~झमक घिमिरे~
जीवनको भोगाई र अनुभवले गर्भधारण गरी पैदा गरीएको झमकको एक शसक्त र उत्कृष्ठ लेखनशैलीले भरी पुर्ण दशौ(म गलत छुइन भने)सन्तान हो जीवन काँडा कि फूल। आफै कल्पना गरौ जव हामीमा चेतना हुन्छ त्यो बेला आफ्ना सामुन्यका मानीसहरुले विना गल्ति आफु माथी हरेक पटक बचन बाण हान्छन तव केही काम गर्न खोज्दा हामी सँग काम गर्ने हातहरु हुन्नन जब हिड्न खोज्छौ तर हिड्ने खुट्टा हुन्नन केही भावना ब्यक्त गर्न खोज्छौ तर त्यो ब्यक्त गर्ने माध्ययम बोली पनि नभइ तड्पिनु पर्दाको दर्दनाक पिडा कस्तो होला? हो यहि पिडा र भोगाइको पोखाइ हो यो निबन्ध ।
जम्मा ४७ वटा छोटा छोटा निबन्धको सँगालो भित्र जीवनको आरम्भ र म,हजुरआमा र लिङ्ग भेद, अवसानपछिको अभ्यास,शुन्यताभित्र जीवन, आशाको त्यो त्यान्द्रो सम्म, आशाका किरणहरु, अक्षरसँग पलाएको हर्ष, शब्दको उत्सव, धामी झाक्री र डाक्टरहरु, समाजले बुझेको सौन्दर्य भित्र म ,टालेका पाइजामा र लाज, कापी कलम पाएको त्यो पल, भूत प्रेत भगवान र विश्वास, विभेदको युद्दमा म एउटा बोझ, जातीय बिभेदहरु विच म, किशोरावस्थाका चेतना र उत्सुकता, नाम सँग बिद्रोह,ऋतुधर्म र बैस, सम्भावनाहरुको खोजी, पुस्तक सँसारमा प्रबेश, सिर्जनाका कोपिला, फराकिलो बाटाको यात्रा, अक्षरहरुमा जीवनको रङ, पत्रहरुमा मन पोखिदा, विस्तृत जगत्तिरका पाइला, ज्ञानको भोक र काठमाण्डौ बस्ने प्रस्ताव, पढ्न उमेरले छेक्तैन, समाजको दृष्टीमा अपाङगता, स्वाभिमान र श्रम, धार्मिक आस्था भित्र मान्छे र देउताहरु, स्वतन्त्रता भोग्ने रहर, कलम र मृत्युको सन्त्रास, रगताम्य समयसँग स्तब्ध मन, सङ्कटकाल र सन्त्रास्त समय, अध्यारो बाट मुक्तिको स्वर, कान्तिपुर पब्लिकेशन छिरेँ, रङ्ग कुची र क्यानभास, मान्छेको दिमागमा बसेको काती, बन्दुक सँग शब्दको परेड, धनकुटा जल्यो, आस्था आँसुसँग बर्सियो, अफ्ठ्यारोमा जीवन र सुनगाभाको मुस्कान, धुम्म आकाश उघ्रिएपछि मान्छेहरु,द्वन्दका घाउहरु छामेको अनुभूति, जीवनका आभाहरु ,सहमतिका हातहरु, जीवन काँडा कि फूल शिर्षकहरु समेटिएका छन ।
यो काँडामय जीवन अरुको नभै आफ्नै यी करिव उनन्तीस बसन्तको यात्रा पार गर्दाका यात्रा सँस्मरण हुन् । निवन्ध भित्र एक साँपे बालकबाट के कति जीवनका आरोह अवरोहहरु पार गरेर एक सफल साहित्यकार झमक घिमिरे सम्म आइपुगिन भन्ने कुराको बृतान्त कोरीएका छन् । अझ समाजमा अपाङ्गहरुको स्थान, अपाङ्ग हुनुको पीडा कथित सपाङ्ग भनिने मानिसहरुले दिइने चरम यातनाको रापबाट निश्किएको ज्वाला हो जीवन काँडा कि फूल ।
पुस्तक यति गहन छ त्यो त पढि सके पछि मात्र थाहा हुन्छ । मानिस भित्रको पीडाको छटपटी ओकल्न नपाउदा कस्तो हुन्छ ? एक चेतनशिल मानिले अर्को चेतनशिल मानिसलाइ दवाइरहदा दविएको ब्यक्तिको भावनामा कति ठुलो चोट पर्छ भन्ने कुरा यसबाट सिक्न सकिन्छ । अभावको पीडालाई टार्नको निमित्त आफ्नो शरिर लिलाम बिक्रि गर्ने र जीवन सँग हार खाएर आत्महत्या गर्ने कायरहरुको लागी पनि एउटा गतिलो झापड हो भन्दा अत्युक्ति नहोला ।
Listen and Download Jiwan Kaanda Ki Phool
भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6