Tuesday, May 6, 2014

कथा - आकारहरु र छायाँहरु

~ईन्द्र बहादुर राई~

Rai practiced his own theory of dimensionalism in his short stories written after 1963. Kathastha - कथास्थ, a collection of stories accompanied by a note on his convictions as a dimensionalist was published in 1972. The book has two parts Katha कथा (stories) and Astha आस्था (convictions). the texts under Katha section are the examples of the percepts laid down under the Astha section.

Listen and Download Aakarharu ra Chhayaharu

ल सुनम न त !


कथा - आकारहरु र छायाँहरु

 

Friday, May 2, 2014

कथाहरु - कम्रेड अन्जना र छुकी

~बिना तमाङ 'सुनगाभा'~


शब्दहार क्रियशन्स प्रा लि को प्रथम प्रकाशन तथा कथाकार बिना तमाङ 'सुनगाभा' को प्रथम कृति कथा सङ्ग्रह 'छुकी' को नेपाली तथा तमाङ भाषा दुबैमा तमाङ डाजाङद्वारा आयोजित साहित्यिक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती श्री बैरागी काँईला द्वारा प्रज्ञा भवन कमलादिमा विमोचन भएको थियो ।

युद्धकालिन देशको स्थिती र बेदना वहाँको यहाँ प्रस्तुत कथाहरुमा पाउन सकिन्छ । वहाँको कथाहरुमा देश दुख्छ ।

Listen and Download Chhuki

ल सुनम है त !

 

कथाहरु - कम्रेड अन्जना र छुकी

Friday, February 7, 2014

Summer Love - समर लभ

~सुबिन भट्टराई~

युवा आख्यानकार सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ फाइनप्रिन्टले भर्खरै बजारमा ल्याएको छ । पछिल्लो समय तन्नेरीहरुको कलेज रोमान्स, प्रेम र विछोडको अविस्मरणिय प्रेम कहानीले बुनिएको ‘समर लभ’ यो विन्टरको जाडोमा पढ्न लायक छ । कलेजका युवा पुस्तामाझ फेसन झैँ बन्दै गएको चिया, चुरोट र सेक्सका कन्टेन्टहरु भरपुर छन् । केही पर्भर्ट वा छिल्लिएको लाग्न सक्छ । पढ्दै गर्दा तर अन्त्यअन्त्य तिर आउँदा सामान्य जस्तो भान गराउँछ । चुरोट अम्मलीले मज्जाले धुँवाको मज्जा लिनसक्नेछन् । चुरोट नखानेलाई चिया मात्र खान र जोडी नभएकाहरु उस्तै पात्र बनेर कथामा डोहोरिन सक्नेछन् ।

कलेज पढेकाहरुले पुराना दिनहरुमा फर्किएर फेरी ताजा हुन पाउँछन् । कलेजका अनुभव नभएकाले पनि कलेजको क्यानटिन, किर्तिपुरको ट्यांग्लाफाँट, कलेजको क्लासमा आफै बसेजस्तो महसुस गर्नसक्नेछन् । क्यानटिनमा परिचित लाग्ने पुराना दोस्त केटा–केटीहरुसित चियागफ गरिरहेको भान हुन्छ । यस्ता थुप्रै प्रसंगहरु छन्, त्यो पूरा अनुभव गर्न एक पटक ‘समर लभ’ पढ्नै पर्छ । कलेजका दिनमा युवायुवतिबीच हने आर्कषण, प्रेम र त्यसपछिका जीवनका आउने मोडहरुका अनुभूवलाई उपन्यासमा नजिकबाट अनुभव गर्न पाइन्छ । कलेजदेखिको युवतिप्रतिको आर्कषण, प्रेम र परिवारलाई थाहै नदिई वैवाहिक स्थितिसम्म पुग्दा पारिवारिक, सामाजिक अड्चनले पात्रहरु बाँचिरहेको परिवेशको अन्तरजातिय विवाहलाई अझै पनि सहजै मान्यता नदिरहेको हाम्रो सामाजिक अवस्थाको पनि चित्रण गर्छ ।

यो उपन्यास दुई मुख्य पात्रहरु – ब्राह्मण पृष्ठभुमिबाट आएका युवक अतित र नेवार पृष्ठभुमिबाट आएकी नारी पात्र साया बीचको प्रेमकथामा आधारित छ । कथामा दुई फरक परिवेशका युवायुवतिको प्रेमप्रतिको लगाव, प्रतिबद्धता र गाम्भिर्यताको स्तर देखाउँछ । उपन्यासकी नारी पात्र साया आफ्नो प्रेमी अतितबाट अनपेक्षितरुपले टाढिन्छे । विछोडले तड्पिएका अतितको मनमा उब्जिएका र जवाफका लागि घच्घचाइरहेका कैयन प्रश्नहरु सायाबाट अनुत्तरित नै रहन्छ । साया मौन बस्छे । अतितको प्रश्नप्रतिको मौनता, उसको नीजि मौनता मात्र नभई हामी बाँचिरहेको परिवेशको मौनता हो । दिनहुँ चलिरहने यस्ता मौसमी प्रेम र विछोडका चित्तबुझ्दो कारण नभेटिनु र प्रेमका बारेमा अनुत्तरित प्रश्नले जवाफ नपाइरहेको सन्दर्भको एउटा चित्रण पनि हो, सायाको मौनता ।तर उपन्यासकी मूलपात्र सायाले अतितसितको प्रेममा गरेकी अदम्य साहसका केही दृष्टान्तहरुले भने आधुनिक प्रेममा साया वा अतितहरु को बढी छन् भन्ने प्रश्न जन्माउन सक्छ । फरक यति हो, समय र परिवेश अनुसार कोही साया र अतितका भुमिकामा आधुनिक युवाहरु बाँचिरहेका छन् ।

उपन्यासका मूलपात्रहरुले विचरण गरिरहने पुरानो विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र आसपास संविधान र संविधानसभाको कुरा उठाइरहँदा यो कथाले देशको ताजा घटनाक्रमहरुलाई दर्शाउन खोज्छ । तर कथाको पात्रहरुले त्रिभुवन विश्वविद्यालयमा भइरहने राजनीतिक, हडताल, तालाबन्दीको सास्तीले उनीहरुको कलेज जीवन अछुतो रहनु केही असान्र्दभिक लाग्न सक्छ पाठकलाई । सायासित प्रेमप्रस्ताव गर्दाबखत मानसिक र शारिरिक ढपेडीका कारणबाहेक पसिनैपसिना हुने टन्टलापुर घाम लागिरेहेको प्रसंग त्यस लगतैको अध्यायमा माघपुसको जाडो दिनदिनै घट्न लागेको प्रसंगले पनि अस्वभाविक लाग्छ । विन्टरको जाडोको सेरोफेरोमा घटिरहेको उनीहरुको कथाको दिनहरुमा कहाँबाट टन्टलापुर घाम लाग्छ ? पसिना निकाल्ने टन्टलापुर घाम त बैशाख जेठमा मात्र हुन्छ ।कथामा दिल्ली जाँदा बोलिरहेको नेपाली संवादले हिन्दी बोल्ने परिवेशलाई न्याय गरेन कि ? ‘दिल्ली दुर नहि’ जस्ता हिन्दी लवज बोलिरहँदा त्यँहाका पात्रहरुसित बोलेका नेपालीमा अनुवादित संवाद अलि स्वादिलो लाग्दैन । बरु अहिले राम्ररी हिन्दी बुझ्ने र बोल्ने पुस्ताका लागि केही संवादहरु हिन्दिमै लेखिएका भए पाठक अझ परिवेशसँग निकट हुन पाउँथे की ?

यो बाहेक बोलिचालिका सरल र मिठास भाषामा लेखिएको अतित उत्कृष्ट उपन्यासका रुपमा पाठकले पाएको छ । हिजोआज कलेजमा हुने यस्तै मौसमी प्रेम कथाले पाठकलाई कतिखेर मज्जाले हँसाउछ । पढ्दापढ्दै आँखा रसाउन पनि सक्छ । पाठक पुस्तक पढिसकेर कथाको मूल नारी पात्र सायालाई आफै खोज्न र भेट्न पो लालायित हुन्छन् । साँच्चै, आफ्नै कथा पढेझैँ लाग्नसक्छ कलेज भोगेकाहरुलाई । गतिलो पुस्तक पढ्न नपाइरहेका पाठकका लागि पुस्तक पढ्दा कुनै गतिलो सिनेमा हेरे बराबरको ह्यांगओभर र मनोरन्जन अवश्य दिन्छ । भारतीय लेखक चेतन भगतका अंग्रेजी भाषाका उपन्यासका स्वाद चाखेका पाठकलाई भने यो उपन्यासको शुरुवात र अन्त्य पढ्दा भने चेतन शैलीको याद दिलाउँन सक्छ ।

गोजीमै सजिलै बोकेर हिड्न मिल्ने साइजमा आएको उपन्यासको मोटाइ पढ्न आत्तिने खालको पनि छैन । बाहिरीपृष्ठसज्जा हेरेपछि नै पढूँ लाग्ने छ, उपन्यास ‘समर लभ’ । २४७ पृष्ठ सहितको यो पुस्तक, प्रकाशकले भनेझै पढ्दा कुनै झिंजो लाग्दैन । पक्कै छिट्टै पाठकहरुको मन जित्नेछ सुबिन भट्टराईको यो दोस्रो कृतिले ।



ल सुनम है त !

Listen and Download Summer Love


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
Interview with Subin Bhattarai

Tuesday, January 28, 2014

Agnibatika - अग्निवाटिका

~तारणी प्रसाद कोइराला~

कुनै समय सर्पदंश लेखेर बालयौन-मनोविज्ञानमा चर्चा कमाएका आख्यानकार हुन्, तारणी प्रसाद कोइराला  उनको रातो स्वेटर कथासंग्रहले पनि त्यत्तिकै प्रशंसा पाएको हो । अहिले यिनै आख्यानकारको अर्को यौनवादी आख्यान प्रकाशित भएको छ, अग्निवाटिका । यो एउटा किशोरका यौनक्रीडाको सरल भाषामा बुनिएको विभिन्न आयाम, भोगाइ र अनुभूतिको जटिल परघिटनाहरूको कथा हो । यस आख्यानले एउटा किशोर पात्रको भोगाइमार्फत विभिन्न उमेर र सम्प्रदायका स्त्रीजातिको यौनेच्छा र प्रवृत्तिलाई सूक्ष्मतर रूपमा व्याख्या गरेको छ ।

विराटनगरको १६ वर्षे एउटा किशोरको यौनेच्छा पहिलो अनुभूति अप्राकृतिक यौनक्रीडाबाट सुरु हुन्छ, लेखकको भाषामा 'वासना-ज्ञानको नौलो परच्िछेदको प्रारम्भ' । तर, उसको सक्कली वासनाको आरम्भ त ऊ आफूभन्दा दुई वर्ष कान्छी किशोरीबाट हुन्छ । त्यसपछि उसले यसका लागि उमेर र समूह छुट्याउन भ्याउँदैन । स्थान र अवस्था पनि निर्धारति हुँदैनन् । उसको दिनचर्याको महत्त्वपूर्ण समय यस्तै कर्मको खोजी र तृप्तिमा बित्छन् । अनि, ऊ यौनका अनेकौँ रहस्यहरूको रबिन काट्दै जान्छ र अनुभूतिका नौलानौला आस्वादनको उद्घाटन गर्दै जान्छ । यस क्रममा खोल्साखोल्सी हुँदै सागरसम्म उसको यात्रा निष्कंटक र अविराम गतिमा अघि बढ्छ । अनि, ऊ सोच्छ, यति सुखानुभूतिपूर्ण कुरालाई समाजले किन संकुचित पर्खालहरूमा घेरेर राखेको होला !

उसका चेतनाले भन्छन्, प्रकृतिका सबै सिर्जना सुन्दर छन् तर सबैभन्दा विमुग्धकारी सौन्दर्य स्वास्नीमान्छे हो । उसका निम्ति नारी चिर सुन्दर वस्तु हो र यस्तो विपुल सौन्दर्य सृष्टिका अरू कुनै वस्तुमा हुँदैन । ऊ जहाँजहाँ पुग्छ र जुनजुन अवस्थामा हुन्छ, उसको यो सदिच्छा पूर्ण हुन पुग्छ । उसको मोहित रूप र शारीरकि आकर्षणका अघि विवाहिता कट्टर ब्राह्मणी सीता दिदीदेखि बंगालीबाला सेफालीसम्म सशरीर समर्पित हुन्छन्, बिनाकुनै संकोच र बिनाकुनै पछुतो । अग्निवाटिकाका अधिकांश प्रसंग र प्रस्तुतिले आजको यौनसाहित्यलाई फड्केको छ । यस दृष्टिले यो एउटा अत्यन्तै कलात्मक र सशक्त यौनसाहित्य हो ।

उपन्यासमा उभ्याइएका नारी पात्र यति सजिलै केशरप्रति समर्पित हुनु अलि अस्वाभाविक लाग्छ । आफ्नो जेलजीवनकाल -२०१७-०२४)मा लेखिएको यस उपन्यासमा त्यस समयमा यति स्वच्छन्द शैलीमा यस्ता घटना हुनसक्थे भनेर अनुमान गर्नु त्यति सहज लाग्दैन । यद्यपि, यौनमनोविज्ञानको पाटोलाई भने आख्यानकारले सूक्ष्म रूपमा प्रस्तुत गरेका छन् । महिलाहरू यौन सन्तुष्टिका लागि जुनसुकै नाता र अवस्थामा पनि परपुरुषगमनका लागि तयार हुन्छन् । अग्निवाटिकाले मौन रूपमा दिने सशक्त सन्देश यही हो । आख्यानमा वणिर्त १३ वषर्ीय चञ्चला, ऊभन्दा अलि बढी उमेरकी सेफाली, पूर्ण वयष्क सन्ध्या र सीता गरी चार पात्रामा यौनाशक्तिको प्रयोग गरएिको छ । पात्राहरूलाई आख्यानकारले दुई किसिमले प्रयोग गरेका छन् । पहिला दुई किशोरीलाई यौन रहस्यका लागि र पछिल्ला दुई अविवाहित युवतीलाई तृप्तिका लागि यस कर्ममा आशक्त बनाइएको छ ।

उपन्यासमा यी तमाम घटनालाई यति सहज र छिटो रूपमा उपस्िथत गराइएको छ, ती घटना र वातावरण स्वाभाविक लाग्दैनन् । आजको समाजमा समेत अस्वाभाविक लाग्ने घटना चार दशकअघिको कालखण्डतिर फर्केर विचरण गर्दा अझ दुरुह र अपत्यारलिो लाग्छ । कसैका छोरी र बुहारीमाथि कल्पना गरएिको यो चरम प्रयोग एक जना वेश्या लालीमा पुगेर भने आख्यानकार बढी आदर्शवादी हुन पुग्छन् । नायकले लालीलाई अरू स्त्रीमा जस्तो यौनकर्मी रूप देख्दैन, बरु उसलाई एउटी भाउजूको नातामा बाँधेर आफ्नो स्वभावलाई १ सय ८० डिग्रीको कोणमा परविर्तन गरेको छ । यो आदर्श अरू नारी पात्रलाई नायकले हेर्ने दृष्टिकोणका आधारमा असामान्य लाग्छ । एउटी खाँटी विवाहिता ब्राह्मणीलाई जुन अवस्थामा अस्वाभाविकतासाथ समर्पण गराइएको छ, त्यसभदा पनि अस्वाभाविक त्यतिबेला लाग्छ, जब आफूसँग सहवास गरसिकेको केशरलाई भाउजू सन्ध्याले आफ्नी नन्द सेफालीसँग पनि सहवासका लागि अनुमति दिन्छे ।

यी केही अस्वाभाविक प्रसंगलाई आँखा चिम्लिने हो भने चार दशकअघि यति स्वतन्त्रतापूर्वक यौनचर्चा गर्न सक्नुलाई आख्यानकारको साहस मान्नुपर्छ । भाषा र प्रस्तुतिमा अग्निवाटिका अन्त्यन्तै सुन्दर र परष्िकृत छ । उनले चर्चा गरेका केही अप्राकृतिक कामवासनाले त्यस कालखण्डमा पनि आजजस्तो समलिङ्गी प्रवृत्ति रहेछ भन्ने कुराको छनक दिएको छ । छोटाछोटा कविताले आख्यानकारलाई शृंगारकि कवितामा पनि सिद्धहस्त कविका रूपमा स्थापित गराएका छन् ।

यस उपन्यासका अनेकौँ विशेषता छन् । यौनलाई सूक्ष्मतम विश्लेषण गर्ने, यसको मनोविज्ञानलाई फेददेखि नै परभिाषित गर्ने र त्यसबेलाको समाजलाई हल्का रूपमै भए पनि वर्णन गर्ने यस उपन्याको मुख्य ध्येय हो । यसमा आख्यानकार सफल छन् ।
(स्रोत: कान्तिपुर)

ल सुनम है त !

Listen and Download Agnibatika

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
भाग-12
भाग-13

Friday, January 24, 2014

लघुकथाहरु : सुलेख साहित्यिक मासिक

~सुरबी साहित्य प्रतिष्ठान~

सुरबी साहित्य प्रतिष्ठानले हरेक महिना प्रकाशन गर्ने "सुलेख"को बर्ष २ अंक ५ पूर्णङ्ग १४ , २०७० भदौंमा लघुकथा विशेषाङ्क प्रकाशन गरेको छ । यस पत्रिकाको सम्पादकमा अच्युत प्रसाद घिमिरे, उप-सम्पादकमा मन्दिरा मधु श्री, प्रल्हाद चालिसे, रामचन्द्र खतिवडा, ब्यवस्थापनमा रामकुमार पण्डित क्षेत्री,संरक्षक बिजय चालिसे र सल्लाहकारमा डा.यादव प्रसाद लामिछाने, प्रा.देवी शर्मा, युवराज मैनाली हुनुहुन्छ । यसै "सुलेख" साहित्यिक मासिक भित्र रहेका लघुकथाहरु आजको श्रुतिसंबेगमा बाचन गरिएको छ ।

लघुकथाहरु:

भाग - १ 
                                     
   रचनाकार                  शिर्षक      

१.  सनत रेग्मी             राष्ट्रिय प्रतिभा
२.  भगतदास श्रेष्ठ          साहित्यको मुल्य
३.  भाउ पन्थी           पेटभित्र ज्यूदो भ्यागुतो
४.  रामचन्द्र खतिबडा           फर्ग
५.  हरिहर खनाल            ब्याकमेल
६.  शुसिला खड्का असिम    मुर्गापो बनाएछ
७.  ध्रुब मधुकर्मी             घर झगडा
८.  अञ्जु पुरी               फेसबुक
९.  कर्णाद महर्षी           भुलक्कड परिबेश
१०. दिप किरण शर्मा          चतना
११. इन्द्र कुमार श्रेष्ठ       बिचारमा निष्ठावान
१२. मेनका पोखरेल आचार्य    साहाष नहुँदा सम्म
भाग - २
                                      
    रचनाकार                     शिर्षक    
१.  दिब्य गीरी                     इज्जात
२.  रिचा महर्जन                 एस एम एस
३.  बिमल भौकाजी                   भ्रम
४.  प्रकासमणि दाहाल           यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले 
५.  डा.घनस्याम परिश्रमी न्यौपाने      लेखा परिक्षण 
६.  शान्ति रिजाल                    धोका 
७.  रामेश्वर राउत                समयको जित भयो 
८.  महेन्द्र चालिसे              राजा विक्रमादित्यको न्याय 
९.  बाजुराम पौडेल               कुजात सहरका मान्छेहरु 
१०. श्रीहरी फुँयाल                   कस्तो ज्योतिष 
१. रेहन खान                       अल्छिपन 
१२. बसन्तराज अज्ञात                   दोषी 
१३. शोभा केसी                        छ 
१४. उर्मिला कोइराला                 आँसुको प्रेम 
१५. दिनमान गुरुमछाङ                 अधिकार 
 

Tuesday, January 21, 2014

कथा - "कैदी नं.११" र "जन्मिन नपाएका नानीहरु"

~बद्री अधिकारी~
~निलम कार्की 'निहारिका'~


यहाँ पहिलो बसाइमा कथाकार बद्री अधिकारीको कथा 'कैदी नं.११' प्रस्तुत गरिएको छ । यो कथा २०६६ सालको 'गरिमा' साहित्यिक पत्रिकामा पहिलो पटक प्रकाशन भएको थियो र पछी कथाकारको कथासंग्रह 'अकबरी सुन'मा संग्रहित गरिएको छ । एउटी नारी कस्तो परिस्थितीमा आफ्नी पतीको हत्या गर्न पुग्छे भन्ने सेरोफेरोमा कथा बांधिएको छ ।

दोस्रो बसाइमा कथाकार निलम कार्की 'निहारिका'को कथा संग्रह 'बेली'बाट कथा 'जन्मन नपाएका नानीहरु' प्रस्तुत गरिएको छ । ‘जन्म नपाएका नानीहरु’ गर्भपतन सम्बन्धित कथा हो । बाल बालिका आमाको गर्भ देखि नै शोषित हुनु परेको तय्थ यस कथामा छ । सामाजिक परिबेस र सभ्यता दोषी कती छ त्यो पाठकलाई सोंच्न छोडिएको छ ।

ल सुनम न त !!


Listen and Download Stories

कथा - "कैदी नं.११" र "जन्मिन नपाएका नानीहरु"

Monday, January 20, 2014

कथा - "उर्मिला" र "सुर्पणखा"

~डा. दिनबन्धु शर्मा~

आजको पहिलो बसाईमा डा. दिनबन्धु शर्माबाट लिखित कथा "उर्मिला" प्रस्तुत गरिएको छ । यो कथा "मधुपर्क, जेष्ठ २०६५ - कथा विशेषाङ्क" मा प्रकाशित भएको थियो । सर्जकले चारओटा छुट्टाछुट्टै हुने कथालाई एउटैमा मिसमास पारेर प्रस्तुत गरेका छन् । शर्माको यस कथामा माइरा र लारीको सन्दर्भ, उर्मिला र लक्ष्मणको सन्दर्भ तथा अरेबिल्ला र उसको श्रीमान्लगायत ‘म’ पात्र र अरेबिल्लाको सन्दर्भले बहुकेन्द्रीय कथाको उद्घाटन भएको छ ।

दोश्रो बसाईमा डा. शर्माको कथा "सुर्पणखा" प्रस्तुत गरिएको छ । यो कथा कृषि बिकास बैंक,बागबजारबाट प्रकाशन गरिने साहित्यिक त्रैमासिक पत्रिका "समष्टी - त्रैमासिक"मा प्रकाशन गरिएको थियो । रामायाणकी एक बिशेष पात्र सुर्पणखा कस्ती थिईन र उनलाई नराम्रो मात्र किन देखाईन्छ भनेर यहाँ प्रश्न उठाईयेको छ । एउटा छुट्टै कोणबाट हेर्ने प्रयास गरिएको छ सुर्पणखा पात्र लाई ।


ल सुनम न त !!


Listen and Download Stories


कथा - "उर्मिला" र "सुर्पणखा"

Tuesday, October 22, 2013

Shanta - शान्ता

~पुरुषोत्तम दाहाल~


“म देवघाट जाने विचार गर्दैछु। मेरो जीवन अवधि अब दुई महीनाभन्दा बढी छैन। दुई महीनासम्म ईश्वरलाई र आफूलाई यस सुन्दर धर्तीमा ल्याइदिने पितृहरूको स्मरण गरेर बस्नेछु। केही काम असल गरेको भए सम्झिइरहनेछु होला। नराम्रो भएको भए क्षमा हुनेछ।”
कलेजो क्यान्सरबाट पीडित डा. गोविन्द शर्मा जीवनका अन्तिम दुई महीनाका लागि यस्तै योजना बुनिरहेका हुन्छन्। मेडिकल डाक्टर भए पनि शर्मासँग उपचार खर्चको अभाव थियो। कलेजो दिन पनि कोही तयार थिएन। त्यसैले, डा. शर्मा अन्तिम योजना बनाउन थालेको थाहा पाएर भान्जी शान्ता दाहालले टेलिफोनमा भनिन्, “'चिन्ता नगर्नुस्, मामालाई कलेजो दिन म तयार छु।” एक वर्षअघि यी मामाभान्जीबीच भएको यस्तो संवादलाई समातेर पत्रकार पुरुषोत्तम दाहालले लेखेको उपन्यास शान्ता अहिले बजारमा छ।
दाहाल पत्नी शान्ताले कलेजो क्यान्सरबाट पीडित मामा गोविन्द शर्मालाई बचाउने निर्णय गरेपछि काठमाडौंबाट शुरू भएको उपन्यास भारतको गुडगाउँस्थित मेदान्त अस्पतालमा सफल प्रत्यारोपण भएपछि सकिन्छ। उपन्यास २८ पुसदेखि ८ फागुन २०६९ सम्मका ४० दिनका घटनामा केन्द्रित छ। उपन्यासमा शान्तासहित केही पात्रको वास्तविक नाम नै राखिएको छ। उपन्यासमा 'कथंकदाचित शान्तालाई केही भइहाल्यो भने' भन्ने चिन्ताबाट ग्रस्त लेखकको मनोदशा पनि बुझ्न सकिन्छ। किनकि, शान्ता स्वयं अस्वस्थ थिइन्। अनेक आशंकाग्रस्त लेखक श्रीमती र मामाससुरालाई मेदान्त अस्पतालमा भर्ना गरेपछि झनै चिन्तित हुन्छन्। शान्ताको परीक्षणपछि अस्पतालले उनको कलेजो प्रत्यारोपणयोग्य छ भनेपछि उनी र डा. शर्मालाई शल्यक्रिया कक्षमा लगिन्छ, जुन उपन्यासको उत्कर्ष हुन पुगेको छ।
शान्ताले मामालाई बचाउन आफ्नो कलेजोको टुक्रा दिएर स्वार्थी समाजमा करुणाको उदाहरण प्रस्तुत गरेकी छन्। डा. शर्मा अहिले आफ्नो पेशामा फर्केका छन्। सेवाका नाममा व्यापार गर्ने डाक्टर समूहमा नपर्ने उनी आफूले बचाएका बिरामी संख्या बढाइरहेका छन्। तत्कालीन रानी कोमलको निजी डाक्टर, त्रिविविका उपकुलपति र शिक्षण अस्पताल महाराजगन्जको निर्देशक भइसकेका डा. शर्मासँग आफैंलाई क्यान्सर हुँदा उपचार खर्च नभएको कुरा आफैंमा मर्मस्पर्शी छ। जीवनमा पैसाको पछि नलाग्दा डा. शर्मा यस्तो कथाको वास्तविक पात्र बन्न पुगे।
उपन्यासमा स्वार्थी आफन्तहरूको चित्रणसँगै विदेशी भूमिमा मजदूरीबाट धानिएका र अध्ययनका लागि बसेका नेपालीहरूले नेपालका एक जना असल डाक्टरको उपचारमा पुर्‍याएको सहयोगको मनछुने वर्णन छ। भाषिक सरलताले ज्यादै पठनीय बनाएको संस्मरणात्मक शैलीको यो उपन्यास पढ्दा पाठक धेरै ठाउँमा द्रवित हुन्छन्। कलेजो रोगीले उपचार पाएपछि तयार भएको शान्ता को बिक्रीबाट उठ्ने रकम कलेजो रोगीहरूकै उपचार कोषमा जम्मा गर्ने घोषणा उपन्यासकार दाहालले गरेका छन्।
रामजी दाहाल(source : Himal)
Listen and Download Shanta


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10 (Interview with Purushotam Dahal)
भाग-11
भाग-12
भाग-13

Friday, October 4, 2013

Damini Bhir - दमिनी भीर

~राजन मुकारुङ~

नेपाली-नेपाली मात्र होइन, हरेक मान्छे जन्म र रगतका आधारमा एउटै हुन् भन्ने कुरा घोकेकै छौँ हामीले तर पृथक् संस्कृतिले मान्छेको स्वरूपमा मौलिकता ल्याउँछ। भिन्न संस्कार-संस्कृतिलाई सम्मानजनक नजरले नहेर्ने व्यवहारले नै जातीय विभेदका खाकाहरू कोर्दै लगेको हुनुपर्छ। राज्य/केन्द्रले कुनै संस्कृति, भाषा, धर्मलाई मात्र प्राथमिकता दिएपछि अन्यले आफूलाई किनारामा मूल्यहीन फ्याँकिएको पाउँछ। तिनै किनाराका आवाजहरूलाई शब्दशक्ति भर्ने काम गरेका छन् राजनले। कुमारी आकांक्षाहरू काँधमा बोकेर सहर पस्ने युवा जमातदेखि पहाडमै विकासे गन्ध खोज्ने समुदायका असन्तुलित पाइलाको छाप प्रस्ट देखिन्छ, दमिनी भीरमा। राजनको रचनाकारतिामा उत्तरदायित्वबोध र प्रतिबद्धता छ भन्नलाई यति मात्रै काफी छैनन्। थोरबहुत जोकोही लेखकले समाज लेखिहाल्छ, आफ्नो ढङ्गले। उनको प्रतिबद्धतामा चाहिँ उत्तरोतर प्रगति दृष्टिगोचर हुन्छ। राज्यको घाम देख्न नपाएका समुदायले अँध्यारोविरुद्ध दिएको अभिव्यक्तिलाई उज्यालो समुदायको विपक्षमा नारा फलाकेको ठानिनु अर्को अँध्यारो हो। राजनको लेखन पनि त्यही अँध्यारो र उज्यालोबीचको दूरी देखाउनमा एकोहोरिएको देखिन्छ। (source)

Listen and Download Damini Bhir(मदन पुरस्कार-२०६९ प्राप्त कृति)



भाग-1

भाग-2

भाग-3

भाग-4

भाग-5

भाग-6

भाग-7

भाग-8

भाग-9

भाग-10

भाग-11

भाग-12

भाग-13

भाग-14

Friday, September 27, 2013

नियात्रा - परिक्रमा अन्नपूर्ण

~प्रतीक ढकाल~

हिमाच्छादित पर्वत, पर्वतारोहण, हिमाली जाति र तिनको संस्कृतिका बारमा नियात्रा पुस्तकहरु लेख्ने र मुलुकभित्र सर्वाधिक बिक्री हुने लेखक हुन् – प्रतीक ढकाल । उनी हिमाल र पर्वतका अनन्य मित्र मात्र होइनन्, भक्त र उपासक समेत हुन् । यही भक्तिका प्रतापले होला, यिनका कलममा पाठकलाई लठ्याउने जादू छ । प्रतीकले लेखेका किताबहरु पढ्न थालेपछि छोड्न सकिँदैन ।
- वैरागी काँइला

प्रतीक ढकालका कृतिहरु पढेपछि त्यहाँका चित्र नै छर्लङ्ग हुन्छ । त्यहाँका जनता पनि छर्लङ्ग हुन्छन् । यस्तो राम्रो छर्लङ्ग पारेर र हामीलाई आफैँ त्यहाँ पुगेको र त्यहाँका मानिसलाई भेटे जस्तो अनुभूति दिन्छन् लेखकले । यही कारणले गर्दा म उनको कृतिहरुबाट प्रभावित छु । म स्वयं नै लेखकको प्रशंसक रहेको छु ।
- डा. तारानाथ शर्मा

धेरै साहित्यकारहरुका लागि दुर्गम क्षेत्रहरुमा घुम्नु अझै पनि कष्टपूर्ण कार्य नै देखिन्छ । दुर्गम क्षेत्रको पदयात्रा गरी हिमाली प्रकृति, पर्यावरण र लोकजीवनबारे नेपाली लेखकले कमै लेखेको स्थितिमा ढकालका यी नियात्राहरुले ठूलो अभावको पूर्ति गरेका छन् ।
- चूडामणि बन्धु

नियात्राकार तराई-मधेशमा हुर्केका मान्छे हुन् । तर तराईदेखि हिमालसम्मका खला-खला, गौँडा, गल्ली र गल्छेँडा चहार्ने जुन अदम्य लालसा उनले मुटुभित्र साँचेका छन् – त्यसमा मैले 'सिङ्गो नेपाल' अटाएको देखेँ ।
- डा. राजेन्द्र विमल

Listen and Download Niyatra - Parikrama Annapurna


ल सुनम न त नियात्राहरु :
१. चुचुरोका देउतालाई नमस्ते छ
२. थोरङ्रा र थोरङ्री
३. आकाश बाटै पद्यात्रा

Friday, September 20, 2013

निबन्धसङ्ग्रह - लोकेसन

~दिपक सापकोटा~

Listen and Download Location

ल सुनम न त निबन्धहरु

१. पश्चिमी धुनमा न्रित्यमय ठमेल
२. ब्रिहत माछा बजार
३. क्रन्दन र धुवाँमा पुरिएको आर्यघाट

Friday, September 13, 2013

कथा - "निलो तृष्णा" र "निष्कर्ष"

~विद्या सापकोटा~

बिद्या सापकोटाको कथासंग्रह "निलो तृष्णा"का २ कथा निलो तृष्णा र निष्कर्ष यहाँ राखिएको छ । पहिलो कथामा एुती नारीलाई पुरुषले बुझ्न खोजेको चित्रन गरिएको छ भने दोश्रो कथामा एउटा प्रेमजोडीको काहानी कुँदिएको छ । ल सुनम न त

बिभिन्न साहित्यकारको भनाइ यस्तो छ यस कथासंग्रहको बारेमा ...

कथा लेख्नुमात्र ठूलो कुरा होइन । आफूले निर्माण गरेका कथानक, चरित्र र परिवेशमार्फत पाठकलाई आफ्नो लेखनप्रति आकृष्ट गर्न सक्नु नै लेखकीय कुशलता हो । लेखिकाको लेखन यात्रा त्यसै दिशातर्फ उन्मुख रहेको प्रष्ट देखिन्छ । - नयनराज पाण्डे

जीवन र जगतप्रति केही निर्दोष उत्सुकता, केही सदोष रहस्यीकरण र केही गम्भीर उत्खननको एक सौम्य, समुच्चित चित्रकारी ! –डा. दीपक कुमार खड्का

Listen and Download Nilo Trishna


कथा