Friday, March 6, 2015

उपन्यास : "लिखे"

~शरद पौडेल~

अंश २९ सम्म "नवयुवा" मासिकमा २०५३ असार देखी २०५७ पुष सम्म धरावहिक रुपमा प्रकाशित भएको "लिखे" उपन्यासलाई साझा प्रकाशनले २०६५ साल मा पहिलो पल्ट प्रकाशन गरेको थियो । अञ्चलिक भाषाको प्रयोग र नेपाली नविन बिषय बस्तुको छनोटले "लिखे" उपन्यासलाई छुट्टै चौघेरामा उभ्याउँछ ।

ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9
भाग - 10
भाग - 11
भाग - 12
भाग - 13
भाग - 14
भाग - 15
भाग - 16

Tuesday, March 3, 2015

कथाहरु - "कवी एक रेखा चित्र" र "कोम्रेड एक कथा"

~म्याक्सिम गोर्की~
~अनु : ललिजन रावल~

ललिजन रावलबाट अनुदित "म्याक्सिम गोर्कीका कथाहरु" नामक पुस्तकमा संग्रहित कथाहरु "कवी एक रेखा चित्र" र "कोम्रेड एक कथा" लिएर श्रुतिसम्बेग परिवार प्रस्तुत भएका छन । म्याक्सिम गोर्कीका कथाहरु विश्वबिख्यात छन , उन्का कथाहरुले भिन्न सन्देश बोकेका हुन्छन र उनका प्राय: कथाहरुमा समाजमा देखिने घटना सुन्दर तरिकाले शब्दजालमा बाँधिएको हुनेगर्छ ।

ल सुनम न त !


कथाहरु - "कवी एक रेखा चित्र" र "कोम्रेड एक कथा"

Friday, February 27, 2015

कथाहरु - घोडा र सन्तुले छक्काई


~भिमनिधी तिवारी~
~हरीभक्त कटुवाल~

"दश लहर कथा संग्रह" बाट भिमनिधी तिवारीको कथा "घोडा" र हरीभक्त कटुवालको कथा "सन्तुले छक्काई" प्रस्तुत गरिंदैछ | घोडा कथामा बाल मनोबिश्लेषन गरिएको छ भने सन्तुले छक्काईमा एक बाबुको छोरी पोइल गएपछी आफ्नो भविष्यको लठ्ठी भाँचिएको अनुभव गर्ने बाबुको कथा प्रस्तुत गरिएको छ ।

ल सुनम न त !


कथाहरु - घोडा र सन्तुले छक्काई

Tuesday, February 24, 2015

कथाहरु - "युद्ध" र "मातापितालाई सोध्नुहोस्"

~माया ठकुरी~

कथाकार माया ठकुरीको कथा संग्रह "आमा जानुहोस्" बाट २ वटा कथा "युद्ध" र "मातापितालाई सोध्नुहोस्" यहाँ प्रस्तुत गरिएको छ । पहिलो कथा एउटा सन्तानहिन दम्पत्ती मध्यको पतीको सन्तान पाउन आशामा अनितिक तरिकाले आफ्नो पत्नीलाई गर्ब बोकाउन खोजिएको कथा एउटा चिठ्ठीको रपमा प्रस्तुत गरिएको छ । दोश्रो कथामा आज्कालका मातापिता, रहनसहन, परिवर्तित सोंच अनी बिक्रिती देखाईएको छ ।

ल सुनम न त !


कथाहरु - "युद्ध" र "मातापितालाई सोध्नुहोस्"

Friday, February 20, 2015

कथाहरु - कालो पट र रगतले लत्पतिएका जिजिबिषा

~दौलत विक्रम विष्ट~

राजकिय प्रज्ञा प्रतिस्ठानले २०३५ मा प्रकाशित कथा संग्रह 'घाऊका सत्र चक्का'मा बिभिन्न कथा संग्रहित रहेको छ । आज कथाहरु 'कालो पट' र 'रगतले लत्पतिएका जिजिबिषा' वाचन गरिएको छ ।

दौलत बिक्रम बिष्टका कथाहरु मनोबिश्लेशणात्मक हुने गर्छन् । यसै अनुसार पहिलो कथामा पनि एक बिवाहित आईमाईको मनोवाद प्रस्तुत गरिएको छ भने दोस्रो कथामा एक सिपाहीको ड्युटीमा खट्टिएको बेला आफ्नी प्रियासीलाई सम्झी गरिएको मनोवाद निक्कै खर्रिएको र निखारिएको भाषामा प्रस्तुत गरिएको छ ।

ल सुनम न त !


कथाहरु - कालो पट र रगतले लत्पतिएका जिजिबिषा
 

Friday, February 6, 2015

कथा - "कहिल्यै बन्द नहुने ढोका"


~गोविन्द प्रसाद कँडेल~

‘चितामाथिको विहानी’, साहित्यकार गोविन्द प्रसाद कँडेलको यो तेस्रो कृति हो । यस कृतिमा कथाहरु रागिनी, कहिल्यै बन्द नहुने ढोका, प्रदेशीको सपना, हराएको चिठ्ठी सहित पाँच कथा संग्रहित रहेका छन् । यस अघि उनको ‘वरपिपल’ खण्ड काब्य र ‘सपनाको घर’ गीति संग्रह बजारमा आइसकेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशनमा ल्याएको सो कथा संग्रहलाई शब्दहार क्रियशन र प्राइम बुक्सले बजार व्यवस्थापन गरेको छ ।

आज श्रुतिशंबेगबाट गोविन्द प्रसाद कँडेलको यसै कथा संग्रह 'चितामाथिको विहानी'बाट कथा 'कहिल्यै बन्द नहुने ढोका' सुन्नेछौं ।।


ल सुनम न त !


कथा - "कहिल्यै बन्द नहुने ढोका"

Friday, January 30, 2015

कथाहरु - "फतिमाको अनिदो रात" र "क्रिष्टिना याट द रेट"


~राजुबाबु श्रेष्ठ~

कथाकार राजुबाबु श्रेष्ठको २०६९ सालमा प्रकाशित "मृत्‍यु मेला" कथा संग्रह बिदेशी भूमिमा रहेका नेपालीहरुको कथाको संग्रह हो । यस किताबमा बिदेशमा बाँच्न गर्नु पर्ने संघर्ष र पिडाहरु शाब्दिक रुपमा पोखिएको छ । यसमा रहेका कथाहरु देशमा रहेको द्वन्द र तेस्ले पैदा गरेको नेपाली समाजको डर कस्तो थियो बयान गरेको छ । यही कथाहरु मध्य 'फातिमाको अनिदो रात' र 'क्रिष्टिना याट द रेट' आज सुन्ने कथा हुन् ।


ल सुनम न त !


कथाहरु - "फतिमाको अनिदो रात" र "क्रिष्टिना याट द रेट"

Friday, January 23, 2015

कथाहरु - "१९ नम्बर" र "स्खलन"

~अनमोलमणि पौडेल~

पत्रकार तथा साहित्यकार अनमोलमणि पौडेलको कथा संग्रह "नीलिमा र गाढा अँध्यारो"बाट "१९ नम्बर" कथा र अर्को एक कथा "स्खलन"......!!


ल सुनम न त !


कथाहरु - "१९ नम्बर" र "स्खलन"

Tuesday, December 23, 2014

उपन्यास : लाल चुडी

~कृष्ण अविरल~

लेखनका लागि प्रायः नौलो विषय रोज्न मन पराउने आख्यानकार अविरलले लालचुडीमा दहेज नामको कुप्रथाले आक्रान्त मध्यतराईका विवाहयोग्य उमेरका युवतीका पीडाजन्य अनुभूतिलाई उनेका छन् । उपन्यासकी मुख्य पात्र ज्योतिको पूर्वदीप्ति, संस्मरणात्मक र डायरी शैलीमा उपन्यासको कथा बुनिएको छ । उपन्यासमा पुरै नारी नै नारी भएकाले यस उपन्यासलाई नारी चरित्रप्रधान उपन्यास भने पनि हुन्छ ।

लेखकले भोजपुरी भाषाको सहज प्रयोग गरी उपन्यासलाई स्वाभाविक बनाएका छन् । यसमा अविरलको नौलो खुबी देख्न पाइन्छ । युवा पुस्ताका पाठकले धेरै ठाउँमा आफूलाई भेट्टाउँछन् भने कति ठाउँमा आँखासमेत रसाउँछन् ।

यस उपन्यासका बारेमा पछिल्लोपुस्ताका खरा समीक्षक विमल आरोहीले मधुपर्कमा लेखेका छन्, ‘ज्योतिको डायरी’ पढ्दै जाँदा धेरै ठाउँमा आँखा साँच्चै रसाउँछन्, सोँच्न बाध्य भइन्छ । मधेशमा राजनीति गर्ने नेता, कार्यकर्ता, गैससका विकासकर्ता सबैले एकचोटि ‘लालचुडी’ पढ्न जरुरी छ भन्दा मलाई कुनै गाह्रो हुँदैन; किनकि उपन्यास पढिसकेपछि धेरै दिनसम्म ‘झुम्म’ पारिदिन सक्ने क्षमता छ यसमा ।’

बरिष्ठ समालोचक डा. रामदयाल राकेशले लालचुडीलाई ‘मधेसको परिवेशमा लेखिएको जीवन्त उपन्यास’ भनेका छन् । ‘मधेशको परिवेशमा आधारित भएर केही उपन्यास लेखिएका भए पनि तिनमा लेखक बढी हाबी भएका छन् ।’ डा. राकेशले आफ्नो समालोचनामा लेखेका छन्, ‘फरक समुदाय र परिवेशमा हुर्केको मान्छेले यति जीवन्त उपन्यास कसरी लेख्न सक्यो भनेर आश्चर्य लागेको छ ।’


ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9 (Last Part & Interview)

Tuesday, October 21, 2014

उपन्यास : अनुराधा

~बिजय मल्ल~


यस उपन्यासमा बियोगान्त प्रेम कथा प्रस्तुत गरिएको छ, एक बहुलाही आईमाई र एक अन्तर्मुखी लोग्नेमान्छेको बिच । नेपालको दक्षिणी तराई र काठमण्डौंमा रहेको जनजीवन पनि यस उपन्यासमा राम्रो सँग देखाईएको छ ।

ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8

Tuesday, September 23, 2014

कथाहरु - प्रतीरुप र पराइ आमा

~सरु पोखरेल~

१९ वटा कथाहरु समेटिएको पुस्तकमा चिसो घाम, पराइ आमा, मालती, विरानो लगायत शिर्षकका कथा छन् । कथाहरुमा द्वन्द्वगत अवस्थामा नारीको सहस्यादेखि नेपाली समाजमा दुःख पाइरहेको महिलाहरुको कथा समेटिएको छ ।

नेपाली नारीहरुको कथा व्यथा थाहा पाउनका लागि पुस्तक पढ्नुपर्ने छ ।

पुस्तकको प्रकाशन शब्दबहार क्रियशनले गरेको छ । सरु पोखरेलले वास्तविक पात्रले घच्घच्याएर आफूले लेख्न थालेको बताइन् ।

"वास्तविक पात्रहरुले बेलाबेलामा मलाई लेख्न बाध्य बनाए," उनले भनिन् । किताब निकाल्ने खबर सामाजिक सञ्जालमा राखेपछि किताबको नामप्रति धेरैको जिज्ञासा रहेको बताइन् । "घाम पनि चिसो हुन्छ, भन्दै धेरैले सोध्नुभो," उनले भनिन्, "मन र प्रकृतिको बीचको बिम्बलाई कथामा समेट्दा यस्तो शिर्षक राखेकी हुँ ।"


ल सुनम न त !


कथाहरु - प्रतीरुप र पराइ आमा

Friday, August 29, 2014

उपन्यास : सेतो धर्ती

~अमर न्यौपाने~

अमर न्यौपानेले सार्है मिठो र सजिलो भाषामा लेखेका छन् यो किताब | हाम्रो रूढ़िगत संस्कृति र पारंपरिक सोचका कारण महिलाले भोग्नु परेका पिंडा, विशेषगरी बाल्बिध्वाका संघर्ष र जीवनका बारेमा सार्है मार्मिक र प्रेरणादायी ढङ्गमा लेखेका छन् | मैले यस पुस्तकका पात्र तारा, पवित्रा र यमुनाका कथाबाट बिशेष गरेर जीवन र समयको महत्व बारे बुझे |जीवन छोटो लामो जे भने पनि, समय रोक्न सकिन्न, हेर्दा हेर्दै मान्छे बच्चा देखी जवान र बुढो हुन्छ | ताराले जब पवित्राको जीवनको बारे मा थाहा पाउछिन्, उनले पछि पवित्रलाई घृणा नगरी श्रद्धाले हेर्छिन् ... किनभने वास्तवमा जीवनको सहि अन्नद तेस्को भोग गरेर मात्रै हुने रहेछ, जीवनलाई बुझ्ने तरिका पनि तेही नै रहेछ | हरेक कुराको लागि जीवनमा एउटा समय आउछ, तेस बेला त्यसको सहि उपयोग गर्नु नै हाम्रो धर्म रहेछ |

ताराले पवित्राको जीवनलाई यसरी विश्लेषण गर्छिन् .... "आफै रित्तिएर, खुईलिएर उमेर र समय ताप र राफले उडाएर लैजाने जीवनको रङ्गहरुलाई उनले कति कुशलतापूर्वक उपयोग गर्न जानेकी | करारी त्यसो गर्न सकेकी? उनले के भोगिनन् ? ....... वास्तवमा भोगेर नै जिन्दगीका दागहरु मेटिने रहेछन् क्यारे |"

अन्तयमा :

..धर्तिमा नँया मान्छेहरु आउदै पुराना मान्छेहरु जाने क्रम चलिरहेछ | हेर्दा हेर्दै हेर्ने आँखालाई नै पुरानो बनाएर एउटा बालक किशोर हुन्छ, किशोर जवान हुन्छ, जवान प्रौढ हुन्छ प्रौढ बुढो हुन्छ | तर,बुढो प्रौढ हुँदैन, प्रौढ जवान हुँदैन ...

- Pallavi Dhakal

ल सुनम न त !



भाग - 1
भाग - 2
भाग - 3
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9
भाग - 10
भाग - 11
भाग - 12
भाग - 13
भाग - 14
भाग - 15
भाग - 16
भाग - 17
भाग - 18
भाग - 19 (Last)
भूमिका र उपन्यसकारसँगको कुराकानी(Abstract & Interview)
 

Friday, August 22, 2014

कथाहरु - "बुढो कुसुमको रुख", "दूरी पर्दा भित्र पर्दा बाहिर" र "आवाज"

~तेजप्रसाद सिटौला~

म उनका कथालाई समयगत चेतनाकै संवाहक मान्छु किनकि उनको कथाका भाव र वैचारिक भूमि अर्कै थियो । उनका कथाहरू विभिन्न समयमा लेखिएर सिधै पत्रिकामा छापिएका हुनाले तिनमा संगठन, शैली र चित्रणको भाषामा माझिएर आउनुपर्ने कतिपय कुरा नआएका हुन सक्छन् । तर पनि जे अवस्थामा यी कथा छापिएका छन् त्यही रूपमा हेर्दा यी राम्रा कथाहरूको कोटीमा पर्छन् । तर उनका यस सङ्कलनका सम्पूर्ण कथा फेरि एकै ठाउँमा पढेपछि लाग्यो यी कथाकारले कथा लेखनमा धेरै समय लगाएका भए यिनको कलमबाट नेपाली कथा साहित्यले महत्त्वपूर्ण कथाहरू पाउने थियो । तेजप्रसाद सिटौला जस्तो पृष्ठभूमि भएका, साहित्यिक रचना लेखेर पछि अर्कै कर्ममा लागेका लेखकहरूका रचना खोजेर प्रकाशित गर्दा इतिहास र राजनैतिक विश्लेषणमा आउन नसक्ने समयका सूक्ष्म र महत्पूा र्ण पक्षको अनुहार देख्न सकिन्छ भन्ने मेरो विश्वास छ ।
- अभि सुवेदी

तेज प्रसाद सिटौलाको कथासंग्रह "तेज प्रसाद सिटौलाका कथा"बाट कथाहरु "बुढो कुसुमको रुख", "दूरी पर्दा भित्र पर्दा बाहिर" र "आवाज" लिएर प्रस्तुत छौं ।

ल सुनम है त

Listen and Download Story from Tej Pd. Sitaulako katha


कथाहरु - बुढो कुसुमको रुख - दूरी पर्दा भित्र पर्दा बाहिर - आवाज

Friday, July 4, 2014

Unko Samjhana - उनको सम्झना

~दुर्गा घिमिरे~

अन्य कुनै पुस्तक वा कुराभन्दा पनि ‘अन्तर्मनको यात्रा’ नामक आत्मकथा लेखेर नेपाली वाङ्मय क्षेत्रमा सबैभन्दा बढी चिनिएका जगदीश घिमिरे १४ कात्तिक ०७० मा असमयमै कालको मुखमा परे । स्वस्थ जीवनशैली अपनाएको भए पनि उनलाई रोगले थला पारेर समयभन्दा पहिले कालले टप्प टिपेर लग्यो । उनै जगदीशसित जीवनका करिब चार दशक (३९ वर्ष) सँगै रहेर वैवाहिक जीवन बिताएकी दुर्गा घिमिरेले आफ्ना दिवंगत पतिको यादमा लेखेर वैशाख ०७१ मा प्रकाशित गरेको संस्मरण पुस्तक हो, ‘उनको सम्झना’ ।

स्वयं दुर्गा घिमिरेका शब्दमा, ‘जगदीशको दुःखद निधन भएपछि दुई हप्तासम्म मैले केही पनि गर्न सकिनँ । घरमा एक्लै बस्दा पनि एकदमै अत्यास लागेर आयो । अफिस जान पनि आँट आएको थिएन । त्यसपछि छोरी जूनले मलाई उनको घर भाटभटेनीमा लगिन् र १८ दिनपछि म एबिसीमा गएँ । त्यो बेला पनि मलाई केही काम गर्ने आँट र उत्साह थिएन । ममा देखिएको त्यो नैराश्यलाई कसरी कम गर्ने भन्ने विचारले एबिसी नेपालमा सबैभन्दा पुराना कर्मचारी निर्मला बराल र कल्पना काफ्ले दुवैले मलाई चुप लागेर बस्नुभन्दा आफूलाई लागेको कुरा लेख्नलाई प्रेरित गर्दै मलाई डायरी र कलम उपहार दिए । के लेख्ने ? कहाँबाट सुरु गर्ने ? एक दिन त मैले सोच्न नै सकिनँ । त्यसपछि एक्कासि मनमा आयो, लेखनको सुरुआत कात्तिक १४ गतेको उनको निधनको दिनबाट सुरु गर्नु बेस होला भन्ने सोचेर मैले लेख्नेक्रमलाई अगाडि बढाएँ । जगदीशले अन्तर्मनको यात्रा लेखेपछि मलाई पनि मेरो मनभित्रको कुरा लेख्ने इच्छा थियो तर आठ वर्षको अवधिमा जगदीशको बिरामी अवस्थाले गर्दा मैले सोचेर पनि कलम चलाउन सकेको थिइनँ ।’
यसरी प्रस्तुत पुस्तक ‘उनको सम्झना’ अस्तित्वमा आयो ।

(बाँकी पढ्नुहोस्)


ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6 (Interview with Durga Ghimirey)

Tuesday, June 17, 2014

उपन्यास : सकस

~जगदीश घिमिरे~


पुस्तक पढ्नु अघि उत्सुकता थियो, मैले जगदीश दाजुको "अन्तर्मनको यात्रा" पढेको हुँ यसअघि, अत्यन्तै उत्कृष्ट लागेको थियो । त्यही भएर "सकस"बाट पनि मलाई राम्रो कृति पढ्नपाउने आशा थियो । समग्रमा "सकस" राम्रै छ, नेपाली इतिहाँस र बर्तमानका धेरै कुरा बोकेको छ । पुस्तकले लामो कालखन्ड बोक्छ, प्रताप मल्ल र नरभूपाल शाहहरुदेखि पृथ्वीनारायण शाह, उनका सन्तान, राणा शासन, प्रजातन्त्र स्थापना, पञ्चायत, बहुदल, गणतन्त्र र नयाँ नेपाल समेत । ईतिहाँस र राजनीतिमा रुची भएकाको लागि संग्रहरणीय कृति हो, माया प्रेम र थ्रिलर कथा अनि आख्यान पढ्नेलाई झ्याउ लाग्न पनि सक्छ । त्यसो त नेपालको इतिहाँस र बर्तमान दुबै झ्याउलाग्दो छ ।(Read More here )


ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9
भाग - 10
भाग - 11
भाग - 12
भाग - 13
भाग - 14

Tuesday, June 3, 2014

कथाहरु - मारिनोसेलोको जून - मृत्‍युको जन्मदिन - पेमा भाउजु - द्रास्कोबिच र समाधी

~राजुबाबु श्रेष्ठ~

राजुबाबु श्रेष्ठको जन्म २०२५ साल जेठ २७ गते गोरखाको तीनधारेमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एम्.ए. र बी.एड्. सम्मको शिक्षा हासिल गरेका श्रेष्ठ प्रहरी सेवामा कार्यरत छन् । साहित्य संगम, गोरखा, आँधिखोला साहित्य सदन स्याङ्जा, नेपाल रेडक्रस सोसाइटीजस्ता विभिन्न सङ्घसंस्थामा संलग्न राजुबाबु श्रेष्ठले प्रहरी द्वैमासिक तथा प्रहरी बुलेटिन मासिकको सम्पादन समेत गरेका छन् । उनको कथा संग्रह - "गृहयुद्धको घाऊहरु" बाट केही कथाहरु सुनौं आज ।

ल सुनम न त !


कथाहरु - मारिनोसेलोको जून र मृत्‍युको जन्मदिन
कथाहरु - पेमा भाउजु र द्रास्कोबिच र समाधी