Friday, April 15, 2011

Jiwan Kaanda Ki Phool - "जीवन काँडाकि फूल" - Incomplete

~झमक घिमिरे~

जीवनको भोगाई र अनुभवले गर्भधारण गरी पैदा गरीएको झमकको एक शसक्त र उत्कृष्ठ लेखनशैलीले भरी पुर्ण दशौ(म गलत छुइन भने)सन्तान हो जीवन काँडा कि फूल। आफै कल्पना गरौ जव हामीमा चेतना हुन्छ त्यो बेला आफ्ना सामुन्यका मानीसहरुले विना गल्ति आफु माथी हरेक पटक बचन बाण हान्छन तव केही काम गर्न खोज्दा हामी सँग काम गर्ने हातहरु हुन्नन जब हिड्न खोज्छौ तर हिड्ने खुट्टा हुन्नन केही भावना ब्यक्त गर्न खोज्छौ तर त्यो ब्यक्त गर्ने माध्ययम बोली पनि नभइ तड्पिनु पर्दाको दर्दनाक पिडा कस्तो होला? हो यहि पिडा र भोगाइको पोखाइ हो यो निबन्ध ।
जम्मा ४७ वटा छोटा छोटा निबन्धको सँगालो भित्र जीवनको आरम्भ र म,हजुरआमा र लिङ्ग भेद, अवसानपछिको अभ्यास,शुन्यताभित्र जीवन, आशाको त्यो त्यान्द्रो सम्म, आशाका किरणहरु, अक्षरसँग पलाएको हर्ष, शब्दको उत्सव, धामी झाक्री र डाक्टरहरु, समाजले बुझेको सौन्दर्य भित्र म ,टालेका पाइजामा र लाज, कापी कलम पाएको त्यो पल, भूत प्रेत भगवान र विश्वास, विभेदको युद्दमा म एउटा बोझ, जातीय बिभेदहरु विच म, किशोरावस्थाका चेतना र उत्सुकता, नाम सँग बिद्रोह,ऋतुधर्म र बैस, सम्भावनाहरुको खोजी, पुस्तक सँसारमा प्रबेश, सिर्जनाका कोपिला, फराकिलो बाटाको यात्रा, अक्षरहरुमा जीवनको रङ, पत्रहरुमा मन पोखिदा, विस्तृत जगत्तिरका पाइला, ज्ञानको भोक र काठमाण्डौ बस्ने प्रस्ताव, पढ्न उमेरले छेक्तैन, समाजको दृष्टीमा अपाङगता, स्वाभिमान र श्रम, धार्मिक आस्था भित्र मान्छे र देउताहरु, स्वतन्त्रता भोग्ने रहर, कलम र मृत्युको सन्त्रास, रगताम्य समयसँग स्तब्ध मन, सङ्कटकाल र सन्त्रास्त समय, अध्यारो बाट मुक्तिको स्वर, कान्तिपुर पब्लिकेशन छिरेँ, रङ्ग कुची र क्यानभास, मान्छेको दिमागमा बसेको काती, बन्दुक सँग शब्दको परेड, धनकुटा जल्यो, आस्था आँसुसँग बर्सियो, अफ्ठ्यारोमा जीवन र सुनगाभाको मुस्कान, धुम्म आकाश उघ्रिएपछि मान्छेहरु,द्वन्दका घाउहरु छामेको अनुभूति, जीवनका आभाहरु ,सहमतिका हातहरु, जीवन काँडा कि फूल शिर्षकहरु समेटिएका छन ।

यो काँडामय जीवन अरुको नभै आफ्नै यी करिव उनन्तीस बसन्तको यात्रा पार गर्दाका यात्रा सँस्मरण हुन् । निवन्ध भित्र एक साँपे बालकबाट के कति जीवनका आरोह अवरोहहरु पार गरेर एक सफल साहित्यकार झमक घिमिरे सम्म आइपुगिन भन्ने कुराको बृतान्त कोरीएका छन् । अझ समाजमा अपाङ्गहरुको स्थान, अपाङ्ग हुनुको पीडा कथित सपाङ्ग भनिने मानिसहरुले दिइने चरम यातनाको रापबाट निश्किएको ज्वाला हो जीवन काँडा कि फ‍ूल ।

पुस्तक यति गहन छ त्यो त पढि सके पछि मात्र थाहा हुन्छ । मानिस भित्रको पीडाको छटपटी ओकल्न नपाउदा कस्तो हुन्छ ? एक चेतनशिल मानिले अर्को चेतनशिल मानिसलाइ दवाइरहदा दविएको ब्यक्तिको भावनामा कति ठुलो चोट पर्छ भन्ने कुरा यसबाट सिक्न सकिन्छ । अभावको पीडालाई टार्नको निमित्त आफ्नो शरिर लिलाम बिक्रि गर्ने र जीवन सँग हार खाएर आत्महत्या गर्ने कायरहरुको लागी पनि एउटा गतिलो झापड हो भन्दा अत्युक्ति नहोला ।


Listen and Download Jiwan Kaanda Ki Phool


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

Friday, January 21, 2011

इलेवेन मिनेट्स - Eleven Minutes

~ पावलो कोहेल्लो~


इलेवन मिनेटस एक युवतीको सानो गाउँ देखी सपनाको ठुलो शहर पुग्दा आफुलाई खोज्ने कि यौन धन्दामा समिल हुने दोधारला बखुबी दर्साइएको छ । 

ल सुनम न त

Listen and Download Eleven Minutes
भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
About the Book : 
Eleven Minutes is the story of Maria, a young girl from a Brazilian village, whose first innocent brushes with love leave her heartbroken. At a tender age, she becomes convinced that she will never find true love, instead believing that "love is a terrible thing that will make you suffer. . . ." A chance meeting in Rio takes her to Geneva, where she dreams of finding fame and fortune. Maria's despairing view of love is put to the test when she meets a handsome young painter. In this odyssey of self-discovery, Maria has to choose between pursuing a path of darkness -- sexual pleasure for its own sake -- or risking everything to find her own "inner light" and the possibility of sacred sex, sex in the context of love.

Tuesday, December 28, 2010

कथा - "दुइ युग" र "बतासका कुरा बताससँग बह"

~धुव सापकोटा~

ध्रुब सापकोटाबाट २०३५ साल भन्दा अगाडि लेखिएका कथाहरु संग्रहित कथासंग्रह "उच्चारण"बाट २ कथा "दुइ युग" र "बतासका कुरा बताससँग बह" अह यहाँ प्रस्तुत छ ।

ल सुनम न त

Listen and Download Stories from Uchchaaran


कथाहरु

Saturday, December 18, 2010

विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त


~सङ्कलन: गणेशराज शर्मा~


ल सुनम है त


Listen and Download BP Atmabritanta


भाग-१(पन्ना १ देखी १५ सम्म)
भाग-२(पन्ना १६ देखी ३० सम्म)
भाग-३(पन्ना ३१ देखी ४५ सम्म)
भाग-४(पन्ना ४६ देखी ५५ सम्म)
भाग-५(पन्न ५६ देखी अन्त्य सम्म)

Saturday, December 4, 2010

Naagpaash - नागपाश

~ शारदा शर्मा ~


शारदा शर्माबाट लेखिएको यो कथा 'गरिमा पत्रिका २०५७ - कथा बिशेषांक' बाट लिइएको हो ।



Listen and Download Babu, Aama Ra Chora

Naagpaash

Friday, November 26, 2010

कथा - "पात्र चयन" र "देउकी"

~भुवन ढुंगाना - रासि पाण्डे~
भुवन ढुंगानाको कथा "पात्र चयन" र रासि पाण्डेको कथा "देउकी"

पहिलो कथा भुवन ढुंगानाको "नेपाली महिला कथाकार" पुस्तकबाट लिईएको कथा "पात्र चयन" हो र यो एक उत्कृष्ट कथा हो । उत्कृष्ट यस् अर्थमा कि यस्मा महाभारतको सम्पूर्ण ग्रन्थलाई भिन्न रुपले बाटिएको छ ।

दोश्रो कथा रासी पाण्डेको गरिमा पत्रीका २०५७ मा प्रकाशित कथा हो । वहाँको नाम रामेश्वोर सिङ पाण्डे हो ,नाम छोट्ट्याएर रासी पाण्डे उपनाम राखेका लेखका सम्पूर्ण लेखहरु चोटिला हुन्छन । कथा "देउकी"मा लेखक ले एउटी केटीले जो देउकी कि छोरी हुन्छे , उस्को मनोभाव पोखेका छन । "देउकी" को बेदना र अनुभुतीहरु यस् कथामा पोखिएको छ छताछुल्ल गरेर ।

ल सुनम है त

- संग्रहलय

Listen and Download 2 different Stories


कथा

Friday, November 19, 2010

Anabritti - अनब्रित्ती

~ प्रभा कैनी ~
This novel is a one of best Nepali Novel Which Written by Dr. Prabha kaini, published by Orintial Publication. This book shows the discrimination done between male and female in Nepal . Its a story about a bold woman who denies the conservative, traditional and superstitious beliefs about women in out patriarchal society.

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12(डा. प्रभा कैनीसंगको अन्तर्वार्ता )
Click Here to Download  

Tuesday, September 14, 2010

Tin Ghumti - तीन घुम्ती

~वि पि कोइराला~

तीन घुम्ती नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो।

ल सुनम न त

Listen and Download Darbar Bahira Ki Maharani

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
- संग्रहालय

Friday, August 27, 2010

कथा - "रोमियो र जुलिएट"

~सेक्स्पेयर~
अनुवादक - मधुसुदन पाण्डे

"सेक्स्पियरका कथाहरु" बाट लिईएको रोमियो-जुलियट कथा एक विश्वप्रसिद्द कृति हो । एक बियोगान्त कथा

ल सुनम न त

Listen and Download Romio and Juliet

कथा

Friday, July 16, 2010

The Alchemist - किमियागर

~पाउलो कोहेल्हो~
अनुवादक : रितेश थापा


सेन्तिआगो नामको एक यन्दलुसिअन गोठालोलाई एक किमियागर हेर्छन । सेन्तिआगोले एउटै अलौकिक सपना देखिरहन्छ र उ त्यस्को अर्थ बुझ्न नजिकैको रोमनी(जिप्सी) शहर तिर लाग्छ । त्यहाँ एउटा जिप्सीले उस्लाई मिश्र(एजिप्ट)को पिरामिडमा ठुलो खजाना रहेको जनकारी दिन्छ ।

उस्को यात्राको सुरुवाती दिनमा उस्ले बुडा राजा मेल्चिजेदेकलाई भेट्छ जस्ले उस्लाई आफ्ना भेंडाहरु बेच्न उक्साउँछ्न र मिश्र जान भन्छ्न । उनले सेन्तिआगोको मनमा "ब्यक्तिगत प्रसिद्धि" को बिचारको बिजारोपण गरिदिन्छ्न । उन्ले भन्छ्न "जब तिमी कुनै बस्तु या केही अती नै चाहन्छौ, सारा ब्रह्माण्डले मिलेर तिम्रो सफलता भेट्टाउनको लागि मद्दत गर्छ । यस किताब एवम् कथाको मूल मन्त्र/बिषय-बस्तु पनि यही रहेको छ ।

ल सुनम न त

Listen and Download The Alchemist


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

Tuesday, July 13, 2010

Sumnima - सुम्निमा

~ वि. पि. कोइराला ~

सुम्निमा विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित उपन्यास हो । यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा किराँत धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ ।

ल सुनम न त

Listen and Download Sumnima

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8