरिरहने भएँ । यसपालि दिपलेशले पनि आफ्नो शारीरिक असक्षमताका कारण भाइले गरेको टुलुटुलु हेरिरहनु पर्ने भयो ।
केटाहरुलाई खानका लागि मैले विशेष व्यवस्था गर्न लगाएको थिएँ । पुरेत विष्णुप्रसाद काफ्लेसँग सीताजी बित्नु अघि नै मैले किरियाकर्म कसरी गरिन्छ भन्ने बारे आफ्नो विचार राखिसकेको थिएँ र उहाँले मेरो यो अभियानलाई सहयोग गर्ने वचन दिनु भएको थियो ।
केटाहरुले खाना बनाउँदा ग्यासको प्रयोग गर्ने, ध्यु नखाने, दही दूध र फलफूलसँग खाना खाने । पातको प्रयोग नगर्ने, थालको प्रयोग गर्ने आदि थियो । पहिलो दिन नै त्यो प्रयोग देख्ने केहीले यो हुँदैन, त्यो हुँदैन भन्ने मत राख्न थाले । मैले उहाँहरुसँग बहस गरें । मलाई वास्तवमा यो कर्मकाण्डमाथि केही संसोधन गर्न मन थियो । अर्काको घरमा परेका बेला ठूलाठूला बुद्धि र भौतिकवादको चर्चा गर्ने तर आफ्नोमा पर्दा उग्रतापूर्ण रुढ प्रवृतिमा लाग्ने हाम्रो बौद्धिक समाजका अघि केही गर्न मन थियो । आँखिरी सीताजी बितिहाल्नु भयो– यो दशगोत्र कर्मले उहाँको दिवंगत आत्मासँग कुनै सरोकार राख्ने पनि होइन, यस संस्कारलाई सजिलो कसरी पार्न सकिएला भन्ने लागेकै थियो । कुनै पनि कुराको थालनी गर्नु छ भने आफ्नै घरभित्रबाट थाल्नुपर्ने हुनाले मैले त्यो निर्णय गरेको थिएँ ।
सामान्य आलोचना र परिचर्चाको प्रारम्भ पहिलो दिनबाटै शुरु भइसकेको थियो ।
खानेबेलामा मलाई भने दिदी, बहिनीहरुले पकाएकै भान्सामा व्यवस्था गरियो । मैले भरे पुरेतलाई सोधें–
– ‘गुरुजी ! सीताजी बित्नु भएको छ, खै मेरो लागि त कुनै पनि काम छुट्टिए जस्तो लागेन त ? मैले केही गर्नु पर्दैन ?’
उहाँले भन्नु भो–
– ‘खै तपाईको लागि अलग्गै केही गर्नु पर्ने शास्त्रमा छुटिएको छैन । मातापिताको किरियाकर्म छोराले गर्ने हो । तपाईले नुनसम्म बारे हुन्छ ।’
म छक्क परेको थिएँ । मलाई यो कर्मकाण्डले अलग्गै केही काम दिएन भन्नु भन्दा पनि यो कस्तो विधि हो जसमा लोग्ने मर्दा उहिले स्वास्नीले जिउँदै सती जानु प¥थ्यो, लोग्नेसँग चितामा जल्नु प¥थ्यो । अझै पनि लोग्ने मर्दा छोराहरुसँग कोरामा बसेर शोकमय हुनु पर्छ, एकसरो सेतो धरो बेरेर बस्नु पर्छ । त्यसपछि पनि वर्षदिनसम्म बार्नु पर्छ तर स्वास्नी मर्दा भने लोग्नेका लागि केही पनि दायित्व छुट्याइएको छैन ।
मैले विषणुकुमार भट्टराई दाइसँग यो गुनाशो पोखें–
–‘दाइ ! यो कस्तो विधि हो ? कति अव्यावहारिक, कति पक्षपाति । जसलाई थरगोत्र समेत फेरेर आफ्नो कुलधर्ममा समाहित गराइएको हुन्छ, ऊ मर्दा भने लोग्नेको कुनै भूमिका नहुनु अचम्म होइन ? यस्तो एकलकाटे पनि शास्त्र हुन्छ त ? कसको कसको कुलमा जन्मेकी नारीलाई आफ्नो घरमा ल्याएर आफ्नो बनाइएकीलाई जीवनमा सुख दिन सकिन्छ, सकिन्न, मरे पछि समेत उसका निम्ति आफूले केही गर्नु नपर्ने ?’
– ‘त्यति मात्र कहाँ भाइ ! अझ शास्त्रमा त स्वास्नी मरेमा स्वास्नीको लाश उठाइ सके पछि लोग्नेले त्यसै दिन अर्की स्वास्नी भित्र्याउनु समेत हुन्छ पनि भनिएको पो छ त ।’
म टवाल्ल परें । म भित्र शब्दहरु नै हराए ।
कस्तो परम्परा र संस्कृतिमा टेकेर उभिएका रहेछौं हामी ? कति घिन लाग्दो सोच ?
त्यो आमा जसले आफ्नो सम्पूर्ण मन, शरीर, इच्छा, रहर र उमेर विनासर्त समपर्ण गरेकी हुन्छे त्यसको मूल्य कति त ? त्यो लोग्नेले उसका निम्ति कुनै भार बोक्नै नपर्ने ?
कुनै कालमा पुरुषले बनाएको यो शास्त्रमा यति हदसम्म लाजमर्दाे सुविधा आफ्नो लागि सुरक्षित गर्नु हुन्छ ? मलाई घिन लाग्यो आफू पुरुष भएकोमा । मनमा आयो– यदि साँच्चै मरेको शरीरको आत्माले देख्दो हो भने सीताजीलाई कस्तो लाग्दो हो ? के खुशी लाग्दो हो ? के उहाँले आशीर्वाद दिनु हुँदो हो ?
लोग्नेका नजरमा नारीलाई यति हदसम्म मूल्यहीन बनाइएको छ हाम्रा कर्मकाण्डहरुमा भन्ने मलाई थाह थिएन । हुन त स्वास्नी मरौ परेको घरमा गइएकै हो तर यसप्रकारले विचार गरिएको रहेनछ । यस्तो कर्मकाण्ड पद्धतिलाई हामीले अक्षरशः जोगाइरहनुको के औचित्य भन्ने कुराले म भित्र झन् जरा गाड्न थाल्यो ।
(धरावासीको प्रकाशोन्मुख कृति पाण्डुलिपिको अंश)आजबाट हामी कृष्ण धराबासी को उपन्यास आधा बाटो लिएर आएका छौ | )
(Source) 

ल सुनम न त

Listen and Download Pandulipi.

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12