Friday, September 27, 2013

नियात्रा - परिक्रमा अन्नपूर्ण

~प्रतीक ढकाल~

हिमाच्छादित पर्वत, पर्वतारोहण, हिमाली जाति र तिनको संस्कृतिका बारमा नियात्रा पुस्तकहरु लेख्ने र मुलुकभित्र सर्वाधिक बिक्री हुने लेखक हुन् – प्रतीक ढकाल । उनी हिमाल र पर्वतका अनन्य मित्र मात्र होइनन्, भक्त र उपासक समेत हुन् । यही भक्तिका प्रतापले होला, यिनका कलममा पाठकलाई लठ्याउने जादू छ । प्रतीकले लेखेका किताबहरु पढ्न थालेपछि छोड्न सकिँदैन ।
- वैरागी काँइला

प्रतीक ढकालका कृतिहरु पढेपछि त्यहाँका चित्र नै छर्लङ्ग हुन्छ । त्यहाँका जनता पनि छर्लङ्ग हुन्छन् । यस्तो राम्रो छर्लङ्ग पारेर र हामीलाई आफैँ त्यहाँ पुगेको र त्यहाँका मानिसलाई भेटे जस्तो अनुभूति दिन्छन् लेखकले । यही कारणले गर्दा म उनको कृतिहरुबाट प्रभावित छु । म स्वयं नै लेखकको प्रशंसक रहेको छु ।
- डा. तारानाथ शर्मा

धेरै साहित्यकारहरुका लागि दुर्गम क्षेत्रहरुमा घुम्नु अझै पनि कष्टपूर्ण कार्य नै देखिन्छ । दुर्गम क्षेत्रको पदयात्रा गरी हिमाली प्रकृति, पर्यावरण र लोकजीवनबारे नेपाली लेखकले कमै लेखेको स्थितिमा ढकालका यी नियात्राहरुले ठूलो अभावको पूर्ति गरेका छन् ।
- चूडामणि बन्धु

नियात्राकार तराई-मधेशमा हुर्केका मान्छे हुन् । तर तराईदेखि हिमालसम्मका खला-खला, गौँडा, गल्ली र गल्छेँडा चहार्ने जुन अदम्य लालसा उनले मुटुभित्र साँचेका छन् – त्यसमा मैले 'सिङ्गो नेपाल' अटाएको देखेँ ।
- डा. राजेन्द्र विमल

Listen and Download Niyatra - Parikrama Annapurna


ल सुनम न त नियात्राहरु :
१. चुचुरोका देउतालाई नमस्ते छ
२. थोरङ्रा र थोरङ्री
३. आकाश बाटै पद्यात्रा

No comments:

Post a Comment