Friday, July 31, 2009

कथा - म र चिठ्ठी

~विजय मल्ल~

विजय मल्ल को 'परेवा र कैदी' कथा संग्रहबाट कथा 'म र चिठ्ठी' यहाँ प्रस्तुत छ ।

कथा 'म र चिठ्ठी' २००७ सालमा लेखक प्रजातन्त्र प्राप्ति पछि जेलबाट छुटेको कुरा बाट सुरु हुन्छ । लेखक कांग्रेसका कार्यकर्ता रहेछन्, अनि दिनहुँ चिठ्ठीहरु आउँदारहेछन्, अनि प्राय पत्रमा जागिर को याचना गरिएको हुन्थ्यो । व्यवस्था बलदिएको भएपनि मनोवृत्ति बदलिएको थिएन ।

एकदिन, एउटी आइमाई को चिठ्ठी आयो । चिठ्ठी लेख्ने आइमाईलाई लेखक चिन्छन् तर लेखकले यहाँ उनको नाम भने उल्लेख गरेका छैनन् । त्यो चिठ्ठी पढिसकेपछि लेखक ले त्यही चिठ्ठीलाई कथाको रुप दिएका छन् । चिठ्ठीमा आइमाईले बिहे को कुरा लेखेकी छिन् सुरुमा, लेखक उनलाई एकपटक हेर्न गएका रहेछन् तर पछि चिना मिलेन भनेर विवाह भएन । अनि ती महिला को अर्को पुरुष सँग विवाह भयो । त्यसपछि के भयो ? कथा निकै रोचक छ, ती आइमाई, तिनका पति र लेखक बिच कथा जेलिएको छ । 'म र चिठ्ठी' ले जिवन को एउटा तितो यथार्थ बोध गराउँछ । अत: के हुन्छ त

ल सुनम न त

Listen and Download story from Parewa ra Kaidi


कथा

Friday, July 3, 2009

कथा - ‘हवन’ बाट ८ वटा कथाहरु

~निलम कार्की ‘निहारिका’~

निलम कार्की ‘निहारिका’को कथा संग्रह ‘हवन’ बाट केही कथाहरु ।

‘हवन’ कथा संग्रह मा रहेका ८ वटा कथाहरु आज वाचन गरिँदैछ । पहिलो अडिओमा 'खरिद बिक्रि', 'परिशिष्ट मृत्यु', 'हवन' र 'एकै मृत्यु का दुईरुप' गरि आज ४ वटा कथाहरु गरिएको छ । सामाजिक यथार्थ र सामाजिक धरातलमा रहेर लेखिएका कथाहरु सबै यथार्थपरक छन् ।

खरिदबिक्रि कथामा बेचिएका चेलीहरु या भनौँ जबरजस्ति यौन पेशा मा संलग्न गराइएका चेलीहरु बारे लेखिएको छ । शरिरलाई मासु भन्दै कथा मा प्रयुक्त गरिएको छ । त्यस्तै परिशिष्ट मृत्युमा पनि बाँचुन्जेल कसैले नहेर्ने तर मरेपछि चाँहि सबैले हाइहाइ गर्ने प्रवृत्ति सत्य घटना भन्दै लेखिएको छ । अनि कथासंग्रहको शिर्ष कथा 'हवन' मा चाँहि सन्तानप्राप्तिका लागि एउटा पुरुष ले धेरै महिला बिबाह गरेको उल्लेख छ, 'हवन' शीर्षक ले नै धेरै भनिरहेको छ, कथा को बारेमा । 'एकै मृत्यु का दुईरुप' कथा ले चाँहि त्यही जनयुद्धकाल को तिता दिनहरु को स्मरण गराउँछ । एकै घरका दाजुभाइ, एउटा सिपाही भएर मरेको अर्को माओवादी कमान्डर भएर मरेको हृ‍दयविदारक घटनालाई कथा मा उतारिको छ । मुख्यत: कथामा प्रयुक्त शब्दहरुले हामीलाई नजाने कहाँकहाँ छोइरहेको हुन्छ ।
दोश्रो अडिओमा ‘२०६२ को राजमार्ग’ वाचन हुँदैछ, जुन कथा ले तत्कालिन नेपाल को अवस्था को सजिव चित्रण गरेको छ । कुनै पात्र नभएपनि, यो कथा ले धेरै कुरा भनिरहेको छ, जनयुद्ध, माओवादी, सेना, जनताले खेपेका सकस र सास्ति ! त्यसपछि ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’ कथा वाचन हुनेछ । निलम कार्कीका कथाहरुले अधिकांशका व्यथाहरु बोकेका छन् । भ्रुण हत्या को विषय ‘जन्मिन नपाएका नानीहरु’ कथा मा समेटिएको छ, भने वैवाहिक सम्बन्ध आदि का बारेमा बाँकि कथा मा लेखिएको छ ।


निलम कार्की 'निहारिका' को लेखाइ यथार्थलाई खोतल्दै गएको छ । अनि प्रत्येक कथाहरु को आफ्नै छुट्टै विशेषता छ । सामान्यत: समाज मा घट्नेगरेका विकृति, विसंगति तथा घरेलु हिंसा को वरिपरि रहेर कथाकारले कलम चलाउनुभएको छ । हुन त कथाकार को जिवन पनि कथा भन्दा कुनै कमि छैन, निलम जी ले आफ्नो बारेमा लेखेको कुरा पनि यहाँ अच्युत घिमिरे पढेर सुनाउनुहुँदैछ ।(aakar)

Listen and Download Stories from HAWAN


कथाहरु - 'खरिद बिक्रि', 'परिशिष्ट मृत्यु', 'हवन' र 'एकै मृत्यु का दुईरुप'
कथाहरु - ‘२०६२ को राजमार्ग’, ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’

Tuesday, April 28, 2009

Friday, February 20, 2009

Palpasa Cafe - पल्पसा क्याफे

~ नारायण वाग्ले ~
सन् २००५ को मदन पुरस्कार जित्न सफल “पल्पसा क्याफे” को यो अंक सुन्दा, हामीलाई कुनै उपन्यास नभइ, इतिहास पढिरहेको र सुनिरहेको जस्तो लाग्छ । साँच्चै भन्दा, हामीले “पल्पसा क्याफे” मा भनिएका प्रत्येक संवादलाई मनन गर्ने हो भने, सबै कुराहरु, सबै घटनाहरु चलचित्र हेरिरहेको जस्तो लाग्छ । तपाई हामी आफैँ, पल्पसा क्याफे मा लेखिएको हरेक परिस्थिति र हरेक दृश्यलाई आफ्नो कल्पना शक्तिले चलचित्र जस्तो हेर्न सक्छौँ, मनन गर्न सक्छौँ ।

ल सुनम न त

Listen and Download Palpasa Cafe

EPISODE 1

Click Here to Download

EPISODE 2

 Click Here to Download

EPISODE 3

Click Here to Download

EPISODE 4

 Click Here to Download

EPISODE 5

Click Here to Download

EPISODE 6
 
Click Heret to Download

EPISODE 7

 Click Here to Download

EPISODE 8

 Click Here to Download