Friday, August 21, 2015

कथाहरु - "पिसाचिनी" र "आमा जानुहोस्"

~माया ठकुरी~

कथाकार माया ठकुरीको कथा संग्रह "आमा जानुहोस्" बाट २ वटा कथा "पिसाचिनी" र "आमा जानुहोस्" यहाँ प्रस्तुत गरिएको छ ।

ल सुनम न त !


कथाहरु - "पिसाचिनी" र "आमा जानुहोस्"




Friday, August 14, 2015

कथा : आधा आधी

~निरुपा प्रसुन~

कथासङ्ग्रहभित्र तेह्रवटा कथाहरु छन् । ड्यानियल बुरेल, वरिपरि, आधाआधी, रामलाल, मेरो प्रेमी !, भोज, तिम्रो लोग्ने र म, एउटा पुरानो कथा, आइमाई, एक हरफ जिन्दगी, भाइरस, उर्वशी र अन्तिम आश यसभित्र
सङ्गृहीत कथाहरु हुन् ।

यीमध्ये ‘आधाआधी’ कथासङ्ग्रहभित्रको सबैभन्दा लामो आयाम समेटेको कथा हो, जसले पृष्ठ १८ देखि ५६ सम्म ३९ पृष्ठ ओगटेको छ भने सबैभन्दा छोटो कथा ‘एउटा पुरानो कथा’ हो, जसले पृष्ठ ८० देखि ८४ सम्म जम्मा ५ पृष्ठ ओगटेको छ ।

यी कथाहरुमा माया, प्रेम, विकृति, विसङ्गति, आर्थिक समस्या र त्यसले निम्त्याएको बेइमानी, विपरीत लिङ्गीप्रतिको आकर्षण, यौनप्राप्तिको चाहना, कुण्ठा, नारीमनको चिरफार, सन्तानप्रतिको माया, जिम्मेवारी, सङ्घर्षजस्ता प्रवृत्ति मुख्य रुपमा आएका छन् भने राष्ट्रप्रेम, देशभक्ति, प्रकृतिप्रेम, संस्कृतिप्रेम आदि प्रवृत्ति गौण रुपमा देखिएका छन् ।

(स्रोत)


निरुपा प्रसुनको यसै कथा संग्रह "तिम्रो लोग्ने र म" बाट कथा : "आधा आधी" को पूर्ण वाचन यहाँ प्रस्तुत गरिएको छ ।


ल सुनम न त !


कथा : "आधा आधी" भाग - 1
कथा : "आधा आधी" भाग - 2

Friday, July 24, 2015

कथा : फ्लाईट नम्बर ७१७

~लेनिन बन्जाडे~

लेनिन बन्जाडे मुलतः पत्रकार हुन् । उनी ब्लगर तथा ट्वीटरमा र फेसबुकमा पनि निक्कै चिरपरिचित छन । उन्का प्राय: कथा लेख रचना उन्कै ब्लगमा पहिले आउने गरेको छ । उन्को कथाहरुमा रोचक पक्ष भनेकाइ जीवनको नजिक रहेर जीवनको नाडी चामेर सामाजिक बिसङ्गतीरुपी रोग शब्दमा ब्यक्त गर्न सक्ने नै हो । उनको परिचय काठमाडौँका घरबेटी र एकताक उपप्रधानमन्त्री बिजय गच्छेदारका सर्वकालिक आलोचकना पोख्नुको रुपमा पनि बनेको थियो, फेसबुकमा ।

आज सुन्ने कथामा सामाजिक बिसङ्गती चिर्न खोजिएको छ । कथा 'फ्लाईट नम्बर ७१७'ले नेपाली खोक्रो आडम्बरी जान्ने मान्छेको रुप र एउटा शहरी केटोको कथा पोखेको छ । यो कथा पछिल्लो हफ्ताको बाँकी अंश नभएर पुन: सुरु देखिन प्रस्तुत गरिएको छ ।

ल सुनुम है त !

कथा : फ्लाईट नम्बर ७१७

Friday, July 17, 2015

कथाहरु : डल्लो र फ्लाईट नम्बर ७१७

~लेनिन बन्जाडे~

लेनिन बन्जाडे मुलतः पत्रकार हुन् । उनी ब्लगर तथा ट्वीटरमा र फेसबुकमा पनि निक्कै चिरपरिचित छन । उन्का प्राय: कथा लेख रचना उन्कै ब्लगमा पहिले आउने गरेको छ । उन्को कथाहरुमा रोचक पक्ष भनेकाइ जीवनको नजिक रहेर जीवनको नाडी चामेर सामाजिक बिसङ्गतीरुपी रोग शब्दमा ब्यक्त गर्न सक्ने नै हो । उनको परिचय काठमाडौँका घरबेटी र एकताक उपप्रधानमन्त्री बिजय गच्छेदारका सर्वकालिक आलोचकना पोख्नुको रुपमा पनि बनेको थियो, फेसबुकमा ।

आज सुन्ने दुबै कथाहरुमा सामाजिक बिसङ्गती चिर्न खोजिएको छ । पहिलो कथा 'डल्लो'ले आज्काल स्वास्थ्य क्षेत्रमा रहेका कमी या भनौं अनुभवको कमी या लापर्वाहीले गर्द एउटा पहिलो पटक बुवा हुन आटेको लोग्ने मान्छेको मनस्थिती प्रस्तुत गरेको छ । दोश्रो कथा 'फ्लाईट नम्बर ७१७'ले चाँही नेपाली खोक्रो आडम्बरी जान्ने मान्छेको रुप र एउटा शहरी केटोको कथा पोखेको छ ।

ल सुनुम है त !

कथाहरु : डल्लो र फ्लाईट नम्बर ७१७

Friday, July 10, 2015

कथाहरु : अभिशप्त र सम्बन्धहिन सम्बन्धहरु

~बबिता बस्नेत~

यस् कथा-सङ्ग्रह "सम्बन्धहिन सम्बन्धहरु"मा मानव सम्बन्धहरुको तरङ्ग एकदम राम्रो एवं निपूर्ण तरीकाले प्रस्तुत गरिएको छ । कसरी मानव जीवन एकअर्का संग जोडीएको हुन्छ , कसरी एउटा जीवनको तरङ्गले अर्को जीवनलाई असार गरिरहेको हुन्छ , कसरी प्रक्रिती र मानव जीवन सम्बन्धित हुन्छ प्रष्टरुपमा कथाको मध्यमले पोखिएको छ ।

ल सुनुम है त !

कथाहरु : अभिशप्त र सम्बन्धहिन सम्बन्धहरु

Tuesday, May 12, 2015

उपन्यास : सिद्धार्थ


~हर्मन हेस्से~
अनुवाद : सुशिल शर्मा

Siddhartha is a 1922 novel by Hermann Hesse that deals with the spiritual journey of self-discovery of a man named Siddhartha during the time of the Gautama Buddha. The book, Hesse's ninth novel, was written in German, in a simple, lyrical style. It was published in the U.S. in 1951 and became influential during the 1960s. Hesse dedicated Siddhartha to Romain Rolland[1] and Wilhelm Gundert.

(source : Wikipedia)

ल सुनम न त !


भाग- 1
भाग- 2
भाग- 3
भाग- 4
भाग- 5
भाग- 6
भाग- 7
भाग- 8
भाग- 9
भाग- 10
भाग- 11

Tuesday, March 24, 2015

उपन्यास : 'आज रमिता छ'

~ईन्द्र बहादुर राई~

उपन्यास : 'आज रमिता छ'

दार्जिलिङका प्रख्यात नेपाली रचनाकारहरु ईन्द्र बहादुर राई , ईश्वर बल्लभ र बैरागी काईँला मिलेर 'तेस्रो आयाम' भन्ने नयाँ तर विवादास्पद आन्दोलन सुरु गर्नु भएको थियो । यसै नयाँ आयामलाई पछ्छ्याउँदै ईन्द्र बहादुर राईले यो उपन्यास लेख्नु भएको छ । यस उपन्यास बुझ्न अलिक गाह्रो , चरित्र पात्रहरु अली अपूर्ण जस्तो लाग्ने तथा कथामा अरु नेपाली कथाहरु सरी आकर्षण नभएको भए पनि एउटा छुट्टै तरीकाले उपन्यास प्रस्तुत भएको छ ।

साझा प्रकाशनले पहिलो पटक २०३२ साल (१९६४)मा प्रकाशन गरेको यो उपन्यास अहिले छैठौं संस्करणमा आएर उभिएको छ ।

" Āja Ramitā Cha is rich in humour, metaphor and colloquialisms unique to Darjeeling, and the author’s facility with language is impressive. The Darjeeling of the 1960s is already cosmopolitan in a way that Rai’s contemporaries in Nepal would not have been. In that sense, this novel offers a prescient glimpse into urban Nepali society as it has developed of late in Nepal. On both sides of the border, dreams of greener pastures abound: at one point Janak, returning from a trip to Nepal, chases a peacock he’s glimpsed off the trail to the border. “We humans may have left our own country,” he quips, “but if even the beasts and birds leave, how many days will Nepal remain?” Rai’s Darjeeling is inescapably Nepali, down to the small-town mentalities and the frustrated fatalism. Yet it is subtly different. It’s slightly disconcerting to be looked at from across the border. Maybe it’s time those in the motherland had a look too "
.
(Source : Lalitmag )


ल सुनम न त !




भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5


Tuesday, March 17, 2015

कथाहरु - "घात प्रतिघात" र "जिन्दगी - अर्थात टाइम्बम"

~धुव सापकोटा~

ध्रुब सापकोटाबाट २०३५ साल भन्दा अगाडि लेखिएका कथाहरु संग्रहित कथासंग्रह "उच्चारण"बाट २ कथा "घात प्रतिघात" र "जिन्दगी - अर्थात टाइम्बम" यहाँ प्रस्तुत छ ।

ल सुनम न त !

Listen and Download Stories from Uchchaaran


कथाहरु - "घात प्रतिघात" र "जिन्दगी - अर्थात टाइम्बम"

Tuesday, March 10, 2015

कथाहरु - "संस्कार" र "भूत"

~डा राजेन्द्र बिमल~

बगर फाउंडेसन, नेपालद्वारा प्रकाशित पुस्तक "राजेन्द्र बिमलका कथाहरु" बाट कथाहरु - "संस्कार" र "भूत" लिएर आएकाछन श्रुतीसम्बेग समुह ।

कथा "संस्कार"मा एक हिन्दू नेपाली बिवाहिता नारीले कती सम्म आफ्न पतीलाई पुज्छन र पती हदै सम्म तल झरे पनि पत्नीले आफ्नो कर्तव्य र निष्ठा कसरी देखाउँछिन भन्ने प्रस्तुत गरिएको छ भने कथा "भूत"मा तराईको परीबेषमा कसरी दु:ख कष्ट गरेर जीवनयापन गर्द पनि अन्धबिश्वास र ठूला-बडा-सामन्तीहरुले कसरी समाजलाई जकडिएको छ देखाउन खोजिएको छ ।

ल सुनम न त !


कथाहरु - "संस्कार" र "भूत"

Friday, March 6, 2015

उपन्यास : "लिखे"

~शरद पौडेल~

अंश २९ सम्म "नवयुवा" मासिकमा २०५३ असार देखी २०५७ पुष सम्म धरावहिक रुपमा प्रकाशित भएको "लिखे" उपन्यासलाई साझा प्रकाशनले २०६५ साल मा पहिलो पल्ट प्रकाशन गरेको थियो । अञ्चलिक भाषाको प्रयोग र नेपाली नविन बिषय बस्तुको छनोटले "लिखे" उपन्यासलाई छुट्टै चौघेरामा उभ्याउँछ ।

ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9
भाग - 10
भाग - 11
भाग - 12
भाग - 13
भाग - 14
भाग - 15
भाग - 16

Tuesday, March 3, 2015

कथाहरु - "कवी एक रेखा चित्र" र "कोम्रेड एक कथा"

~म्याक्सिम गोर्की~
~अनु : ललिजन रावल~

ललिजन रावलबाट अनुदित "म्याक्सिम गोर्कीका कथाहरु" नामक पुस्तकमा संग्रहित कथाहरु "कवी एक रेखा चित्र" र "कोम्रेड एक कथा" लिएर श्रुतिसम्बेग परिवार प्रस्तुत भएका छन । म्याक्सिम गोर्कीका कथाहरु विश्वबिख्यात छन , उन्का कथाहरुले भिन्न सन्देश बोकेका हुन्छन र उनका प्राय: कथाहरुमा समाजमा देखिने घटना सुन्दर तरिकाले शब्दजालमा बाँधिएको हुनेगर्छ ।

ल सुनम न त !


कथाहरु - "कवी एक रेखा चित्र" र "कोम्रेड एक कथा"

Friday, February 27, 2015

कथाहरु - घोडा र सन्तुले छक्काई


~भिमनिधी तिवारी~
~हरीभक्त कटुवाल~

"दश लहर कथा संग्रह" बाट भिमनिधी तिवारीको कथा "घोडा" र हरीभक्त कटुवालको कथा "सन्तुले छक्काई" प्रस्तुत गरिंदैछ | घोडा कथामा बाल मनोबिश्लेषन गरिएको छ भने सन्तुले छक्काईमा एक बाबुको छोरी पोइल गएपछी आफ्नो भविष्यको लठ्ठी भाँचिएको अनुभव गर्ने बाबुको कथा प्रस्तुत गरिएको छ ।

ल सुनम न त !


कथाहरु - घोडा र सन्तुले छक्काई

Tuesday, February 24, 2015

कथाहरु - "युद्ध" र "मातापितालाई सोध्नुहोस्"

~माया ठकुरी~

कथाकार माया ठकुरीको कथा संग्रह "आमा जानुहोस्" बाट २ वटा कथा "युद्ध" र "मातापितालाई सोध्नुहोस्" यहाँ प्रस्तुत गरिएको छ । पहिलो कथा एउटा सन्तानहिन दम्पत्ती मध्यको पतीको सन्तान पाउन आशामा अनितिक तरिकाले आफ्नो पत्नीलाई गर्ब बोकाउन खोजिएको कथा एउटा चिठ्ठीको रपमा प्रस्तुत गरिएको छ । दोश्रो कथामा आज्कालका मातापिता, रहनसहन, परिवर्तित सोंच अनी बिक्रिती देखाईएको छ ।

ल सुनम न त !


कथाहरु - "युद्ध" र "मातापितालाई सोध्नुहोस्"

Friday, February 20, 2015

कथाहरु - कालो पट र रगतले लत्पतिएका जिजिबिषा

~दौलत विक्रम विष्ट~

राजकिय प्रज्ञा प्रतिस्ठानले २०३५ मा प्रकाशित कथा संग्रह 'घाऊका सत्र चक्का'मा बिभिन्न कथा संग्रहित रहेको छ । आज कथाहरु 'कालो पट' र 'रगतले लत्पतिएका जिजिबिषा' वाचन गरिएको छ ।

दौलत बिक्रम बिष्टका कथाहरु मनोबिश्लेशणात्मक हुने गर्छन् । यसै अनुसार पहिलो कथामा पनि एक बिवाहित आईमाईको मनोवाद प्रस्तुत गरिएको छ भने दोस्रो कथामा एक सिपाहीको ड्युटीमा खट्टिएको बेला आफ्नी प्रियासीलाई सम्झी गरिएको मनोवाद निक्कै खर्रिएको र निखारिएको भाषामा प्रस्तुत गरिएको छ ।

ल सुनम न त !


कथाहरु - कालो पट र रगतले लत्पतिएका जिजिबिषा
 

Friday, February 6, 2015

कथा - "कहिल्यै बन्द नहुने ढोका"


~गोविन्द प्रसाद कँडेल~

‘चितामाथिको विहानी’, साहित्यकार गोविन्द प्रसाद कँडेलको यो तेस्रो कृति हो । यस कृतिमा कथाहरु रागिनी, कहिल्यै बन्द नहुने ढोका, प्रदेशीको सपना, हराएको चिठ्ठी सहित पाँच कथा संग्रहित रहेका छन् । यस अघि उनको ‘वरपिपल’ खण्ड काब्य र ‘सपनाको घर’ गीति संग्रह बजारमा आइसकेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशनमा ल्याएको सो कथा संग्रहलाई शब्दहार क्रियशन र प्राइम बुक्सले बजार व्यवस्थापन गरेको छ ।

आज श्रुतिशंबेगबाट गोविन्द प्रसाद कँडेलको यसै कथा संग्रह 'चितामाथिको विहानी'बाट कथा 'कहिल्यै बन्द नहुने ढोका' सुन्नेछौं ।।


ल सुनम न त !


कथा - "कहिल्यै बन्द नहुने ढोका"

Friday, January 30, 2015

कथाहरु - "फतिमाको अनिदो रात" र "क्रिष्टिना याट द रेट"


~राजुबाबु श्रेष्ठ~

कथाकार राजुबाबु श्रेष्ठको २०६९ सालमा प्रकाशित "मृत्‍यु मेला" कथा संग्रह बिदेशी भूमिमा रहेका नेपालीहरुको कथाको संग्रह हो । यस किताबमा बिदेशमा बाँच्न गर्नु पर्ने संघर्ष र पिडाहरु शाब्दिक रुपमा पोखिएको छ । यसमा रहेका कथाहरु देशमा रहेको द्वन्द र तेस्ले पैदा गरेको नेपाली समाजको डर कस्तो थियो बयान गरेको छ । यही कथाहरु मध्य 'फातिमाको अनिदो रात' र 'क्रिष्टिना याट द रेट' आज सुन्ने कथा हुन् ।


ल सुनम न त !


कथाहरु - "फतिमाको अनिदो रात" र "क्रिष्टिना याट द रेट"

Friday, January 23, 2015

कथाहरु - "१९ नम्बर" र "स्खलन"

~अनमोलमणि पौडेल~

पत्रकार तथा साहित्यकार अनमोलमणि पौडेलको कथा संग्रह "नीलिमा र गाढा अँध्यारो"बाट "१९ नम्बर" कथा र अर्को एक कथा "स्खलन"......!!


ल सुनम न त !


कथाहरु - "१९ नम्बर" र "स्खलन"

Tuesday, December 23, 2014

उपन्यास : लाल चुडी

~कृष्ण अविरल~

लेखनका लागि प्रायः नौलो विषय रोज्न मन पराउने आख्यानकार अविरलले लालचुडीमा दहेज नामको कुप्रथाले आक्रान्त मध्यतराईका विवाहयोग्य उमेरका युवतीका पीडाजन्य अनुभूतिलाई उनेका छन् । उपन्यासकी मुख्य पात्र ज्योतिको पूर्वदीप्ति, संस्मरणात्मक र डायरी शैलीमा उपन्यासको कथा बुनिएको छ । उपन्यासमा पुरै नारी नै नारी भएकाले यस उपन्यासलाई नारी चरित्रप्रधान उपन्यास भने पनि हुन्छ ।

लेखकले भोजपुरी भाषाको सहज प्रयोग गरी उपन्यासलाई स्वाभाविक बनाएका छन् । यसमा अविरलको नौलो खुबी देख्न पाइन्छ । युवा पुस्ताका पाठकले धेरै ठाउँमा आफूलाई भेट्टाउँछन् भने कति ठाउँमा आँखासमेत रसाउँछन् ।

यस उपन्यासका बारेमा पछिल्लोपुस्ताका खरा समीक्षक विमल आरोहीले मधुपर्कमा लेखेका छन्, ‘ज्योतिको डायरी’ पढ्दै जाँदा धेरै ठाउँमा आँखा साँच्चै रसाउँछन्, सोँच्न बाध्य भइन्छ । मधेशमा राजनीति गर्ने नेता, कार्यकर्ता, गैससका विकासकर्ता सबैले एकचोटि ‘लालचुडी’ पढ्न जरुरी छ भन्दा मलाई कुनै गाह्रो हुँदैन; किनकि उपन्यास पढिसकेपछि धेरै दिनसम्म ‘झुम्म’ पारिदिन सक्ने क्षमता छ यसमा ।’

बरिष्ठ समालोचक डा. रामदयाल राकेशले लालचुडीलाई ‘मधेसको परिवेशमा लेखिएको जीवन्त उपन्यास’ भनेका छन् । ‘मधेशको परिवेशमा आधारित भएर केही उपन्यास लेखिएका भए पनि तिनमा लेखक बढी हाबी भएका छन् ।’ डा. राकेशले आफ्नो समालोचनामा लेखेका छन्, ‘फरक समुदाय र परिवेशमा हुर्केको मान्छेले यति जीवन्त उपन्यास कसरी लेख्न सक्यो भनेर आश्चर्य लागेको छ ।’


ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9 (Last Part & Interview)

Tuesday, October 21, 2014

उपन्यास : अनुराधा

~बिजय मल्ल~


यस उपन्यासमा बियोगान्त प्रेम कथा प्रस्तुत गरिएको छ, एक बहुलाही आईमाई र एक अन्तर्मुखी लोग्नेमान्छेको बिच । नेपालको दक्षिणी तराई र काठमण्डौंमा रहेको जनजीवन पनि यस उपन्यासमा राम्रो सँग देखाईएको छ ।

ल सुनम न त !


भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8

Tuesday, September 23, 2014

कथाहरु - प्रतीरुप र पराइ आमा

~सरु पोखरेल~

१९ वटा कथाहरु समेटिएको पुस्तकमा चिसो घाम, पराइ आमा, मालती, विरानो लगायत शिर्षकका कथा छन् । कथाहरुमा द्वन्द्वगत अवस्थामा नारीको सहस्यादेखि नेपाली समाजमा दुःख पाइरहेको महिलाहरुको कथा समेटिएको छ ।

नेपाली नारीहरुको कथा व्यथा थाहा पाउनका लागि पुस्तक पढ्नुपर्ने छ ।

पुस्तकको प्रकाशन शब्दबहार क्रियशनले गरेको छ । सरु पोखरेलले वास्तविक पात्रले घच्घच्याएर आफूले लेख्न थालेको बताइन् ।

"वास्तविक पात्रहरुले बेलाबेलामा मलाई लेख्न बाध्य बनाए," उनले भनिन् । किताब निकाल्ने खबर सामाजिक सञ्जालमा राखेपछि किताबको नामप्रति धेरैको जिज्ञासा रहेको बताइन् । "घाम पनि चिसो हुन्छ, भन्दै धेरैले सोध्नुभो," उनले भनिन्, "मन र प्रकृतिको बीचको बिम्बलाई कथामा समेट्दा यस्तो शिर्षक राखेकी हुँ ।"


ल सुनम न त !


कथाहरु - प्रतीरुप र पराइ आमा