Tuesday, January 9, 2018

उपन्यास : ताप

~शारदा शर्मा~

ताप भन्नाले पोल्ने तताउने वा सङ्घर्षबाट प्राप्त हुने शक्ति भन्ने जनाउछ, अर्को कुरा मान्छेका जीवनमा पर्ने आधिदैविक, आधिभौतिक र आध्यात्मिक आदिबाट पर्ने दुःख र सन्ताप परेका उसका जीवनका सङ्घर्षले सिकाएका पाठबाट मान्छेले सिक्ने, भोग्ने क्रम पनि हो ताप । यस्तै यस्तै ताप पर्दै गए पछि मान्छेमा अझै जिउने उर्जा प्राप्त हुँदै जान्छन् । त्यसैले त भनिन्छ, जीवन सङ्घर्ष हो, सङ्घर्ष नै जीवन हो । एउटा पात्रले आफ्नो जीवन जिउने क्रममा भोगेका भोगाईहरू ताप उपन्यासका कथावस्तुहरू हुन । मूलतः यस उपन्यास भित्र नारीसंवेदनाका विविध पाटाहरूलाई उजागर गर्न खोजिएको छ । लेखक पनि नारी नै भएको कारणले नारीसंवेदनाका कुराहरू उल्लेख्य रुपमा रहेका छन्, भने पुरुष प्रवृतिलाई पनि उनले छर्लङ्याएकी छिन् । एउटा मन्त्री जस्तो गरिमामय पदमा रहेर एउटा पुरुषको घिनलाग्दो करतुत उपन्यास मार्फत व्यक्त भएको छ । मान्छेले आफ्नो पदप्रतिष्ठाको ख्याल नगरी कतिसम्म निच बन्न सक्दो रहेछ भन्ने प्रमाण उपन्यासमा स्पष्ट देखिन्छ । लेखक नारी भए पनि पुरुष प्रवृतिप्रति उनीले निकै गहिरिएर अध्ययन गरेको देखिन्छ तापमा । पुरुष मनोवृतिलाई सहजै प्रस्तुत गर्नु उपन्यासको महत्वपूर्ण पक्ष हो । हालैका नेपाली राजनीतिक आकाशका पनि यस्ता पात्रहरू सल्वलाई रहेको आभाष हामीले पाएका छौं ।
उपन्यास भित्रको एउटा पात्र जीवन भोगाईकै सन्दर्भमा मान्छे प्रति घृणा उत्पन्न हुन्छ, र, ति पात्रको मान्छे प्रतिको निष्कर्ष यस्तो छ :–‘सम्भवतः मान्छे भनेको सभ्यताको मुखुण्डो भिरेको पशु नै हो ।’ कृतिका हिसावले शर्माको ‘अग्निस्पर्श’ निबन्ध सङ्ग्रह नेपाली साहित्यको विशिष्ट ग्रन्थको रुपमा लिन सकिन्छ । ‘भुईँफूलको देश’ यात्रा निबन्धहरूको सङ्ग्रह पनि उत्कृष्ट रहेको छ शर्माको । उनका लेखनको विशिष्टतालाई मध्यनजर गर्दै नेपाली साहित्यमा उत्कृष्ट पाँच महिला सहित्यकार भित्र शर्मालाई गणना गर्न सकिन्छ ।
(स्रोत : समीक्षा - समय–त्रासदीका प्रहारः 'ताप - छविरमण सिलवाल')

"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



Click here to Download


 

No comments:

Post a Comment